शैक्षिक सँस्थाहरुको सकारात्मक प्रभावका लागि प्रसंसनीय खोज पद्धतीशैक्षिक सँस्थाहरुको सकारात्मक प्रभावका लागि प्रसंसनीय खोज पद्धती

शैक्षिक सँस्थाहरु विशिष्ठ प्रकारका लक्ष्यहरु प्राप्त गर्न एक निश्चित प्रणालीगत संरचनामा आधारित संगठीत संस्थाहरु हुन । प्रत्येक शैक्षिक सँस्थाहरुमा एक आधारभुत संगठनका लागि आवश्यक पर्ने तीन प्रकारका तत्वहरु (१) सदस्यता (२) लक्ष्य र (३) संगठानीक प्रणाली छन । प्रत्येक शैक्षिक सँस्थाको निश्चित लक्ष्य हुन्छ र त्यसमा आवद्ध सदस्यहरुको काम कर्तव्य र अधिकार तोकीएको हुन्छ । शैक्षिक सँस्थाहरुका सस्थापक, कर्मचारी सदस्यहरु तथा विधार्थीहरुले शैक्षिक सँस्थाहरुका लक्ष्य र उद्धेश्यहरु प्राप्त गर्नका लागि तोकीए अनुसारका काम कर्तव्य र अधिकारहरुको पालना गर्नु पर्दछ । शैक्षिक सँस्थाहरु समाजमा नयाँ नयाँ मुल्य र मान्यता स्थापीत गर्ने आधारहरु हुन त्यसकारण शैक्षिक सँस्थाहरुमा आवद्ध सदस्यहरु (सस्थापक, कर्मचारी, शिक्षक, विधार्थी, अभिभावक तथा अन्य सम्वन्धित पक्षहरु) ले गर्ने अन्तरक्रिया र व्यवहारले शैक्षिक सँस्थाहरुको मुल्य र मान्यतालाइ दर्शाउदछ । प्रत्येक शैक्षिक सँस्थाहरुका फरक फरक लिखित कानून र नियमहरु हुन्छन जसले त्यस शैक्षिक सँस्थाले खेल्न पर्ने औपचारीक कृयाकलापलाई निर्देशित गर्दछन त्यसैगरी शैक्षिक सँस्थाहरुमा कतिपय अलिखित मुल्य मान्यताहरु पनि रहेका हुन्छन जसले त्यस संस्थाकोे संस्कृतिलाई दर्शाउदछन । सदस्यहरुका साझा अनुमान, मुल्य, मान्यता, एक आपसी विश्वास जस्ता कुराहरुले शैक्षिक सँस्थाहरुको सञ्चालन प्रकृयालाइ निर्देशीत गर्दछ । शैक्षिक सँस्थाहरुहरु के कस्ता अपेक्षाका लागि कुन मुल्य र मान्यताहरुलाई अंगालेर अगाडी वढेका छन र त्यसमा आवद्ध सदस्यहरुले शैक्षिक सँस्थाका अपेक्षा, मुल्य र मान्यता अनुरुप आफना व्यवहारहरुलाई निर्देशीत गर्न सकेका छन की छैनन ? शैक्षिक सँस्थाहरुले निदिष्र्ट गरेका लक्ष्य एवम उद्धेश्यहरु प्राप्त गर्ने योग्यता, दक्षता र मनोवृत्ति छ की छैन भन्ने कुराले शैक्षिक सँस्थाहरुको सफलता र औचित्यलाई प्रभवित पार्दछ ।  नेपालमा विभिन्न लक्ष्यहरु प्राप्त गर्ने उद्धेश्यले वर्षेनी शैक्षिक सँस्थाहरुहरु स्थापना गरिएका छन तर वदलीदो परिवेश अनुसार शैक्षिक सँस्थाहरुका सँस्थापक र सदस्यहरुमा ज्ञान, सिप र धारणमा दुरुस्तता गर्न नसक्दा शैक्षिक सँस्थाहरु निष्प्रभावी हुँदै गएका छन र कतिपय शैक्षिक सँस्थाहरु सन्चालन हुन नसकेर वन्द समेत भएका छन । कतिपय अवस्थामा शैक्षिक सँस्थाहरुका महत्वपूर्ण तहमा रहेका व्यक्तिहरुका आफ्ना निजी स्वार्थ र राजनीतिक अभिष्ठाका कारण शैक्षिक सँस्थाहरुको सामुहीक उद्धेश्य प्राप्तीमा कुठाराघात भएको छ र शैक्षिक सँस्थाहरुको पहिचान नामेट भएर समेत गएको छ र आम जनमानसमा शैक्षिक सँस्थाहरु प्रति नकारात्मक धारणा समेत पैदा भएको छ ।  