एसियन ब्रोडकास्टि∙ युनियन (एवियु)को आवद्ध सदस्यको हैसियतमा अकोरावको १५ सदस्यीय टोली एवियुको ५२औ साधारणसभामा सहभागीहुन हिजो २५ अक्टोवरमा टर्कीको पर्यटकीय शहर स्तानवुल आएको छ । यस संस्थामा एशिया प्रशान्त क्षेत्रका पश्चिममा टर्की र पूर्वमा समाओ तथा उत्तरमा रसिया र दक्षिणमा न्यूजिलैण्ड सहितका ६८ देशका साना र ठूला गरेर २७५ प्रसारणसँग सम्वन्धित रेडियो तथा टेलिभिजनहरु आवद्ध छन । एवियु एशिया प्रशान्त क्षेत्रका प्रसारणसँघ सँस्थाहरुलाई व्यवसायीक सहयोग गर्ने मुनाफा रहित, गैरसरकारी स्वयमसेवी व्यवसायीक संघ हो । अन्तराष्ट्रिय एवम क्षेत्रिय स्तरमा प्रसारण गर्ने रेडियो वा टेलिभिजनहरु यसका पूर्णकालिन सदस्यहरु हुन भने राष्ट्रिय वा देशभित्र क्षेत्रिय स्तरमा प्रसारण गर्ने रेडियो वा टेलिभिजनहरु यसका आवद्ध सदस्यहरु हुन सक्दछन ।
एवियुले प्रसारणसँग सम्वन्धित निकै फराकिलो दायरामा आफ्ना कृयाकलापहरु सञ्चालन गर्दछ । दैनिक खवरहरु तथा कार्यक्रमहरुको आदान प्रदान, कार्यक्रमहरुको सह उत्पादन, प्राविधीक सहयोग, क्षमता अभिवृद्धि कार्यक्रमहरु, प्रसारणसँग सम्वन्धित कानूनी व्यवस्थापन, परामर्श सेवा, व्यवसायीक सम्मेलनहरु तथा अन्तराष्ट्रिय फ्रिक्विन्सि व्यवस्थापन योजना तर्जुमा तथा संयोजन गर्ने कार्यहरु गर्दछ । विकासशील तथा अति कम विकसित देशका आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने ध्येयका साथ प्रसारण विषय वस्तुहरु उपलब्ध गराउने, प्रसारण सँस्थाप्रति नीति निमार्ताहरुको ध्यान आकर्षण गर्न सभा सम्मेलनहरुको आयोजना गर्ने, प्रसारण संस्थामा आवद्ध कर्मचारी, तथा प्रसारकहरुको क्षमता अभिवृद्धि गर्ने, राम्रा कार्यक्रमहरुलाइ प्रोत्साहीत गर्न पुरस्कृत गर्ने आदी कार्यहरु नियमीत रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
देशभरीकै सामुदायिक रेडियोहरुको साझा सञ्जालको रुपमा सामुदायिक रेडियो प्रसारणसंघले सन २००७ मा एवियुको आवद्ध सदस्यको मान्यता प्राप्त गरेको हो । अकोराव मार्फत नेपालकका सामुदायिक रेडियोहरुको क्षमता अभिवृद्धिमा एवियुले तालिमहरु उपलब्ध गराउने, क्षेत्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनहरुमा सहभागी गराउने र नेपालका सामुदायिक रेडियोहरुका मुद्दाहरुलाई विभिन्न तवरले अन्तराष्ट्रियकरण गर्न एवियुले नियमित रुपमा सहयोग गर्दे आएको छ भने प्राय एवियुका सबै क्षेत्रिय एवम अन्तराष्ट्रिय कार्यक्रमहरुमा अकोरावलाई सम्मानजनक रुपमा आफ्ना कुराहरु राख्न मञ्च उपलब्ध गराइने गरिएको छ । यस साधारणसभाको पूव सन्ध्यामा हुने आवद्ध वैठकको प्लेनरी सेसनमा पनि नेपालको सामुदायिक निर्माणमा सामुदायिक रेडियोहरुको भुमिका विषयकमा प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
