करिव ६५ वर्षको निरन्तर संघर्ष हजारौको वलिदान पश्चात नेपालले बल्ल जनताको प्रतिनिधी मार्फत संविधान प्राप्त गरेको छ । संविधान जारी हुने समयमा केही सिमित अदुरदर्शी नेताहरुको अर्घेल्याइ र धमिलो पानीमा माछा मार्न चाहने जनतावाट तिरस्कृत केही स्वार्थी व्यक्तिहरुको कारण अत्याधीक राम्रा पक्षहुदा हुदै पनि यो वहुमतको संविधानमा परिणत भएको छ । यद्यपी २५० वर्ष लामो एकात्मक राज्य व्यवस्थाको अन्त गर्दै संघिय समावेशी लोकतान्त्रिक राज्यको जग हालेको छ । इतिहासमा यो अहिले सम्मकै सबै भन्दा प्रगतीशिल र समावेशी संविधान हो । नेपाली समाजको आमुल रुपान्तरणमा यस संविधानले महत्वपूर्ण मार्गहरु खोलेको छ भने यसको सफलता र असफलता यसै संधिानको जगमा वन्ने आगामी सरकारहरुको भूमिकाले निर्भर गर्नेछ । नयाँ सविधान पछि वनेको वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारप्रति जनताका धेरै नै आशा र अपेक्षाहरु छन भने यस सरकारको भुमिकाले नै सिंगो देशमा आशा र निराशाको सञ्चार गर्नेछ ।
कम्युनिष्टहरु आफूलाइ निकै नै जनता प्रेमी विकास प्रेमी, अन्याय विरोधी समावेशी र न्यायका पक्षधर हौ र अन्य राजनीतिक पार्टीहरुभन्दा तात्वीक रुपमा नै फरक छौ भनेर दावी गर्दै आफना संगठनहरु निर्माण गरेका हुन्छन । विगतका कम्युनिष्ठ सरकारहरुलाइ हेर्नेहो भने मनमोहन अधिकारीले नेतृत्व गरको सरकार वाहेक अन्य कुनै पनि सरकारहरु पञ्चायतकालीन मरिचमान सिंह जति पनि जवाफदेही र जनता प्रति उत्तरदायी देखिएनन र कार्यकर्ता पंक्ति, चन्दादाता र नातेदारको हित भन्दा माथि उठन सकेनन । तर लोकप्रिय मनमोहन सरकारका एक जना अभियान्ता वर्तमान प्रधानमन्त्रि जो स्वयम जीवनको उत्तार्धमा देश र जनताको लागि केही गर्ने दृढ इच्छा शक्तिका साथ नेतृत्व गर्न तम्सिनु भएको जसको नेतृत्व क्षमता मनमोहन सरकारको लोकप्रिय गृहमन्त्रिको रुपमा प्रमाणित भएको छ तर प्रधानमन्त्रिको रुपमा वर्तमान गठवन्धनको सफलता पूर्वक नेतृत्व गर्न सक्नु भनेको फलामकै च्यूरा चपाए सरह हुने छ । यद्यपी वहामा त्यो क्षमता र दक्षता भने छ भनेर अनुमान गर्न सकिन्छ ।
गठवन्धनको समिकरण मिलाउन केही यथास्थितीवादी भनिएकाहरु भए पनि आफूलाइ आमुल रुपान्तरणको संवाहक ठान्ने क्रान्तिकारीहरुको अत्याधीक वहुमत छ यस सरकारमा । किताव र दस्तावेजमा क्रान्तिकारी शब्दहरु लैख्दैमा र भाषणमा चर्का कुरा गर्दैमा सरकार क्रान्तिकारी हुदैन । रुपान्तरणको लागि चुस्त, स्फुर्त र पारदर्शी प्रकृयाहरु सहित असाधरण इच्छाशक्ति चाहिन्छ । देश नै कम्युनिष्टमय भएको वर्तमान अवस्थामा ग्रामिण गरिव र सिमान्तकृत जनताहरुको आशा र अपेक्षाहरु यो सरकार प्रति निकै नै धेरै छन ।
