चुवावमा कसले जितेर के हुन्छ ?

वर्तमान सन्दर्भमा नेपालको राजनीतिमा प्रचण्ड र के पि वली भरोसा र आसलाग्दा नामहरु हुन । कम्युनिष्ट पार्टी पनि गुण र दोषको आधारमा जनतावाट अनुमोदित हुन पर्दछ भन्ने जननेता मदनभण्डारीको भनाइसँग सहमत भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच चुनावी तालमेल सहित पार्टी एकताको लागि तयार भएका छन भने दुइ फरक राष्टिय पार्टीहरुलाई एकिकरणको लागि तयार वनाउने यसका अभियान्ताहरु विशेषतः केपी वली र प्रचण्ड लगायतकाहरुको देन सदियौ सम्मको लागि प्रसंसनीय हुनेछ । विगतमा चुनावपछि सत्ता र पदको लागि गठवन्धन गर्ने सँस्कृतिको अन्त गर्दै निश्चित कार्यक्रम र मापदण्डको आधारमा गठवन्धन गर्ने सँस्कृतिको पनि जग वसेको छ । यस नयाँ राजनीति सँस्कार निर्माणको कारण पनि देश अव राजनीतिक स्थायित्वको दिशामा अगाडी वढ्नेछ । यस नयाँ परिवेशको निर्माण गरेर यी दुई राजनेताहरुले नेपाल र नेपालीहरुको लागि नयाँ भाग्यरेखा कोर्ने महत्वपूर्ण कदमको शुरुवात गरेका छन । अव यसकै जगमा अव नयाँ नेपाल निर्माण गर्ने आधारशिला तयार हुनेछ ।

लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन एक अनिवार्य प्रकृया हो । निर्वाचनको माध्यामले नै जनताले आफ्नो सार्वभौम अधिकार जन प्रतिनिधीहरुलाइ हस्तानान्तरण गर्दछन । जनतावाट प्राप्त सार्वभौम अधिकारको प्रयोग गरेर जनप्रतिनिधीहरुले जनतामा शासन गर्दछन । कुनै पनि समाजमा २ वटा वर्गहरु हुन्छन । गरिव वर्ग र धनि वर्ग । गरिव वर्ग र धनि वर्गका आधारभुत आवश्यकता नै फरक हुन्छन । धनि वर्गका लागि मोटर, वंगला, कम्युटर, वोर्डिगं स्कूल, प्राइभेट अस्पताल आधारभुत आवश्यकता हुन भने गरिव वर्गको लागि दुई छाक खाना, सुरक्षित वासस्थान, स्वास्थ्य चौकी, सरकारी अस्पताल, सूचनामा पहुँच, मल विउँ, सडक, प्राविधीक सेवाको उपलब्धता आदि कुराहरु आधारभुत आवश्यकता अन्तरगत पर्दछन । यी दुई वर्गहरु विच जहिले पनि वर्गिय स्वार्थको लागि टकराव हुन्छ र जसको हातमा शक्ति हुन्छ उसले नै राष्टिय श्रोत र साधनहरु आफ्नो हितमा उपयोग गर्दछन । देशको सासन सत्तामा गरिव वर्गको पहुँच नहुँदा गरिव समुदायका आधारभुत आवश्यकताहरुको लागि तडपिन पर्दछ भने सत्तामा पहुँच भएको वर्गले सहज रुपमा राष्टिय श्रोत र साधनहरु आफ्नो स्वार्थमा प्रयोग गर्दछन । कथम्कथाचित सहजरुपमा श्रोत र साधनहरु उपयोग गर्न सकेनन भने देशको नियम र कानूनमै संशोधन गरेर भए पनि देशको श्रोत र साधनहरुको दुरुपयोग गर्दछन । यीनीहरुको लागि शासन सत्ताको शक्ति प्राप्ती नै एकमात्रै उद्धेश्य हो । नेपाली काँग्रेस नेतृत्वको सरकारले विगतमा रष्टिय ढुकुटीवाट नीति निर्माण गरेर नै पजेरो सुविधा, भुतपूर्वहरुको लागि सेवा सुविधा, जनताका छोराछोरीहरुले जागीरखाने सरकारी उद्योगहरु भृकुटी कागज, वाँसवारी छालाजुत्ता लगायतका दर्जनौ कारखानाहरु कमिसनको लागि कौडीको भागमा निजि क्षेत्रलाइ विक्रि गरिनु आदि वर्गिय स्वार्थका उदाहरणहरु हुन ।