अकोरावलाई एवियुले एक प्रभावशाली र ठूलो सञ्चार सञ्जाल भएको आवद्ध सस्थाको रुपमा मान्यता प्रदान गरेको छ । एवियुको वार्षिक साधारण सभा प्रत्येका वर्ष यसका सदस्य राष्ट्रहरु भएको देशमा हुन्छ । यसको केन्द्रिय कार्यालय मलेशीयको राजधानी क्वलालम्पुरमा छ । अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त र स्थापीत यस्ता संस्थाहरुसँगको आवद्धताले अकोरावलाई अन्तराष्ट्रिय स्तरमा परिचित गराउन मद्दत पुगेको छ भने अकोराव र सामुदायिक रेडियोहरुको संस्थागत क्षमता अभिवृद्धिमा निकै ठूलो योगदान पुगेको छ ।
यस वर्षको ५२औ साधारणसभा टर्कीको यस सुन्दर पर्यटकीय नगरी स्तानवुलमा आयोजना हुँदैछ ।
दैनिक नियमीत र तनावपूर्ण जीवनलाइ खण्डीत गर्दै आनन्द र मानसीक एवम शारीरीक आनन्द दिने सौर्य, समुन्द्रक, पहाड, जंगल, ताल तलैया र प्राचिन सभ्यता र आधुनिक विकासको प्रतिकको झझल्को दिने सुन्दर र आकर्षक गन्त्व्यस्थलको रुपमा टर्कीलाई चिनिन्छ । यो प्राकृतिक सुन्दरता र आधुनिक व्यवस्थित बिकासको संगमस्थल हो रहेछ । टर्कीको गौरावन्तीत सभ्यताको इतिहास छ । इस्तानवुल वरपरको छाटो यात्रामा नै यसको इतिहास निकै गर्विलो र रफ्तारमा अगाडी वढेको वर्तमान र संसारलाइ नेतृत्व गर्न सक्ने भविष्य छ भन्ने यहाँको वयवस्थित विकासक्रमले प्रमाण्ति गर्दछ । यहाँ आउनेहरुले यो त एक भ्रमणमा पर्याप्त नहुने रहेछ भनेर सहजै अनुमान लगाउन सक्दछन । यस देशका साह्रै सह्रिदयी र आँखामा हालेपनि नविझाउने जनताहरु र जिम्मेवारी र जवाफदेहीता सहितको कारण यहाँको पर्यटकीय व्यवस्था झनै फस्टाएको रहेछ । एसिया र युरोपलाई जोडने यस देशको कुल क्षेत्रफल भने ८,१४,५७८ वर्ग किलोमिटर छ । सन् १९२३ अक्टोवर २३ मा मुस्ताफा केमलको नेतृत्वमा गणतन्त्रको स्थापना भएको टर्कीको राजधानी स्तानवुलवाट आर्कामा सारिएको हो ।
टर्कीमा उच्चमाध्यामिक स्तरसम्मको शिक्षा निशुल्क र अनिवार्य छ । सन् २००१ देखी नै यहाँ ६ वर्ष भन्दा माथीका उमेर समुहको विद्यालय भर्ना १०० प्रतिशत छ । सन् २००११ सम्म आइपुग्दा १६६ वटा विश्वविद्यालयहरु सञ्चालित छन । यहाँ विश्व वजारमा सम्मानजनक रुपमा उपस्थित हुन सक्ने जनसशक्त्ति उत्पादन गर्ने उद्देश्यले व्यवसायीक प्राविधीक शिक्षालाइ जोड दिइएको छ । व्यवसायीक प्राविधीक शिक्षाले देशको जनशक्तिले सम्मानजनक काम पाउनका साथै देशकै उत्पादन वृद्धिमा योगदान दिन्छन भन्ने यहाँको राष्ट्रिय नीति निर्माणको आधार हो । यहँको व्यवसायीक प्राविधीक शिक्षाले युवा र युवतीहरु देबैलाइ लक्षित गरेको छ । सन २००१र००२ मा ३,४०० प्राविधीक व्यवसायीक विद्यालयहरुमा ८,२१,९०० विद्यार्थीहरुले व्यवसायीक प्राविधीक शिक्षा शुरु गरिसकेका थिए भने ६६,१०० शिक्षक शिक्षिकाहरुलाई रोजगारी उपलव्ध गराईएको थियो । शिक्षा क्षेत्रको यो व्यापक रुपान्तरणसँगसगै यहाँको आर्थिक विकासले गति लिएको हो ।
