एमाओवादीको लागि वर्तमान अवस्थ सकारात्मक हुन सक्छ

संविधान सभाको निर्वाचनको परिणामले ल्याएको उथलपुथलसँगसगै नेपाली राजनितिक पार्टीहरुको सामजीक तथ कानुनी कर्तव्य र अधिकार दुवैमा आमुल परिवर्तन ल्याएको छ । जसरी समाजका सवै नियम र वास्तवीकताहरु अस्थायी र परिवर्तशिल हुन्छन त्यसै गरी अहिलेको शक्ति सन्तुलन र भुमिका पनि अस्थायी नै हो । तर यसै सँग जोडीएको अर्को वास्तवीकता पनि के हो भने यो अवस्था सवै र खासगरी ३ वटा ठुला दलहरु र मधेशवादी दलहरुको लागि अवसर पनि हो । अहिलेको अवस्थामा सबै भन्दा स्वर्ण अवसर एनेकपा माओवादीको लागि हो । यो अवस्था उसको लागि सफलताका आधारहरु पत्ता लगाउने तथा नेपाल र नेपालीको लागि नयाँ भविष्य निर्माणको वासतवीक खाका खोर्ने अवसर पनि हो । यो कुनै व्यांग्य वा प्राहर हैन । यो वास्तवीक सत्य र यथार्थ हो । आगमाी दिनहरुलाइ सकारात्मक रुपमा सदुपयोग गर्न सकेमा एनेकपा माओवादीलाइ नेपालको स्थापीत राजनीतिक शक्तिको रुपमा स्थापीत गराउने स्वर्ण अवसर हुनेछ । नेपालका कम्युनिष्ठहरु जन्म जात नै गणतन्त्रवादी हुन तर नेपाली समाजको वनावटमा हिन्दु धर्म प्रतिको आस्था, जनताको कमजोर चेतनाका कराण राजालाइ भगवानको अवतार मान्ने र कम्युनिष्ठ नेताहरुको ढुलमुले प्रवृत्ति आदी कारणले गर्दा कम्युनिष्ठ पार्टीहरु प्रति आगाध जनआस्था भए पनि २००६ सालमा गठन भएको कम्युनिष्ट पार्टीको गणतन्त्र स्थापना गर्ने चाहना २०६६ सालमा मात्रै सफल हुन सक्यो र त्यो पनि कम्युनिष्ठहरु र गैर कम्युनिष्ठहरुको संयुक्त प्रयासमा । वास्तवमा तत्कालीन अवस्थामा गणतन्त्र कम्युनिष्ठहरुको र खासगरी एनेकपा माओवादीको एजेण्डा भए पनि कालन्तरमा त्यो देशकै साझा र प्यारो एजेण्डा नै भएको थियो । यसो हुनुमा मुख्य रुपमा एमाओवादी लगायतका कम्युनिष्ठ तथा प्रजातान्त्रिका शक्तिहरु र स्वयम् राजा र दरवारीयाहरु जिम्मेवार थिए । नेपालमा गणतन्त्र स्थापनार्थ नेपाली राजनेताहरुले खेलेको भुमिकाको लागि इतिहास र आगमी पुस्ताले सधै धन्यवाद दिइनै रहनेछ । यद्यपी हाम्रा राजनेतहरुले आफु धन्यवादको पात्र हुन सक्छौ भन्ने कुरा प्रमाणीत भने गर्न सकेको छैनन र स्थिती त्यती प्रशंसनीये भै सकेको छैन तर संभावनाहरु भने प्रशस्त छन । पहिलो संविधान सभाले गणतन्त्र घोषण गरेर चुनावमा एमाओवादीको जित जनताको र देशकै जीत हो भन्ने सन्देश दिएको थियो भने संविधान जारी गर्न नसक्दा र अनावश्यक सत्ता र कुर्सीको खेल र सहकर्मी राजनीतिक पार्टीहरुकै विचमा निम्मस्तरको विवाद, आफुलाइ वैज्ञानीक भने पनि अत्यन्त हावादारी, हचुवा र आलाकाचा एजेण्डालाइ अनावश्यक ध्यान दिदा त्यत्रो त्याग र वलिदानले प्राप्त भएको संविधान सभाको आँशिक सफलता मात्रै (गणतन्त्र र शान्ति प्रकृया) हुदा नेपालमा असल र सफल राजनीतिक नेतृत्वको खडेरी रहेछ भन्ने पुष्ठि भएको छ । अझ उदेक लाग्दो कुरा के छ भने त्यत्रो शक्तिशाली संविधानसभा विघठन हुँदा त्यसको नैतिक जिम्मेवारी लिने साहस कसैले पनि नदेखाउनु नेतृत्वको हैकमवाद र हेपाहा प्रवृत्ति हो र अहिलेको वदलीदो राजनीतिक शक्ति सन्तुलन पनि त्यसकै परिणाम हो ।