गरिव वर्ग औषधी नपाएर आत्महत्या गर्न वाध्य छन, सरकारी विद्यालयहरुको पास प्रतिशत औसत भन्दा निकै कम छन भने अभिजात्य वर्गहरुको लागि सबै कुराहरुको सहज पहुँच छ । राष्टिय ढुकुटीको व्रहमलुट गरेर उनिहरुका आधारभुत मात्रै नभएर विलासीताका कुराहरु समेत परिपूर्ति गरिएका छन । यो विड्म्वना पूर्ण अवस्थाको अन्त्य नभइन्जेल सम्म शहरी गरिव र ग्रामिण जनसमुदायको जिवन स्तरमा सकारात्मक रुपान्तरण आउन सक्दैन त्यसकारण वाहिरवाट नदेखीने भित्र एकदम जरागाढेर वसेको समस्याको समाधान खोज्न जरुरी छ । विगतमा रानजीतिक शासन व्यवस्थाको अन्यौलता र अस्थिर सरकारका कारण गरिवी, गरिव र विकासका मुद्दाहरु ओझेमा परे । अव राजनीति मुद्दा हल भइसकेका छन र विकास एकमात्र एजेण्डा हो । अव तिव्र विकास चाहने की यथास्थितीमा नै रमाउने भन्ने कुरा हामीले एक भोट कसलाइ हाल्छौ भन्ने कुराले निर्धारण गर्दछ । त्यसकारण तिव्र राजनीतिक परिवर्तन गर्न सक्ने नेतृत्व र पार्टीको नेतृत्वमा नै तिव्र आर्थिक विकास हुन सक्दछ र हामीले विना हिचकिचाहट क्रान्तिकारी पार्टी र नेताहरुलाइ जिताउनु पर्दछ ।

अहिले निर्वाचन एउटा अत्यन्त महत्वपूर्ण अवसर वनेर आएको छ । यो नै आम जनताको पक्षमा सकारात्मक प्रभाव पार्ने अचुक माध्याम हो त्यसकारण यस निर्वाचनमा कसले जिते भने के हुन्छ भन्ने कुराहरुलाइ विगतका कृयाकलाप र भविष्यकका कार्यक्रमको आधारमा मुल्याँकन गरेर सहि पात्र लाइ भोट दिनु पर्दछ । यस महानिर्वाचनमा धेरै प्रकारका पार्टीहरु र उमेदवारहरु हाम्रा अगाडी आएका छन र सबै उस्तै आकर्षक र लोभ लाग्दा नारा र कुराहरु सहित भोट माग्न आएका छन । यदि यसपटक हामीले को सहि हो र को गलत हो भन्ने छुट्याउन भुल गर्यौ भने हामी निकै पछाडी पर्दैछौ । कुनै पनि राजनीति पार्टी निश्चित सिद्धान्त र दर्शनवाट निर्देशीत हुनु पर्दछ । यो कसको हित गर्ने पार्टी हो र यसले जनतालाइ कसरी सेवा र सहयोग गर्दछ भन्ने वारेमा निक्र्यौल गर्न सक्नु पर्दछ । नेपालमा कम्युनिष्ठ पार्टीहरु वर्गीय रुपमा नै सामाजिक आर्थिक रुपमा पछाडी पारिएका एवम् आधुनिक सेवा सुविधावाट वञ्चित रहेको मध्यम वर्गको हित गर्ने पार्टीहरु हुन जसको प्रतिनिधित्व वाम गठवन्धनले गर्दछ । लोकतान्त्रिक पद्धती मार्फत राष्टिय पूजीपतिहरुलाइ संरक्षण गरी आर्थिक विकास गरि समाजवाद स्थापना गर्ने यो पार्टीको घोषित लक्ष्य हो । यसपार्टी भित्र सुकुम्वासी देखी राष्टिय पूजीपतिहरुलाई संरक्षण गर्ने सैद्धान्तिक आधार सहितका नीति तथा कार्यक्रमहरु छन । देश र जनताको नाममा निश्चित मूल्य मान्यता र आदर्श ठानेर सोसक वर्गको विरोधमा दशकौ जेल, प्राण हत्केलामा राखेर जनताको मुक्तिको लागि शसस्त्र क्रान्ति कुनै पनि सत्ताका दलालहरु वा व्यापारीहरुवाट आश गर्न सकिदैन । जव घोषित रुपमा क्रान्ति हुन्छ त्यहाँ कमजोरी पनि हुन सक्दछन ती कमजोरीहरुलाई स्विकार गरेर त्यसको पक्षमा आफूलाइ उभ्याउन केवल राजनेताहरुलेमात्रै सक्दछन, कुनै जग्गा दलाल, कमिशन खोर वा मुनाफाखोरको वुतामा त्यो हुन सक्दैन । मनन गरौ जव हिजो त्याग र वलिदानको वेला थियो विना संकोच, विना पूर्वाग्रह देश र जनताको हितलाइ केन्द्रमा राखेर त्याग र वलिदान गर्ने नेताहरुमा तुच्छ प्रकारका आरोप र लान्छानाहरुले राजनीतिक दलालहरुको नै सेवा हुन्छ । यो निर्वाचन त्यस्ता त्यागी दुरदर्शी र भिजनरी नेतृत्वलाई सम्मान गर्ने अवसर पनि हो । नयाँ नेपालको नेतृत्वको लागि विशेषतः चितवन क्षेत्र नं ३ र झापा क्षेत्र नं ५ का भाग्यमानी जनताहरुले यो अवसरको भरपुर सदुपयोग गर्नु पर्नेछ ।