जव शैक्षिक सँस्थाहरु निष्प्रभावी वा विगठन हुन्छन तीनिहरुले आफ्ना सदस्यहरुमा मात्र नभई सिंगो समाजमा निरासा र असफलता सञ्चार गरीरहेका हुन्छन भने जव शैक्षिक सँस्थाहरु सफल र प्रभावकारी हुदै जान्छन त्यस्ता सँस्थाहरुले उत्साह, उमंग र सिर्जनशीलता प्रवाह गरीरहेका हुन्छन । परमपरागत सोच अनुसार परिआएका समस्याहरु सामधान गर्नको लागि संस्थाहरुको निर्माण गरिन्थ्यो र हाल सम्मपनि सँस्थागत बिकासमा भएको परिवर्तनको अज्ञानता कारण धेरै जसो शैक्षिक सँस्थाका नेतृत्व र सदस्यहरुको बुझाइमा शैक्षिक सँस्थाहरुलाई समाजका समस्याहरु उजागर गर्ने  माध्यामको रुपमा वुझ्ने गरिन्छ जसले गर्दा शैक्षिक सँस्थाहरुले जुन लक्ष्य र उद्धेश्य हासिल गर्न पर्ने हो त्यो गर्न सकिरहेका हँुदैनन । एक्काइसौ शताब्दीमा संस्थाको आधारभुत मान्यता नै नयाँ अवसर सिर्जना गर्ने माध्यामको रुपमा परिभाषि गरिएको छ त्यसकारण शैक्षिक सँस्थाहरु नेपाली जनताका लागि सहज जीवन यापन गर्ने जीवनकला सिकाउने अवसरहरु श्रृजना गर्ने, नयाँ नयाँ संभावना देखाउने, आधुनिक विश्वसँग नेपाली समाजलाई जोडने एवम् एक्काइसौ शताब्दीलाइ हाक्न सक्ने नेतृत्व विकास गरी समावेशी र समुन्नत समाज निर्माण गर्न आधारशीला तयार गर्ने असाधारण माध्यामहरु हुन । संगठीत संस्थाहरुले विश्वमा कसरी नयाँ नयाँ अवसर श्रृजना गर्दछन भन्ने उदाहरण रक फेलर फाउण्डेसन, माइक्रो सफ्ट, एपल, ग्रामिण विकास बैक, फोर्ड फाउण्डेसन जस्ता संगठनहरु यसका उदाहरण हुन भने नेपालमा विभिन्न शैक्षिक सँस्थाहरुमा अध्ययनरत विधार्थीहरुले गरेका सकारात्मक कार्यहरुलाइ उदाहरणको रुपमा लिन सकिन्छ ।  शैक्षिक सँस्थाहरुका लक्ष्य र उद्धेश्यहरु विगतका समस्या र कमजोरीहरुको व्याख्या विश्लेषण नभई नयाँ भविष्यका लक्ष्य र उद्धेश्यहरु निर्माण र प्राप्ती गर्न नेतृत्व, सदस्यहरुलाइ र जनतालाई परिचालन गर्नु हो जसले गर्दा सिंगो समाजमा आशा, उत्साह र उमंगको सञ्चारका हुनुका साथै समुदायका सदस्यहरुबीचको सम्वन्ध समुधुर र सहयोगी हुने उत्प्रेरणा सञ्चार गर्नु हो । शैक्षिक सँस्थाहरुले प्राप्त गर्ने नयाँ लक्ष्यबाट समाजले नयाँ कुराहरुको प्राप्ती गर्दछ र सिंगो समाज नै अग्रगामी