अहिले नेपाली सञ्चार माध्यामहरुमा बिकासको प्रर्याप्त चर्चा चलिरहेको छ भने कतिपय विद्धवानहरुले विकासका विभिन्न मोडेलहरु पनि प्रस्तुत गरिरहेका छन । कतिपयले नेपाल पहिलाको तुलनामा निकै विकसित भएको र छिटैनै नयाँ नेपाल निर्माण हुने ठोकुवा पनि गरेका छन तर आम जनताको जीवनस्तर विगत देखी नै निकै कष्टपूर्ण र दयनीय रहदै आएको छ । त्यसकारण यहँ बिकास के हो, विकास भयो भने के हुन्छ, यो किन जरुरी छ र कसरी विकास संभव हुन्छ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ । विकास एक सापेक्षित अवस्थाहो र यो निरन्तर चलिरहने प्रक्रिया हो । जव जव विकास हुदै जान्छ तव मानिसले आफ्ना इच्छा र चाहना अनुसारका सेवा र वस्तुहरुलाइ रोज्ने अवसर पाउछन । त्यसकारण के भन्न सकिन्छ भने जुन समाजका मानिसहरु इच्छा अनुसारका सेवा र वस्तुहरुलाइ रोजेर प्रयोग गर्ने सामथ्र्य राख्दछन त्यो समाज त्यति नै विकसित भएको ठहर्छ । वस्तु र सेवाहरुको रोजाई व्यक्तिको आर्थिक तथा सामाजीक हैसियतमा भर पर्दछ । अर्थशास्त्री टोडारोका अनुसार बिकासको न्यूनतम वातावरण निर्माण गर्नको लागि सबै जनताहहरुको आधारभुत आवश्यकता को परिपूर्ति, आत्म सम्मानको ग्यारेन्टी र स्वतन्त्रताको प्रत्याभुति गरिनु पर्दछ । यसरी हेर्दा नेपालमा मात्रात्मक रुपमा अधिकाँश जनताको आधारभूत आवश्यकताको परिपूर्ति पनि सुनिश्चित हुन सकेको छैन भने नयाँ संविधान २०७२ को प्रार्दुभाव पश्चान आत्म सम्मान र स्वतन्त्रताको पनि प्रत्याभूति भएको छ । अव यी सबै कुराको गुणात्मक फडको नै विकास हो । अव यो विकास किन जरुरी छ भन्दा सबै जनताको सहज जीवन यापन, न्यूनतम गुणस्तरीय जीवनको सुनिश्चितता गर्न, सबै प्रकारका विभेदहरको अन्त गर्र्न, भौतिक तथा आध्यात्मीक सम्पन्नता प्राप्त गर्न विकास जरुरी छ । तत्पश्चात स्वभाविक प्रश्न उठछ के आज सम्म विकास भएको छैन र अव यो कसरी हुन्छ ? निश्चित रुपमा आजसम्म विकास निरन्तर हुँदै नै आइरहेको छ तर जति तिव्रगतिमा हुन पर्ने थियो र जनताको जीवन सहज र गुणस्तरीय हुन पर्ने थियो त्यति हुन सकेन । फेरी यहाँ प्रश्न उठछ के भएको भए तीव्र गतिमा हुन्थ्यो र अव कसरी हुन सक्छ । विगतमा देश विकासका संभावनाका प्राथामीकताहरुलाइ सही रुपमा पहिचान गरेर सोही मुताविक विबकासका गतिविधीहरुलाइ सञ्चालन गर्न सकेको भए विकास द्रुत हुन्थ्यो तर त्यसो हुन सकेन । यदि अव विकासका संभावनाहरुको सहि पहिचान गरेर सोही मुताविक योजना तर्जुमा गरी योजनावद्ध रुपमा विकासका कृयाकलापहरुलाई सञ्चालन गर्न सकियो भने विकास अल्कपनिय द्रुत गतिमा हुन्छ । त्यसकारण नेपालको समग्र विकासको अचुक अस्त्र के हो त्यसलाई कसरी विकासको लागि प्रयोग गर्न सकिन्छ । अहिलेको प्रमुख