यस निर्वाचन पश्चात वन्ने सरकारले हामी जनताको पक्षमा गर्न पर्ने धेरै कुराहरु छन । यहाँको शिक्षामा आमुल रुपान्तरण गरेर हर गाउँको विद्यालयलाई अन्तराष्टिय स्तरको विद्यालयमा रुपान्तरण गर्न पर्नेछ, हर स्वास्थ्य चौकीलाई सुविधा सम्मपन्न अस्पतालमा रुपान्तरण गर्न पर्नेछ, गाउँ गाउँमा रहेको जातीय विभेदको अन्त गरेर समावेशी समाजको निर्माण गर्नुछ, घर घरमा रहेको छोरा र छोरीको विभेद अन्त गर्नु पर्नेछ, दाइजो प्रथा र वोक्सी प्रथावाट ग्रसित समाजलाइ आदर्श समाजमा रुपान्तरण गर्नु पर्नेछ, हर युवाहरु, युवतीहरुलाइ रोजगारका लागि सिप विकास गर्ने अवसर श्रृजना गर्नुछ, गाउँ गाउँमा रोजगारका अवसरहरु सिर्जना गरि विदेशमा रहेका युवाहरुलाइ घर फर्काउनुछ, न्यून आय भएका हाम्रा खेतवारीको उत्पादकत्वमा आमुल रुपान्तरण गरि प्रति कठ्ठा वार्षिक कम्तीमा पनि रु. दुई लाख उत्पादन गर्न सक्ने गरि व्यवस्था मिलाउनु पर्नेछ । गाउँ गाउँमा कम्युटर, विज्ञान, कृषि, वनविज्ञान, वातावरण, पर्यटन, कुक, होटल व्यवस्थापन जस्ता विषयहरुमा शिक्षा प्राप्त हुने व्यवस्था मिलाउनु पर्नेछ । यसका अलावा, सुकुम्वासी परिवारहरुको लागि घर वास र रोजगारको व्यवस्था मिलाउनु पर्नेछ, गरिव र न्यून आय भएका परिवारहरुलाई सुरक्षितरुपमा वच्चा जन्माउन र तीनलाई उचित पालन पोषण्को लागि जीवन स्याहार भत्ताको व्यवस्था गर्नुछ । गरिव र न्यून आय भएका परिवारहरुको समाजिक र साँस्कृति सुरक्षाको ग्यारेण्टी गर्न पर्नेछ । यसका अलावा ठुला ठुला राष्टिय योजनाहरु, भौतिक पूर्वाधारहरुको निर्माण गरेर समृद्ध राष्टकोे आधारशिला तयार गर्नु पर्नेछ । यसको लागि चमत्कारीक राजनीतिक रुपान्तरणको नेतृत्व गर्न सफल कमरेड केपी वली र प्रचण्डको नेतृत्वमा मात्रै यो कार्यभार सफल हुन्छ । स्मरण रहोस यो देशको सकारात्मक रुपान्तरण हामी सवैको साझा चाहना हो । हाम्रो खेतको उत्पादकत्वको वृद्धि, जवान छोरा छोरीको लागि रोजगार, हुर्कदा छोरा छोरीको लागि वैज्ञानीक शिक्षा र वृद्ध वा आमाहरुको लागि वृद्ध भत्ता जस्ता कुराहरुको ग्यारेन्टी हामी सबैका चाहना हुन । त्यसकारण विगतको त्याग, योग्यता, क्षमता र दक्षता एवम् भविष्यका कार्यक्रमको आधारमा एक भोट खेर नजाने गरी हाल्न सक्यौ भने मात्रै पनि हामी मतदाताहरुले नयाँ नेपाल निर्माणमा महत्वपूर्ण भुमिका खेलेको प्रमाणीत हुनेछ । यस्तो महान अवसरको सदुपयोग गरौ ।