नेपाली शब्द प्रतिवद्धतालाइ अँग्रेजीमा कमिटमेन्ट तथा हिन्दीमा वादा भनिन्छ । संवत राजनीतिमा यी शब्दहरु निकैनै प्रचलित र धेरै प्रयोग हुन्छन । प्रत्येक दिन मानिसले नयाँ नयाँ प्रतिवद्धताहरु गरेको हुन्छन । मानिसका असिमित चाहनाहरुको पूर्तिगर्न व्यक्तिले आफूभित्रको अन्तरनिहित क्षमताहरुलाइ प्रष्फुटन गराउदा नयाँ नयाँ आविष्कारहरु भएका हुन्छन र यस्ता आविष्कारहरुलाइ हामी वैज्ञानिक चमत्कार पनि भन्दछौ । जव नयाँ आविष्कार हुन्छ तव पुराना कुराहरु असान्दर्भिक हुन्छन र सवै मानिसहरु नयाँ कुराहरु प्राप्तीको चाहना राख्दछन । जुन समाजका वा भनौ देशका आफ्ना आविष्कारहरु हुँदैनन ती देशहरु वा समाजहरु परनिर्भर हुन्छन । जव उनिहरु परनिर्भर हुन्छन स्वभाविकै रुपमा आविष्कार कर्ताहरुले वेला वेलाम अपमान गरिनै रहन्छन । परनिर्भर हुनु भनेको आफ्नो स्वतन्त्रता र सार्वभौमिकतालाइ एक प्रकारले वन्धक राख्नु हो । अहिलेको विश्वमा देशहरुविचको फरक भनेको नै आविष्कार गर्ने र अर्काले गरेको आविष्कारको उपयोग गर्नेहरु विचको हो । यो आविष्कारको रुप फरक फरक हुन सक्दछ तर सबै देशक राजनेताहरुले नयाँ आविष्कार गरी समृद्ध देश र समृद्ध जीवन वनाउने प्रविद्धता भने नियमित रुपमा नै गरेका हुन्छन । संभवतः नेपालमा सबैभन्दा वढी प्रतिवद्धता व्यक्त गरिन्छ होला । मानौ की यो नै संसारका प्रतिवद्ध नागरीकहरुको देश हो । एकजना विद्धवानले भनेअनुसार संसारको सवै भन्दा निरिह चिज पनि प्रतिवद्धता नै हो एकछिन हेरचाहा नपाउने वित्तिकै मरिहाल्छ । त्यसकारण प्रतिवद्धतालाइ सधै दोह¥याई रहनु पर्दछ र संझिरहनु पर्दछ ।
शित युद्धकालमा संसारलाइ हतियार र शक्तिले नियन्त्रण गरेको थियो । तर यो एक्काइसौ शताब्दिमा संसारलाई चेतना, विचार र अविष्कारले नियन्त्रण गरेको छ । जुन देशमा संसारक धेरै मानिसहरुले उपयोग गर्ने प्रकारका उत्पादनहरु आविष्कार भएका छन तीनै देश धनि र शक्तिशाली छन । जुन देशमा अरुको देशमा आविष्कार गरिएका वस्तुहरु तथा शिक्षण पद्धतीहरुको उपयोग गर्ने जामात ठूलो हुन्छ ती देशहरु गरिवी, अभाव र द्धन्द्धको चपेटामा रहेका हुन्छन । त्यस्ता देशहरुले आफ्नो देशमा र जनतामा अन्तरनिहित संभावना र क्षमताको पहिचान गर्न सक्दैनन ती संभावना र क्षमताहरुको प्रष्फुटनको अभावमा सिंगो देश र जनता गरिव रहि रहन्छन । अविष्कारको लागि औपचारीक शिक्षाको आवश्यकता पर्दैन । यो त केवल सिप र दक्षतालाइ प्रस्फुटन गर्ने वातावरणमा भर पर्दछ । जव कुनै देशमा ग्रामिण तहदेखी विश्वविद्यालय स्तरसम्म आविष्कारका कुराहरु शुरु हुन थाल्दछन तव त्यो देश विकासको मार्गमा छ भनेर अनुमान गर्न सकिन्छ । प्रसिद्ध व्यवस्थापक पिटर ड्रकरले कामलाइ शारिरीक र वौद्धिक गरि दुई भागमा वाँडनु भएको छ र आजको जमानामा वौद्धिक काम गर्ने मानिस शारिरिक काम गर्ने मानिसको तुलनामा हजारौ गुणा समृद्धि हुन्छ । वहाँका अनुसार ज्ञान भनेको नै अर्थशास्त्र हो र यसले त्यसैलाइ पछ्याउदछ जसले आफ्नो क्षमताको पहिचान गर्न सक्दछ । संभावना र क्षमताहरुलाइ प्रस्फुटन गराइ विकासको मार्गमा हिडेका आधारमा संसार भरीका