जलवायु भनेको कुनै निश्चित भौगोलिक स्थानको लामो अवधिको औसत मौसमी आकडाको औसत अवस्थालाई वुझिन्छ । यो दैनीक मौसमी अवस्था वा क्रृतुअनुसार फेरवदल हुनै मौसम भन्दा फरक र वृहत हो वा भनौ मौसमको लामो आवधीको औसत व्यहार हो । विशेषतः सन् २००५ देखी विश्वव्यापी रुपमा जलवायु परिवर्तनको महशुश गरीएको हो । विश्वव्यापी रुपमा जलवायु परिवर्तनले गम्भिर समस्याहरु निम्त्याएको छ भने नेपालमा पनि हिउँ पग्लिने, हिमताल फुट्ने, वनस्पतिको जैविक गुणहरुमा परिवर्तन अति वृष्ठि, सुख्खा तथा मनसुनको समयमा फेरवदल जस्ता अवस्थाहरुको महशुश गरिएको छ । मानिसले आफ्ना दैनिक कृयालापहरुमा सहजता र नियमीत रुपमा सम्पादन गर्न प्रकृति मौसमी चक्रसँग समायोजन गरेर आफ्ना कृयाकलापहरु, आनी व्यवहार, मुल्य मान्यताहरु विकास गरेका छन । यिनै आदत वानी व्यवहार, मुल्य मान्यताहरुमा आधारीत भएर सामाजिक संस्कार र जीवन पद्धतीको बिकास भएका छन । नेपालमा पनि विगत केही वर्षदेखी दैनीक तथा क्रृतु अनुसारका मौसममा एकाएक परिवर्तन भएको महशुश गरीएको छ र यस्ता अनपेक्षीत परिवर्तनहरुले जीवनयापनमा कष्ठता महशुस गरीएको छ । विशेषतः औधोगीक क्रान्तिसँगै शुरु भएको अत्याधिक कार्वन उत्सर्गन तथा वन विनास जस्ता समस्याहरुको कारण विश्वमा देखा परेको वातवारणीय समस्याहरुलाइ जुध्ने साझा संकल्प सन १९९२ को पृथ्वी शिखर सम्मेलन भएको थियो र त्यतीवेला जलवायु परिवर्तनको मुद्धा उठीसकेको थिएन तर वातावरणीय सन्तुलनमैत्री बिकासको अवधारणा भने त्यतीवेला नै शुरुवात भने भइसकेको थियो ।

वन विनासको रोकथवम र वनको हैसीयतामा सुधार ल्याई कार्वन संचितीकरण वढाउने उद्धेश्यले सन २००५ क्यानाडाको मोन्ट्रलमा भएको संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धिका पक्षर राष्टहरुको सम्मेलनमा पपुवा न्यु गिनी र कोस्टारीकाद्धारा प्रस्ताव दर्ता गरेपछि रेड अवधारणाको ९च्भमगअष्लन भ्mष्ककष्यल ाचयm म्भायचभकतबतष्यल बलम ँयचभकत म्भनचबमबतष्यल० विकासको शुरुवात भयो र सोही अनुरुपका निति तथा रणनिति वनाउने वारेमा अन्तराष्ट्रिय स्तरमा छलफलहरु शुरु भए । नेपालमा रेड अवधारणाको शुरुवात सन २००७ सालवाट भएको हो । वन विनासको न्यूनकिरण र हैसीयतमा सुधार गरेर मात्रै कार्वन उत्सर्जन प्रभावकारी रुपमा घटाउन सकिदैन तर त्यससँगसगै मौज्दात कार्वन संरक्षण, वनको दिगो व्यवस्थापन र कार्वन संचितीकरणमा अभिवृद्धि गरी जलवायु परिवर्तनको न्युनीकरण तथा अनुकुलनतामा सहजता ल्याउन सकिन्छ भन्ने मान्यताका साथ रेड प्लस अवधारणाको विकास भएको छ र सोही अनुरुप कार्यक्रमहरु संचालन गरिदै आर्ईएको छ । नेपालको