प्रचण्ड सरकारः यथास्थितीको निरन्तरता की अग्रगामी छलाङ ?

विश्व प्रख्यात महान वैज्ञानीक अल्वर्ट आन्सटाइनका अनुसार जीवनलाइ दुई प्रकारको मनोवृत्तिहरुवाट निर्देशीत भएर वाँच्न सकिन्छ । पहिलो मरेर जाने हो के नै नयाँ वा फरक गर्न पर्दछ भन्ने सोच र अर्को एकवारको जीवनमा धेरै अविस्मरणीय कुराहरु गर्न सकिन्छ र थोरै समयमा चमत्कारीक काम गर्न सकिन्छ  । व्यक्तिले आफ्नो जीवनकालमा धेरै पटक चमत्कारीक काम गरेको हुन्छ र जीवनलाइ असफलतावाट सफलतामा रुपान्तरण गरेको हुन्छ । सबै मानिसहरुमा चमत्कारीक रुपान्तरण गर्न सक्ने क्षमता हुन्छ । कसैले यसलाइ व्यक्तिगत जीवनका लागि मै सिमित गर्दछन, कसैले घर परिवारमा सिमित गर्दछन, कसैले देशका लागि गर्दछन भने कसैले सारा संसारकै लागि चमत्कारीक रुपान्तरणको नेतृत्व गर्दछन । जसले समाज, देश र संसारकै लागि चमत्कारीक रुपान्तरणको नेतृत्व गर्न पहल गर्दछ उसलाइ नेता भनिन्छ । नेता भनेको नै सामुहिक हुन्छ र वृहत्तर जनसमुदायको हितमा काम गर्नु उसको कर्तव्य हो ।

कुनै गुटको नेताले गुटको स्वार्थको लागि मात्रै काम गर्दछ । कुनै पार्टीको नेताले पार्टीका कार्यकर्ताहरु र उनीहरुलाइ फाइदा दिने व्यपारी र पूजीपति वर्गको हितको लागि मात्रै काम गर्दछन भने राष्ट्रिय नेताले समग्र देश र जनताको हितमा काम गर्दछन । राष्ट्रको हितमा काम गर्ने नेताहरुलाई राजनेता भनिन्छ । सुझवुझपूर्ण निर्णय, निश्पक्षता, जवाफदेहीता, समानता, पूर्णरुपमा कानूनको पालना र कानूनद्धारा स्थापीत संघ संस्थाहरुको संरक्षण, जनतासँग प्रत्यक्ष सम्पर्क र सहकार्य यस्ता नेताहरुका मौलिक गुणहरु हुन । यस्ता राजनेताहरुले समग्र देशवासीहरुलाई सुन्दर र सुरक्षित भविष्यको राष्ट्रिय सपनाले एकताको सूत्रमा वाध्दछन र प्रगती पथमा लम्किन उत्प्रेरीत गर्दछन । यी राजनेताहरु धर्म, वर्ण, लिंग, क्षेत्र, जात भन्दा धेरै माथिल्लो उचाइवाट देश, जनता र राजनीतिलाई हेर्न सक्दछन र सोही अनुरुपको व्यवहार प्रदर्शन गर्न सक्दछन । यस्ता नेताहरुमा देशवासीले अभिवाकत्व र सुरक्षा महसुस गर्दछन । विपि कोइराला,मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, डा. रामवरण यादव, रामराजा प्रसाद सिंह, महेन्द्र नारायण नीधिहरुलाई यस प्रकारको नेताहरुको रुपमा लिन सकिन्छ । इतिहासले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, केपी वली, शेरवहादुर, बावुराम, रामचन्द्र, विजय गच्छदार र उपेन्द्रहरुलाइ पनि राज नेता बन्ने मौका दिएको थियो तर सिंगो राजनीतिलाई व्यक्तिगत, गुटगत र पार्टीगत फाइदा भन्दा माथि उठाउन नसक्दा उहाँहरुले दल र गुटको नेता भन्दा माथिल्लो पहिचान वनाउन सक्नु भएन ।

