परिवर्तनशिल ऐतिहासीक संविधानलाइ स्वागत गरौ

अन्ततः ६५ वर्षपछि जनताका प्रतिनिधीहरुले संविधान लेखेर सार्वभौम सम्पन्न देशको स्वशासित नागरीकहुने नेपालीको चाहना पुरा भएको छ । यो आफै एउटा निरन्तर लामो लडाइको प्रतिफल हो । हजारौ त्याग र वलिदान पछि यो अवसर प्राप्त भएको छ नेपाल र नेपालीलाई । के यो गर्व लायक उपलब्धी हैन । निश्चित रुपमा इतिहास देखी वर्तमान सम्मलाइ केलाएर हेर्ने हो भने नेपाल चरम विभेद, शोषण, उत्पीडन, पछौटेपन, अन्धविश्वास, कुरीति जस्ता थुप्रै सामाजिक विकृती र विसंगतीवाट गुज्री रहोको छ र जुन आफैमा गर्वगर्न लायक छैन । नेपालमा भएका ती सबै सामाजीक विकृती र विसंगीका कारक तत्वहरु शासक वर्गको चाहना, असंगठीत र अचेत जनता प्रमुख रुपमा रहेका छन । २५० वर्षको इतिहासमा २४० वर्ष सम्म नेपालको सासन सत्ता स्थायी प्रकृतिको थियो र त्यस सासन सत्ताको चाहना बमोजिम नै नेपालीहरु शासित हुन परयो । विशेषतः २०४७ सालको परिवर्तनले आंशिक परिवर्तन गरे पनि सासन सत्ताको स्वरुपमा तात्वीक परिवर्तन ल्याउन सकेन फलस्वप १५ वर्ष पनि नहुदै त्यो पद्धती असफल भयो र २०६३ वाट नयाँ शासन पद्धतीको शुरुवात भयो र यसले सासन सत्ताको संरचनामा आमुल परिवर्तन ल्यायो र यसै परिवर्तनको जगमा अहिले नयाँ संविधान संभव भयो ।
ज जसले यस उपलब्धीलाई कालो दिवसको रुपमा मनाउन चाहीरहेका छन उनीहरुले के कस्तो संविधान भएको भए खुशीयाली मान्दथे होलान । जसले यसलाइ कालो वा प्रतीगामी देखेका छन उनिहरु कसको प्रतिनिधित्व गर्दछन ? र उनिहरुले गरेका राजनीतिका कारण जनताहरुले के पाए र के गुमाए ? नेपालका सबै क्षेत्रका जनता विभेदको अन्त चाहान्छन तर जनताले चाहेका यी चाहनाहरुलाइ व्यापार गर्नेहरु हर पल भावनाको व्यापार गर्न चाहान्छन र सबै राजनीतिक उपलब्धीहरुलाई आफनो र परिवारको मुनाफासँग जोडन चाहन्छन भन्ने कुरा कथित जनताका मसिहा भनाउदाहरुले विगतमा गरेका व्यवहारले प्रमाणीत गरेको छ । निश्चित रुपमा सामन्ती राज्य व्यवस्थाले मधेशी समुदायसँग संरचनागत रुपमा नै विभेद गरेको थियो तर के मधेशका कथित उच्च वर्गका राजनीति कर्मीहरु र अधिकारकर्मीहरुले आम गरिव, दलित मधेशी माथी न्याय गरेका थिए ? सिराहाम दलितलाई सधै सिनो फाल्न र पानी नछुने वनाउन के यहाँको राज्यसत्ताले लागएको थियो ? गाउँ गाउँमा स्कूलहरु हुदाहुदै मधेशी दलितका छोराछोरीलाइ विद्यालय छिर्न नदिने के राज्य व्यवस्थाले गरेको थियो ? दिन दिनै दलित, गरिवहरुलाइ रे त जस्ता लवजमा कुरा गरेर त्यो वर्गको आत्मसम्मानको धज्जी उडाउने को थियो ? यद्यपी आजसम्म गाउँ गाउमा चरम विभेद गर्नेहरु को हुन ? जिल्लामा विकास वजेटमा चरम भ्रष्टचार भएर जनतालाइ सामन्य सेवावाट वञ्चित गराउन के सरकारले नियम कानून वनाएको थियो ? गाविसको वजेटखाने र मधेशी सिधासाधा जनतालाइ सेवा सुविधा नदिनेहरु को थिए ? राज्यसत्ताले गरेका केही संरचनागत विभेदको आवरणमा सदियौदेखी मेहनतकेश जनताको खुन चूस्ने खुनीहरु को हुन ।
