देश विकासमा वामपन्थी एकिकरणका सकारात्मक सन्देशहरु

लोकतन्त्रमा जनता सबै भन्दा निर्णयाका शक्ति हुन्छन भनिन्छ तर असंगठीत जनताहरु सधै संगठीत शक्तिशाली निकायवाट शासित भएर निरीह भइरहेका हुन्छन । असंगठीत जनता जहिले पनि अल्पमतमा रही रहन्छन र संगठीत अल्पमतले असंगठीत वहुमतलाई शासन गरिरहेको हुन्छ । त्यसकारण लोकतन्त्रमा संगठन नै शक्ति हो । कुनै पनि राज्यमा शासक र शाशित वर्ग हुन्छ । शासक र शासित वीचको दुरी चेतनाको स्तरले निर्धारण गर्दछ । अत्याधिक चेतनशिल शाशित वर्ग भएको ठाउँमा शासक वर्गले न्यूनतमा र कानूनी तवरमा शासन गर्दछन र जनताले प्रत्यक्ष सहभागीतामा आवधीक निर्वाचनको माध्यमले शासकहरुको छनौट गर्दछन । त्यस्तो ठाउँम शुसासन जनताको नैसरगीक अधिकारको रुपमा स्थापित भएको हुन्छ । आधुनिक विकसित देशहरु त्यस्तै शासन व्यवस्थाका परिणाम हुन ।

जहाँका जनताको चेतना कमजोर रहन्छ त्यस्तो ठाउँमा परमपरागत शक्ति वा देखावटी निर्वाचनको आधारमा शासक वर्गले अत्याधीक कठोर रुपमा शासन गर्दछन र शासकले आफ्ना सवै कर्तृतहरुलाइ नियम र कानूनको आवरणमा वैध सावित गर्दै निरन्तर जनताको शोषण गर्दछ । शासक वर्गले आफ्नो स्वार्थ सिद्दिको लागि र सचेत नागरीकहरुले आफनो स्वतन्त्रता प्राप्तीको लागि निश्चित दर्शन वा सिद्दान्त भित्र गोलवद्द भएर सिद्दान्त अनुरुप व्यवहार गर्दै लक्ष्य प्राप्तीको दिशामा अग्रसर हुनु नै राजनीति हो । लोकतन्त्रमा राजनीतिको अन्तिम लक्ष्य भनेको नै राज्यसत्ता प्राप्त गरी आफूले चाहे अनुसारको संविधान, नियम, कानून, नीति, योजना आदि निर्माण गरी समाजलाई प्रगती पथमा लैजानु हो । राजनीति समाजको अभिन्न अंग हो । राजनीति विनाको कुनै पनि समाजको परिकल्पना गर्न सकिदैन । समाज जनतासँग सम्वन्धित छ भने राजनीति जनताको चेतनासँग । जव जनताको संगठनका रुपमा राजनीतिक पार्टीहरु ससक्त हुन्छन तव मात्र जनताले चाहे अनुसारको शासन व्यवस्था स्थापित हुन्छन ।

जुन समाज वढी चेतनशील हुन्छ त्यहाँको राजनीति पनि त्यति नै पारदर्शी, जिम्मेवार र जवाफदेही हुन्छ । आधुनिक राजनीतिलाइ सफल, जिम्मेवार र जवाफदेही वनाउने माध्याम भनेको राजनीतिक पार्टीहरु हुन । राजनीतिक पार्टीहरुको अन्तिम उद्देश्य भनेको राज्यसत्तामा नियन्त्रण गरी आफ्नो सिद्दान्त अनुसार शासन सञ्चालन गर्नु हो । लोकतन्त्रमा आवधीक निर्वाचन मार्फत जनताको मतद्दारा वहुमत ल्याएर सरकार सञ्चालन गर्नु र आफनो राजनीतिक दर्शन मुताविक राज्यलाई अगाडी वढाउने माध्याम भनेको नै राजनीतिक पार्टीहरु हुन । राजनीतिक पार्टीहरु वर्गिय हुन्छन किनकी सबै समाजहरु वर्गीय र विविधता युक्त हुन्छन । वर्ग र विविधा अनुसार समाज वा देशमा विभिन्न प्रकारका राजनीतिक पार्टीहरु हुन्छन जसका आफनै लक्ष्य र उद्देश्यहरु हुन्छन । वर्ग, रहन, सहन, भेष, भुषा, पेशा व्यवसाय अनुसार जनताका पनि आफ्नै लक्ष्य र उद्देश्यहरु हुन्छन र आफ्ना लक्ष्य र उद्देश्यहरुसँग सामीप्य भएका राजनीतक पार्टीहरुलाई उनिहरुले आफ्नो पार्टीको रुपमा स्विकार गर्दछन ।

