बाबु ….बाबु  …. भुकम्प गयो । ड्याडी ड्याडी भुकम्प गयो । ढोकामा उभ्भ ..ढोकामा………धेरै बेर जादैन अब रोकिन्छ …..ओहो बर्बाद हुन्छ की क्या हो ..ढोकाम उभ्भ … बैठक कोठाको खाटमा बसेर ल्यापटयाव चलाउदै गरिीरहेको बेलामा अचानक खाट हल्लीन थालेपछि हामी बाबु छोरा विच कोलाहल मच्चियो । भुकम्प शुरु भएको करीब १५ सेकेण्डमा हामी बाबु छोरा ढोकाको चौकसमुनि उभियौ । बाहीर कोलाहल मच्चिन थाल्यो । मान्छेहरु भागाभाग गर्न थाल्यो । अव भुकम्पको झडका कमहोला भनेर आस गर्दागर्दै झडका झन वढन थाल्यो । यस्तो लाग्थ्यो की जीवनको सबै भन्दा लामो यात्रामा हामी बाबु छोरा फरक ढोकाम झुण्डेर कष्ठप्रद यात्रा गर्दैछौ । बाबु म तिर हेरेर मलाइ केही हुदैन नआत्तिसियोस भनेर आश्वस्त पार्न खोज्दैछ भने म त्यस विपत्तिवाट पर्न सक्ने भयंकर परिणामलाई आलंकन गरेर मेरो मुटु भन्दा प्यारो छोराको नजिक पनि पुग्न सक्दिन । म भन्दा एक मिटर र छोरा भन्दा करिव २ मिटर टाढा वाहिर भाग्न सक्ने ढोका छ तर भुकम्पको त्यो झडकामा हामि बाबुछोरा अनायसै ढोकाको चौकोसमुनि सुरक्षित महसुुस गर्दछौ र झडका कम हुने प्रतिक्षा गर्दछौ र मनमनै भगवान पुर्काछौ । हामीले समातेको चौकोस र घरका भित्ताहरु कुनै बाँसका रुख झै तलमाथि गरिरहेका थिए । हामी झडका घटने प्रतिक्षामा थियौ । वाहिर भाग्दा छतवाट केही झरेर लाग्छ की भनि ढोका मुनि नै बसिरहेका थियौ । यस भन्दा पहिला पनि भुकम्प गएको र भुकम्पवाट वच्न ढोकाको चौकस मुनि उभिएको अनुभव थियो । रिताले केही वर्ष पहिले लुथरन वोल्र्ड फण्डमा डिजास्टर प्रिपेडनेस कार्यक्रममा काम गर्दा जोखीम व्यवस्थापन सम्वन्धि सिकेका कुराहरु हामीलाई पनि सिकाएकी थिईन र आज धेरै वार्ष पछि तीनै कुराहरु संझेर हामी ढोकाको चौकोसमा उभ्भिएका थियौ । यसरी ढोकाको चौकसमा जीवनको दोसाधमा उभिरहदा मलाई प्रसिद्ध कवि रविन्द्रनाथ टैगोरको द फरदेस्ट डिस्टान्स अफ लाइफ याद आइरहेको छ । जीवनमा के के न प्राप्ती गरेर सार्थक जीवन वीताउला भनेर दिन रात मिहिनेत गर्ने, नयाँ नयाँ कुराहरु प्रयास गर्ने, सिर्जनात्मक र रचनात्मक कुराहरुको गर्न रुचाउने वा तेरो मेरो मा नै सारा जीवन अर्पण गर्ने मानव जीवनलाइ प्रलयले कसरी निरीह बनाइदिदो रहेछ भन्ने प्रत्यक्ष अनुभव गराइदियो यस महाभुकम्पले । हामी बाबुछोरा मुस्किलले २ मिटरको दूरीमा थियौ संसारमा हामी दुइजना एक अर्कालाई सबै भन्दा वढी माया गर्दछौ  र पनि त्यस विपत्तिमा हामी एक अर्काको सुरक्षाको लागि कामना बाहेक केही गर्न सकिरहेका थिएनौ । सरकारी जागीरमा मनाङ जिल्ला अदालतमा श्रेस्तेदार पदमा