आन्तरीक समस्याहरु तथा छिमेकीहरुसँग लाडाई एवम विविध समस्याहरुका सामना गर्दै विकासको पथमा अगाडी वढेको टर्कीको प्रति ब्यक्ति औसत आय वार्षिक १९,६१० अमेरीकी डलर छ । विश्व वैकका साझेदारहरुमध्ये मध्यम आय भएका देशहरुमा टर्की उच्च मध्यम आम्दानी भएको साझेदार हो । यो विश्वको १७औ ठूलो अर्थतन्त्र हो । टर्कीले सन् २००२ देखी २०१२ को वीचमा चमत्कारीक परिवर्तन गरेको छ । यस अवधीमा भएको विकासले आर्थिक रुपमा विपन्न रहेका ४० प्रतिशत जनताको उपयोग क्षमता औषत राष्ट्रिय स्तरको सरह भएको छ । यही अवधीमा निरपेक्ष गरिवी १३ वाट घटेर ४.५ प्रतिशतमा झरेको छ भने मध्यमखालको गरिवी ४४ प्रतिशत वाट २१ प्रतिशतमा झरेको । विपन्न वर्गको स्वास्थ्य, शिक्षा र नगरपालिका र सरकारी निकायहरुले प्रदान गर्ने सेवा सुविधाहरुमा चमत्कारीक परिवर्तन आएको छ । विश्व आर्थिक मन्दीको अवस्थामा टर्कीले लगभग एक करोड तीनलाख रोजगारीका अवसरहरु श्रृजना गर्न सफल भएको थियो ।
सिमित श्रोत र साधन, आन्तरीक र वाह्रय समस्याहरुका वावजुद टर्कीले गरेको यस चमत्कारी रुपान्तरणलाई ध्यानदिएर हेर्ने हो भने नेपालले सकारात्मक फराकीलो सोच आगामी पुस्ता प्रतिको जिम्मेवारी, वर्तमानमा देश र जनता प्रति जवाफदेही र सबैले व्यक्तिगत, परिवार र इष्टमित्रको दायरावाट माथी उठेर देश र सम्पुर्ण जनताको वृहत्तर हितलाई ध्यानमा राखेर प्रतिवद्ध हुने हो भने आगामी १० वर्षमा नै विकसित संसारलाइ भेट्टाउन सक्ने देखिन्छ । सर्व प्रथमत हामीले विशेषतः नेतृत्ववर्गले नेतृत्वको जिम्मेवारी र जवाफदेहीता के हो भन्ने वारेमा गहिरोसँग वुझन पर्दछ । साह्रै नै दिक्क लाग्दो तथ्य के हो भने हामीले आजसम्म नेपालमा ज जसलाइ शिर्ष नेतृत्व भन्यौ वहाँहरुले शिर्ष नेतृत्वको अर्थ पनि वुझ्न सक्नु भएन । अव शिर्ष नेतृत्वको अर्थ नै नवुझेपछि तदनुसारको सोच, काम व्यवहार गर्न सक्ने कुरै भएन । वास्तवमा शिर्ष नेतृत्व त त्यस्तो हुदो रहेछ जसले आफ्नै देश भित्रकालाइ आफ्ना र पराइ भनेर छुट्टयाउदैन । आफुलाइ भोट हाले पनि नहाले पनि, आफ्नो नाता गोता परे पनि नपरेपनि रंग र वंशको आधारमा हैन योग्यता, क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी वाँडफाँड गर्दछ । सुविधाको आधारमा नभई नीतिको आधारमा निर्णय गर्दछ । देश विकासमा सिमित ३,४ जना शिर्ष नेतृत्वको भुमिका निर्णायक हुन्छ नै तर सबै तहमा सबै क्षेत्रमा दक्ष, इमान्दार, सक्षम जिम्मेवार र जावाफदेहीता सहितको नेतृत्व उत्तिकै आवश्यक हुन्छ । नेतृत्वको निर्माण र नेतृत्वको क्षमता बिकास गर्न संस्थाहरु आवश्यक हुन्छ । संस्थाहरुले नै नेतृत्व वकासका अवसरहरु उपलब्ध गराउन सक्दछन र समाज र देश प्रति जिम्मेवार नेतृत्वको निर्माण गर्ने आधार तयार गर्दछन । व्यवसायलाई मुनाफायुक्त वनाउन सक्षम व्यवसायीक नेतृत्वको आवश्यकता हुन्छ, वैज्ञानीक आविष्कारलाइ उत्कृष्ट सक्षम वैज्ञानीक नेतृत्वको आवश्यकता हुन्छ त्यसै गरी राजनीतिलाइ जवाफदेही, जिम्मेवारी र सकारात्मक वनाउन