यसरी हेर्दा जुन पार्टीको लक्ष्य र उद्देश्य सवै भन्दा वढी जनताको लक्ष्य र उद्देश्यहरुसँग मेल खान्छन त्यही राजनीतिक पार्टी सवै भन्दा जन प्रिय हुन्छ । हालसालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एमाओवादी केन्द्र, संघिय समाजवादी फोरम र राष्टिय जनता पार्टीहरुलाइ अधिकाँश जनताले मन पराएको देखियो । आवरण र भाषणमा यी सबै पार्टीहरुले लोकतन्त्रको सम्वर्धन, आर्थिक विकास, सुसाशन आदि जे जस्ता नारा दिए पनि २०४७ साल देखी निरन्तर सरकारमा छन तर जनताले चाहे जस्तो शासन दिन सकेका छैनन भने राजनीति स्थिरताको जति सुकै वकालत गरे पनि २५ वर्षमा २६ वटा सरकारमा निर्माणमा यीनै दलहरुको भुमिका छ । यसले स्पष्ट सन्देश के दिन्छ यीनै दलहरुको नेतृत्वमा, यही संविधान मुताविक नेपालमा राजनीतिक स्थिरता र स्थायी सरकार संभव छैन तर जति नै गुनासो गरे पनि अन्ततः नेपाली राजनीतिको नेतृत्व गर्ने वर्ग यही हो त्यसकारण जव यस वर्गले आफनो सोच्ने र काम गर्ने शैलीमा परिवर्तन ल्याएर सकारात्मक कदम चाल्दछ तव हाम्रो देश र समाजले गति लिन थाल्दछ र विकासको मार्गमा अगाडी वढ्दछ । आसा गरौ अव यस्तो नै हुनेछ ।

हामीलाई नेपालको आफ्नै र दुनियाको अनुभवले के सिकाएको छ भने जव सम्म स्थिर सरकार हुदैन विकास सँभव हुदैन । खाली भाषण र कुराले विकास हुँदैन । अधिकारका खोक्रा कुरा गर्ने तर आफुले चुनाव हारे पनि श्रीमतीलाई र पैसावालहरुलाइ पद वेच्ने अनि अधिकार खोसियो भन्दै जनतालाइ आहुती दिन आव्हान गर्ने निकृष्ट नेतृत्वको वोलवाला भइन्जेल सम्म देशमा न त राजनीति स्थितरता हुन सक्छ न त विकास नै । लोकतन्त्र र विकासको सपनामा आफनो प्राणको आहुती दिने, अँग भँग भएका, घाइते भएका, घरवारविहिन भएका, दुई छाक खान र सहज उपचार र शिक्षाको सपना देखेका, देशलाइ सम्पन्न वनाएर नेपाल र नेपालीको उच्च पहिचान हेर्न लालयीत जनताहरुको इच्छा र चाहना पूर्ति गर्न कठोर भन्दा कठोर कदम चालेर परिणाम ल्याउन निकै लामो कष्ठपूर्ण राजनीतिक त्याग, संघर्ष र वलिदानी योगदान भएका नेताहरुवाट जनताले अपेक्षा गर्नु अत्यन्त स्वाभिक हो ।

करिव ७५, ८० वर्षको राजनीतिक इतिहास भएका नेपाली काँग्रेस र कम्युनिष्ठका नेताहरुले सदैव महशुस गरेको राजनीति अस्थिरताको श्रोतका रुपमा रहेका राजनीतिक लक्ष्य र उद्देश्य विहिन साना राजनीति पार्टीहरु र असहिष्णु एवम् अदुरदर्शी र जवाफदेहीविहीन र गैर जिम्मेवार नेतृत्व पँक्ति हो । जवसम्म राजनीतिक पार्टीहरु वलियो र संस्थागत हुदैनन तवसम्म विकासले गति लिन सक्दैनन । राजनीतिशास्त्रको यो सर्व स्विकार्य तथ्यलाई गतहप्ता मोर्चावन्दी गरेर पार्टी एकताको यात्रा तय गरेका वामपन्थी पार्टीहरुले नेपालको राजनीत इतिहासमा एकपटक फेरी आशलाग्दो अग्रगामी निर्णय गरेर राजनीतिक परिपक्कता प्रदर्शन गरेका छन भने मध्यम, निम्न मध्यम र निम्न वर्गीय तथा राष्ट्रिय पूजी पतिहरुका लागि आश लाग्दो अवस्था सिर्जना गरेका छन । यस मोर्चावन्दीले लोकतन्त्रको स्थायीत्व र सम्वर्धनको लागि सत्तारुढ नेपाली काँग्रेसलाइ भरपर्दो प्रतिस्पर्धी र सहयात्री भएको सन्देश दिएका छन ।