सवाल यही हो । जुन दिन यस देशका नीति निर्माताहरुले यो अहम सवालको उत्तर पत्ता लगाउनेछन तव यो देश चमत्कारीक रुपमा विकसीत हुनेछ । तर उदेक लाग्दोकुरा के छ भने सही प्राथामीकता पहिचानको छाटकाट नै देखीएको छैन । यदि हामीले विकासको प्रवाहलाई सूक्ष्म तरिकाले विश्लेषण गर्ने हो भने दास युगमा तीनै व्यक्तिहरु धनी र शक्तिशाली हुन्थे जसका पाखुरा वलिया हुन्थे तर शिकारी युगमा आउने वित्तिकै तीनै व्यक्तिहरु धनि भए जोसँग वढी हातहतियारहरु हुन्थे वा हात हतियार चलाउन निपुर्ण थिए । अनि कृषि युगमा तीनै मानिसहरु धनि भए जोसँग धेरै विगाह जग्गा जमिन छ । नेपाली समाज संक्रमणकालिन अवस्थामा छ । यहाँका अधिकाँश नेता तथा नीति निर्माताहरु कृषि युगको विकास र समृद्धिवाट प्रशिक्षित छन उनिकहरुका विकासका मोडल पनि यही युग सुहाउदा छन । पदार्थले नै चेतनाको स्तर निर्माण गर्दछ भन्ने माक्र्सवादी दर्शनवाट प्रशिक्षित यस युगमा भौतिक पूर्वाधारले नै विकासलाइ निर्धारण गर्दथ्यो । हाम्रा आजका अधिकाँश विकासका मोडलहरु भौतिक पूर्वाधारमा केन्द्रित छन । जसले गर्दा करिव ६० वर्षको आधुनिक बिकासको इतिहासमा हामी पछौटे र गरिव राष्ट्रकै रुपमा रह्यौ । समय यसरी अगाडी वढ्यो की कृषि युगलाई औधोगीक युगले ढाक्यो र जुन देश औधोगीकरण तर्फ गयो त्यो देश त्यती नै धेरै विकसित भयो तर नेपाल आम रुपमा कृषिमा नै रही रह्यो र वन्दै गर्न लागेको औधोगीक वातावरण पनि चरम राजनीतिक अस्थिरताले गर्दा अगाडी वढन सकेन । तर अहिलेको संसारको विकास र समृद्धता औधोगिक विकासले भन्दा पनि अगाडी वढेर सूचना, प्रविधी र ज्ञानले निर्धारण गरेको छ । वर्तमान २१औ शताब्दीमा वैज्ञानीक आविष्कारका कारण विकास प्रविधीमा धेरै परिवर्तन आएको छ । यदि अहिलेका सेवा र सुविधाहरुलाइ प्रयोग गरेर हामीले हाम्रा विकासका मोडेल तयार गर्ने हो र सोही मुताविक अगाडी वढ्ने हो भने नेपाल अहिले अतिकम विकसित देशको स्तरवाट आगामी १० वर्ष विकसित देशको स्तरमा पुग्छ भन्ने कुराम कुनै शंकै गर्न पर्दैन । त्यसकारण यहाँ हामिले हाम्रो उत्पादनको मूल श्रोत के हो त्यसको सहि तवरले पहिचान गर्न सक्नु पर्दछ । हामीले मान्दै आएको उत्पादनको प्रमुख श्रोत जमीन हो तर अहिले परिस्थिती यसरी परिवर्तन भएको छ अव जमीन भन्दा पनि उत्पादनको प्रमुख श्रोत भनेको जनशक्ति हो । त्यसकारण यहाँ के वुझ्न जरुरी छ भने देशमा जति दक्ष जनशक्ति हुन्छ त्यति नै वढी उत्पादन वढदछ । हामीले हाम्रो उर्वर भूमिको क्षेत्रफल वढाउन सक्दैनौ तर जनताको उत्पादन क्षमता र दक्षता भने असिमित रुपमा वढाउन सक्दछौ । हाम्रा जनताको असिमीत क्षमता नै हाम्रो समृद्धीको आधार हो । जति छिटो हामी यो तथ्यलाइ मनन गरेर देशको नीति नियम तथा कार्यक्रमहरु वनाउछौ त्यति छिटो यो देश समृद्ध हुन्छ । त्यसकारण अहिले नेपालले विकासको लागि ३ खम्वे रणनीनि आवश्यक छ । १. उपयोगी विज्ञान तथा प्रविधीमा आधारीत जनशक्तिको विकास २. कृषि तथा उत्पादनमा आधारीत दक्ष जनशक्तिको विकास ३. भौतिक विकासका पूर्वाधारहरुको निर्माण
