भावि प्रधामन्त्रि कमरेड प्रचण्डलाइ चिठ्ठी

सम्मानीय भूतपूर्व तथा भावि प्रधानमन्त्रि कमरेड प्रचण्ड ज्यू,

अभिवादन ।

मेरो यो पत्र प्रकाशीत भइसक्दा तपाइ नेपालको नयाँ प्रधानमन्त्रि हुने सुनिश्चित भइसकेको हुनेछ । दोश्रोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रि हुनुहुने भएकोमा अग्रिम वधाई तथा शुभकामना । देशले गरिवीको चंगुलवाट मुक्ति खोजिरहेको वेलामा तपाइ प्रधानमन्त्रि हुन लाग्नु भएकोमा विगताका गुनासा, भविष्यका संभावनाहरु र वर्तमानका चाहनाहरु राखेर यो पत्र लेख्दैछु । आशा छ ध्यान दिनु हुनेछ ।

महान बैज्ञानीक अल्वर्ट आन्सटाइनका अनुसार कुनै पनि एक तहको चेतनाको स्तरवाट श्रृजना भएका समस्याहरु त्यही तहको चेतनाको स्तरवाट समाधान हुन सक्दैनन त्यस्ता समस्याको समाधानको लागि चेतनाको स्तर वृद्धि गर्नै पर्दछ । नेपाली समाज सदीयौ देखीको अन्धविश्वास, परमपरा, कुरीति, यथास्थितीवादी सँस्कारमा जकडीएको छ र वारम्वार अनपेक्षीत कार्यहरु र त्यस्ता कार्यहरुका परिणामवाट प्राताडीत भइरहेको छ । देशका सवै जनताहरु यी कुरीतिवाट मुक्ति खोजी रहेका छन । देशको सिंगो सरकार, सरकारी संयन्त्रहरु सरकारको कामलाइ सहयोग गर्न भनेर गठित ५०औ हजार गैरसरकारी संस्थाहरु, नीजि क्षेत्र आदि इत्यादी यो देशलाइ कायापलट गर्न भनेर लागेका छन तर पनि परिणाम ज्यूका त्यू छन । जव देशले फडको मार्ने अवस्था आउछ नयाँ र रुपान्तरणकारी कदम चाल्नपर्ने हुन्छ सिंगो देश अग्रगामी निर्णय गर्न डराउछ र यथास्थितीमा रमाउछ अनि सधै परिवर्तन भएन भनेर गुनासो गर्दछ  । परिवर्तनसँग असुरक्षा महशुश गर्दछ । यो राष्ट्रिय सँस्कृति वनेको छ । प्रधानमन्त्रि ज्यू देशमा क्रमभंगता चाहिएको छ र त्यसको नेतृत्व गर्ने सरकार चाहिएको छ । सरकार भन्ने वित्तिकै पार्टी, नातागोता, पैसावाल र शक्तिवालहरु भन्दा माथि हो । यो देश र जनताको लागि हो भन्ने सरकार चाहिएको छ । निकै आधारभुत तहमा रहेका हामी जस्ता ग्रामिण जनतालाइ समृद्धीको सपना देखाउने र ती सपना साकार गर्न अभिप्रेरीत गर्ने सरकार चाहिएको छ । के त्यस्तो सरकार हामी तपाइवाट आश गर्न सक्छौ ?

