नेपालमा शान्ति र सामुदायिक विकासका लागि प्रशंसनीय दृष्टिकोण खोज बिधि – अन्तरवार्ता

सामुदायिक रेडियो प्रसारक संघका कार्यकारि निर्देशक तथा परिकल्पना नेपालका अध्यक्ष डा.रामचन्द्र लामिछानेले नेपालमा शान्ति र सामुदायिक विकासका लागि प्रशंसनीय दृष्टिकोण खोज बिधि शिर्षकमा एक वर्ष अघि पीएचडीको अध्ययन पुरा गर्नुभएको छ । यो अध्ययन संभवत त्रिभुवन विश्वबिद्यालयमा फरक बिधामा गरिएको यो नै पहिलो अध्ययन हो । जुन कुनै कुरालाई पनि सधै प्रसंसनीय दृष्टिकोणबाट हेर्नुहुने प्रशंसनिय खोजका अभियन्ता समेत रहनुभएका उनै लामिछानेको पीएचडी बारे नेपाल परिक्रमा पाक्षिकका लागि पुण्यप्रसाद धमलाले गरेको कुराकानीको संपादित अंश ः

  • तपाईले पीएचडीका लागि यो बिषय नै किन रोज्नुभयो ?
    – वास्तवमा भन्ने हो भने नेपालमा धेरै विषयमा विद्यावारीधी गर्ने विद्धवानहरुको जमात निकै ठुलो छ । प्रायजसो विद्यावारीधीका अध्ययनहरु समस्या सामाधान विधीका विभिन्न विधीहरु प्रयोग गरेर गरिएका छन । सबै अध्ययनहरुले समस्याको चुरो कारण के हो त्यसको निधान के हुन सक्दछ भन्ने विषयमा केन्द्रित छन । आजका अनुसन्धानहरुले के कुरा पत्ता लगाइसकेका छन भने विगतका गल्ती कमजोरीहरुको अध्ययन र अनुसन्धानले यथास्थितीभन्दा माथी उठन सकिदैन तर विगतका सफलता र भविष्यको चाहनाहरुको विश्लेषणले भने नयाँ भविष्यको निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रमाण्ति भएको छ । मैले सन २००४ मा ग्रामिण विकास केन्द्रिय विभागवाट स्नातकोत्तरको सोध पनि प्रसंसनीय खोज विधीको प्रयोग गरेर गरेको थिए । यो सिद्धान्त सन् १९८८मा अमेरीकाको केशवेष्टर्न विश्व विद्यालयमा प्रोफेसर डेभिड कुपरराइडरले प्रतिपादन गर्नु भएको हो । व्यवस्थापनमा यसलाइ निकै नयाँ आविष्कारको रुपमा लिइन्छ । यस विधीले विगतमा के कारणले सफल भइयो र आगामी दिनमा कसरी सफल हुन सकिन्छ भन्ने वारेमा वहसलाइ निर्देशित गर्दछ । मैले अमेरीकाको केस वेस्टर्न विश्वविद्यालयवाट सन २००७ मा समाजीक उत्तरदायित्व सहितको व्यवसाय र समाजको सकारात्मक रुपान्तरणको लागि प्रसंसनीय खोज विषयमा सर्टिपिकेशनको अध्ययन पनि गरेको थिए र तत् पश्चान निरन्तर रुपमा प्रसंसनीय खोजको वारेमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छु । विशेषतः यस विधीले मलाइ निकै नै आकर्षित ग¥यो । जव मैले विद्यावारीधीको प्रस्ताव त्रिभुवन विश्वविद्यालयमा पेश गरेर यसको औचित्य पुष्टि गर्न भनियो । मैले गुरुहरुको अगाडी आफूले तयार गरेको प्रस्ताव प्रस्तुत गरे तव यस विधी निकै नयाँ र रोचक हुनेकुरा गुरुहरुले वताउनु भयोे र यस विषयमा अनुसन्धान गर्न उत्प्रेरीत पनि गर्नु भयो । मेरो प्रस्ताव सुनिसकेपछि प्राय सबै गूरुहरुले नेपाललाइ दिगो शान्ति र समावेशी विकासका कारणहरु के हुन र भविष्यमा दिगो शान्ति र समावेशी