प्रमुख रुपमा समृद्ध नेपालका प्रमुख प्रथामीकता तीन क्षेत्रहरु यीनै हुन । आज भुमण्डलीकरणको कारणले गर्दा अमेरीका लगायतका विकसित देशमा दिन सकिने उपयोगी विज्ञान तथा प्रविधी शिक्षा नेपालमै प्रदान गर्न सकिन्छ र नेपाली पेशाकर्मीहरु पनि संसारकै प्रतिस्धी पेशाकर्मी वनाउन सकिन्छ जसले गर्दा भुमण्डलको उच्च जागीरको पहुँच नेपालीहरुलाइ सहज हुन सक्नेछ भने नेपालीहरुले बिकास गरेका प्रविधीहरु विश्व वजारमा विक्रि हुन सक्नेछन र नेपालको आम्दानी वढेर जानेछ । त्यसका अलावा जव नेपाली युवा युवतीहरु अन्तराष्ट्रिय वजारमा प्रतिस्पर्धी भएर जानेछन तव नेपालमा रहेको विभेद स्वत अन्तहुनेछ । देशमा सहकार्य, सदभाव र मेलमिलापको वातावरण निर्माण हुनेछ ।
त्यस्तै देशको कृषि, वन, जल तथा पर्यटकीय क्षेत्रको उत्पादकत्व वढाउन र देशमा नै आर्थिक विकासका अवसरहरुको श्रृजना गर्न देशमा श्रम गर्न सक्षम जनशक्तिलाइ प्राविधीक ज्ञान दिनु अत्यन्तै आवश्यक छ । एकजना दक्ष किसानले आफ्नो खेतवारीवाट त्यस मौसमको सबै भन्दा मूल्यवान वस्तु उत्पादन गरी सबै भन्दा राम्रो मुल्यमा बजारमा बिक्रि गर्न सक्दछ भने आफ्नै उत्पादनमा आधारीत भएर उद्यमशीलताको विकास गर्न सक्दछ । हातमा सिप र प्राविधीक ज्ञान नै नभएका किसानहरुलाइ लक्षित गरेर जति सुकै सेवा सुविधाका कार्यक्रम ल्याए पनि त्यस्ता कार्यक्रमहरुले परिस्थितीमा कुनै सुधार ल्याउदैन र त्यो यथास्थितीको निरन्तरतामात्रै हो जुन वि.स. २०१२ देखी निरन्तर हुदै आइरहेको छ । अहिले नेपालका राजनीति पार्टीहरु र नागरीक समाज वा भनौ बिकास अभियान्ताहरुको ध्यान नै समावेशी, आरक्षण जस्ता कुराहरुमा छ । प्रयाप्त मात्रामा वन, कृषि, इन्जिनियरीङ्, मेडिकल, टुरिज्म, खाद्यप्रविधी, वातावरण व्यव्स्थापन कलेजहरु नखोल्ने अनि तीनै १ वा २ वटा कलेजमा आरक्षण, समावेशी कोटा पाउनु प¥यो भनेर उदुम मच्चाएर केही हुने वाला छैन । किन हामी हर जिल्लामा वा हर नगरपालिका वा हर गाविसमा एक एकवटा वहुउद्धेश्यीय प्राविधीक विद्यालयहरु खोल्न कन्जुस्याई गर्दैछौ ? त्यहाँवाट प्रशिक्षीत युवाले देशमै उत्पादनकत्व वृद्धी हुने काम गर्दछ भने कथमकथाचीत वैदेशीक रोजगारमा गएपनि राम्रो सुविधाजनक धेरै तलव प्राप्त हुने जोखीम रहित काम पाउछ । के यसवाट कसैलाइ घाटा हुन्छ ? कसैको भोट घटछ र ? यदि कसैलाइ घाटा हुँदैन भने यो देशले किन यो क्रान्तिकारी कदम चाल्दैन ?