मानिस ज्ञान र चेतनावाट निर्देशीत हुने प्राणी हो । मानिसलाइ निदेर्शीत गर्ने ज्ञान दुइ प्रकारले प्राप्त हुन्छन १.परमपरागत रुपमा समाजवाट प्राप्त हुने ज्ञान २.विद्यालय, वा विश्वविद्यालयहरुले प्रदान गर्ने बैज्ञानीक ज्ञान । परमपरागत ज्ञान वा सोचको जग समाज हो जुन वढी अलिखित मान्यता र विश्वासमा आधारीत हुन्छ । यसले आलौकीक शक्ति र चमत्कारमा विश्वास गर्दछ । यसले अदृश्य शक्तिले संसारलाइ नियन्त्रण गरेको छ र त्यो अदृश्य शक्तिलाइ खुशी वनाउन सक्यौ भने सर्वथा प्राप्त हुन्छ भन्ने कुरामा विश्वास गर्दछ  । धर्म शास्त्र, धर्म ग्रन्थहरु, पण्डितहरु, यस्ता प्रकारका ज्ञानका श्रोतहरु हुन । त्यस्तै विज्ञानमा आधारीत सोच तथ्य र प्रमाणमा आधारीत हुन्छ । यसले प्रमाणित ज्ञानलाइ स्विकार गर्दछ यो लिखित र संग्रहीत हुन्छ । यसले भविष्यका तथ्यगत र तर्क संगत रुपमा व्याख्या गर्दछ र पूर्वानुमान गर्दछ । विश्वविद्यालय, विद्यालय, अनुसन्धान केन्द्रहरु यस्ता प्रकारका ज्ञानका श्रोतहरु हुन । यस संसारमा यीनै दुइवटा ज्ञानहरुले मानिसहरुलाइ निर्देशीत गरिरहेका हुन्छ । यी दुवै ज्ञानको महत्वको मात्रा मिलाउन सक्ने समाज तुलनात्मक रुपमा अग्रगामी र विकसित हुन्छ भने यी दुवै ज्ञानको मात्रा नमिलाइ एकांकी रुपमा कुनै एक प्रकारको ज्ञानवाट मात्रै निर्देशीत हुने समाज बिकालंग, असन्तुलीत र एकांकी हुन्छ । जुन देशहरुमा प्रयाप्त मात्रामा वैज्ञानिक शिक्षा दिने विद्यालय वा विश्वविद्यालयहरु हुदैनन ती देशहरु वा भनौ समाजमा वैज्ञानीक चेतनाको अभाव हुन्छ त्यो समाज अत्यन्त परमपरावादी र यथास्तिथीती वादी हुन्छ । यसले नयाँ ज्ञान र परिवर्तनलाइ स्विकार्दैन । नयाँ परिवर्तन र प्रयोगदेखी डराउदछ । यसको परिणाम पुरानै प्रकारको जीवन पद्धतीमा सिंगो समाज अडकिन्छ र यस्तो अवस्थालाइ नै अविकसित वा कम विकसित समाज भनिन्छ । सम्माननीय प्रधानमन्त्रि ज्यू, नेपाल एउटा त्यस्तै देश हो । यसलाइ परमपरावादी चेतनावाट वैज्ञानीक चेतनामा रुपान्तरीत गर्न नेतृत्व गर्ने सरकार चाहिएको छ । के यो क्रमभंताको नेतृत्व तपाइको सरकारले गर्ला ?

आधुनिक विश्वमा न्यून चेतना नै सबै भन्दा ठुलो सजाय हो भने देशको वा समाजको जिम्मेवारी लिने, देशलाइ नेतृत्व दिन चाहनेहरुले जनताको चेतनास्तर वृद्धि गर्न लगानी नगर्र्नु भनेको नै सबै भन्दा ठुलो अपराध हो । विशेषत प्रजातन्त्रको पुनरागमन पश्चात नेपालमा सरकारी तवरवाट नयाँ अवसर श्रृजना गनु भन्दा पनि अवसरको लागि जनशक्ति पलायन हुने वातावरण निर्माण गर्ने नै अघोषित राष्ट्रिय नीति रह्रयो । विगतका २५ वर्षका सरकारहरुको नीति विहिन राष्ट्रिय नेतृत्वका कारण करिव ५० लाख संभावित जनशक्ति यो देशवाट पलायन भएका छन । यति ठुलो जनसंख्याको वहिर्गमनलाइ फिर्ता ल्याउने र पलायनहुनु वाट रोक्ने रणनीति सरकारसँग नहुनु भनेको देश सरकार विहिन अवस्थामा रहनु हो । जनसंख्या पलायनले देशमा केही नगरी रेमिट्यान्सको रुपमा नगद त भित्रिएको होला तर सधै सधैको लागि देश भने खोक्रो भएको छ । गत वर्ष गएको भुइचालोवाट १० हजारको जनधन र अरवौको क्षति त वनायो तर नीतिविहन सरकारको नेतृत्वको कारणले दैनिक ५ जनाको ज्यान जाने र कयौ घर परिवारको विछोड र पलायनको पराकम्पन भने नियमित दिइनै रहेको छ । विदेशमा काम गर्नेहरुको लागि प्रदेशी जीवनमा विदेशीको दमन र हेपाइ, अत्यन्तै जोखिपूर्ण काम, न्यूनतम पारिश्रमीक अनि देशभित्र कुशासन को कुचक्र, फटाह दालाहरुको विगविगीले गर्दा देशभरी निराशा र आक्रोस सञ्चार भइरहेको छ । सम्माननीय प्रधानमन्त्रि ज्यू देशमा नागरीकहरुको आत्मसम्मानको रक्षा गर्ने, योग्यता र क्षमताको कदर गर्ने, उच्चप्रकारको जवाफदेहीता भएको सबै नागरीकहरुलाइ समान व्यवहार गर्ने सरकारलाइ नेतृत्व गर्ने प्रधानमन्त्रि चाहिएको छ र त्यो हामीले तपाइवाट आशा गरेका छौ । के हाम्रो आशा सही छ ?