विकास भएमा देश कस्तो अवस्थामा पुग्छ भन्ने विषयको परिकल्पना र त्यस परिकल्पनालाई साकार पार्न आवश्यक पर्ने नयाँ वा परिवर्तनको क्षेत्रमा आधारीत कार्य योजना आवश्यक छ भन्ने निष्कर्षमा पुग्नु भयो र मेरो प्रस्तवा स्विकार गर्नु भयो । अतः यसै प्रस्तावमा आधारीत भएर दिगो शान्ति र सामवेशी विकासका लागि प्रसंसनीय खोज विषयमा विद्यावारीधी गर्न सके । यस अवसरमा मलाइ विभिन्न क्षेत्र र समयाम सहयोग गर्नु हुने सवैलाई हार्दिक धन्यवाद दिन चाहान्छु । मलाइ खुशी लाग्दछ गुरुहरुले भने अनुसार सिंगो विश्वविद्यालयमा यस्तो दृष्टिकोणमा आधारीत भएर गरिएको यो पहिलो अध्ययन हो भन्नु भएको थियो ।
  • अध्ययन तथा अनुसन्धानका क्रममा के कस्ता अनुभवहरु स)गाल्नु भयो ?े ?
    – द्धन्द्ध भर्खरै अन्त्य भएर व्यवस्थापन नभइसकेको समयमा यो बिषयको अध्ययन चुनौतीपर्ण नै थियो । । यस अध्ययनमा १० जिल्ललाहरुमा सञ्चालित दिगो शान्ति र समावेशी विकाससँग सम्वन्धित ४ वटा कार्यक्रममा संलग्न ४९० जना महिला, पुरुष, दलित, जनजाती, मधेशी, मुस्लिम, व्राहमण, क्षेत्री आदीसँग प्रत्यक्ष रुपमा भेटघाट गरी सुचनाहरु संकलन गरिएको थियो । देशको सवै भौगोलिक क्षेत्रलाइ समेटन प्रयास गरिएको थियो । सुदुर पश्चिमाञ्चलका कञ्चनपुर र मध्य पश्चिमाञ्चलको वाँकेमा सञ्चालित सामुदायिक मध्यस्थता कार्यक्रम, मध्य पश्चिमाञ्चलको कालिकोट र मध्यमाञ्चलको वारा जिल्लामा गैरसरकारी संस्थाहरुले गरेका सामुदायिक विकास कार्यक्रम, पश्चिमाञ्चलको प्यूठान र मध्यमाञ्चलको सिन्धुपलाञ्चोक जिल्लामा सञ्चालित गरिवी निवारणकोषका कार्यक्रमहरु र पश्चिमाञ्चलको नवलपरासी, मभ्यमाञ्चलको काठमाण्डौ र चितवन तथा पूर्वाञ्चलको धनकुटा जिल्लाहरुमा सञ्चालित स्थानीय शान्ति समितीहरुले गरेको कार्यक्रमहरु र ती कार्यक्रमहरुले पारेका सकारात्मक प्रभावहरुको तथ्यहरु संकलन गरी विश्लेषण गरिएको छ । त्यसै गरी वर्तमानमाका सवल पक्षहरु र आगामी १० वर्षमा प्राप्त हुनसक्ने संभावित संभावनाहरुको अधिकतम प्रष्फुटन गराउन आवश्यक पर्ने स्थानीय सामुदायिक संघ संगठनहरुकों संरचना र ती सांगठानिक संरचनालाई कार्यन्वयन गर्ने कार्य योजना समेत यस अध्ययनले सिफारिश गरेको छ । देशका विभिन्न गाउँमा पुगेर यथार्थ जानकारी लिदा आक्रोश र जिज्ञाशा दुबैको सामना गर्नुप¥यो । मेरा सबै प्रश्नहरु सकारात्मक सन्देश दिने खालका थिए । त्यसकारण निकै नाजुक अवस्थामा रहेका उत्तरदाताहरुेले पनि चरम द्धन्द्धका समयका सकारात्मक वा भनौ जिवनदायी उर्जाहरु खोज्न व्यस्त हुनु भयो । निश्चित रुपमा द्धन्द्धले ग्रसीत र समस्या नै समस्या केलाउने र अरुको दोष देखाउने प्रवृत्तिको हावी भएको अवस्थामा जीवनदायी उर्जाहरुको खोज आफैमा निकै चुनौतिपूर्ण र रोमाञ्चक थियो । यस अध्ययनले समस्या जनित अवस्थलाइ पनि सकारात्मक प्रश्नावलीले सम्वोधन गरेको थियो । विशेषतः विद्धान र प्राज्ञीक व्यक्तित्वहरुले पनि समस्या पहिचान विना अनुसन्धान अगाडी वढदछ भन्ने प्रसस्त प्रश्नहरु गर्नुहुन्थ्यो र निकै मिहिने पश्चातमात्र वहाहरुलाइ सहमत गराउन सकिन्थ्यो । जटिल र गहन बिषय भएकै कारण २०६५ माघबाट सुरु भएको अध्ययन २०७२ असोजमा पुरा भएको हो ।