राजनीतिक रुपमा निकै पिडादायी अवस्थामा संविधान सभाको दोश्रो निर्वाचन गैर राजनीतिक व्यक्तिको नेतृत्वमा सफलताका साथ सम्पन्न भयो । अहिले पहिलेको अवस्थामा व्यापक परिवर्तन आएको छ र सबै राजनीतिक पार्टीहरुको भुमिकामा व्यापक परिवर्तन भएको छ । निर्वाचनमा भाग लिएका पार्टीहरुलाइ जनताले नयाँ भुमिकामा हेर्न चाहेका छन भने नेकपा माओवादीले आफैले नयाँ भुमिकामा देखाउन खोजेको छ जुन विवादास्पद नै छ । एनेकपा माओवादी अहिलेको भुमिका मानसीक रुपमा स्विकार्न सकीरहेको छैन । एनेकपा माओवादीले खेलेको भुमिकालाइ यदि नकारात्मक पाटोवाट व्याख्या गर्ने हो भने धेरै आरोप प्रत्यारोप लगाउन सकिन्छ तर त्यसप्रकारका कुराहरुले देश र समाजमा तिक्तता वाहेक केही पैदा गर्दैन भने अव एमाओवदीको भुमिकालाइ स्वयम त्यस पार्टी र अन्य पार्टीहरुले सकारात्मक तवरले लिने हो भने विगत ५ वर्षमा यस पार्टीले र अन्य पार्टीहरुले खेल्न नसकेको भुमिका आगामी दिनमा यस पार्टीले खेल्न सक्छ । एनेकपा माओवादी आफु र जनतालाइ प्रष्ट रुपमा भन्न सक्नु पर्दछ हजारौको वलिदान, लाखौको त्याग, करोडौका क्षति के का लागि थियो ? सत्ताका लागि की पद्धतीका लागि? यदि सत्ताका लागि थियो भने एमाओवादीले हारेको छ र यदि काँग्रेस र एमालेको वुद्धिमा विर्को लागेन भने अव ५० औ वर्ष सम्म पनि एमाओवादी सत्तामा पुग्न सक्दैन र उसको राजनीतिक रुपमा पतन अनिवार्य छ । आगामी निर्वाचनमा उ अन्य साना कम्युनिष्ठ सरह हुनेछ र कम्युनिष्ठ मोर्चामा कतैतिर उसको नाम हुनेछ भने ठुला ठुला जमघटहरुका त्यस पार्टीका नेताहरु कताकतै टिभीमा पनि देखिन सक्नेछन तर यदि त्यो लडाइ, त्याग, वलिदान पद्धतिको लागि थियो भने एमाओवादीले जीतेको छ र यदि कम्युनिष्ठ सिद्धान्तलाइ भाषणमा नभइ आचरण, व्यवहार, दैनिक जीवनमा व्यवहारीक प्रयोग गर्न सक्यो भने नेपाली काँग्रेस र एमालेको लागि यो नै अन्तिम अवसर हुन सक्छ । लडाइ के को लागि थियो स्पष्ट पार्ने काम एमाओवादी कै हो । सफलताको लागी वाटो कठिन होला तर रोमाञ्चक हुनेछ भने असफलताको वाटो सजिलो होला तर पिडादयी हुनेछ तर दुबै वाटा सजिला हुने छैनन रोजाइ एमाओवादी कै हो । एमाओवादीको त्यागको इतिहास हेर्दा सफलताको उचाइमा पुग्न सक्छ भन्ने आधारहरु प्रशस्त छन तर त्यसका लागि एमाओवादीले विगतका के कुरा हेर्ने