देशहरुलाइ तीन भागमा विभाजन गरिएको छ १. अतिविकसित देशहरु, २. विकासशिल देशहरु र ३. अतिकम विकसित देशहरु । नेपाल अति कम विकसित देश हो भने आज भन्दा लगभग ३५ वर्ष पहिला नेपालकै हाराहारीमा रहेका सिंगापुर, दक्षिण कोरीया अति विकसित राष्ट्रको सूचिमा पर्दछन भने मलेशिया, चिन, भारत, कम्वोडिया आदि देशहरु विकाशिल राष्ट्रको सूचिमा पर्दछन । यसवाट पनि के प्रष्ट हुन्छ भने पिटर ड्रकरले भने झै यदि कुनै देशले आफ्नो देशको प्राकृतिक श्रोतहरुको संभावनाहरु र नागरीकहरुको क्षमताहरुलाइ पहिचान गर्न सक्यो र ती संभावना र क्षमताहरुलाइ प्रष्फुटन गराउन सक्यो भने ती देशमा विकास जादुमयी हुन्छ र सोचे भन्दा निकै छिटो सकारात्मक परिणामहरु प्राप्त हुन थाल्दछन ।
नेपालमा सबै तह र तप्काका जनताहरु समृद्धी र विकास त चाहान्छन तर विकास कसरी हुन्छ भन्ने कुराको प्राथामिकता निर्धारण नहुदा नेपाल विकास हुन सकिरहेको छैन । काम गर्नु वा दुख गर्नु मात्रैले विकास हुँदैन त्यसका लागि भविष्यमुखी, स्पष्ट लक्ष्य र उद्धेश्य किटान गरिएको मार्ग चित्र अनिवार्य हुन्छ । सन १९२७ मा स्टालिनले तत्कालिन सोभियत संघमा योजनावद्ध विकासको शुरुवात गर्नु भएको थियो र तत् पश्चात सोभियत संघको विकास द्रुततर गतिमा भएको थियो । सिंगापुर, मलेशिया, चीन वा दक्षिण कोरियाको तीव्रगतिको विकासका पछाडी पनि राष्ट्रिय संभावनामा आधारित समग्र जनताहरुको योग्यता, क्षमता र सीपलाइ प्रष्फुटन गराउने भविष्यमुखि योजनावद्ध सोच नै प्रमुख कारणहरु हुन । नेपालमा वि.स. २०१२ सालदेखी नै योजनावद्ध विकासको शुरुवात गरिएको हो तर वढो दुखका साथ भन्नु पर्दछ १३ औ योजना समाप्ती भएर १४औ योजनाको शुरुवात हुँदा पनि देशले गति लिन सकेको छैन । देश आविष्कार मुलक हुन सकेन खाली परनिर्भरतामा आधारीत उपभोगवादी चिन्तन र सँस्कृति कै विकास भइरहेको छ । गलत योजना र प्राथामिकताका कारण ५० औ लाख उत्पादन क्षमता भएको जनसंख्या विदेश पलायन भएको छ । राष्ट्रिय श्रोत र साधनहरुमा विदेशीहरुको गिद्धेदृष्टि छ भने उत्पादनशील युवा शक्ति विदेशीको कब्जामा छन । देश आज गलत नीति र योजनाको शिकार भएको छ । मेरो विचारमा यो भन्दा ठूलो राष्ट्रघात अर्को हुन सक्दैन । आज हाम्रो वास्तवीक सार्वभौमिकतालाइ सम्वर्धन गर्न जरुरी छ । यस्तो अवस्थामा विदेशीएको जनशक्तिलाइ देशमा फर्काउने, देशका संभावनाहरुलाइ अवसरमा वदल्ने र ऐतिहासिक रुपमा समृद्धीको मार्गमा नेतृत्व गरेर समग्र समृद्धी चाहने नागरीकहरुको इच्छा र चाहना पूर्ति गर्ने मार्गमा देशलाइ डो¥याउन प्रधानमन्त्री प्रचण्ड र वहाँको सरकारलाइ यो ऐतिहासिक अवसर प्राप्त भएको छ । यो महान अवसरको सदुयोग गर्ने की यथास्थितीको निरन्तरता दिने रोजाइ विशुद्ध वहाँकै हो । प्रधानमन्त्री प्रचण्ड र वहाँको सरकारले वुझ्न पर्दछकी अवसर वारम्वार आउदैन । अल्वर्ट आन्सटाइनले भने झै पटक पटक एउटै काम गरेर फरक परिणामको आस गर्नु भनेको पागलपन हो ।
