सन् २०३० सम्म विश्ववाट गरिवी उन्मुलन गरी समृद्ध र समावेशी समाजको निर्माण गर्न संयुक्त राष्ट्रसंघ आववद्ध राष्ट्रहरुको साझा प्रतिवद्धता नै दिगो विकासका लक्ष्यहरु हुन । विकास एक समग्र प्रकृया भए पनि अन्तर सम्वन्धित विषयहरुको समन्वयात्मक प्रयासवाट नै समग्र विकासका लक्ष्यहरु प्राप्त हुने भएको हुँदा दिगो विकास लक्ष्य अन्तर्गत १७ वटा विषय र १६९ वटा सूचाँकहरु तय गरिएका छन । दिगो विकास सम्वन्धि यी लक्ष्यहरु अति विकसित देखी अति कम विकसित राष्ट्र समेत गरी १९३ राष्ट्रहरुले संयुक्त रुपमा हस्ताक्षर गरी स्विकार गरेका छन । यी लक्ष्यहरु यस विश्ववाट गरिवी उन्मुलन गरी समृद्धी प्राप्त गर्न सबै सदस्य राष्ट्रहरुका साझा परिकल्पना हुन । सबै देशहरुले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न आफ्नो देशका विकासका रणनीतिहरु सोही अनुरुप तय गर्न स्वतन्त्र छन । नेपालले पनि १४औ योजना लगायतका वार्षिक नीति तथा कार्यक्रमहरु पनि दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग गर्ने गरी तयार गरेको छ । नेपालले दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न यहाँको सामाजिक संरचना र वनावट अनुसार रणनीतिहरु तय गर्न पर्दछ भने वदलिदो सामाजिक परिवेशमा सूचना तथा प्रविधीको अधिकतम प्रयोग गर्न सक्नु पर्दछ ।
दिगो विकास लक्ष्यहरुको प्राप्तीको लागि विकास सञ्चारको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा जम्मा जनसंख्याको ६५ प्रतिशत मात्रै साक्षर छन । ठूलो संख्यामा निरक्षर जनसंख्या भएको कारण दिगो विकास लक्ष्यहरु प्राप्तीका लागि जन सहभागिता जुटाउन विकास सञ्चारको महत्वपूर्ण भुमिका रहन्छ । नेपालमा उपलव्ध मौजाद विकास सञ्चारहरुमा सामुदायिक रेडियो, टेलिभिजन, पत्र पत्रिकाहरु, मोवाइल, इमेल, इन्टरनेट, सामाजिक सञ्जाल आदि छन । देशको भौगोलिक तथा सामाजीक एवम आर्थिक वनावटको विविधता अनुसार सञ्चारका श्रोतहरुको उपयोग पनि फरक फरक हुन्छ । विशेषत चरम गरिवीका, अत्याधिक लोड सेडिङ र अधिक कार्यवोझका कारण एकै प्रकारका सञ्चारका माध्याम भन्दा उपलब्त्र सबै सञ्चार माध्यामको सही सदुपयोगले मात्रै सवैजनाले वुझ्न सक्ने गरी सूचना संप्रेषण गर्न सकिन्छ । नेपालमा इन्टरनेटको पहुँच ७२ प्रतिशत क्षेत्रमा पहुँच उपलब्ध छ भने मोवाइल र सामुदायिक रेडियोको पहुँच लगभग सतप्रतिशत नै छ । हाल नेपालमा २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु, ६ वटा टेलिफोन कम्पनीहरु, केही सूचना प्रविधी तथा सफ्टवेयर कम्पनीहरु सञ्चालनमा छन । यसका अतिरिक्त सूचना प्रविधीको क्षेत्रका प्रयाप्त नयाँ नयाँ सिकाई र ती सिकाइहरुले मानिसहरुका सोच तथा व्यवहारमा पनि परिवर्तन ल्याएर प्रविधी प्रति सकारात्मक वनाएको छ । स्मार्ट फोन, ल्यापटाप, टवलेट जस्ता सामग्रीहरुको प्रयोग पनि वढ्दोछ ।