गरिवका झुपडीहरुमा भुमिगत जिवन रक्षाको आश्रय पाएका यस सरकारका अधिकाँश कम्युनिष्ट नेताहरुले नयाँ, चुस्त, पारदर्शी र आमुल रुपान्तरणकारी कार्यशैलीका साथ कार्य सम्मपन्न गर्ने जोस र जागर देखाउनु पर्दछ भने यस सरकारलाइ सफल वनाउन सरकारमा संलग्न राजनीति पार्टीहरुको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । आफ्ना कुण्ठा र निहित सवार्थ पूरा गर्न आफ्नै पार्टीहरुवाट सरकारले सहयोग नपाउने र अनावश्यक आलोचनाको सिकार व्योहर्न प¥यो भने त्यो सबै भन्दा ठूलो दुर्भाग्य हुनेछ । सरकारसँगसगै पार्टीका सबै समितिहरु र भातृ संगठनहरु पनि सरकारको नीति कार्यक्रमहरुको कार्यान्वयनमा एक जुट भएर लाग्नु पर्दछ भने सबै तह र तप्कावाट सबै प्रकारका अनियमितताहरुलाइ परास्त गर्न विशेष भुमिका निर्वाह गर्नु पर्दछ ।
अहिले देशमा चारैतिर हाहाकार छ । ग्रामिण जनताहरु सदियौ देखी एकै खाले समस्याहरुवाट ग्रसित छन । उनिकहरुको समस्या निकै सामन्य छन । सरकारको कार्यशैलीमा हुने सानो फेरवदलले मात्रै पनि ग्रामिण जन समुदायको जीवनमा आमुल परिवर्तन आउन सक्दछ । अहिले ग्रामिण स्वास्थ्य केन्द्रहरुमा दरवन्दी अनुसारको स्वास्थ्य कर्मी, औषधीहरुको अभाव छ तर त्यसको नाममा लाखौ रकम हिनामिना भएको छ । त्यो हिनामिना भएको रकमलाइ सही सदुपयोग मात्रै गर्न सकेमा जनताको जीवनमा व्यापक परिवर्तन आउछ । कृषि सेवा केन्द्रहरुमा कृषि प्राविधीकहरुको व्यवस्था, उन्नत मल विउको उपलव्धता र नयाँ खेती प्रविधीको वारेमा तालीम तथा जागरण कार्यक्रमहरुले ग्रामिण स्तरको उत्पादनमा नाटकीय परिवर्तन आउन सक्दछ । यसको लागि सरकारले अतिरिक्त साधन र श्रोत खर्च गर्न पर्दैन खाली कार्य शैली परिवर्तन गरे पुग्छ । अहिलेका मन्त्रिले आफना ग्रामिण दाजुभाइहरुलाइ संझेर उनिहरुलाइ सेवा दिने व्यवस्था मिलाए मात्रै पुग्छ । सामजीक सुरक्षवापतका भत्ता रकमहरुमा ग्रामिण स्तरमा व्यापक अनियमितता भएको छ भने स्थानीय निकायको अभावमा स्थानीय बिकासका मुद्दाहरु अलपत्र परेका छन । गाविसको रकममा व्यापक अनियमितता भएको छ । वर्तमान कम्युनिष्ट क्रान्तिकारीहरुले ग्रामिण क्षेत्रका यी अनियमीततालाइ सही ढंगले व्यवस्थापन गर्न सकेमा जनताले ठुलो राहत महशुश गर्नेछन ।
समाजलाइ दुइ भागमा विभाजन गर्न वर्तमान शिक्षा नीति र त्यसको व्यवहारीक प्रयोगले अहम भुमिका खेलेको छ । सरकारको अरवौ लगानीका वावजुद ग्रामिण शिक्षामा सधै निराशाजनक परिणाम छ । प्रत्येक वर्ष हुने निराशाजन परिणामले ग्रामिण जनसमुदायमा चरम निराशा वढेको छ । यस्तो अवस्थामा शिक्षामन्त्रालयले सकारात्मक भुमिका खेल्नु पर्ने आवश्यकता देखीन्छ । सरकारले भइरहेका विद्यालयको गुणस्तरमा आमुल वृद्धिगर्न शिक्षकहरुलाइ राजनीतिवाट टाढा राखेर विशुद्ध अध्ययन अध्ययापनमा केन्द्रित गराउनु पर्दछ । आफूलाइ सर्वाहरा वर्गको हिमायती वताउने वर्तमान सरकारका शिक्षामन्त्रिले शिक्षा क्षेत्रको आमुल सुधारको लागि कठोर निर्णय गर्नु सक्नु पर्दछ । उनले १६००० सहिदहरुले के को लागि सहादत प्राप्त गरेका थिए भन्ने कुरा हर पल संझिनु पर्नेछ । उनका अगाडी उनी मन्त्रि भइन्जेलसम्म कसको हितमा काम गर्ने हो शैक्षीक माफीयाहरु की ग्रामीण सर्वाहरा गरिव भोका नांगाहरुको पक्षमा भन्ने प्रश्न आफूले आफूलाइ सोधी नै रहनु पर्दछ । देशलाइ मजदुर उत्पादन गर्ने कारखानावाट वैज्ञानीक वा प्राविधीक उत्पादन गर्ने केन्द्रमा रुपान्तरण गर्न नीतिगत निर्णयहरु गर्न पर्दछ । शिक्षा मन्त्रिले निर्भिक भएर आगामी शैक्षीक सत्रमा नै प्रत्येक ग्रामिण युवाहरुको पहुँचमा प्राविधीक शिक्षा पु¥याउने गरी विजुलीको रफ्तारमा केही नीतिगत निर्णयहरु गर्न पर्नेछ ।