सन्दर्भमा रेड प्लसको अवधाराणा अन्र्तरगत न्यूनीकरण तथा अनुकुलनको तयारी गरीरहदा विशेषत ३ वटा क्षेत्रहरुमा ध्यान केन्द्रित गरी अगाडी वढ्न जरुरी देखीन्छ । पहिलो अनुकुलन तथा न्यूनिकरण प्रविधी, दोश्रो निति नियमहरु र तेश्रो प्रत्यके व्यक्तिका सोचमा रुपान्तरण । जलवायु परिवर्तनले नयाँ नयाँ समस्याहरु पैदा गर्ने गरेको हुँदा सबै समस्याहरुको न्यूनीकरण तथा अनुकुलनताको प्रविधि विकास हुने क्रम जारी छ भने कतिपय अवस्थामा स्थानीय स्तरमा प्रविधीको विकास पनि हुदै गइरहेको छ । नेपालकै सन्दर्भमा कतिपय स्थानहरुम न्युनीकरण तथा अनुकुलनका प्रविधीहरु विकसीत गरीएका छन भने उपयुक्त र उचित ठहरीएका प्रविधीहरुलाई जनस्तर सम्म पु¥याई उक्त प्रविधीहरुको उपयोग गर्न सक्ने क्षमताको अभिवृद्धि पनि गर्नु पर्दछ । यो सम्पुर्ण विश्वको साझासवाल भएको कारणले र संसारका सबै देशहरु यस समस्यावाट ग्रसीत भएका कारणले गर्दा अन्तराष्ट्रिय रुपमा नै निती तथा योजनाहरु तयार गरीएका छन भने विभिन्न देशका सरकारहरुले पनि आफ्नो अनुकुलका निति तथा परियोजनाहरु सञ्चालन गरी रहेका छन । यस सम्वन्धि नयाँ नयाँ निति नियमहरु निर्माण गर्न र भइरहेका निति नियमहरुलाइ पुनरावलोकन गर्न प्रत्येक पक्ष राष्ट्रहरुको सम्मेलन वार्षिक रुपमा आयोजना गरिन्छ ।
नेपालमा पनि यसलाइ एउटा जल्दोवल्दो वहुसरोकार सवालको रुपमा स्विारीएको छ र विज्ञान प्रविधी तथा वातावरण मन्त्रालय, वन मन्त्रालय जस्ता मन्त्रलायहरुले प्रत्यक्ष रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन भने प्रभावशाली राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुले पनि सरकारी निकायहरुसँग समन्वय कायम गरेर परियोजनाहरु सञ्चालन गरि रहेएका छन । सबै पक्षहरुको एकिकृत प्रयास भएका कारण छाटो समयमा जलवायु परिवर्तन सम्वन्धि सामन्य जानाकारीहरु जनमानसमा पुग्न सफल देखिन्छन । विशेषतः सरकारी निकायहरुको अगुवाइमा राष्टिय तथा स्थानीय अनुकुलता तथा न्यूनीकरण योजनाहरु तयार गरी कार्यक्रमहरु कार्यान्वयन गर्न शुरुवात भएका छन । यो दिर्घकालिन महत्वको साझा सवाल समेत भएकोले यसमा सबैको एकिकृत प्रयास जरुरी छ भने जलवायु अनुकुलन तथा न्यूनीकरणका विषयमा जनस्तरको वुझाइ र गराइमा पनि परिवर्तन अनिवार्य छ । नेपालमा हाल सम्म अपनाइएका विकासको मोडलमा भौतिक वस्तुको निर्माण तथा मर्मत सम्भारमा ध्यानकेन्द्रित गरियो र विकासमा जनताको दक्षता, सिप चाहना र सोचको पक्षलाइ उपेक्षित गरियो जसले गर्दा बिकासका अपेक्षित लक्ष्यहरु प्राप्त गर्न सकिएन । कुनै पनि बिकासको साधन र साध्य भनेको जनता हो । विकास जनताको