  • तपाइको अध्ययनको समयमा पनि औपचारीक द्धन्द्धको अन्त भएको भए पनि केन्द्रीय राजनीति चरम विभाजनमा थियो यस्तो अवस्थामा स्थानीय स्तरमा शान्ति र विकासको अवस्था कस्तो थियो ?
    वास्तवमा २०६२र २०६३ को जन आन्दोलन पश्चात समाजमा मानिसहरुमा निकै उमंग र उत्साह पैदा भएको थियो र तर १० वर्षे जनयुद्धमा ज जसले परिवारजन गुमाउनु भयो, परिवारका सदस्यहरु वेपत्ता हुनु भयो, सम्पत्तिहरु क्षत विक्षत भए, आफ्नो थाकथलोवाट विस्थापित हुनु भयो यस्तो अवस्थामा सामाजिक समायोजन निकै जटिल थियो तर नेपालको वहुआयामिक सामाजीक परमपरा, संस्कार, रिती थिती चाल चलनलेद्धन्द्धको पिडाका वावजुद पनि मानिसहरुलाइ सामजिक समायोजनका लागि प्रेरित गरिनै रहयो र मानिसहरुले रिस राग द्धेषलाइ त्यागी शान्ति सदभाव र मेलमिलापको वाटोलाइ समाते । यस्तोहुनुमा केन्द्रिय राजनीति, नीति नियम, कानून भन्दा पनि स्थानीय रितिरिवाज, परमपरा र सदभावको भुमिका निकै महत्वपूर्ण रहेछ । त्यती वेलाका घटनाहरुलाइ संझिने हो भने केही राजनीतिक दलहरु जनतालाइ भडकाएर जातीय विद्धेष पैदा गराउन पनि प्रयासरत थिए तर स्थानीय स्तरका औपचारीक तथा अनौपचारीक सामुदायिक संगठनहरुमा भएको समावेशी सहभागीताले कुनै पनि प्रकारका सामप्रदायिक गतिविधीहरुलाइ निषेध गरेको छ । म एकदम दृढपुर्ण रुपमा भन्न सक्छुकी नेपालमा जातीय युद्ध संभव नै छैन । यदि कसैले भन्दैछ भने त्यो उसको कुण्ठा हो यस्ता भयावह सामाजीक तस्वीर देखाएर आफ्नो दुनो सोझ्याउने दाउ मात्रै हो । अव जहा सम्म विकासको कुरा छ स्थानीय निकाय छैन, गाविस, नपाहरुमा विकास बजेट कति छ भन्ने कुरा आधारभुत रुपमा जनतालाइ थाहै छैन, केन्द्रिय सरकारको उपस्थिती शुन्य प्राय छ , कृषिलागायतका सकरकारी सेवाकेन्द्रहरुको अत्तो पत्तो छैन यस्तो अवस्थमा पनि जनताले कुलो, वाटो घाटो, वचत तथा क्रृण कार्यक्रमहरु, समावेशी र सहभागिता प्रवर्धनहूने कामहरु गरेर देश भरी नै विकासका माध्यामले दिगो शान्ति र समावेशी सहभागिताको मजवुत जग तयार गरेका छन । यसमा गैरसरकारी संस्थाहरुको भमिका सकारात्मक छ । स्थानीय स्तरमा दिगो शान्ति र समावेशी बिकासको जग तयार भएको छ र यदि कुनै दिन विकास प्रेमी सरकार वन्यो, स्थानीय निकायहरुको गठन भयो र गाउमा सरकारी श्रोतको सहज पहुँच भयो भने दुनियाले २० वर्षमा गरेको विकास नेपाली जनताले ५ वर्ष भित्रमा गर्न सक्नेछन यसमा सबैले विश्वास गरे हुन्छ ।
  • दिगो शान्ति र स्थायित्वले विकासको ढोका खोल्छ भन्छन नि, कसरी ?