दुनियाका नयाँ नयाँ विकसित देशहरुको उदाहरण हेर्ने हो भने आम नागरीकहरु र लगानी कर्ताहरुको सुरक्षा महत्वपूर्ण आधारशिला हो । नेपाल जस्तो अत्यन्तै नाजुक सुरक्षा स्थितीमा आमुल परिवर्तन ल्याउन यहाँका सुरक्षा निकायकहरुको व्यसायीकरण, सेवा भाव दक्षता र जवाफदेहीतामा आमुल वृद्धि गर्न पर्ने देखीन्छ । हाल सम्मका गृहमन्त्रिहरुले नेपालको सुरक्षा निकायहरुलाइ सिमित व्यक्ति र घरानाको इच्छा पूर्तिको लागि प्रयोग गरे । सुरक्षा निकायको व्यवसायीकतालाइ कहिल्यै ध्यान नै दिएनन । यद्यपी यहाँका सुरक्षा कर्मीहरु पनि अमेरीकी वा भनौ अन्य विकसित देशका सुरक्षा निकाय जत्तिकै व्यवसायीक र दक्ष हुन सक्दछन तर राजनीतिक हस्तक्षेप, भनसुन, चरम राजनीतिकरणका कारण सोझा साझा नेपालीहरुले शान्ति, सुरक्षा र न्यायको प्रत्याभुति गर्न पाएका छैनन । एक दिन एउटा जिम्मेवार र जावाफदेही सरकारको आसमा चरम कालावजारी, ठगी, वेइमानी हँुदा पनि हजारौ जनताहरु दैनिक रुपमा टुलु टुलु हेरेर वसीरहेका छन । माक्र्सवाद र माओवादका सैद्धान्तिक व्याख्या गरेर समय वर्वाद गर्नु भन्दा उपभोक्ताको हितमा गृह प्रसासनलाइ चुस्त र स्फुर्त वनाउन सके माननीय गृह मन्त्रिलाइ जनताले सधै संझिरहने छन । तरकारी पसलदेखी चामल पसल सम्म, कपडा पसल देखी औषधी पसल अनि चिया पसलदेखी सपिङ मल सम्म गुणस्तरहिन ठगी र मनपरीतन्त्र छ । वारम्वार जनता ठगीदा पनि हेरीदिने कोही छैन । ठूला ठला अनियमितताको कुनै लेखा जोखा नै छैन महालेखा परिक्षकको प्रतिवेदन हेरे पुग्छ तर सामन्य अनियमिततालाइ नियन्त्रण गरेर जनताप्रतिको जवाफदेहीता पूरा गर्ने गृहमन्त्रि पनि अहिले सम्म देशले पाएको छैन । के वर्तमान क्रान्तिकारी युवा गृहमन्त्रिमा सर्व साधरणलाइ राहत दिने जागर होला त ? उनले चाहे भने मिनेटमा सुरक्षा र सुशासनको प्रवन्ध गर्न सक्दछन किन भने जनयुद्धमा त व्यापक सुरक्षा घेरा तोडदै कालोवजारीहरुलाई कार्वाही गरेका थिए भने अहिले स्वयम सत्ता र सरकारको आड पाउदा त सजिलै गर्न सक्दछन तर उनको चाहना र इच्छा हिजो जन युद्धको जस्तै छ की परिवर्तन भइसके त्यसमा निर्भर पर्दछ ।
समग्रमा कम्युनिष्ट पार्टीहरुवाट सरकारमा प्रतिनिधित्व गर्नेहरु कि त युवा छन कि त चित्रवहादुर केसी जस्ता निष्ठावान छन । अधिकाँश नयाँ अनुहार छन र हेर्दा लाग्दछ नयाँ नेपालको खाका कोर्न यो सरकार सक्षम छ । इतिहासमा पटक पटक असक्षम भइसकेका, उमेर ढल्की सकेका नेताका आसेपासे र धुपौरेहरुको भिड जम्मा गरेर अगाडी वढन चाहेको खण्डमा इतिहासमा यो सरकार पुराना सरकार भन्दा कुनै हालतमा फरक हुदैन । तर देश नै सञ्चालन गर्ने महत्वपूर्ण अभिभारा पाएका वर्तमान मन्त्रिमण्डलका सदस्यहरुको लागि देशलाइ चमत्कारीत रुपान्तरणको मार्गमा अगाडी वढाउने माहान अवसर हो यो । आशा गरौ यस अवसरलाइ सरकारका मन्त्रिहरु सिमित दाल भात तरकारी र केही नातेदार र आसेपासेहरुलाइ सुख सयल गराउनमा मात्रै आफनो पद दुरुपयोग गर्ने छैनन ।