कार्यरत रिता शुक्रबार दिउसो मात्रै  बेसीशहर गएकी थिईन र राती साथी हुमा गुरु∙सँग बसेर विहान ८ बजे बेसीशहरबाट मना∙जाने गाडी समातेर उनि, जिल्ला न्यायधिसको सपरिवार र अन्य कर्मचारी सहित मना∙ जानलागेको हामीलाई फोनवाट जानकारी गराएकी थिइन । हामी दुबै जना धेरै जसो समय फिल्डमा बिताउने भएकोलेत्यस्तो वेलामा घरमा बाबुलाई एक्लै छोडेर जान्छौ । अहिले त उ २० वर्षको भयो सबै कुरा आफै गर्दछ तर उ १२ वर्षको हुँदा ६ कक्षामा पढ्दा देखी नै हामी उसलाइ घरमा एक्लै छोडेर हिडथ्यौ भने कहिले १०१ण् ज्वरो आउदा खाटमा सिटामोल  वाटामा पानी र रुमाल राखेर काममा जान्थ्यौ । जीवन वाँच्न रिता र मैले गरेको यो संघर्षको एक्लो साक्षी बनेर हामीलाइ सधै साथ दिएको छ यस बालकले । उसले कहिल्यै पनि बाबु आमाबाट एउटा बच्चाले पाउन पर्ने स्याहार, संभार, समय, सुरक्षा कुनै कुराको आस गरेन । दियो खायो, नदिए चुप लागेर बस्यो । अहिले यस्तो लाग्दछ हामीवाट उसले थप कुनै आस गरेको पनि छैन । उसलाइ लाग्दो हो जीवन वाँच्न नै बा आमालाइ फुर्सद छैन मेरो लागि समय नै कहाँ होला भनेर मनमनै सौचछ होला तर आजसम्म एक शब्द पनि गुनासोको रुपमा व्यक्त गरेको छैन । हामीसँग जीवनका मोडमा गरेका हर संघर्षमा केही व्यक्तिहरु सहयोगीको रुपमा भेटभए भने केही आफन्तको भेषमा निकै क्रुर षडयन्त्रकारी हरु पनि भेटभए जसले हामीलाइ निमिटयान्न पार्न हदै सम्मको षडयन्त्र गरे र शायद यो शिलशिला अझै जारी नै होला तर भगवानको कृपाले हामीलाई केही गाह्रो भएपनि निरास बनाएको छैन । यिसरी नै हामीले जीवनमा संघर्ष गरीरहेका छौ । शुक्रबार भुकम्पको कम्पन अविधीमा मैले म भन्दा २ मिटर टाढा रहेको छोराको अनुहार हेर्दै जीवनका सबै कुराहरुको पुनरावलोकन गर्दै हरपलमा साथ दिने सबै र विशेष गरी भगवान लाइ धन्यवाद दिदै यस विपत्तिवाट सकुशल अवरतरणको याचना गरे । शायद मेरो जस्तै कथाहरु धेरै बाबु आमाहरुका पनि होलान । कम्पन घटेको महशुस हुने वित्तिकै हामी सडकमा पुगिसकेका थियौ र सडकमा पुग्ने वित्तिकै मोवाइलमा फोन आयो । फोन देखेर निकै खुशी लाग्यो किनकी फोन रिताको थियो जुन यस विपत्तिमा अत्यन्तै जोखिमपुर्ण वाटोमा यात्रा गर्दै थिइन । लमजुङबाट मनाङजाने बाटोमा पहिरो गएछ र त्यस पहिरो जाने लगत्तै भुकम्प गयो भन्ने हल्ला चलेछ र तुरुन्त उनले मेरो मोवाइलमा सम्पर्क गर्ने प्रयास गरिन र दुई तीन पटकको प्रयासमा नै फोन सम्पर्क भयो । धन्यवाद एनटीसीलाइ यसपटक समयमा नै सम्पर्क हुन सक्यो । उनले निकै हतासहुँदै भनिन भुकम्प गए जस्तो छ हजुरहरु कहाँ हुनुहुन्छ भनिन । स्वयम्भु र सेतो