    दिगो शान्ति भेनको नै सृजनात्मक सहभागिता हो । मानिस स्वभाविक रुपमा गतिशिल प्राणी हो । जैविक तथा समाजीक दुवै हिसावले यो स्थिर हुनै सक्दैन । कि त श्रृजनशिल हुन्छ कि त हिस्रक वा भनौ ध्वंसक हुन्छ । समाजमा शान्ति छ भने सिंगो समाज श्रृजनशिल हुन्छ र यदि समाजमा द्धन्द्ध छ भने सिंगो समाज हिस्रक वा ध्वंसक हुन्छ । जव समाज दिगो शान्ति हुन्छ तव समाजका सकै मानिसहरु श्रृजनशिल हुन्छन र समाजमा नयाँ नयाँ आविष्कारहरु हुन थाल्दछन । अविष्कारमा प्रतिस्पर्धा हुन्छ र नयाँ र आर्कषक वस्तुहरु र सेवाहरुको उत्पादनको शुरुवात हुन्छ । वस्तु र सेवाको उत्पादन पश्चात वजारमा पहुँच र कव्जाकोलागि प्रतिस्पर्धा हुन्छ र व्यक्ति, समाज र सिंगो राष्ट्र नै आर्थिक विकासको होडवाजीमा समर्पित ुहन्छन । समाजमा मुल्य मान्यता र संस्कारहरुले जवरजस्त जरा गाडछन । जव समाजका सबै नागरीकहरु रचनात्मक आविष्कारमा संलग्न हुन्छन, एक अर्का प्रति सदभाव र सम्मान कायम राख्न प्रतिवद्ध रहन्छन त्यस्ता मानिसले जनउत्तरदायि जनप्रतिनिधीहरुको छनौट गर्दछन र जनता प्रति जवाफदेही सरकारको निर्माण गर्दछन र देश कानूनी राज्यको अवधारणा मार्फत अगाडी वढदछ भने त्यस्तो देशमा दिगो शान्ति, समावेशी विकास र समृद्धि अनिवार्य हुन्छ । म फेरी जोडदिएर भन्छु जनता स्थानीय स्तरमा जनता तयार छन र सही नेतृत्व दिने राजनीतिक नेतृत्वको वा भनौ सरकारको पर्खाइमा छन । नेपालमा समृद्धि जम्मा ५ वर्ष मात्रै टाढा छ ।
  • शान्ति प्रक्रिया यो चरणसम्म आइपुग्नुमा स्थानय जनताको कस्तोो भुमिका देख्नुहुन्छ ?