यस मोर्चा वन्दीले कम्युनिष्टहरुमा त एक प्रकारको उत्साह र उमंग पैदा गरेकै होला यसका अलावा नेपाली काँग्रेस लगायतका लोकतान्त्रिक शक्तिहरुलाई पनि कम्युनिष्टहरुको चुनाव र लोकतन्त्र प्रतिको प्रतिवद्दताले उत्साहीत वनाएको हुनु पर्दछ । विशेषतः नेपालको लोकतन्त्रको लागि नेपाली काँग्रेसको उत्प्रेरणामा कम्युनिष्टहरुको सहकार्यको उत्कृष्ट नमुनाको रुपमा नेपाली काँग्रेसले यस सहकार्यलाई ग्रहण गर्न सक्नु पर्दछ । विभिन्न टुक्राहरुमा विभाजीत नेपाली कम्युनिष्टहरुलाई एकिकृत हुन नेपाली काँग्रेस र यसका नेताहरुले खेलेको भुमिकालाई कम्युनिष्ट नेताहरुले सवर्था प्रसंसा नै गर्न सक्नु पर्दछ । २०४६ सालमा गणेशमान सिंंहको प्रेरणाले वनेको वाममोर्चाको कारण नै तत्कालीन माले र माक्सवादी विच एकताको आधारशीला तयार भएको थियो भने गिरीजा प्रसाद कोइरालाको नेतृत्वमा भएको १२ वुँदेले अन्ततः आगो र पानी जस्ता एमाले र माओवादी केन्द्रलाइ एक वनाएर छोड्यो ।

एक प्रकारले झट्ट हेर्दा यो चुनावी एकता मात्रै वा पार्टी एकिकरण जस्तो मात्रै देखिएला तर यस भित्रको अन्तरयात्रा र संभावनालाइ केलाउने हो भने नेपालको इतिहासमा नयाँ नेपालको आधारशीला निर्माण गर्ने ऐतिहासीक शुरुवात वा आधारशीला भन्न सकिन्छ । यो नै नयाँ नेपाल निर्माण गरेर समुन्नत नेपाल निर्माण गर्ने प्रमुख निर्णय हो । पक्कै पनि तीनै पार्टीका नेताहरु यस एकता प्रति प्रतिवद्द हुनुहुन्छ र वाँकी जीवन यस एकतालाइ उचाइमा पुर्याउन योगदान दिनु हुनेछ । करिव करिव उर्जाशिल जवानी संघर्ष र त्यागमा विताएका यी तीनै पार्टीका नेताहरुले नयाँ पुस्तालाइ दिएको सवैभन्दा महत्वपूर्ण र गौरवशाली उपहार हो यो । त्यसकारण उपहार दिने र प्राप्त गर्ने सवैले यसलाइ सम्मान गरेर यसको भावना र मर्म अनुसार आफुलाइ प्रस्तुत गर्न सकेमा नेपालमा नेपाली रुपका देग सियाओ पिंग, लि क्वान यु, पार चुंग वा मोहम्मद माथीर जस्तै नेताको जन्म हुने आधारशीला तयार भएको छ ।

त्याग, वलिदान र संघर्षले भरीपुर्ण गर्विलो इतिहास वोकेका नेताहरुको अगाडी नयाँ नेपाल निर्माणको आधारशिला तयार गरेर समुन्नत र समृद्द नेपाल नयाँ पुस्तालाइ हस्तानान्तरण गर्ने दुर्लभ तर महत्वपुर्ण अवसर तयार भएको छ । यस एकतालाइ सार्थक वनाउन तीनै पार्टीका सवै तह र तप्काका नेतृत्वले यसमा अन्तरनिहित सकारात्मक पक्ष, यसले सिर्जना गर्न सक्ने अवसर र त्यसवाट पर्न सक्ने सकारात्मक प्रभावहरुको वारेमा ससम्मान खोजी गर्न सक्नु पर्दछ । व्यक्तिगत लोभ लालच र चाहनामा लिप्तहरुको लागि यो एकता त्यति सुखद नहोला तर वहाँहरुललाई पनि स्मरण रहोस जो जुन सुकै पार्टीमा भए पनि सबैका नयाँ पुस्ता र सन्ततीहरुको लागि यो एकता यस पुस्ताको सवै भन्दा सुझवुझपुर्ण र गर्व गर्न योग्य निर्णय हो । नेपाली कम्युनिष्टहरुलाइ यो एकताको लागि प्रेरित गरिरहने नेपाली काँग्रेस, मित्र राष्ट्र भारत र अन्य विपक्षी पार्टीहरुलाइ पनि यस एकताका पक्षधरहरुले सह्रिदयका साथ धन्यवाद दिन सक्नु पर्दछ । यस एकताले एकिकृत पार्टीलाई त फाइदा पुग्ने नै छ । यस एकतालाई सकारात्मक तरिकाले उपयोग गर्न सकेमा दशौ वर्ष सम्म नेपाल कम्युनिष्ट पार्टीको स्थायी सरकार निर्माण गरेर तिव्र आर्थिक विकास गरी समग्र नेपालको पहिचानमा आमुल रुपान्तरण ल्याएर नेपाली जनतालाइ समृद्दिको स्वाद चखाउने अवसर पनि प्राप्त हुनेछ । यस ऐतिहासिक र साहसीक कदमका लागि यस एकताका आर्किटेक्चररुलाइ हार्दिक धन्यवाद एवम् शुभकामना । तथा नेपाली काँग्रेसको नेतृत्वमा पनि वृहत लोकतान्त्रिक गठवन्धनको प्रयासले सार्थकता पाओस र नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रको आधार वलियो वनोस सबैलाई शुभकामना ।