भन्ने निक्र्यौल गर्न आवश्यक छ । एमाओवादीका अगाडी २वटा वाटाहरु छन १. विगतका गल्तीहरुको समिक्ष गर्दै त्यसमा सुधार गर्ने २. विगतका सफलताहरुको लेखा जाखा गर्दै नयाँ भविष्य निर्माण गर्ने । यदि एमाआवादीले पहिलो वाटो रोज्यो भने आगामी निर्वाचनमा एमाओवादकिो एक दुई सिट वढ्न सक्छ तर दोश्रो वाटो रोज्यो भने एमाओवादी फेरी पुरानो अवस्थामा नै फर्किने कुरा पक्का हुन्छ । यहाँ एमाओवादीले भविष्यकेन्द्रित दृष्टिकोण अपनाउन पर्ने छ र नयाँ भविष्य निर्माणका वाटाहरु पहिल्याउन आवश्यक छ जुन विगतमा असफलता वा कमजोरीको लेखाजोखाले हैन सफलताको लेखाजोखाले मात्रै पत्तालगाउन सक्छ । सिंगो एमाओवादीमा सोचाइ गराइ र अपनाइमा रुपान्तरण आवश्यक छ । वदलीदो परिवेश नयाँ दक्षता र सँगठानीक सिपको आवश्यकता छ । मानव मात्रमा अन्तरनिहित क्षमता योग्यता प्रष्फुटन गराउन सक्ने तौर तरीका, विधी र कार्यशैलीको आवश्यकता छ । २१ औ शताब्दीमा व्यवस्थापनमा ख्याती कमाएका पिटर डकरले भने अनुसार “नेतृत्वको मुख्य काम भनेको सवल पक्षहरुको गठवन्धन वनाएर कमजोर पक्षहरुलाइ निष्फल वनाउनु हो ।” भन्ने कुरालाइ आत्मसात गर्न सक्नु पर्दछ र आफना कार्यकर्ता र शुभेच्छुक जनसमुदायका सवल पक्षहरुको गठवन्धन वनाउन जरुरी छ । आफनै निति तथा कार्यक्रमा रहेको सवल पक्षहरुको लेखाजोखा गर्न जरुरी छ । आगामी दिनहरुमा नेपाली जनसमुदायका विचमा के कसरी लोक प्रिय हुन सकिन्छ र सदियौ देखी अन्याय अत्याचारमा पिल्सिएका जनतालाइ कसरी सदा सदाको लागि मुक्ति दिलाउन सकिन्छ भन्ने कुरामा सारावहस केन्द्रित गर्न जरुरी छ । यदि अन्याय र अत्याचारको कारण खोज्न थालीयो भने त्यो सिंगो पार्टी यथास्थिती भन्दा माथी उठन सक्दैन । कम्युनिष्ठहरुले के वुझ्न जरुरी छ भने जसरी उनिहरुले संगठन विर्माण गरेको छन र कार्यकर्ता तथा जनसमुदाय परिचालन गरेका छन त्यसमा उनिहरुले मानिसको संवेदात्मक पक्षलाइ ध्यान दिइरहेका छैनन । राम्रो काम गर्ने कार्यकर्ता र नेताहरुलाइ पनि जवरजस्ती उनिहरुको आत्मआलोचना र आलोचना गराउने कम्युनिष्ट संस्कारले हतोत्साही र निरास गराउछ जसले भित्र भित्रै आक्रोश र वदलाको भावना विकसित गराइ रहेको हुन्छ भने मात्रात्मक परिवर्तनले गुणात्मक फडको मार्छ भन्ने माक्सवादी सिद्धान्त अनुसार ती त्यस प्रकार प्रशिक्षीत कार्यकर्ताहरु नै नियमीत हुने आलोचना र आत्मआलोचाको कारण पार्टीवाट विद्रोह गर्दै जान्छन र जति जति पार्टीको आकार सानो हुदै जान्छ त्यती त्यती मात्रामा विद्रोह वढ्दै जान्छ । त्यसकारण एमाओवादी यदि नेपालीहरुको ह्रिदयमा वस्न चाहान्छ भने उसले आफनो संगठन निर्माण र जनसम्पर्क स्थापनामा प्रशंसनीय खोज पद्धती अगाल्नु पर्दछ । वेलैमा चेतना भया…………