जनताको विश्वास, पद र प्रतिष्ठालाइ आफ्नो पार्टीको सम्पत्तिको रुपमा मात्रै बुझ्न खोज्दा राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरको नेता हुन सक्ने अवसर यस अगाडी नै प्रचण्डले गुमाउनु भएको थियो । नेपाली जनताहरुले वहाँलाइ समसामयीक नेपाली नेताहरु मध्ये अतुलनीय नेता र वहाँमा नेल्सन मण्डेलाको प्रतिमूर्ति देख्थे र वहाँको नेतृत्वमा नेपालले चमत्कारीक आर्थिक रुपान्तरण गरेर गरिवी, पछौटेपन, विभेद जस्ता कुराहरु अन्त गरेर नयाँ र समुन्नत एवम समृद्ध जीवनको परिकल्पना गरेका थिए । तर राजनीतिक अहम्, देश र जनता प्रतिको अत्यन्तै गैरजिम्मेवारी पन, आवश्यकता र अवसरहरुको प्राथामिकीकरण गर्न नसक्नु र विपक्षीहरुप्रतिको चरम घृणा र रोष, नितान्तै एकाँकी र साघुरो विचारको घेरा, वन्दुक र वलमा विश्वास जस्ता कुराहरुले गर्दा वहाँले राजनेता वेनर करोडौ जनताको पूज्यनीय नेता वन्ने दुर्लभ मौकालाइ सदुपयोग गर्न चाहनु भएन र वहाँ पनि समसामयीक अन्य नेतासरह पहिला पार्टी र कालन्तरमा गएर गुटकै नेता वन्न रुचाउनु भयो ।

संभवतः भूतपूर्व प्रधानमन्त्री वा प्रतिपक्षी दलको नेताको हैसियतले वहाँको जीवनस्तर त सहजै होला तर नेपालीले वर्षौ देखी प्रतिक्षा गरेको समृद्धी र समुन्नत जीवनमा भने कालो वादल लाग्यो । आफ्नो असक्षमताले प्रतिगामी र प्रतिक्रियावादीहरुको असहयोगको नाममा देशलाइ अस्थितरतातिर धकेल्नु भयो र अघिल्लो १० वर्षमा कमाएको साख पोखाल्नु भयो । गत वर्षको भुकम्प पश्चात संविधान निर्माणमा र केपी वली सरकारको निर्माणमा वहाँले खेलेको भुमिका सदैव प्रसंशनीय रहेको छ । केपी वली सरकारको वहिर्गमनमा वहाँको भुमिका विरोधाषपूर्ण भए पनि सरकारको नेतृत्व वहाँकै हातमा छ र जनताले वहाँ प्रति पुन आशा र भरोशाका साथ वहाँको कृयाकलापहरु नियालीरहेको छन र मनमनै प्रश्न गरिरहेका छन के प्रचण्ड गुटगत स्वार्थभन्दा माथि उठनु होला त ?

विगतका कम्युनिष्ट सरकार हेरीसकेका जनतालाई समान्य सुधारमुलक काममा सिमित भएर प्रचण्डले जनतालाइ आकर्षीत गर्न सक्नुहुन्न । देशमा अवसर प्रष्फुटन हुन नसकेर परिवारको दुइ छाकको जोहो गर्न विदेशीएका ५० लाख युवाहरुले नेपालमा सरकारले केही गर्छ र रोजगारीको अवसर पाइन्छ भन्ने कुराको आस मारिसकेका छन भने प्लस टु मा पढिरहेका विद्यार्थीहरु विदेशका विश्वविद्यालयको आवेदन प्रकृया शुरु गरिरहेका छन । सरकारी कर्मचारीहरु डिभी भरिरहेका छन । राजनीतिक नेताहरुकै आडमा  वचेखुचेका विद्यार्थीहरुलाई भारत र अन्य देशमा पठाउने र वेरोजगार युवाहरुलाइ विदेश पठाउने दलाली पेशा देशमा दिन दुइगुण रातमा चौगुण फस्टाइरहेको छ । राजनीतिक दलका कार्यकर्ताहरु उत्पादनमुलक जमिनलाइ प्लटीङ गरेर दलाली गर्नमा व्यस्त छन जसलेगर्दा देशमा खाद्यान्न उत्पादनको संस्कार हराएको छ र उत्पादनमुलक उद्यमशीलता  दिनानुदिन घटदो छ । हर क्षेत्रमा परनिर्भरता वढदो छ ।