    – म आफै पनि गाउले हुँ । मेरो सामजीकरण नै नेपालको पहाड र तराइ मधेशमा भएको हो । मैले यो अध्ययनका क्रममा गाउँ पढेको छु । गाउँलेका कुराहरु सुनेको छु । यसर्थ द्धन्द्धकालको दिगो व्यवस्थापनमा गाउँ समाजका मध्यस्थताकर्ताको भुमिका नै गहन छ । शसस्त्र द्धन्द्धका क्रममा शहरमा द्धन्द्ध र कलहको हल्ला चल्दा पनि गाउँ शान्त नै थियो । गाउँलेमा कहिल्यै फाटो आएन । स्थानिय स्तरमा स्थानीय मध्यस्तता, नेपाली विज्ञहरुकै भुमिका थियो र सिंगो देश द्धन्द्ध ग्रस्त हुदा पनि गाउका जनताहरुमा काटमारको अवस्था थिएन उनिहरु मिलेर नै वसेका थिए । एउटै टोलमा एउटालाइ सुराकी र अर्कालाई आतंककारीको आरोप लागेका परिकवारका सदस्यहरुमा पनि मेला पर्म वोलचाल, सामाजीक पसरपराहरुमा सहभागिता कायमै थियो । त्यहाँ शान्तिका लागि कार्यरत मध्यस्थकर्ता, स्थानीय परमपरा, रिती रविाज, नाता कुटुम्व जस्ता धेरै कराहरुले एक अर्कालाइ जोडेको थियो भने केन्द्रमा विदेशी अन्तराष्ट्रिय ख्याती प्राप्त शान्ति निर्माताहरुको जगजगी थियो तर सदै द्धन्द्धले नै चर्चा पाइरहयो । गाउलेहरु शान्तिका कुरा गर्थे गाउ शान्त नै थियो तर शासकहरु द्धन्द्धका कुरा गर्थे केन्द्र र गाउलाइ द्धन्द्ध ग्रस्त वनाएका थिए । हामीले यहाँ विचार गर्न पर्ने कुरा के हो भने नियम, कानून सरकार र राजनीतिले नभई नेपालीको सद्भाव, सहिष्णुता, एक अर्का प्रतिको सम्मान र एकताको भावले नै अहिलेसम्म देश शान्त छ र यि कुराहरुलाइ जति मलजल गर्छौ देश त्यति नै शान्त र विकसित हुन्छ ।
  • देशले व्यहोरेको लामो समयको द्धन्द्ध व्यवस्थापनमा दल, स्थानिय बुद्धिजिवि तथा विदेशी निकायको संलग्नतालाई कसरी हेर्नुभएको छ ?
    – शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन आएको अनमिन त असफल भएर फर्किएको मेरो बुझाई छ । फेरी राजनीतिक दलका नेताहरुले समेत द्धन्द्धको व्यवस्थापन भन्दा पनि भड्काउने गरि चर्का भाषणबाजी गरेको यथार्थ हामि माझ छ । धेरैजसोले द्धन्द्ध अझ भड्काएर आफ्नो औचित्य पुष्टि गर्ने दुष्प्रयास पनि गरिरहेका छन े ।

    288 स्थानीय जनतालाई विकास र रुपान्तरणको लागि निर्वाचनले उत्साहित वनाएको छ । नयाँ अवसरहरु सिर्जना गरी सदिऔदेखि विकास र रुपान्तरण पर्खेर बसेका आमजनताको ईच्छा, चाहना, अभिलाशा आवश्यकता पूर्ति गर्ने ऐतिहासिक अवसर नवनिर्वाचित प्रतिनिधिहरुले जनताको मतबाट पाएका छन् । के तिनले जनताको चाहना पूरा गर्ने बाटो पहिल्याउन सक्लान् ?
    कसरी बनाउने स्थानीय निकायको योजना ?