गुम्वा वरीपरी क्षेत्रमा उडेको धुलो हेर्दै जवाफमा निकै ठूलो भुकम्प गएको र काठमाण्डौ मा धेरै क्षति भएको हुन सक्ने तर हामी भने सुरक्षित छौ भने पछि उनि पनि ढुक्क भएको वताउदै फेरी फर्कन सक्ने भएकाले सुरक्षा र सावधानी अपनाउने सल्लाह दिईन र नियमित फोन सम्पर्कमा रहने समझदारी बनायौ । भुकम्प गएको ५ मिनेट भित्रमा अमृतनगरका छिमेकीहरु करिव २० परिवारका सदस्यहरु भेला भयौ र सबैका आ आफ्ना अनुभतीहरु आदान प्रदान हुन थाले भने मोटरसाइकलमा हतार हतार अन्य ठाउँवाट आएका वटुवाहरुले वाटोमा देखेका विभिन्न दृश्यहरुको बारेमा बताउनु भयो भने सम्पर्कमा रहेका फोनहरुमा सम्पर्क गर्न प्रयास गरियो धेरै प्रयास पश्चात केसै कसैसँग सम्पर्क भयो र सबै भन्दा ह्रिदय विदारका खवर दोलखाका होम पाठकले सुनाउनु भयो । दोलखाका गाउँहरुका धेरै क्षति भएको र चरिकोटबजारका घर  र होटलहरुपनि क्षति भएको खवर सँगसगै गाउमा रहेको वहाँको घरपनि भत्केको र घरमा रहनु भएकी वृद्ध आमा किचिएर वित्नु भएको सारै दर्दनाका खवर वहाँले सुनाउनु भयो । त्यस पछि पोखरा सम्पर्क भयो र हाम्रो पुख्र्यौली घर भत्केको र तर त्यस्तो कुनै मानवीय क्षति नभएको खवर आउन थाल्यो । त्यसपछि चितवनमा वुवा आमासँग सम्पर्क गर्न खोजे सकिएन यसै बीचमा चितवनबाट शिव तीवारीको फोन आयो र चितवनमा खासै ठूलो क्षति भएको छैन वुद्धचोक, सरदपुर क्षेत्र सुरक्षित रहेको जानाकारी गराउनु भयो । यसै बीचमा सबै भन्दा धेरै क्षति चितवनमा भएको हल्ला चल्यो तर चितवन दामोदर न्यौपानेसँग सम्पर्क भएपछि चितवनमा धेरै ठुलो क्षति नभएको जानाकारी प्राप्त भयो । सिराहावाट प्रोफेसर श्री अवधेश सिंह सरको फोन आयो र त्यहाँ पनि सामन्य क्षति भएको र हेटौडामा पनि क्षति भएको जानाकारी गराउदै सुरक्षित रहन सुझाव दिनु भयो । करिव साढे २ बजेतिर भारतीय प्रधानमन्त्रिले उद्धारकार्यमा सहयोग गर्न उद्धार टोली र उद्धारसामग्री सहित टोली नेपाल पठाउने भन्ने जानाकारी प्राप्त भयो तर नेपाल सरकारको कुनै प्रतिक्रिया त्यती वेला सम्म प्राप्त नहुँदा बल्ला थाहा भयो यहाँको सरकार भनेको राष्ट्रिय ढुकुटी लुटने, तलव खाने जनतालाइ आहत बनाउने बैधानीक बेइमानहरुको संगठीत सँस्थारहेछ भन्ने जस्तो लाग्न थाल्यो र नेपाल सरकारवाट कुनै पनि कुराको आस गर्न मनलागेन र सरकारी निकायका मानिसका कर्कस आवाज र प्रतिवद्धता केवल विदेशवाट प्राप्त राहत र सहयोग रासीलाइ कब्जा जमाउने रणनीति मात्रै हो जस्तो लाग्न थाल्यो । यत्रो विपत्तिहुँदा पनि प्रहरी, सेना कसैका साइरन सडकमा बजेन, न त आकाशमा हेलीकप्टरहरु नै उडेको देखीयो । कस्तो विडम्वना । नेपाली सरकारको वैठक बस्न नै राती ८ बजे सम्म कुर्न पर्यो । धन्य सरकार तीनका पार्टीहरु र परिवारहरु । मलाइ अचम्म लाग्दछ यी उच्च पदस्थका घरपरिवार, नातेदार र इष्टमित्रहरु भेटहुदा औपचारीक अनौपचारीक कार्यक्रममा के भलाकुसारी गर्छन होला ? के यीनीहरु देशको बारेमा पनि कुरा गर्लानकी खाली कमिसन, नियुक्ति, सरुवा वढुवा र ठेक्का पट्टाको मात्रै कुरा गर्दछन होला ?  धेरै प्रयास पश्चात सहकर्मी मित्र सोहम सुवेदीसँग सम्पर्क भयो वहाँले मकालु वसकाउण्टर वरीपरीका घरहरु लडेको र ठुलो संख्यामा मानिसहरु किचिएको हुनसक्ने अनुमान सुनाउनु भयो । कलंकी मैत्रि नगरमा ५ तले घर लडेर एक जना किचिएर वित्नु भयो । स्थानीयहरुले उद्धारको प्रयास गरे पनि बचाउन सकिएन । यत्रो विपत्तिमा सरकारी संयब्त्रहरुको प्रभाकारी उपस्तिथी कही कतै देखिएन न त संगठीत रुपमा रहेका सस्था वा भनौ राजनीतिक पार्टीहरु नै देखिए । केवल वक्त्व्य र सान्तवनाहरुमात्रै सञ्चारमाध्यमवाट प्रसारीत गरिए । देशले नै राहत र उद्धार सहयोग मागेको बेलामा सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थहरुभने सञ्चारमाध्याम मार्फत अर्तिवुद्धि दिदै थिए ।  निश्चित रुपमा प्राकृतिक विपद टारेर टार्न सकिदैन तर यस विपदपछिका क्षति न्यूनिकरण गर्न सकिन्छ र त्यसको प्रमुख जिम्मेवारी सरकारको नै हो भने अन्य निकायहरु पनि सहयोगीको रुपमा प्रस्तुत हुनै पर्दछ । नेपालको सन्दर्भमा भुकम्पको कारणवाट श्रृजित क्षतिको जिम्मेवारी अहिलेका राजनीतिक पार्टीहरु खासगरी एनेकपा माओवादी, नेपाली काँग्रेस, एमाले र मधेवादी दलहरुले लिनै पर्दछ र अहिले यी पार्टीमा रहेका नेताहरुले आजकै मितिवाट सार्वजानीक जीवनबाट सन्यास लिनै पर्दछ । निश्चित रुपमा भैसकेको क्षतिलाइ परिपूर्ति गर्न सकिदैन तर थप क्षति गर्ने संयन्त्र र त्यसका अभियान्तहरुलाई देशले पाली राख्न आवश्यक छैन । कुनै पनि देशमा प्राकृतिक प्रकोप पश्चात त्यस देशका सासन संयन्त्रहरुले जनतालाइ सेवा दिन्छन र देशमा सरकार भएको अनुभुति गराउदछन तर नेपालमा केही शब्दजाल, स्वार्थ र केही ब्यक्तिको जुगाको लडाइले गर्दा विगत १८ वर्ष देखी स्थानीय सरकारको रुपमा रहेको स्थानीय निकायहरु छैनन । आफुलाइ कथित बिकेन्द्रिकरणका पहरेदार भनाउदाहरुले नै स्थानीय निकाय गठन हुन दिएका छैनन । स्थानीय निकाय देखी केन्द्रिय निकाय सम्म सरदारहरुको इच्छाअनुसार डाकाहरुको शैलीमा भागवण्डा गरिएको छ । नियम, कानुन, आचरण, मुल्य मान्यताहरुलाइ तिलाञ्जली दिइएको छ र विपत्तिको समयमा एउटा सिटामोल र जीवनजल केन्द्रिय सरकारको निगाहमा भर परेको छ । मानौ यस्तो लाग्दछ देश कुनै नियम कानून हैन सरदारहरुको निगाह र चाहनाले चलीरहेको छ ।  