भाषणमा भयंकर गर्छु भन्ने तर शुन्य परिणाम दिने सरकार र सरकारी संयन्त्र र त्यस्तो सरकारका संवाहक राजनीतिक पार्टीहरु, तीनका नेता र कार्यकर्ताहरुको कमजोर चेतनाको कारण नै अथाह संभावना, साधन र श्रोतका वावजुद पनि यो देश र जनताको प्रगती हुन नसकेको हो । लामो त्याग र वलिदान पश्चात नयाँ संविधान लेखनको समयमा अगिंकार गरिएको संसदीय प्रणाली वा भनौ वेस्टमिनिस्टरीयल शासकीय स्वरुपले यो देशलाइ सस्थागत रुपमा नै अस्थिर वनाएको छ । यस व्यवस्थाका वकिल र पक्षपातीहरुले यसपुस्तालाइ मात्रै नभइ पुस्तौ पुस्ता सम्मलमाई देशलाइ अस्थिरताको भडकालोमा धकेलेका छन । यो व्यवस्थाको सुन्दर पक्ष भनेको नै जुन व्यक्तिले संसदमा सामन्य वहुमत पु¥याउदछ उसले नै सरकारको नेतृत्व गर्दछ भन्ने हो । त्यसकारण यस्तो संसदमा कहिले कसलाइ ढालेर आफु सरकारमा जान सकिन्छ भन्ने कुरामा निरन्तर ध्यान दिनु नै यसको विशेषता हो र यही विशेषता अनुरुप तपाइले नेतृत्व गर्ने नयाँ सरकार गठन हुदैछ र यस सरकारको गठन हुने वित्तिकै अर्का पात्रले त्यस्तै प्रयास गर्नु पनि स्वभाविकै हुनेछ । त्यसकारण यो शासकीय पद्धतीले देश र जनताको पक्षमा धेरै काम गर्न सक्छ भन्नु त्यति सार्थक नहोला । तर एउटा सफल र फरक राजनेताले  े परिस्थितीलाइ आफू अनुकुल निर्माण गर्न सक्दछ र अत्यन्तै प्रतिकुलतामा पनि सकारात्मक परिणाम दिने कामहरुको नेतृत्व गर्न सक्दछ । त्यही प्रतिकुलतावाट नै उसले आफूलाइ राजनेताको रुपमा स्थापित गर्दछ । लि क्वान क्यू, नेल्सन मण्डेला, आङसाङ सुकी, डा. मोहम्मद माथिर सवैले प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गर्नु भएको थियो । सम्माननीय प्रधानमन्त्रि ज्यू, के हामीले वढी आश ग¥यौ र ?

वर्तमान परिवेशमा साशन सत्ताको वागडोर समाल्ने प्रधानमन्त्रिका रुपमा तपाइका अगाडी दुइवटा अवसरहरु छन । एक विगतका प्रधानमन्त्रिहरुले जस्तै सरकारी निकायमा कार्यकर्ताहरु र नातेदारहरुलाइ जागीर लाइदिने, विदेश भ्रमणमा पठाउने, साहु माजन र कार्यकर्ताका पसलहरु उदघाटन गर्ने मिडियामा प्रचार प्रसार गर्ने आत्मरतीमा रमाउने, प्रसाशनीक कुराहरुको निरन्तरता दिएर  देशको ३९ औ प्रधानमन्त्रिको रुपमा विदा हुने । अर्को देशलाइ समृद्ध वनाउन, परिवारलाइ दुइछाक जोहो गर्न विदेशीएका नेपालीहरुलाइ फिर्ता वोलाएर, नयाँ र समृद्ध नेपालको जग निर्माण गरेर समावेशी लोकतान्त्रिक आचरण र संस्कार सहितको आधनिक, समृद्ध र विकसित नेपालको रचनाकार हुने । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रि वनेर तपाइले इतिहास त रच्नु भएको छ नै त्यसैगरी समृद्ध नेपालको परिकल्पनाकारको रुपमा स्थापित हुने माहन अवसर तपाइको अगाडी छ तर रोजाइ नितान्त तपाइको हो । सम्माननीय प्रधानमन्त्रि ज्यू, मान्छे अजम्वरी छैन उसका काम मात्रै अजम्वरी हुन । इतिहास रच्ने यो मौका सिमित कार्यर्ताहरुको नियुक्ति  र भागवण्डामा नरुमलीनुहोस । तपाइलाइ भोट नहालेपनि सबै नागरीक एकजना प्रधानमन्त्रिको लागि वरावर हो । प्रधानमन्त्रिको पदलाइ सिमित पार्टीको दायरमा नराखी सगरमाथाभन्दा उचो वनाउनुहोस । भोका नांगा, उपेक्षित र अपहेलीत ग्रामिण जनतासँग प्रधानमन्त्रिपद जोडीदिनुहोस । नेपाली समाजले हाम्रो मुक्तिदाता भनेर आगामी हजारौ वर्ष सम्म तपाइको फोटो घर र वैठकमा सजाउने कार्य गरिदिनुहोस । केवल दूरगामी असर गर्ने नीतिगत निर्णयवाट मात्रै पनि धेरै कुराहरु संभव छन । हजारौ सहिदहरु र वेपत्ताहरुलाइ संझिनुहोस, यो देशका निर्माताहरुलाइ संझिनुहोस, साहस गर्नुहोस, निर्णय गर्नुहोस ।