दिशामा निर्देशीत हुन्छ । समाजको लागि शैक्षिक सँस्थाहरुले विभिन्न क्षेत्रहरुमा दिन सक्ने सकारात्मक योगदानहरु भएकै कारण शैक्षिक सँस्थाहरुलाइ समाजको सकारात्मक रुपान्तरणका संवाहकको रुपमा लिइन्छ । शैक्षिक सँस्थाहरुलाइ भविष्यमुखी र सकारात्मक परिणाममुखी बनाउन त्यसका नेतृत्वको ज्ञान, सिप, धारण र नेतृत्व क्षमताको महत्वपुर्ण योगदान हुन्छ । शैक्षिक सँस्थाहरुका नेतृत्वले सदैव समग्र नयाँ र रुपान्तरणकारी संरचनाको बारेमा अवधारणा तयार गरी सदस्यहरुलाइ आकर्षण गर्न सक्नु पर्दछ । शैक्षिक सँस्थाहरुलाई प्रभावकारी बनाउन यससँग सम्वन्धि सवै सरोकारवालाहरुको उपस्थितीमा संस्थाको दूर दृष्टि निर्माण गरी भविष्यको कार्यदिशा निर्माण गर्न पर्दछ भने सबै सरोकारवालाहरुको भूमिकालाई ससम्मान उपयोग गर्न सक्नु पर्दछ । शैक्षिक सँस्थाहरुको व्यवस्थापनमा पुरातनवादी सोचलाइ चुनौती दिदै समग्र संस्थाको व्यवस्थापनद्धारा संगठनको प्रभावको सकारात्मक प्रभाव फैलाउन सक्नु नै आजको लागि अवसर हो । विशेषत प्रोफेशर डेभिड कुपरराइडर ले सन् १९८०को दशकमा  अमेरीकाको केसवेष्टर्न विश्वविद्यालय को वेदरहेड अफ स्कूल अफ म्यानेजमेन्टमा प्रसंसनीय खोज पद्धतीको बिकास गरेपछि संसारभरी सकारात्मक संस्थागत बिकासको अवधारणा अगाडी आयो भने प्रोफेशर मार्टिन सेलिंगमेन, बारबरा फ्रिडिक्सनद्धारा पत्तालगाइएको सकारात्मक मनोविज्ञानको शक्ति पश्चात साकारत्मक संस्थागत बिकासले नयाँ आयाम लियो । प्रसंसनीय खोज पद्धतीको प्रयोग पश्चात विश्वका विभिन्न संस्थाहरुले आफ्ना लक्ष्य र उद्धेश्य प्राप्तीमा निकै ठुला फड्का मार्न सफल भए । यदि संस्थाको लक्ष्य र उद्धेश्यहरु भविष्य केन्द्रित छन र सबै सदस्यहरुको साझा सहभागीतामा संगठनका लक्ष्य र उद्धेश्यहरुलाइ तर्जुमा गरियो भने छोटो समयमा नै चमत्कारीक परिणाम हासिल गर्न सकिन्छ भन्ने तथ्य व्रिटिस एयरवेज, ब्राजीलको न्यूट्रिमेण्टल फुड कम्पनी, अमेरीकाको रोडवेज एक्प्रेस, ग्रिन माउण्टे कफी, जस्ता कम्पनीहरुको प्रगतीले प्रमाण्ति गरेको छ भने नेपालमा पनि क्यापिटल कलेज एण्ड रिसर्च सन्टेर, मोडेल नर्सि∙ कलेज, महाराजगञ्ज नर्सि∙ कलेज लगायत विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुले प्रसंसनीय खोज पद्धतीको प्रयोगवाट विभिन्न सकारात्मक परिणामहरु प्रात्प गर्न सफल भएको छन । सकारात्मक रुपान्तरणको आधारसमस्यामुलक खोजसकारात्मक खोज नकरात्मक प्रश्न सकारात्मक प्रश्न नकारात्मक उत्तर सकारात्मक उत्तर नकारात्मक कार्य सकारात्मक कार्य नकारात्मक