भौतिक पूर्वाधार राज्यले नियमित रुपमा निर्माण गर्नै पर्ने क्षेत्र हो तर राज्यले निर्माण गर्ने हर आयोजनाहरुको लागत र त्यसको निर्माण अवधी आम जनतालाइ जानाकारी गराएर निर्माण शुरु गर्नु पर्दछ । भौतिक पूर्वाधार निर्माण पहिले राज्यले देशमा आगमी ५ देखी १० वर्षको विचमा कति र कस्ता भौतिक पूर्वाधारहरुको आवश्यकता छ सो को यकिन गरि मात्रै त्यस क्षेत्रमा लागानी गर्नु पर्दछ । परियोजना निर्माणको नाममा राज्यकोषको व्रहमलुटलाइ राष्ट्रिय अपराध घोषणा गरी तुरुन्त वन्द गुर्न पर्दछ । राज्यको नेतृत्वमा गरिने सबै आयोजनाहरुको निर्माण शुरु भइसके पछि आवश्यक परेमा सैनिक वल प्रयोग गरेर पनि समयमा नै सम्पन्न गर्नु पर्दछ । हामी सबैलाइ थाहा भैसकेको हुनु पर्ने हो सिमित व्यक्तिहरुको लाभ र क्षणीक स्वार्थलाई ध्यान दिएर आयोजना गरिने वन्द वा हडतालले राष्ट्र र जनतालाई नोक्सानी मात्रै गर्दछ र जानी जानी राष्ट्र र जनतालाई नोक्सान गर्नेहरु राष्ट्रद्रोही हुन र उनिहरु कार्वाहीका भागेदार हुनै पर्दछ । राजनीतिक वा अन्य कुनै माग पूरा गर्न अपनाइने वन्द तथा हडताल जस्ता कुराहरुलाइ राष्ट्रिय अपराधको रुपमा परिभाषित गरि दण्डित गरिनु पर्दछ ।
संभवतः यहाँ उठान गरिएका कुनै पनि कुराहरु नयाँ हैनन र त्यति ठूला र असंभव पनि हैनन । अहिलेका नीति निर्माताहरु खास गरी सम्माननीय प्रधानमन्त्री, माननीय अर्थमन्त्री, माननीय शिक्षा मन्त्री र योजना आयोगका माननीय उपाध्यक्षलगायत सदस्यहरुले बुझ्नै पर्ने महत्वपूर्ण कुरा के हो भने कृषि युगको आर्थिक विकास र वर्तमान सूचना तथा प्रविधी युगको आर्थिकविकासका मोडलहरु फरक छन । नेपाल अहिले कृषि युगमा मात्रै छैन । यहाँ अधिकाँश युवाहरु सूचना तथा प्रविधीका लागि प्रतिस्पर्धी छन भने नेपालका वेरोजगार युवाहरु पनि कृषिमा आमुल प्रविधी सहितको उत्पादनका लागि तयार छन केवल उनिहरुलाइ सिपको खाँचो छ र सिप प्राविधीक शिक्षालयमा मात्रै छ । अहिले हामी आर्थिक विकासको संक्रमणकालिन अवस्थामा छौ । खाडीको ज्यानमारा गर्मी, मलेशिया र कोरियाको जोखिमपूर्ण कार्यवाट संिचत रेमिटान्सवाट प्राप्त रकम कुनै सभासद वा त्यस्तै निकायको लहडमा वितरण गर्ने गरी वजेट तर्जुमा गर्नु भन्दा निश्चित भौतिक पूर्वाधार, प्राविधीक शिक्षालय, विकास अनुसन्धान केन्द्रमा नै लगानी गर्दा भविष्य प्रति जिम्मेवार, वर्तमान प्रति उत्तरदायि र जनता प्रति जवाफदेही भएको देखिन्छ । नियम कानून वनाउन पर्ने विधायकलाइ बिकास रकम दिने हो भने योजना आयोग, मन्त्रालयहरु, जिल्लाविकास समिती, नगरपालिका, गाउपालिका र वार्ड किन चाहिन्थे ? यो मौका देशको समृद्धिको मार्ग चित्र कोर्ने वेला पनि हो नकी जनताको खुन र पशिनाले संचित राजश्वलाइ छर्ने । मलाइ विश्वास छ नयाँ नेपालको नक्शा कोर्ने यस सुनौलो अवसरलाइ माननीय अर्थ मन्त्री ज्यूले भरपुर सदुपयोग गर्नु नै हुनेछ । यदि त्यसो भएमा नेपालीहरुका सुदिन हरुको शुरुवात हुनेछ । हामी सबैलाइ शुभकामना ।

Facebook Comments