    तर गाउँका सर्वसाधारणले आफ्नो धैर्यता र मेलमिलापको भावना छोडेका छेनन सबैप्रकारका सामप्रदायिकता र अतिवादलाइ वहिष्कार गरेका छन । अनि स्थानीय बुद्धिजिवि तथा मध्यस्तकर्ताले गाउँलेको चाहना भावना अनुसारको मेलमिलाप गराएर शान्तिलाई बढावा दिएका छन । नेपालको द्धन्द्ध व्यवस्थापनमा विदेशीको संलग्नता केवल यहाँको अवस्थालाइ अन्तराष्ट्रियकरण गर्न र केही व्यक्तिहरुलाइ विज्ञ वनाउन मात्रै सिमित रह्यो । स्थानीय द्धन्द्ध पिडितहरुलाइ यहाँ द्धन्द्ध व्यवस्थापनको मोडलले सम्वोधन गरेको छैन र त्यस अर्थमा यहाँको द्धन्द्ध व्यवस्तपनको मोडल असफल हो । औपचारीक रुपमा द्धन्द्ध समाप्त भएको करिव १० वर्ष पछि मात्रै सत्य निरुपण तथा वेपत्ता आयोग जस्ता निकायहरुले कार्य थलानी गरेर पुन द्धन्द्धको भयावह अवस्थालाइ व्यूताउन र वसीसकेका खाटाहरु उप्काउने काम गर्न थालेका छन । यसवाट देश र जनताले के पाउछन थाहा छेन तर केही व्यक्तिहरुलाइ विज्ञताको पगरी र द्धन्द्धका व्यापारीहरुलाइ व्यवसाय फष्टाउने अवसर दिएको छ र यसले शान्ति भन्दा पनि द्धन्द्ध र तिक्ततालाइ नै मलजल गर्ने निश्चित छ । तर पनि द्धन्द्ध पिडितको नाममा राहत र सम्मान नपाउदा पनि द्धन्द्ध पिडित र स्थानीय जनता भने शान्ति प्रति नै लालयित र प्रतिवद्ध छन त्यसकारण यहाँ शान्ति कुनै विज्ञको कारणले नभइ स्थानीय जनताकै चाहनाले कायम रहेको हो । तपाइ हेर्न सक्नुहुन्छ एउटा द्धन्द्ध पिडितले भन्दा कैयौ गुण वढी रकम द्धन्द्ध वयवस्थापनका परामर्श दाताहरुको पोल्टोमा परिसकेको छ । एकदम दुख अनुभव कतिवेला हुन्छ भने यहाँको वौद्धिक जमात शन्तिको लागि द्धन्द्धको व्याख्या गर्दछन र द्धन्द्धलाइ नै मलजल गरिरहेका हुन्छन जुन यस देश र दिगो शान्तिकोलागि सबै भन्दा ठूलो तगारो हो । जव सम्म शान्तिका कारक तत्वहरु ती तत्वहरुको फैलावट वा प्रवर्धनको वारेमा वहस गरिदैन तव सम्म शान्ति संभव हुदैन । मैले मेरो अध्ययनमा यस कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छु ।

  • शान्ति, स्थायीत्व र विकासका लागि तपाइको पीएचडीको भुमिका कसरी प्रभावकारी हुन सक्छ ?
    – नेपाल र नेपाली समाजलाइ दिगो शन्ति र समावेशी विकासको दृष्टिकोले व्याख्या गरिएको छ र यस भन्दा पहिलाका अध्ययनहरुमा द्धन्द्ध र गरिवीको दृष्टिकोले गएिका छन । कुन दृष्टिकोले अध्ययन गरिएको भन्ने कुराले नै त्यसको संभावना र औचित्यमा आमुल फरक पार्दछ । यस अध्ययनले नेपालको सकारात्मक रुपमान्तरणको खाका प्रस्तुत गरेको छ । विशेषत नेपालमा दिगो शान्ति र समावेशी विकास कसरी हुन सक्दछ भन्ने कुराको आधार प्रस्तुत गरेको छ । यो अध्ययनमा प्रसंसनीय खोज विधीको प्रयोग गरिएको छ जुन विगतमा निकै प्रसिद्ध रहेको समस्या सामाधान विधी भन्दा आम रुपमा फरक छ । यसले विगतका सफलता, सवल पक्षहरु र मौजुत तथा संभावित संभावनाहरुको आधारमा नयाँ भविष्यको परिकल्पना गरेर रुपान्तरणको संरचना सहितको कार्ययोजना तयार गरेको छ । यस विधीमा रहेर कार्यक्रम सञ्चालन गर्दा समस्या सामधान विधीले २० वर्षमा गर्न नसक्ने काम यसले केही वर्षमा नै गर्न अभिप्रेरित गर्दछ । त्यसकारण नेपालको दिगो शान्ति र समावेशी विकासको प्रकृयामा सकारात्मक कुराको बिजारोपण गर्नु यस अध्ययनको मुख्य धेय हो । शान्ति, विकास र स्थायित्वका लागि युवा तथा सिर्जनशिल जमातमा सकारात्मक धारणा स्थापित गर्ने अपेक्षा अध्ययनको छ । आशा छ, पुस्तकका रुपमा यो अध्ययन लिपिबद्ध भएपछि समाज र राष्ट्र तथा विकास र सकारात्मक सोचका पक्षमा जनमत बढाउने छ । संभावना र सकारात्मकताको खोजी नै यो अध्ययनको सार हो ।
  • नयाँ बिषयमा पीचडी गर्नुभएको छ, अध्ययनको सार के हो ?