प्रहरी प्रशासन चरम सुस्त छ । शहरमा एक किलोमिटर यात्रा गर्न घण्टौ लाग्छ भने ग्रामिण क्षेत्रको अस्तव्यस्त सडक सामन्य मर्मत नहुदा यात्रा नै जोखिम पूर्णछ । राजनीतिक आवरणमा देशमा एक प्रकारको गुण्डा राज कायम छ । यस्तो अवस्थामा प्रचण्डको काम गर्ने शैली पुरानै होला की परिवर्तन होला ? अवका दिनमा वहाँले अपनाउने शैलीले नै परिणामलाइ प्रभाव पार्नेछ । प्रधानमन्त्रीका रुपमा हालसम्म वहाँले गरेका केही निर्णयहरुलाइ आधार मान्ने हो भने निकै नै निराशाजनक छन । वहाँकै पार्टीको निर्णय विपरित नीजि सचिवालयमा परिवारका सदस्यलाइ राखेर शहिद, वेपत्ता र घाइते परिवारलाइ सकारात्मक सन्देश दिन सक्नुभएन भने पार्टी र सरकारमा योग्यता, क्षमता र दक्षता भन्दा पारिवारीक सम्वन्ध नै महत्वपूर्ण हो भन्ने सन्देश दिनु भएको छ । त्यसै गरी पार्टीको तर्फवाट क्याविनेट स्तरको मन्त्रीमा महिलालाइ वहिष्करण गरेर माओवादी केन्द्रमा महिलाको स्तर दोश्रो दर्जाको नै हो भनेर प्रमाणित गरिदिनुभएको छ । यस वाट हिजो वहाँहरुले एमाले नेतृ साहना प्रधानलाइ राष्ट्रपतिमा गरेको प्रस्ताव मिथ्या थियो भन्ने पनि प्रमाणित भएको छ । सबै भन्दा उदेक लाग्दो कुरा त विगतमा वहाँ भन्दा निकै कम क्रान्तिकारी भनिएका प्रधानमन्त्रीहरुले समेत मानेका प्रमुख राजनीतिक सल्लाहकारको नियुक्ती सम्वन्धि योग्यताको संसोधन गरेर वहाँले शैक्षिक योग्यता, क्षमता र दक्षता समेतलाई वर्तमान सरकारको प्राथामिकता नभएको तथा वौद्धिक विद्धता र वन्दुक विद्धता वरावर नै हो भन्ने सन्देश दिनुभएको छ ।

छाटो समयमा सरकारका निर्णयले धेरै आश गर्ने मार्ग प्रसस्ती नगरेको भए पनि अझै पनि लामो समय राजनीतिको नेतृत्वदायी भुमिकामा नै सकृय रहने वहाँको इच्छाले देश र जनताले गर्व महसुस गर्न सक्ने केही काम गर्नुहुन्छ की भन्ने झिनो आश भने अझै पनि वाँकी छ । प्रचण्ड यस्तो अवस्थामा सरकारको नेतृत्व गर्दैहुुनुहुन्छ की देशमा समृद्धिका हजारौ संभावनाहरु एक कर्मयोगी सरकारलाइ कुरेर वसेका छन । नयाँ, सकरात्मक र देशप्रेमी काम गर्न वर्तमान सधै कुरेर वसेको हुन्छ र देश प्रति वफादार राजनेताले ती अवसरहरु सहजै पहिचान गर्न सक्दछन । आजको वर्तमाननै भोलिको इतिहास हो । प्रसंसा र आलोचना दुवैका वावजुद पनि त्याग, साहस, लचकता, समन्वयात्मक क्षमता, वैज्ञानीक दृष्टिकोण वहाँका सवलपक्षहरु हुन । लेखक व्रते केल्मरले भनेअनुसार प्रचण्डले आफ्ना पुराना यथास्थितीमा रमाउने निर्णय गर्ने पद्धतीलाइ हस्तक्षेप गरेर नयाँ र गतिशिल निर्णय लिने क्षमता विकास गर्नु भयो भने वहाँले  यथास्थितीको निरन्तरतामा क्रमभंग गरेर अग्रगामी छलाङ मार्ने वाटोमा देशलाइ डो¥याउन सक्नु हुन्छ ।

