अथाह संभावना र अवसरका विच नयाँ सरकारको गठन

वहुप्रतिक्षीत नयाँ संविधान जारी भइसकेपछि सोही संविधानको प्रावधानमा रहेर नयाँ सरकारको गठन भएको छ । सरकार गठनको सन्दर्भमा राजनीतिमा हुनेगरेका थुप्रै दुर्लभ दृश्यहरु देखा परे भने राजनीतिमा हुने गरेका निकै असन्दर्भीक प्रयास र अभ्याससँगसगै राजनीतिमा कहिल्यै कोही कसैको हुँदैन भन्ने मान्यताहरु फेरी एक पटक प्रमाणीत भएका छन । राजनीतिलाइ जतिनै फोहरी खेल छलछाम र तिकडमको थुप्रो भनिए पनि यसपटक आशाशित र लोकप्रिय निर्णय हुन सकेको छ । राजनीतिमा भएको यसप्रकारको गतिशील निर्णय सँगसगै अवको राजनीतिले नयाँ नेपालको निर्माणको आधार तयार गर्नेछ भन्ने आशा र विश्वास जगाएको छ ।
नेपालको इतिहासमा नै वर्तमान सरकारलाई नयाँ र उल्लेखनीय काम गर्ने अवसरहरु सिर्जना भएको छ । यस सरकारको काम कार्यवाहीले नयाँ संविधानको कार्यान्वयनको मार्गनिर्देशन तयार गर्नेछ र आगामी सरकारहरुले यसै मार्गनिर्देशन अनुुसार फराकीलो मार्ग वनाउदै लैजाने छन त्यसकारण यस सरकारले गर्ने हरेक काम कार्वाही, सरकारका मन्त्रिहरुले गर्ने हरेक कृयाकलापको प्रशासनीक महत्व मात्रै हैन सिंगो संविधानको कार्यान्वयनमा प्रभाव पार्दछ जसको असरको देशको भविष्यमा पर्नेछ । राजनीतिक मान सम्मान र अधिकारका आधारमा यो सरकार पनि विगतका सरकार जस्तै हो तर जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहीको हिसावले यो सरकार इतिहासकै सवै भन्दा फरक र महत्वपूर्ण सरकार हो जसको जिम्मेवारी देशको नयाँ भविष्यको गोरेटो निर्माण गर्ने हो ।
वर्तमान प्रधानमन्त्रि र मन्त्रिमण्डलका सदस्यहरुले इतिहासको यस जिम्मेवारीलाइ आत्मसात गर्न र सरकारको जिम्मेवारी र जवाफदेहीतालाइ नयाँ प्रकारले परिभाषित गरेर आफना नीति तथा कार्यक्रम एवम आचरणहरुमा परिवर्तन त्याउन जरुरी छ । यस सरकारसँग जनताका दुइ प्रकारका अपेक्षाहरु छन (१) दिर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने दूर दृष्टिमा आधारीत नीतिहरुको निर्माण । देशलाई आत्मनिर्भर वनाउने र देशको जनशक्तिलाई देशमा नै खपत हुने र विदेशमा पलायन भएका मानिसहरुलाई देशमा आर्कषित गरी देशलाइ सूचना, विज्ञान प्रविधी केन्द्रको रुपमा विकास गर्ने आधारहरु तयार गर्न प्रत्येक युवाहरुलाई वैज्ञानीक वन्ने वातावरण निर्माण गर्ने ।