पनि राजनीतिक हरेक तह वडा कमिटी देखी शिर्ष तह सम्म सक्षम, इमान्दार, जवाफदेही र जिम्मेवार नेतृत्व आवश्यक पर्दछ । नेपाल जस्तो निकै कम शाक्षतरता भएको देशमा स्थानीय स्तरवाट नै सक्षम नेतृत्व छानीएर आउने संभावना कम रहन्छ । खास गरी अशिक्षित र अचेतशील समाजमा टाठावाठा टपरटुइयाहरु नेतृत्वमा आउदछन त्यस्तो अवस्थामा शिर्षतहमा हुने हरुले स्थानीयस्तरमा जनताको पक्ष नलिएर तिनै टपरटुइयाहरुको प्रभावमा परेर निर्णय गरीदिदा राजनीतिको प्रतिफल जनताले पाउन सक्दैनन र समाजका सधै यथास्थितीमा नै रहन्छ ।
नेपाललाइ समृद्ध, समुन्नत र गौरवशाली देश वनाउन सम्पुर्ण जनताको योगदान अनिवार्य नै छ तर त्यो भन्दा वढी योगदान अहिलेको नेतृत्वले दिनु पर्ने एकदम आवश्यकता छ । अहिले नेपाललाइ विभिन्न तह र तप्कामा रहेर नेतृत्व गरी रहेका हरुले (राजनीति, व्यापा, समाजसेवा, गैसस, धर्म)े आफना हरेक कृयाकलाप अगाडी आफूले आफूलाइ देश विकासको सच्चा सिपाइ संझेर एउटा प्रश्न सोध्नु पर्नेछ । मैले गर्ने यस कार्यवाट देश र जनतालाइ के कति फाइदा हुन्छ ? जवसम्म आफूलाइ चित्त वुझ्दाृ जवाफ आउदैन अर्को प्रश्न सोध्नु पर्दछ । मैले यस जिम्मेवारीमा वसेर के गरे भने देश र जनतालाइ सबै भन्दा वढी फाइदा हुन सक्छ र देश आगामी १० वर्षमा आमुलरुपमा रुपान्तरण हुन्छ र हाम्रो देश अति कम विकसित देशवाट समृद्ध देशमा रुपान्तरण हुन्छ ? यस प्रश्नको सही उत्तर जे आउछ आफनो सम्पुर्ण ताकत लगाएर त्यो काम नै हामी सबैले सबै ठाउँवाट ग¥यौ भने हाम्रो देशको समृद्धीलाइ दुनियाको कुनै तागले रोक्न सक्दैन र रोक्न खोज्नेहरु पनि तछाड र मछाड गर्दै सहयोग गर्न आउने छन ।
इस्तानवुलको टरयाप होटलको ६०६ नम्वरको कोठामा मलाइ यही प्रेरणा मिल्यो र यस लेखको रुपमा व्यक्त गरेको छु र हामी सबै जो जहाँवाट जुन अवस्थामा जुनसुकै निकायको नेतृत्व गरीरहेका छौ हाम्रो पुस्ताले मात्रै देश र जनताको लागि हाम्रो नेतृत्वलाइ समर्पण गर्न सक्यौ भने हाम्रा सन्ततीहरु समृद्ध नेपालका नागरीक हुनेछन त्यसपछि न हाम्रा सन्ततीहरु भिषाको लागि कुनै दुतावसमा लाइन वस्नु पर्नेछ, न त गोर्खा र वहादुर भनेर चिनाउन पर्नेछ न त खाडी, मध्यपूर्व र मलेशीयामा नेपाली चेलीको अस्मितामा कसैले धावा वोल्ने हिम्मत नै गर्ने छन । आज हामीलाइ होच्याउनेहरु नै हामी वा हाम्रा सन्ततीहरुसँग सेल्फीलिन र अंकमाल गर्न नै तछाड र मछाड गर्ने छन । के हामीले त्यो माहान र गौरवशाली इतिहास निर्माणमा योगदान दिने अवसर गुमाउन हुन्छ र ? सोच वदलौ, कृयाकलाप आफै वदलीन्छ । जव कृयाकलाप वदलिन्छ तव हाम्रा आदतहरु वदलीनेछन र जव हामी सबैका आदत वदलिन्छन तव नयाँ नेपालमा नयाँ सँस्कारहरुको शुरुवात हुनेछ । कसैको दवावले कोही सुध्रिदैन तर आफ्नो आन्तरीक चाहनेले आफूलाइ परिवर्तन हुनवाट कसैले रोक्न सक्दैन । रोजाइ हामै्र हो ………………………………..

 

Facebook Comments