लागि हो । संसार भरका दिगो बिकासका इतिहासलाइ केलाउने हो भने उत्साही र सहभागी जनताको नेतृत्वमा गरिएका विकास सफल भएका छन भने सकारात्मक सोच भएका जनताहरु सदैव शुसान र दिगो बिकास प्रति सचेत भएको प्रमाणीत हुन्छ । जलवायु परिवर्तनवाट आउन सक्ने सबै प्रकारका समस्याहरु नियमीत आकस्मीकताका रुपहरु हुन र यस्ता समस्याहरु जुनसुकै वेला हुन सक्दछन । त्यसका लागि विगतमा मानिस कृयाकलापहरुले संभावीत आधारहरु तयार भइ सकेका छन । त्यसकारण त्यस्ता संभावीत खतरावाट वच्न न्यूनीकरण र अनुकुलताको लागि मानसीक रुपमा तयार हुन जरुरी छन । जलवायु परिवर्तनवाट हुन सक्ने संभावीत समस्याहरुवाट जुध्न पनि वैकल्पीक उपायहरु र उपलब्ध श्रोत र साधनहरुको सदुपयोग गर्ने क्षमताको अभिवृद्धि गर्न सकारात्मक सोचको आवश्यकता हुन्छ ।
केन्द्रिय स्तरमा जलवायु न्यूनीकरण तथा अनुकुलन कुनै विशेष मन्त्रालय तथा विभागको जिम्मेवारी भए पनि व्यवहारीक जीवनमा यो सम्पुर्ण जनताको आवश्यकता र सरोकारको विषय हो । जवसम्म स्थानीय स्तरका जनताको क्षमता अभिवृद्धि गरी सोचमा परिवर्तन ल्याउन सकिदैन तव सम्म जलवायु न्यूनीकरण तथा अनुकुलनताका कार्यक्रमहरुलाइ सफलता पुर्वक सञ्चालन गरेर वान्छित परिणाम प्राप्त गर्न सकिदैन । वन, वातावरण, साँस्कृतिक मुल्य र मान्यतामा आधारीत जनता र वनसँगको सम्वन्धका वारेमा जन समुदायमा वनि वनाउ धारणाहरु छन त्यसकारण वर्तमान परिवर्तीत अवस्थामा त्यस्ता धारणहरुमा परिवर्तन अनिवार्य छ । आम जनमानसमा यो समस्याको सामाधान सरकारको कर्तव्य र दायित्व हो भन्ने सोच हावी छ तर सरकार एक्लैको प्रयासले परिस्थितीमा आमुल परिवर्तन ल्याउन नसक्ने हुँदा यस्तो सोचमा परिवर्तन गरेर यो सर्व साधारण जनसमुदायकै सरोकारको विषय हो भन्ने चेतनाको बिकास गर्नु जरुरी छ । जलवायु परिवर्तनका संभावीत खतरावाट व्यक्ति नै पिडित हुने हुँदा प्रत्येक व्यक्तिलाइ नै न्यूनीकरण र अनुकुलनका प्रविधीहरुको वारेमा पुर्ण जानकार र दक्ष वनाउनु अनिवार्य शर्त हो । यस सम्वन्धिका कार्यक्रम सडक निर्माण, खाने पानी परियोजना, सामुदायीक वन जस्तो हुदैनन जुन समुहका केही अगुवाहरुले जानेर पनि सम्पन्न गर्न सकिन्छ । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलनसँग सम्विन्धित कार्यक्रमहरु प्रत्येक परिवारको प्रत्येक व्यक्ति सक्षम हुन जरुरी छ । यसको लागि हालसम्म अपनाउदै आएको विकास प्रकृयामा नै पुनरावलोकन गर्न जरुरी छ । व्यक्तिका परमपरागत सोच्ने शैलीमा आमुल परिवर्तन ल्याइ न्यूनीकरण तथा अनुकुलनताका उपायहरु अवलम्वन गर्न तयार हुने सोचको निर्माण गर्न आवश्यक छ । परमपरागत