(२)दैनिक व्यवहारीक कठिनाइहरुको निदान गर्ने । प्रसासनमा भएका ढिला सुस्ती, अपारदर्शी, भ्रष्टचार र चरम भनसुनका कारण अधिकाँश जनताहरुलाइ सरकार र सासन व्यवस्था प्रति चरम निराशा र आक्रोस छ । सरकारको न्यून जवाफदेहीताका कारण जनता पलायनको अवसर खोजीरहेका छन यस्तो अवस्थामा जनतालाइ सेवा प्रदान गर्ने कुरामा वर्तमान सरकारका मन्त्रिहरुले हस्तक्षेपकारी भुमिका खेलेर सुशासन र पारदर्शीताको नयाँ आयाम शुरुवात गर्न सक्नु पर्दछ । निश्चित रुपमा यो कुरा यस सरकारका प्रधानमन्त्रि र मन्त्रिहरुलाइ फलामको च्यूरा सरह हुनेछ तर लोकतन्त्र, स्वतन्त्रता र समाजवादको लागि विनाहिचकिचाहट आफनै छातीमा गोली थाप्न तयार हुने, मुल्य र मान्यतामा अडीग भए वापत १४ वर्षसम्म जेलनेल वस्नु भएको प्रधानमन्त्रिले एक जना कर्मचारीको नियुक्ति वा एक जना अपराधीलाइ संरक्षण गर्न कुनै प्रकारको भुमिका खेल्नुहोला भनेर विश्वास त गर्न सकिदैन तर विगतका राजनीतिक प्रकृयालाइ आधार मानेर व्याख्या गर्ने हो भने विश्वस्त हुने आधार पनि धेरै देखीदैन । तर के कुरामा विश्वास गर्न सकिन्छ भने सम्माननीय प्रधानमन्त्रिले हरेक निर्णय गर्दा कमरेड पुष्पलालको चाहना, जननेता मदन भण्डारीका सपना, कमरेड मनमोहनको आदर्श, श्रेद्धय रामनाथ ढकाल लगायतका सहिदहरुको वलिदान, वहा स्वयमलाइ भोटहाल्ने झापाका गरिव किसान मजदूर र वहाँको पार्टीमा आवद्ध देश भरीका भोका नांगा कार्यकर्ताहरुको आशा, चाहना र विश्वासलाइ तुषारापात गर्नुहुने छैन भन्ने कुरामा चाही ढुक्क हुन सकिनेछ । यदी वहाँले निर्भिकतापूर्वक सही निर्णयहरु गर्न सक्नु भयो भने इतिहासमा वहाँ नै सवै भन्दा फरक प्रधानमन्त्रि वन्नु हुनेछ ।
स्वयम त्याग र वलिदानको पृष्टभुमि, नेपालकै सबै भन्दा लोकप्रिय सरकारका अभियान्ता, वर्तमान विश्व परिवेशको विकासको प्रवाहसँग परिचित र जनतासँग प्रत्यक्ष सम्वन्ध र सरोकार राख्ने क्षमताका कारण यो सरकार विगतका सवै सरकारहरुभन्दा फरक हुनेछ भने कम्तीमा पनि दुईवर्ष सम्म निर्वाधरुपमा आफ्ना नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न पाउने हुदा हाम्रो पुस्ताकै जीवनमा यो भन्दा महत्वपूर्ण अर्को सरकार हुन्छ जस्तो लाग्दैन ।
संयुक्त यात्रामा को कहावाट आएको भन्दा पनि सबै सँगै कहाँ जाने भन्ने प्रश्न महत्वपूर्ण हो त्यसकारण यस सरकारको गठन र सरकार सञ्चालनमा उपस्थित अनुहारहरुको वेग्ला वेग्लै पृष्टभुमि भए पनि राजनीतिमा स्थापीतहुने सबैलाइ यो सुनौलो अवसर भएका कारण प्रत्येक मन्त्रिहरुले गोकर्ण विष्ठ, लालवावु पण्डित, अर्थमन्त्रि डा. वावुराम भट्टराइले स्थापीत गरेको रेकर्डलाई तोडदै अगाडी वढनेछन र नेपालमा नयाँ राजनीतिक सँस्कारको विकास गर्नेछन भन्ने विश्वास गर्ने आधार पनि प्रसस्त छन ।