आफु महलमा वसेर जनतालाइ वरी परी झुपडीमा राखेर उनिहरुको जिन्दगी खलखलीयानमा विताउने को हुन ? पञ्चायी व्यवस्थाको चरम निरंकुशताको समयमा प्राणवाजी लगाएर गाउँ गाउँमा शोषण उत्पीडन र कुरीतिको विरुद्ध जनतालाई संगठित गर्दै हिडनेहरुलाई उग्रवादी र अवैध तत्व भन्दै पुलिस लगाउने कथित मधेशप्रेमीहरु रापंस, पनिजावुस, प्रंपंको रुपमा अवतारलिदै महेन्द्र र विरेन्द्रको तालु चाटदै गर्दा कहा गएको थियो तिनीहरुको मधेश प्रेम ? के त्यतीवेला दलितका घरमा कुममा कुम मिलाएर जीवन पर्वाह नगरी संगठीत गर्ने को थिए ? यीनै काग्रेस र कम्युनिष्ठहरु थिएनन ? गरीव मधेशी वा जनतजाती, महिला, मुस्लिम सबैको अधिकार सुनिश्चित गरी जसको जोत उसको पोत भन्नेहरु को थिए ? के स्वाभीमानी मधेशी दाजुभाइले कहिल्यै विर्सन सक्छन ? हिजो मन्त्रि र सुविधाभोगी भएर आतंकारीका नाममा जनतालाइ गोलीदाग्नेहरु को थिए ? हिजो ज्ञानेन्द्रको जुठो पुरो चाटदै मधेशी र थारु जनसमुदायमा कत्लेआम गर्नेहरुले अहिले मधेशीको प्रवक्ता भएर क्रान्तिकारी वन्न सुहाउछ ? ५४ जना आदारणीय वीर सहिदको वलिदान पश्चात प्राप्त उपलब्धीहरुलाइ कथित नेताभनाउदाहरुले के सँग साटे ? वारम्वार मन्त्रि र सभासद हँुदा ती सहिदका परिवारलाइ संझे उनिहरुले ।
अहिले मधेशका अधिकारका वारेमा चर्का कुरा गर्नेहरुले हिजो सत्तामा हाली मुहाली गर्दा के गरे ? के मधेशीदलको कोटामा परेको रष्ट्रिय योजना आयोगको सदस्यमा कुदै शहिद वा वहाँका आपन्तलाई ल्याए ? कति जना मधेशी महिला र दलित समुदायका दाजु भाइ दिदी वहिनीलाइ मन्त्रि वनाए ? अस्पताल विकास समितीको सदस्यमा नियुक्त गरे ? राजदुत वनाए ? सामाुपातिकमा सभासद वनाए ? मधेशमा कतिवटा अस्पताल थपे ? कतिवटा विश्वविद्यालय थपे ? देशलाइ नै चुनौती दिनेहरुले किन विराटनगर देखी नेपालगञ्जसम्म जिल्लै पिच्छे मेडिकल वा इन्जिनीयरीङ्ग कलेज स्थापना गरेनन ? किन घर घरमा डाक्टर र इन्जिीयर वनाउने मन्त्रिपरिषदमा प्रस्ताव लगेनन ? अन्न भण्डार तराइको आधुनिकरणको लागि किन कृषि क्याम्पस खोलेनन ? आपनो हातमा डाडु पन्यु हुदा कमिसन, आफन्तजनलाइ लाभको पद दिन तल्लिनहुने हरु जव आफनो हातवाट डाडु पन्यो हटछ अनिवल्ल मेधेशमा विभेद भएको चेत खुल्छ ? सबै भन्दा घृणा त त्यतीवेला लाग्दछ जव माहान शहिदको वलिदानवाट प्राप्त उपलब्धिमा श्रीमती र शाली अनि व्यापारीसँग मोटो रकम लिएर समानुपातिकको सभासद बिक्री गरिन्छ के त्यस्तालाइ मधेशी जनताको अधिकारको व्याख्या गर्ने अधिकार हुन्छ ? निश्चितरुपमा अहिलेको संविधानमा विभेद जन्य प्रावधान छन भने मधेशी मात्रै हैन मधेशी पहाडी एक भएर लड्नु पर्दछ र समानता कायम गरेरै छाड्नु पर्दछ ।