परिणाम सकारात्मक परिणाम नकारात्मक परिवर्तन सकारात्मक परिवर्तन नकरात्मक समाज सकारात्मक समाज  प्रसंशनीय खोज पद्धती ९ब्उउचभअष्बतष्खभ क्ष्लत्रगष्चथ ब्उउचयबअज०  भनेको  कुनै पनि व्यक्ति, संघ संस्था वा समुदायमा रहेका जीवनदायी वा प्रेरणादायी ऊर्जाहरुको प्रक्रियागत ढंगवाट खोजी गरी तिनमा जीवनदायी वा प्रेरणादायी कुराहरु बढाउने कारणहरुको खोजी गर्ने विधि हो । यस विधिमा सफलताका कारणहरु र ती कारणहरु वढाउन सकिने उपायहरुको वारेमा खोजी गरिन्छ । कुनै पनि समाज वा संस्थाकोे अग्रगामी रुपान्तरण त्यस समाजका सदस्यहरुको उत्साह र उमंगमा भर पर्दछ । यदि समुदायका सदस्यहरु उत्साहित र भविष्यप्रति आशावादी छन् भने त्यहाँ सहकार्य, सद्भाव र सहमति सम्भव हुन्छ र चमत्कारिक रुपमा सकारात्मक रुपान्तरण हुन्छ । यसको ठीक विपरित यदि नैराश्य, नकारात्मक र निरुत्साहित छन् भने त्यहाँ दोषारोपण, द्वन्द्व र मनमुटाव हुन्छ र टकरावको स्थिति उत्पन्न हुन्छ । यसो हुँदा रुपान्तरण संभव हँुदैन । अधिकाँश नेपाली संगठनहरुमा व्यक्तिका असफलता, कमी कमजोरी, संगठनका असफलता, अभाव र समस्याहरुलाइ आधार मानेर परिवर्तनको खाका तयार गरीन्छ जसले गर्दा त्यस्ता संगठनहरुमा एक अर्का प्रति नकारात्मक भावना, तिक्तता, नैराष्यता संस्थागत रुपमा नै बिकसित हुन्छ भने सिंगो संगठनको मानव संसाधन विभिन्न गुट उपगुटमा विभाजन हुन गई एक आपसमा खुट्टा तानातानको स्थिती पैदा हुन्छ जसले गर्दा वर्षौको प्रयास र लगानीका वावजुद परिणाम निष्प्रभावी हुन्छ भने त्यस्ता संगठनमा आवद्ध व्यक्तिहरुको व्यक्तित्व पनि शंकालु, अविश्वासी र धोकेबाज हुन्छ जसको प्रभाव निजी जीवन र परिवारमा पनि पर्दछ ।  व्यक्तिको भुमिकालाइ प्रभावकारी बनाउन व्यक्तिमा सिर्जजशिलता, सहनशिलता र आत्मविश्वास आवश्यक हुन्छ जुन सकारात्मक सोचवाट मात्रै संभव हुन्छ । त्यसकारण प्रशंसनीय खोज पद्धतिले उत्साहको  कारण खोज्दछ, मानिसलाई उसको व्यक्तित्व, परिवार, संस्था र समाजप्रति प्रतिवद्ध वनाउँछ जसले  गर्दा सकारात्मक परिणामहरु प्राप्त हुन्छन् । यस विधिले यथास्थिति र पछौटेपनलाई  चुनौती दिन्छ । यस प्रक्रियामा समाहित भएपछि व्यक्तिले थाहै नपाइ सकारात्मक योगदान दिन थाल्दछ । प्रशंसनीय खोज विधिले  मानिसको  सोच्ने तरिकामा नै आमूल सकारात्मक रुपान्तरण ल्याएर नयाँ जीवन शैलीको निर्माण गर्दछ । यसले व्यक्तिको सोच्ने  दायरालाई  नै  फराकिलो  वनाइदिन्छ र व्यक्तिलाई आफूलाई आवश्यक पर्ने नयाँ विचारको आविष्कार गर्ने क्षमताको प्रष्फुटन