  • सामुदायिक मध्यस्थता, स्थानीय शान्ति समिति, गरिवि निवारण कोषको कार्यक्रम, गैह्र सरकारी संघ संस्थाको विकास साझेदारी, संघ संगठनको संस्थागत संस्किृति, स्थानीय समुदायमा आधारित संगठन तथा समूह, स्थानीय तहका नेतृत्व र क्षमता जस्ता कुरामा केन्द्रित यो अध्ययनले अध्ययन क्षेत्रमा दिगो शान्ति र सामवेशी विकासको े भविष्यको े चित्रण गर्ने प्रयास गरेको छ । शान्ति गाउँमा पाइन्छ, कुशल र समाबेशी नेतृत्व गाउँमै छ । त्यसकारण नेपालको दिगो शान्ति र समावेशी विकासको लागि विदेशी मोडेलको आवश्यकता छैन त्यो नेपालको गाउमा अनौपचारीक रुपमा विकसित भएको छ । अहिले हाम्रा गाउ घरमा दिगो शान्ति र विकासका जुन मोडलहरु तयार भएका छन अहिलेका समृद्ध देशहरुले पनि आफ्ना विकासको शुरुवात त्यसै गरि गरेका थिए । त्यसकारण सरकार तथा शान्ति र विकास साझेदार संस्थाहरुले नेपाली गाउँका दिगो शान्ति र सामवेशी विकासका मोडललाइ नै परिष्कृत गरेर राष्ट्रिय नीतिमा समावेश गरेर विकास योजनाहरु निर्माण गर्दा हुन्छ ।
  • भ्रमणमा कत्तिको रुची राख्नुहुन्छ, तपाइले प्रसंसनीय खोज दृष्टिकोणका विधिलाइ विस्तार गर्न के कस्तो भुमिका खेल्नु भएको छ ?
    – मलाइ भ्रमण निकै मन पर्छ । पहाडमा जन्मेर किशोरावस्थामा तराइ झरेकोले नेपालका ५(६ वटा भाषा वोल्न र वुझ्न सक्छु । नेपालका त ६८े जिल्ला भ्रमण गरेको छु । अध्ययन र भ्रमण मेरो रुचि पनि हो । पहिलन वन विभागमा रेन्जर र पछि गैरसरकारी सस्थामा वन प्राविधीकको रुपमा काम गर्दा नै धेरै जिल्लाको अध्ययन भ्रमण गर्ने मौका मिल्यो । पछि प्रसंसनीय खोज विधीको सहजकर्ताकका रुपमा विभिन्न जिल्लाका विकास अभियान्ताहरुसँग प्रत्यक्ष भेट गर्ने मौका मिल्यो र मैले नेपाल भित्र करिव ३ सभ भन्दा वढी तालिम, गोष्ठिहरु सञ्चालन गरेको छु भने चीनको सियानमा सन २०१३ मा मैले नै औपचारीक रुपमा प्रसंसनीय खोज विधीको विस्तार गरेको हु । परिकल्पना नेपालका पूर्व अध्यक्ष तथा मूल्याँकन समाज नेपालका अध्यक्ष र दक्षिण एसियाका उपाध्यक्ष डा. गणपति ओझासँग मिलेर मूल्याँकन विधीमा प्रसंसनीय खोज विधी भनेर नयाँ मोडल पनि तयार गरेका छौ र नेपाल, भारत र श्रीलंकामा प्रस्तुत समेत गरेका छौ । गतसाल दक्षिण अफ्रिकाको जोहानेसवर्गमा सम्पन्न प्रसंसनीय खोज विधीको