अहिले देशमा विदेशीएका युवाहरुलाई स्वदेशमा फिर्ता हुने, सूक्ष्म अर्थतन्त्रका अवसरहरुलाइ उजागर गर्ने, स्थानीय श्रोत र साधनमा आधारीत रोजगारका अवसरहरु श्रृजना गर्ने, देशलाइ शैक्षिक गन्तव्यस्थल वनाउने, सामाजीक सदभाव, र राजनीतिक मेललिाप वढाउन सहजीकरण गनर्,े योग्यता, क्षमता र दक्षताको कदर हुने, उत्पादनमुखी र आविष्कारमुखी नीतिगत र संरचनागत कुराहरुको निर्माण गर्न आवश्यक छ । प्रहरी प्रशासनलाइ चुस्त स्फूर्त वनाएर शुसासन र जवाफदेहीको संस्कार पनि निर्माण गुर्न नै छ । स्मरणरहोस सरकारका केही नीतिगत निर्णयलेमात्रै पनि देशमा करिव ५ लाख भन्दा वढी रोजगारका अवसरहरु श्रृजना हुन सक्दछन भने देश शैक्षिक गन्तव्यस्थलमा पनि परिणत हुनसक्दछ । यसका लागि प्रधानमन्त्रिले अत्यन्तै भविष्यकेन्द्रित गौरवशाली निर्णय गर्न सक्नु पर्दछ ।

देशका समृद्धीका संभावनाहरुलाई प्रस्फुटन गर्न सकारले सिमित राजनीतिक दायरा भन्दा वाहिर गएर विभिन्न विषयमा ख्याती प्राप्त युवा विज्ञहरुलाइ सहभागी गराएर नयाँ निर्णय गरेमा प्रचण्ड सरकारले नै यथास्थितीको निरन्तरतालाइ क्रमभंग गर्न सक्दछ । यस अवधिमा कमरेड प्रचण्डले प्रधानमन्त्रीको रुपमा एनेकपा माओवादी केन्द्रको नेतामा मात्र सिमित नरही समग्र राष्ट्रको नेताको रुपमा प्रस्तुत हुन सक्नु पर्दछ । राजनीतिक सल्लाहकार, राजदूत, विज्ञ आदीको नियुक्ति गर्दा हिजोदेखी राष्ट्रको हितमा काम गरेका, स्वच्छ छवि भएका र विज्ञता आर्जन गरेका स्वतन्त्र वा लोकतान्त्रिक पार्टीमा आवद्ध जोसुकैलाइ पनि जिम्मेवारी दिएर आफ्नो अभिभावकीय क्षमता देखाउन सक्नु पर्दछ । विना विभागीय भए पनि पार्टीको तर्फवाट क्याविनेटमा महिला मन्त्री नियुक्ती गर्न ढिला गर्नु हुँदैन । कमरेड पार्टीको साघुरो घेरावाट वाहिर निस्कनुहोस र वताउनुहोस दुनियालाइ कम्युनिष्ठहरु संसारका सवैभन्दा ठूला लोकतन्त्रवादीहरु हुन यीनिहरुले देश निर्माणको सन्दर्भमा सवैलाइ सम्मान र सहभागी गराउन सक्दछन भन्ने उदाहरण दिएर यथास्थितीको निरन्तरतामा क्रमभंगता गर्ने हिम्मत गर्नुहोस र देशमा चमत्कारीक परिवर्तनको सूत्रपात गर्नुहोस शुभकामना छ ।