“फरक परिणामको आश गरेर वारम्वार उही काम गर्नु पागलपनको परिभाषा हो” प्रसिद्ध लेखिका रिता माओ व्राउनको यो भनाइ अहिले नेपालको सन्दर्भमा हु वहु लागु हुन्छ । वारम्वार अयोग्य र असक्षम प्रमाणीत भइसकेकाहरुलाइ भोट हालेर नयाँ नेपालको परिकल्पना गर्नु पागलपन हो । अन्ततः नेपालमा दोश्रो संविधान सभाको चुनाव हुने निश्चित प्रायः छ । निकै लामो द्धिविधा र अनिश्चितता पश्चात वर्तमान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीकै नेतृत्वमा निर्वाचन निश्चित भएको छ । चुनाव पक्षीय राजनीतिक दलहरु यस निर्वाचनले लामो समय सम्म अनिश्चिता र अन्योल ग्रस्थ राजनीतिक अवस्थालाइ अन्त गर्ने छ र जनताद्धारा अनुमोदित जन प्रतिनिधिहरु मार्फत नेपालको नयाँ संविधान वनाउने अवसर प्रदान गर्ने छ भन्ने विश्वास दिलाउन प्रयासरत छन भने निर्वाचनलाइ वहिस्कार गर्ने रणनीति लिएको नेकपा माओवादी भने यस निर्वाचनले कुनै सार्थक परिणाम नल्याउने र मुलुक सिक्कीमिकरण हुने खतरा देख्दछ । मंन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायधिशको पदवाट राजीनामा दिएको भए उ निर्वाचनमा सहभागी हुन सक्थ्यो र मुलुकमा सिक्किमीकरण पनि हुदैनथ्यो भन्ने तर्कले त्यस पार्टीको राजनीतिक सुझवुझ र त्यस पार्टीले उठाउने मुद्धाहरुमा खासै जन आकर्षण हुन नसक्ने देखिन्छ । कुनै रणनीतिक राजनीतिक सिद्धान्त र दिशा भन्दा पनि आक्रोस र आवेगमा वनाइने राजनीतिक दृष्टिकोणले त्यस पार्टीले उठाउने मुद्धाहरु विस्तारै ओझेल पर्दै गएका छन र जानेछन र नेपाली वाम राजनीतिमा नेकपा माओवादी मोहन बिक्रमको मसाल पथतिर लम्किरहेको छ । धेरै लामो निरासा र अन्यौलता पश्चात हुन गइरहेको दोश्रो संविधान सभाको निर्वाचनमा जनलहर उर्लनुको पछाडी कुनै राजनीतिक पार्टीहरुको सिद्धान्त वा कार्यक्रमले भन्दा पनि तिव्र परिवर्तनको अभिलाषा वोकेका जनताहरुको यथास्थीति तोडेर अग्रगामी परिवर्तनको चाहाना नै हो । जनताको यस तिव्र चाहनालाई कतिपय राजनितिक दलहरुले भ्रम र आफ्ना दुषित कुण्ठा पुरा गर्ने दाउ पेचको रुपमा प्रयोग गर्न चाहेका छन भने कतिपयले देशमा गणतन्त्र नै असफल भएको पुरानै शासन व्यवस्था फर्काउने सकिन अवसरको रुपमा लिएका छन भने विगत संविधान सभामा असफल भइसकेका शिर्ष भनिएका नेताहरु पुनः एक पटक आफ्नो नेतृत्वको औचित्य पुरा गर्न प्रयास गरिरहेका छन तर जनता भने सुझवुझपुर्ण निर्णय मार्फत विगतको संविधान सभामा नेताहरुले खेलेको भुमिकाको आधारमा मुल्याँकन गर्ने मनस्थितीमा छन । संभवत सबै राजनितिक पार्टीहरुमा अत्यन्तै संभावना वोकेका तर नेतृत्वको अवसर नपाएका दोश्रो पुस्ताका नेताहरुलाइ यस निर्वाचनले उदय हुने मौका दिनेछ । परिवर्तन खाली व्यवस्था वा समय परिवर्तन भएर मात्रै हुदैन, परिवर्तन हुन परिवर्तनकामी दृष्टिकोण, दृढ इच्छा शक्ति, ज्ञान सिप र योग्यता भएको नेतृत्व आवश्यक हुन्छ । विकसित देशहरुमा नेतृत्व र नेताले अग्रगामी परिवर्तनको नेतृत्व गर्दछन तर विकासोन्मुख