सोचमा परिवर्तन ल्याइ नयाँ सोचको विकास गराउन सकियो भने मात्र छोटो समयमा धेरै सकारात्मक परिणामहरु प्राप्त गर्न सकिन्छ । प्रत्येक व्यक्तिको सोचमा आमुल रुपान्तरण ल्याइ नविन सोचको बिकास गर्न निश्चित रुपमा चुनौती पुर्ण भए पनि यो सामुहीक प्रयासले संभव छ । नविन सोच निर्माण गर्ने प्रकृयालाइ देशका सबै राजनीतिक पार्टीहरु, विद्यालय तथा विश्वविद्यालयहरु, सबै प्रकारका संघ संगठनहरु तथा निजी व्यापारीक संघ सस्थाहरु सबैले सामुहीक अभियानका रुपमा लिनु पर्दछ । यहाँ सबैले ध्यान दिनु पर्ने कुराहरु के के छन भने संभावीत प्रतिकुल अवस्थासँग जुध्न सामुहीक अभियान चाहिन्छ । कुनै एक वा दुइ जनाको प्रयासले शुरुवात त हुन सक्छ तर दु्रतदर रुपमा फैलिन सक्तदैन ।
जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलनको विषयलाइ देशभरी अभियानको रुपमा फैलाउने र समाजलाइ रुपान्तरण गरेर बिकासमा सकारात्मक योगदान दिने काम सबै प्रकारका सस्थाहरुको जिम्मेवारी र दायीत्व हो । यस अभियानमा सहभागी हुन चाहने सबै पक्षहरु प्राविधीक तथा सामाजीक रुपमा दक्षता प्राप्त गर्न जरुरी छ र यसलाइ प्रमुख साझा चासोको रुपमा स्विकार्न पर्दछ र सोही मुताविक आफ्ना निति नियम र कार्यक्रमहरु तर्जुमा गर्नु पर्दछ । यदि हाम्रा राजनितिक दल देखी सबै सामजीक , व्यवसायीक तथा व्यापारीक संघ सस्थाहरुले यस्तो महत्वपुर्ण सवाललाइ आफ्नो सरोकारको रुपमा स्विकार्न र राष्ट्रिय अभियान सञ्चालन गर्न सहमत भएमा नेपाल स्वयम्ले नयाँ विकासको मोडेल निर्माण गर्न सक्छ र सधै विदेशी बिकासको मोडेलमा हिड्नु पर्ने वाध्यताको अन्त हुनुका साथै दिगो र समग्र विकासको प्रकृयामा नेपालको स्थानसमेत अग्रस्थानमा आउन सक्छ जसले नेपालको बिकासमा सकारात्मक प्रभाव पार्न सक्नेछ भने नेपालीहरुमा नयाँ भविष्य प्रति उत्साह र उमंग पैदा गर्न सफल हुने छ । निश्चित रुपमा अहिले ज जसले जलवायु परिवर्तनका संभावीत न्यूनीकरण र अनुकुलताको नेतृत्व गरीरहनु भएको छ, वहाहरुले नै यसको दयारालाइ फराकीलो पार्दै समग्र प्रणाली अनुरुप नेतृत्व प्रदान गर्नु आवश्यक छ भने देशका निति निर्माणमा प्रभाव पार्ने राजनीतिक नेतृत्वले यस विषयमा स्पष्ट दक्षता हासिल गर्दै सो मुताविक नितिनियमहरुको परिमार्जन तथा नयाँ नितीको निर्माण गर्ने अग्रसरता लिनु आवश्यक छ भने समग्र जनसमुदायले उच्च दक्षताका साथ अनुकुलन तथा न्यूनीकरणका कार्यक्रमहरु कार्यान्वयन गर्न र सो मुतावीकका वानी व्यवहार वनाउन आवश्यक छ । हामीले हाम्रो सोचमा परिवर्तन गर्न सक्यौ भने मात्रै पनि सकारात्मक रुपान्तरणको यात्रा शुरु हुन सक्दछ ।