पाँचौ विश्व सम्मेलनमा मैले मुख्य वक्ताको रुपमा नृपालमा मैले अनुसन्धान गरेका कुराहरु प्रस्तुत गरेको थिए । सन २०१२ मा वेल्जियमको गेन्ट शहरमा भएको चौथो विश्व सम्मेलनमा नेपालको तर्फवाट सहभागि भएको थिए । यस वाहेक मैले प्रस्तुत गर्ने अन्तराष्ट्रिय सम्मेलनहरुमा सबै प्रस्तुतीहरु प्रसंसनीय खोज दृष्टिकोण वाटनै तयार गरेर प्रस्तुत गर्ने गर्दछु र निकै प्रसंनीय प्रतिक्रियाहरु प्राप्त हुन्छन । मैले एवियुको साधारण सभा टर्कीको इस्तानवुल, युयान एपिसिआइसिटीको सम्मेलन दक्षिण कोरीयाको इन्चोन, एआर याफ को वंगलादेशको सम्मेलनमा पनि दक्षिण एसियामा दिगो शान्ति र समावेशी विकासमा सामुदायिक रेडियोहरुको भुमिका नामक कार्यपत्र प्रस्तुत गरेको थिए । मेरा सबै भ्रमणहरु अध्ययनकै शिलशिलामा भएका हुन । हाल सम्म अमेरिका नेदरल्याण्ड, वेल्जियम, दक्षिण कोरीया, चीन, भारत, बंगलादेश, श्रीलंका फिलिपिन्स, मलेसिया, सिगापुर लगायतका १८ वटा राष्ट्र भ्रमण गरेको छु । सामाजिक अभियन्ता भएको कारण खासै आफन्तसँग घुम्न पाइएको छैन, अधिकांश भ्रमण साथिहरुसँगै गरेको छु । रमालो भन्ने कुरा सोचको कुरा न हो ।
  1. अन्तमा के भन्न चाहनुहुन्छ ?
    – मलाई सकारात्मक काम गर्न र सोच्न प्रेरण दिनुहुने मेरा परिवारका सदस्यहरु विशेषतः आमा वुवा, श्रीमती, छोरा, प्रशंसनिय खोज बिधिका जन्मदाता मेरा आदारणीय गुरुहरु डेविड कुपर राइडर, वहाँकासहयोगी प्रोफेशर रोनाल्ड फ्राई, त्रिभुवन विश्वविद्यालयका मेरा आदारणीय गुरुहरु प्रा.डा. प्रदिप खड्का, प्रा डा. उमाकान्त सिलवालवाल तथा सम्पुर्ण गुरुवर्ग, प्रशासनका सर तथा म्याडामहरु परिकल्पना नेपालका मेरा अग्रज तथा साथिहरु, मलाइ विभिन्न तहमा पढाउनु भएका मेरा आदारणीय गुरुहरु, मेरा प्रशिक्षकहरु, जिल्लाका उत्तरदाता, सहपाठी साथीहरु, काल कार्यरत सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरु र कर्मचारी साथीहरु, विभिन्न संघ सस्थाहरुमा सहकार्य गर्ने मेरा साथीहरु, देश तथा विदेशका प्रसंसनीय सोज तालिम, गोष्ठि, सभा, सम्मेलनका सहयोगी मित्रहरु सबैलाई धन्यवाद दिन र सम्झन चाहन्छु । उहाँहरुको सहयोगले नै यो सफलता मिलेको छ । सबैले सकारात्मक सोच राखेर काम गरौ ैं हामीले सोचे भन्दा निकै छिटो यो देशको विकास हुन्छ ।