देशहरुमा एउटै नेता, नेताका परिवारका सदस्य वा नातेदारवाट लामो समयसम्म नेतृत्व गरीरहने हुँदा जन चाहना अनुसारको परिवर्तन हुन सक्दैन । विकासोन्मुख देशहरुमा नेतृत्वनै रुपान्तरणको मुख्य वाधकको रुपमा रहेको हुन्छ र जनताको तिव्र परिवर्तनको चाहनालाइ व्रेक लगाएर आफ्ना निहीत स्वार्थहरु पूर्ति गर्न तल्लिन रहन्छ र नेपालमा पनि त्यस्तै भइरहेको छ । नेपालका पटक पटक भएका ठुला आन्दोलनहरुका बाबजुद परिवर्तनलाई सस्थागत गर्ने नेतृत्व सक्षम नभएका कारण जन चाहना अनुसारका परिवर्तन हुन सकिरहेका छैनन र सिंगो राजनीतिक परिवर्तनलाइ केवल सिमित पारिवारीक लाभ, सिमित राजनीतिक दल वा गुटको स्वार्थ र मुनाफामा केन्द्रित रहेको हुँदा अग्रगामी परिवर्तन प्रति लालयीत जनताहरुमा वर्तमान शिर्ष भनाउदा नेर्तत्ववाट मोह हटेको छ । प्राय राजतन्त्र भन्दा पनि लामो समय सम्म शासन गर्न चाहने प्रजातान्त्रिक भनाउदो नेतृत्वले वर्तमान विश्व परिवेश अनुसारको पविर्तनलाइ अनुभव गराउन सकिरहेका छैनन । आजको युवा पुस्ता संसारका ख्याती प्राप्त आधुनीक व्राण्डसँग परिचित मात्र हैन त्यो प्रविधीसँग अन्य बिकसीत मुलुकका युवा सरह समाहीत हुन चाहान्छन । वर्तमान खुला परिवेशमा भएको सूचना तथा प्रविधीको पहँुचले हरेक नेपाली युवाहरु नेपाली नेताहरु पनि नेल्सन मण्डेला, वराक ओवामा, भ्लादमीर पुटिन, एन्जेला मार्कर, नरेन्द्र मोदी वा नितिश कुमार जस्ता नेता चाहान्छन । राजनीतिमा लागेर रातो पासपोर्टकै व्यापार गर्ने वा सत्ता र शासनको वागडोर सम्हाल्दा पनि आफनै परिवार र आसेपासे वाहेक देश र समाजो लागि सिन्को नभाच्ने नेताका भाषण र तिनका पार्टीको राजनीतिक लाइन वा कुनै पनि वाद वा सिद्धान्तको नाराले अव नेपाली जनतालाइ छुदैन । यस पटकको संविधानको सभामा अझै राम्रो र जनताहरुलाइ के अवसर छ भने एउटै चुनावी क्षेत्रमा धेरै उमेदवारहरु छन र जनताले धेरै उमेदवार मध्ये एक जना राम्रा उमेदवारलाइ रोज्न पाउने छन । यो निर्वाचनलाइ कतिपय उमेदवारहरुले आफ्नो आर्थिक समृद्धिको माध्याम वनाएका छन भने कतिपय राजनितिक पार्टीहरुले सस्थागतरुपमा नै त्याग र समर्पण प्रति वइमान गर्दै एकदम राजनीतिक व्यापारी र पदका दलालहरुलाइ प्रोत्साहन गरेका छन र यसपटक फेरी त्याग र सर्मपर्णका सस्कारलाइ चुनौती दिएका छन । एउटा सामान्य चुनावी उमेदवारहरु छान्ने क्रममा राजनीतिक संस्कार, त्याग र समर्पणको सम्मान गर्न नसक्ने यी नै नेताहरुको नेतृत्वमा नयाँ नेपाल र नयाँ संविधानको परिकल्पना गर्नु पुन जनताले आफ्नो भाग्यमा बिर्को लगाउनु नै हो । त्यसकारण यस संविधान सभालाइ राजनीतिक रुपान्तरणको अचुक अवसरको रुपमा लिएर दह्रो र युगान्तकारी एवम् अग्रगामी निर्णय गर्दै नयाँ ज्ञान, सिप र दक्षताले भरिपुर्ण नयाँ नेतृत्व स्थापीत गर्ने अठनेट गर्नु पर्दछ । यतिवेला तमाम गरिव नेपाली, महिला, दलित तथा सबै निमुखा जनताहरुले सोच्ने वेला आएको छ सधै गरिवीको चंगुलमा जकडी रहने वा गरिवीको दुष्चक्र