सत्यकुरा के हो भने यस संविधान जारी भए र सफलरुपमा कार्यान्वयन भयो भने अव तराइको संभ्रान्तवर्गले त्यहाँका दलित, गरिव, महिला माथी थिचो मिचो गर्न पाउने छैनन । हिजो सम्म हेपीएको वर्ग अव यी ठुलावढा भनाउदाहरुसँग आमने सामने गर्देछन । त्यसअर्थमा विभिन्न आवरणमा सदियौदेखी हालीमुहाली गर्दै आएकाहरुको लागि असोज ३ कालो दिन हुने नै छ यसमा कुनै शंका छैन । जनतावाट तिरस्कृत लोभिपापीहरुले चर्काकुरा गरेर मधेश र मधेशीको भाग्यको फैसला गर्न सक्दैनन ।
घृणा, द्धैष र कपटवाट होइन सदभाव, प्रेम र स्विकारोक्तीले विभेदको लडाइ जितिन्छ । जतिसुकै चिच्चाए पनि अहिलेको संविधानलाइ विरोध गर्ने भन्दा समर्थन गर्ने जनसंख्या सयौ गुणा वढी छ तराइमा तर पनि थोरै भने पनि विभेद छ भने त्यो स्विकार्य हुनुहुन्न र त्यसको नेतृत्व मुख्य ३ दलले नै लिनु पर्दछ । यीनै तीन दलहुन जसले नेपालको उच्च राजनतीक पद वा परमाधिपति सेनापतिमा सहजरुपमा एकजना मधेशीलाइ सम्मानीत गर्न सफल भए, राष्ट्रिय सभा जस्तो गौरवशाली संस्थाको उपाध्यक्षमा मधेशी दलितलाइ शुसोभित गराए, र सदैव समानताको लागि प्रयासरत नै छन तर तीन दलले पनि आफना सन्देश जनता समक्ष पु¥याउन सकृय भुमिका खेल्न पर्दछ र सबै नेपालीको आत्मसम्मानको ग्यारेन्टी गर्न सक्नु पर्दछ ।
मधेशी जनताको दृष्टिकोणमा यस संविधानले १०० मा शय नै पाउनु पर्ने थियो र त्यो प्राप्त भएन भने जती प्राप्त भएको छ त्यसलाइ संरक्षण गर्दै थप प्राप्तीको लागि रणनीतिक रुपमा अगाडी वढनु नै वुद्धिमानी हुन्छ । नयाँ भविष्य वनाउन नयाँ दृष्टिकोण चाहिन्छ आधुनिक युगमा जुन वलवाट संभव नै छैन । तीन दलले पनि के वुझन जरुरी छ भने वर्षौदेखी राज्यसत्ता रस्थानीय सामन्तहरुवाट प्रताडीत सिमान्तकृत मधेशी जनतालाइ यस संविधानले कसरी हक अधिकार दिन्छ र ती जनसमुदायका नाममा राजनीतिक व्यापार गर्न पल्केका राजनीतकि व्वासाहरुलाइ कसरी जनताले तिरस्कार गर्न पर्दछ भन्ने कुरा समयमा नै सिकाउन पर्दछ । कसैको सनकको भरमा देश र जनतालाइ चोट लाग्ने कुनै पनि काम गर्न हुदैन र हर कोहीले देश प्रति गर्व गर्न सक्ने वातावरणको निर्माण गर्न तल्लिन हुनु पर्दछ ।
केही व्यक्तिले धमिलो पानीमा माछा मार्न खोज्दा मधेशमा चोटलागेको छ । जिम्मेवार अभिभावक भएको कारण तीन दलले यस चोटमा मल्हम लगाउनै पर्दछ र सबैको भविष्य सुनिश्चितहुने वातावरणको निर्माण गर्ने कार्य पनि तीन दलको नै हो । निश्चित अभिष्ठको लागि जनता भडकाउन खोज्नेहरुलाइ परास्त गर्दै जनताको विश्वास आर्जन गर्ने संस्थापन पक्षले पहल गर्नै पर्दछ । यहाँ तीनदलले वुझन पर्ने कुरा के हो भने जव सम्म नयाँ सोच र ज्ञानको स्तरवाट अहिलेको अवस्थालाइ हेरीदैन पुरानै तरीकाले व्याख्या गरेर सामाधान प्राप्त हुदैन । त्यसकाराण अहिले संविधानलाइ स्वागत गर्दै वाँकी रहेका हक अधिार स्थापनाको लागि एकजुट भएर अगाडी वढौ । एकको असन्तुष्टिमा अर्काको उन्नती संभव छैन । सवैलाइ चेतना भया ।