गराइदिन्छ । यसले एक अर्काको अस्तित्वलाई स्विकार गरेर सहकार्य गर्न सक्ने क्षमताको विकास गराइदिन्छ । यसले व्यक्तिको निजी जीवन पद्धति, परिवार, संस्था, समाज र सिंगो देशलाई नै नयाँ जीवन दिन सक्दछ । यस पद्धतिले मानिसहरुले सपनामा पनि नचिताएको सकारात्मक रुपान्तरणलाई सहज तवरले प्राप्त गराउन मद्धत गर्दछ । मुख्यत यस विधिले निराशामा जीवन गुजारी रहेका अब केही पनि हँुदैन भन्ने मानसिकताले ग्रसित व्यक्तिहरुमा नयाँ सोच, उत्साह र जाँगरको निर्माण गरिदिन्छ ।
नेपालमा शैक्षिक सँस्थाहरु कानूनद्धारा मान्यता प्राप्त अविछिन्न उत्तराधिकार प्राप्त स्वशासित स्वतन्त्र सामुदायिक संस्थाहरु हुन । प्रसंशनीय खोज पद्दतीले सबै प्रकारका संस्थाहरु, विद्यालय, कलेज, सहकारी, वंैक, अस्पताल, गैसस आदिमा अन्तरनिहित क्षमताको प्रष्फुटन गराइ असाधारण परिणाम प्राप्त गर्ने  दिशानिर्देश गराउँदछ । संस्थाहरुमा सहकार्य र सकारात्मक वातावरणको निर्माण गराउँदछ । संस्थामा कार्यरत कर्मचारीहरुमा नयाँ जोस, जाँगर, उत्साह र उमंग जगाउँदछ । भविष्यमुखी वनाउँदछ र संस्थालाई आवश्यक पर्ने विधिको आविष्कार गराउँदछ । नेपालजस्तो हर क्षेत्रमा निरासा र आलोचनामा रुपमल्लिएको देशमा यस विधिअनुसार व्यवस्थापन, योजना तर्जुमा, तथा कार्यान्वयन गर्न  सकेमा नेपाली समाजको चमत्कारिक रुपमा सकारात्मक रुपान्तरण हुने कुरा निश्चित छ । देशको शिक्षा क्षेत्र तथा व्यापार क्षेत्रमा व्याप्त रहेको निराशाजनक अवस्थमा आमूल रुपान्तरण गरी सकारात्मक परिणाम प्राप्त गर्न यस विधिले जादू सरह काम गर्न सक्दछ भने राजनीतिमा हावी रहेको एक अर्कालाई निषेध गर्ने प्रचलनलाई अन्त गरी सहकार्य र सहमतिको  संस्कार बसाल्न यस विधिले चमत्कारिक योगदान दिन सक्दछ ।

नेपालमा प्रशंसनीय खोजलाई  कतिपय विद्ववानहरुले  सकारात्मक सोचको  शाखाको रुपमा वुझ्ने गरेको पाइन्छ तर यो त्योभन्दा भिन्न हो । यो व्यवस्थापन विज्ञानको एउटा स्थापित र जुर्मराउँदो विधि हो । यसले व्यक्तिलाई उसको परिवार, संस्था र समाजप्रति सकारात्मक र प्रतिवद्ध वनाउँदछ । समय समयमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनहरुले यस विधिमा भएका नयाँनयाँ विकास र विस्तारका वारेमा जानाकारी गराइ दस्तावेजीकरण गरिन्छ । शैक्षिक सँस्थाहरुको सकारात्मक प्रभाव र भुमिका वढाउन शैक्षिक सँस्थाहरुको व्यवस्थापन तथा कक्ष शिक्षण, शिक्षक, प्रसाशन, विधार्थी तथा अभिभावक सम्वन्ध विस्तारमा यस विधीको प्रयोगले सकारात्मक परिणाम ल्याउन अभिप्रेरित गर्दछ ।