विगतमा नेपालमा राजनीती कमाउने पेशाको रुपमा स्थापीत भएकै हो तर कमरेड केपी ओलीको नेतृत्वमा बनेको सरकारले विगतदेखी चल्दै आएको राजनीतिक परमपराको अन्त गर्दै राजनीति भनेको निष्ठा र जनसेवाको उच्चतम अवसरहो भन्ने मान्यताको विकास गर्ने स्वर्ण अवसर छ । केपी वली सरकारले नयाँ किर्तिमान कायम गर्न विघ्नै धेरै नयाँ कुराहरु गर्न पर्दैन खाली कार्य शैली र मन्त्री महोदयहरुको सोचमा परिवर्तन मात्रै गर्न सकेमा जनताले सुशासनको महशुस गर्न सक्नेछन । हालसम्म व्यप्त नातावादा, पार्टीवाद, कृपावादलाई तिलाञ्जली दिदै योग्यता र क्षमताको आधारमा निश्चित कार्यशर्तका आधारमा भुमिकाको मुल्याँकन गरिने गरी नयाँ नियुक्ति गर्ने परमपराको शुरुवात गर्न सकेमा त्यो नै यो देशमा सुशासनको पहिलो आधारशिला वन्नेछ ।
सरकारलाइ सफल बनाउने की नवनाउने भन्ने कुरा स्वयम सरकारमा संलग्न पार्टीहरुको भुमिका पनि अहम हुन्छ । सिमित स्वार्थ र लाभका लागि राजनीतिक नियुक्ति र ठेक्का पट्टामा सिफारीश गर्ने प्रचलनले गर्दा सरकार र पार्टीहरुलाइ जनतादेखी टाढा लैजानेछ । गाउँ गाउँवाट गलत कृयाकलापहरुलाइ निरुत्साहीत गरी सही र राम्रा कामहरुलाई प्रोत्साहन गर्न राजनीतिक पार्टीहरुको अहम भुमिका हुन्छ भने सरकारका हर राम्रा कामहरुलाई प्रौत्साहन गर्ने र गलतकाम गर्नवाट रोक्न पार्टीहरुले महत्वपूर्ण भुमिका खेल्न सक्नेछन । सरकारका राम्रा नीति तथा कार्यक्रमहरुलाई जनस्तरसम्मा लैजान महत्वपूर्ण माध्यमको रुपमा काम गर्न सक्नेछन । विशेषतः ग्रामिण जनताहरुको सघन वसोवासरहने ग्रामिण इलाकाहरुमा आधारभुत सेवा सुविधाको प्रचुर उपलब्धता गराउन सकेमा यस सरकार जन जनको मन र मतिष्कमा सदा सदा रहिरहनेछ ।
सरकारले कुनै नयाँ काम गर्न चाह्यो भने जनताले सदैव साथ दिनेछन भन्ने कुरा ९ महिने लोकप्रिय सरकारका अभियान्ता वर्तमान प्रधामन्त्रिलाइ राम्रोसँग नै थाहा छ होला त्यसकारण कुनै अदृश्यक प्रभुको इशासारमा हैन जनताको चाहना अनुसार चलेमा यो देशलाइ समृद्धीको मार्गमा अगाडी वढाउन यस सरकारका अगाडी अथाह संभावना छन भन्ने कुरा यस सरकारका वागडोर समाल्नेहरुले सदैव संझिइरहनु पर्दछ । वेलावेलाम यो वा त्यो वाहनामा सरकारलाइ असफल वनाउन राजनीतिक व्यापारीहरु विभिन्न भेषमा आउनेनै छन तर सिमित कार्यकर्ता पार्टीको घेरा भन्दा वाहिर निष्केर वृहत्तर जनताको हित र चाहनाहरुलाइ केन्द्रविन्दुमा राखेर अगाडी वढेमा इतिहासमा संघिय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएपछिको पहिलो सरकार इतिहासमा सधै सदैव संझिन योग्य रहिरहनेछ । रोजाइ त प्रधानमन्त्रि र वहाका सदस्यहरुको नै हो । शुसासनको लागि शुभकामना ।