तोड्ने ? नेपाललाइ सधै यस्तै रहन दिने वा नेपाललाइ अन्य विकसीत राष्ट सरह विकसीत वनाउने । दुर्गम र पिछडीएका ठाउँमा वसोवास गर्ने नेपालीहरु र तीनीहरुले प्रयोग गर्ने विद्यालय, स्वास्थ्य चौकी, यातायात, वाटो घाटो वातावरण, कृषि तथा उद्योग सुधार ल्याउने वा यस्तै रहन दिने ? विगतका जस्तै नेताहरुलाइ छानेर के दुर्गम क्षेत्रका गरिव जनताहरुको हैसीयतमा सुधार आउला ? केही राजनितिक पार्टीहरुले सिद्धान्त र नितिको आधारमा भोट मागीरहेका छन तर के कुनै पनि राजनीतिक पार्टीहरुले घोषित निति र घोषणा पत्र मुताविक काम गरे त ? के सबै पार्टीहरुले वर्षौदेखी अनुशसासन, त्याग र समर्पणमा विश्वास गर्ने इमान्दार कार्यकर्ताहरुलाइ नेतृत्वको अवसर दिएका छन? जनताको चाहना र भावना अनुसार परिवर्तनलाइ आत्मसात गरेका छन । छैनन । जनतासँग विचार र सिद्धान्तको आधारमा भोट मागे पनि नेताहरु स्वयम्ले पार्टीहरुलाई नै सिद्धान्त र विचार अनुसार डोर्याइ रहका छैनन् । यस्तो अवस्थामा कुनै पनि भोटरले सिद्धान्तको भावनात्मक वहावमा भन्दा पनि उमेद्वारको योग्यता र क्षमतालाइ आधार मानेर भोट हाल्नु पर्दछ । न्यूनतम शैक्षिक योग्यता नभएका, दलवदलीरहने, सत्ता र कुर्सीको खेललाइ प्राथामीकता दिने, परिवारवाद र भ्रष्टचार प्रवृत्तिका, अल्छी, सुविधाभोगी, पुरातन सोच भएका उमेदवारहरु आफ्नै पार्टीका भए पनि भोट दिनु हुदैन भने परिवर्तनलाइ आत्मसात नगर्नै, भ्रष्टचारीलाइ काखी च्याप्ने, परिवारवादलाइ वढवादिने, गुटको राजनीतिलाइ प्रोत्साहन दिने जतिसुकै ठुला नेता भए पनि यसै चुनाववाट पाखा लगाउन सक्नु पर्दछ र नेपाली जनताहरु सक्षम, योग्य र इमान्दार उमेदवारको पक्षमा भोट दिन योग्य छन भन्ने कुराको प्रमाण दिने अवसरको रुपमा पनि यस निर्वाचनलाइ लिनु पर्दछ । आफ्नो एक भोट असल र इमान्दार उमेद्वारलाइ भोट दिन नसक्ने जनताले देशमा बिकास भाएन भनेर सरकार वा राजनीतिक पार्टीहरुलाइ दोषलगाउने अधिकार पनि हुँदैन । असक्षम र अयोग्य शिर्षहरुलाइ पाखा लगाउन सकेमा मात्रै पार्टी भित्रका योग्य, इमान्दार र होनाहार युवा नेताहरुले नेतृत्व गर्ने मौका पाउने छन र नेपाल र नेपालीहरुले पनि नयाँ युवा नेता सँगै नयाँ सोच र विचार पाउने छन् । दुनियाको प्रजातान्त्रिक व्यवस्थामा एक नेताको नेतृत्वकाल वढीमा ८ वा १० वर्षको हुन्छ तर नेपालमा २०४७ सालको नेता नै २०७० सालमा पनि नेतृत्व लिन हान थाप गरी रहेको छ । पटक पटक सत्ता र पार्टीको नेतृत्व गर्ने अवसर पाएर पनि देश र जनताको लागि केही नगर्ने नेतालाइ चुनेर पठाउने र परिवर्तन वा नयाँ पनको आस गर्नु पालगल पन हुन्छ । त्यसकारण निकै जड र गहिरोसँग आफ्नै वपौती जस्तो गरेर बसेका असक्षम नेतृत्वलाइ पाखालगाउन स्वर्ण अवसरको रुपमा यस निर्वाचनलाइ लिनु पर्दछ र आफ्नो अमुल्य एक भोट इमान्दार, कर्तव्यनिष्ठ, सक्षम र योग्य उमेदवारलाइ दिएर नयाँ समाज र संस्कृति निर्माणको जग वसालौ । कम्तिमा पनि एकपटक हाम्रालाइ हैन राम्रालाइ एक भोट हालौ ।