नेपालको सामाजिक विविधताको कारण यहाँ १२३ वटा भाषिकाहरु वोलिन्छ । जम्मा ५६ प्रतिशत मानिसहरुले मात्रै नेपाली भाषा वोल्छन भने वाँकी जनसंख्याले अन्य स्थानीय भाषाहरु वोलन्छन । अधिकाँश पत्र पत्रिका र टेलिभिजनहरु नेपाली भाषामा मात्रै कार्यक्रमहरु प्रसारण गर्दछन । सामुदायिक रेडियोहरुले नेपाली भाषा लगायत ६५ भन्दा वढी भाषामा कार्यक्रमहरु प्रस्तुत गर्दछन र यि रेडियोहरुको पहुँच ७५ जिल्लामा नै छ । त्यसकारण सामुदायिक रेडियोहरुलाइ विकास सञ्चारका संवाहकका रुपमा सहभागी गराउनु पर्दछ । सामुदायिक रेडियोहरु दिगो विकास लक्ष्य प्राप्तीका माध्यामका रुपमा समावेश गराउने उद्धेश्यले नेपाली सामुदायिक रेडियोहरुको छाता संगठनको रुपमा रहेको सामुदायिक रेडियो प्रसारक संघले यही मे २९ मा सामुदायिक रेडियो पत्रकारहरुको राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनमा २०० सामुदायिक रेडियोका प्रतिनिधीहरु, सञ्चारकर्मीहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो । नेपालका सूचना तथा सञ्चार मन्त्रि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका मुख्य सचिव, गैर सरकारी सस्थाका विज्ञ, महिला अधिकार कर्मीहरुले दिगो विकास लक्ष्यको प्राप्तीमा सामुदायिक रेडियोहरुले खेल्न सक्ने भुमिकाको वारेमा प्रकास पार्नु भएको थियो र सम्मलेनको अन्तमा काठमाण्डौ घोषणा पत्र पनि जारी गरिएको थियो ।
नेपालमा युवा पुस्तासँग सूचना प्रविधीको पहुँच र मोह दुवै भएको कारण पनि सामुदायिक रेडियोहरुले आइसिटीलाइ पनि विकास सञ्चारको रुपमा प्रस्तुत गर्न सकेको खण्डमा दिगो विकास लक्ष्यहरुको प्राप्तीमा सहयोग पुग्नेछ । अकोरावले सबै समुदायको पहुँचमा सूचना पहुँच वढाउने उद्धेश्यले सामुदायिक पत्रकारीता कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । ग्रामिण स्तरमा कार्यरत ति प्रशीक्षर्थी पत्रकारहरुको पहुँच प्रत्यक्ष रुपमा सामुदायिक रेडियोसँग हुन्छ र सामुदायिक रेडियोहरुमा सञ्चार सम्प्रेषण गर्न प्रविधीको प्रयोग गर्ने गर्दछन । दिगो विकास लक्ष्यलाई घनिभुत रुपमा जनतामा पु¥याउनका लागि संयुक्त राष्ट्र संघको आव्हानमा एशिया प्रशान्त क्षेत्रीय विकासको लागि सूचना तथा सञ्चार प्रविधीको तालिम केन्द्रको स्थापना गरिएको छ । ए पि सी आइ सी टी को १० औ वार्षिक दिगो विकासमा महिला सहभागीलाई वृद्धि गर्नका लागि महिला र सूचना सञ्चार प्रविधी मानव क्षमता विकासको लागि क्षेत्रिय मञ्च मञ्चको पनि स्थापना गएिको छ । दिगो विकासका लागि आइ सि टीको सदुपयोग गर्न ए पि सी आइ सी टी को प्रयास सरायिन छ । नेपाल लगायता अतिकम विकसित देशहरुका युवाहरुको आइ सि टी को सदुपयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । अझ दिगो विकास लक्ष्यलाइ सफल वनाउन आधा आकाश ओगटेका महिलाहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक छ ।
About The Author: Erips.nepal
More posts by erips.nepal