कुनै पनि क्रन्तिको अर्थ के हो ? यदि यो क्रान्ति हो भने जनताले मुक्ति पाउनु पर्ने हो यदि कुनै क्रान्तिले मुक्ति नभई सास्ती दिन्छ भने त्यो क्रान्ति हैन आतंक हो । आज नेपालीले प्रत्येक नेता भनाउदाहरुलाइ सोध्ने वेला आएको छ नेपाल कसको हातमा छ ? क्रान्तिकारीहरुको की  आतंककारीहरुको हातमा ? आतंकारी भनेको गैरन्यायिक हत्या र जोरजवस्तीमात्रै हैन, श्रोत साधनको असमान वितरण, दण्डहिनता, ढिला सुस्ती, वेवास्ता पनि आतंकका रुप नै हुन । आज नेपाली सरकार र राजनीतिक पार्टीहरु यो वा त्यो नाममा जनतालाइ अधिकार दिन आलटाल गर्दैछन । के स्थानीय निकाय जिम्मेवार भएको भए अहिलेको उद्धार कार्य सहज र सुलभ हुन सक्दैन्थ्यो ? के यत्रो क्षति हुन्थ्यो ? निश्चित रुपमा हुदैनथ्यो । नेपाली जनतालाइ मृत्युको मुखमा होमेर आम नरसंहारको लागि वाध्य पार्ने यी राजनीतिक पार्टीहरुको के औचित्य छ । चाहे १०औ रेक्टरको भुकम्प जाओस अहिलेका नेता तनिका परिवार र नातेदारहरु उद्धार नपाएर मर्लान ? आषोधोपचार नपाएर मर्लान? किन बारम्वार जनताले मात्रै त्यही नियती भोग्नु पर्ने ? यो सरकार देशका जनतलाइ सिटामोल र जीवनजल दिदैन तर नेता विरामीहुँदा राष्ट्रिय ढुकुटीवाट एयर एम्वुलेन्स र विदेश उपचार गर्न पठाउछ । के चाही उपद्रो गरेका छन र हाम्रा नेता महोदयले यो देश र जनताको लागि ? यो सरकारको उपहार भनेको नै निजी स्कूलको महंगो शिक्षा, निजी अस्पतालको गुणस्तरहीन स्वास्थ्य,  निजी यातायातको चरम लुट, ढिला सुूस्ती आदि इत्यादी हुन । सरकार न त जनतालाइ राहत दिन सक्छ न त कुनै सुविधा । यस पालीको भुकम्पको यत्रो महामारीमा सरकारको उपस्थितीलाइ हेर्नेहो भने पनि प्रत्येक नेपालीले लाजले सिरनिहुरयाउनु पर्दछ । काठमाण्डौकै आसपासमा र शहरको केन्द्रभित्र नै पनि ३ दिन वितिसक्दा पनि उद्धार र राहत पुग्न सकेको छैन भने इण्डियन संसदहरुकै हाराहारी नेपाली संभासदहरुले १ महिनाको तलव दान गरेको भन्ने समाचारले हाम्रा सभासद महोदयहरुको जनताप्रतिको मोह देखेर लाज लागिरहेको छ । हामी पिडित जनताहरु र नातेदारहरुले   यी स्वार्थि राजनीतिक नेतृत्वको भरमा नपरी नयाँ सामाजीक सँस्कार निर्माण गर्न आफुलाई कुनै पनि राजनीति आस्थाको घेरा भित्र नराखी स्वतन्त्र तरीकाले एक आपसमा सहायोग, सदभाव र समर्पणको भावनाले अहिलेको चुनौतीसँग सामधान गर्न पर्दछ भने स्थिती सामन्य भएपछि नयाँ सामाजीक सस्कारको निर्माण गर्न नयाँ तरीकाले सोच्नु पर्दछ ।