यदि छिटो र दिगो विकास गर्ने हो भने सफलतावाट सिक्नु पर्दछ । छोटो समयमा चमत्कारीक विकास गरेका टर्की, चिन, दक्षिण कोरिया, सिंगापुर, मलेशीयावाट सिक्नु पर्दछ । यदि देशले प्राथामिकता पहिचान गरेर पद्धती र स्थिती वसाल्न सक्यो भने चरम राजनीतिक अस्थिरताका विच पनि विकास निरन्तर हुन सक्दछ । विकासका प्राथामिकता र संयन्त्रको निर्माणले विकासलाइ निरन्तरता दिन्छ । अहिलको सरकारका अगाडी दुइवटा अवसरहरु छन १. जे चलिरहेको छ त्यसकै निरन्तरता २. समृद्धी र नयाँ भविष्य निर्माणको लागि विकासको प्राथामिकताको आमुल पुनसंरचना । देशलाइ समृद्धिको मार्गमा डो¥याउन यो देशको योजना पद्धती र विकासका प्राथामिकतालाइ विनाकुनै हिचकिचाहट आमुल परिवर्तन गर्नु पर्नेछ । यदि विगतका प्रधानमन्त्रीहरुले त्यसको हिम्मत गरेको भए देश समृद्धीको मार्गमा हुन्थ्यो । विकासको केन्द्रविन्दु भनेको जनता हो न की कुनै योजना वा आयोजना । जनताको लागि विकास आयोजना हो न की आयोजनाको लागि जनता । विगत देखी वर्तमान सम्मका योजनाविदले विकासको केन्द्रविन्दुमा ढुंगा माटो, गिटी वालुवा र छड सिमेन्टलाइ नै राखे तर दुनियाको सफल उदाहरणले सिद्ध गरिसकेको छ की विकासको केन्द्रविन्दु जनता हुन पर्दछ । पहिला दक्ष जनशक्ति भए पछि जनता स्वयमले दिगो भौतिक पूर्वाधारको निर्माण गर्दछन । सबैले बुझ्नै पर्ने कुरा के हो भने विकासको नेतृत्व सरकारले गर्ने हो तर आम रुपमा बिकास जनता स्वयमले नै गर्ने हो । जव ३ करोड जनता सबै आ आफनो ठाउँवाट देश विकासमा योगदान दिन लालयीत हुन्छन तव विकास जादुमयी तवरवाट हुन्छ । विकास कुनै एक जनाको ठेक्का हैन । अहिले सम्म हाम्रा नेतृत्वकर्ताहरु र जनता स्वयमको वुझाइ पनि विकास सरकारले गरिदिने हो भन्ने छ । सरकार आफूलाइ विकासको ठेकदार ठान्छ र जनतालाइ रैति संझेर योजना वनाउदछ । परिणामत न त जनताले विकास योजना आयोजनाको वारेमा थाहा पाउदछन न त अनियमितता उपर प्रश्न नै उठाउन पाउदछन । एक त विकासको प्राथामिकता नै ठीक छैन अर्को भइरहेको विकास प्रक्रियामा पनि जनताको स्वामित्वलाइ वहिष्कार गरिएको छ । यस प्रकारको योजना पद्धती र विकासको प्राथामिकताले देशलाइ गरिवीको मार्गमा डो¥याइरहेको छ । प्रधानमन्त्री ज्यू, केही गर्नुहोस, समय खेर नफाल्नुहोस । वादविवादमा नअल्झिनुहोस ।
देशका सवल पक्षहरुको पहिचान गर्न सक्ने, विगतका सफलताहरुवाट सिक्न सक्ने, नागरीक र राष्ट्रिय स्वतन्त्रता र सार्वभौमीकताको आत्मसम्मानको रक्षा गर्न सक्ने, दूरदृष्टि र उच्च परिकल्पनाशिलता र वैज्ञानीक दृष्टिकोण भएको राजनेताको नेतृत्वमा जव देशका जनताहरु घरघरवाट विकासका कार्यमा सहभागी हुन्छन तव मात्रै नयाँ समृद्ध समावेशी नेपाल वन्छ । विज्ञान प्रविधी र वैज्ञानिक आविष्कारहरु एवम भुमण्डलीकरणका कारण संसारका सवै सूचना, उपकरण र प्रविधीहरुको सहज पहुँच र उपलव्धता नेपालमै हुन्छ । यस्तो अवस्थामा दुनियाले ३० वर्षमा गरेको विकास नेपालले ५ वर्षमा गर्न सक्दछ । तर सहज प्रकारले आउने कमिशन, आफन्त, नातागोता, कार्यकर्ताहरुलाइ राज्ययन्त्रमा हालिमुहाली गर्नवाट पूर्णरुपमा मुक्त गराएर यस्तो विकासको नेतृत्व गर्न वर्तमान सरकार तयार होला ? के जनयुद्धका नायकले समृद्धीको पनि नेतृत्व गर्लान ? जनता उत्तरको पर्खाइमा छन ।