काम गर्न चाहने कुनै पनि प्रधानमन्त्रिको लागि ९ महिना प्रयाप्त समय हो सकारात्मक कामहहरुको जग हाल्न । म त साधरण नागरीक हु । सम्मानीय शुशील कोइराला वाहेक मैले वहालवाला प्रधानमन्त्रिलाइ अहिले सम्म नजिकवाट देखेको पनि छैन तर विभिन्न देशका राजनेताहरुको वारेमा अध्ययन गरेर थाहा पाए अनुसार तपाइको लागि आगामी ९ महिना संसारलाइ चमत्कारीक उदाहरण दिन सक्ने समय हो । विचार गर्नु होला समृद्ध हुनको लागि यो देशसँग सबै कुराहरु छन अभाव छ त केवल नेतृत्वको । प्रधानमन्त्रिको रुपमा कार्यकर्ता र सरकारी सुरक्षा घेराभित्र साइरन वजाउदै हिडनु हुन्छ की सिहदरवारमा वसेर देश र जनतालाइ समृद्ध वनाउने नीति वनाउनु हुन्छ । सम्माननीय भावी प्रधानमन्त्रि ज्यू, तपाइको इमान्दारी र चाहना प्रति कुनै सन्देह छैन । तर के कुरा सधै हेक्का राख्नु होला भने यदि यो देशले एकजना सहासी, दूरदृष्टि र समर्पित राजनतो पायो भने यो देशवाट समृद्धी केवल ५ वर्ष मात्रै टाढा छ । के तपाइ त्यो जिम्मेवारी को लागि तयार हुनुहुन्छ ? तपाइ त्यो ५ वर्षको लागि जग वसाल्ने प्रतिज्ञा गरेर तदनुरुप काम शुरु गर्न सक्नु हुन्छ ?

प्रधामन्त्रिज्यू माक्सवादीहरुले जहिले पनि मानव श्रोतलाइलाइ विकासको कारक मानेका छन तर नेपालमा वनेका सबै सरकारहरुले निर्माण र पूर्वाधारलाइ मात्रै विकास भने र त्यही अनुरुप नीति वनाए । तपाइका अगाडी अहिले सम्म कसैले देख्न नसकेको र नवुझेको तर मुलुकको सकारात्मक रुपान्तरणलाइ चमत्कारीक योगदान दिन अथाह संभावना पर्खेर वसेको छ । एकपटक फरक दृष्टिकोणले नेपाललाइ हुर्नुहोस । एक पटक यहाँको योजना तर्जुमा पद्धतीलाइ वदलेर भविष्य केन्द्रित मानव श्रोत विकास केन्द्रित योजना निर्माण पद्धती अगाल्नुहोस त्यसपछि तपाइको सरकारले जादुमयी विकास र चमत्कार ल्याउन सक्ने छ । तपाइको क्याविनेटको एक निर्णयले यो देशमा वार्षिक ६ लाख रोजागार श्रृजना हुन्छन भने वार्षिक ५ लाख भन्दा वढी दक्ष जनशक्ति श्रम बजारमा उपलब्ध हुन्छन । यो दक्ष जन शक्तिले नयाँ नयाँ कुराको अविष्कार गर्न थाल्दछन । संमानीय भावी प्रधानमन्त्रि ज्यू, देशले तपाइवाट आश गरेको छ । नयाँ नेपाल वनाउन नयाँ चेतना चाहिन्छ । मैले आशा गरे जस्तै तपाइको कार्यकाल सफल होस हार्दिक शुभकामना ।