संविधान सभाको चुनावः समृद्ध नेपालकोे जग

सधै अरुलाइ दोषी देख्ने र अरुको सत्तोसराप गर्ने नेपाली सामाजीक परम्पराले गर्दा नेपाली समाजमा कसैले राम्रो काम गर्न सक्छ भन्ने सोचाइ नै बिकसीत हुन सकीरहेको छैन भन्दा त्यती गलत नहोला । कुनै व्यक्ति वा संस्थालाइ मुल्याँकन गर्न पर्यो भने पनि उसको कुल, वंश वा सामजीक पहिचानको आधारमा मुल्याँकन गरेर उस प्रतिको धारणा वनाउने प्रचलन नेपालमा कायम नै छ । तेरो मेरो मा रमाउन सिकेका नेपाली जनसमुदायमा आफ्नाले नराम्रो गर्दा र अर्काले राम्रो गर्दा आलोचना गर्न रमाइलो मान्नेको संख्या प्रचुर नै छ । समाजमा हुने छलफल वहस पनि कसले के कति राम्रो गर्यो भन्दा पनि कसले कहाँ के नराम्रो गर्ये र राम्रो गर्न चाहने हरुका अगाडी पनि के कस्ता चुनौतीहरु छन भनेर अडकलवाजी गर्ने र सामन्य चुनौतीहरुलाइ पनि सन सनीपुर्ण रुपमा प्रस्तुत गरेर केही पनि गर्न नसक्ने जस्तो वनाउने र अनि फेरी नेपालमा केही पनि हुँदैन यहाँ कसैले केही गर्दैनन भन्दै सबै भन्दा अग्र स्थानमा गएर चर्को स्वरमा कराउने प्रवृत्तिको पुनारवृत्ति यसपालीको चुनावको सन्दर्भमा पनि भइरहेको छ । यद्यपी यसपालीको चुनाव विगतका चुनावका तुलनामा शालिन भद्र र शौभ्य भएको आभास पाइएको छ । राजनीति पार्टीहरुले समाजमा सकारात्मक सन्देश दिने प्रयास गरेका छन र युवा नेतृत्वले प्रसंसनीय भुमिका खेलेका छन । विगतका सबै स्थापीत मान्यता र परम्पराहरुलाइ तोड्दै यस पटक राजनितिक पार्टीहरुले राजनीतिक सँगसगै आर्थिक बिकासको आवश्यकतालाइ गहन रुपले मनन गरेर आफना घोषणा पत्र तयार गरेका छन र त्यही घोषणा पत्रलाइ ध्यान दिएर मत हाल्न मतदातालाइ अनुरोध गरीरहेका छन । अझ त्यसभन्दा पनि महत्वपुर्ण कुरा यसपालीको निर्वाचनमा देशै भरी उमेर पुगेका, वासी सडेगलेको विचारका संवाहक वारम्वार अवसर पाउदा पनि आफ्नै परिवार, नातागोता र धुपौरेहरुलाइ वाहेक देश र जनतालाइ सिन्को नभाच्ने कथित ठुला भनाउदा नेताहरुप्रतिको मोह भंग भएको छ र युवा नेताहरु प्रति जनआकर्षण वढ्दो छ । यस पछाडीको मुख्य कारण युवा नेताहरुकै अग्रसरता र नेतृत्वमा देशमा परिर्वतन हुन सक्छ भन्ने मान्यता र विश्वास हो । करिव २००७ साल देखी २०६२ र २०६३ सम्मको परिवर्तन देखेका अहिलेका मतदाताले २००७ साल वा २०१५ सालको नेतृत्व समाल्नुभएको माहामानव वि पि कोइराला, शिर्ष नेता पुष्पलाल, लौह पुरुष गणेशमान, असल नेता मनमोहन गणतन्त्रवादी नेता रामराजा प्रसाद सिहहरुलाइ संझे जो त्यती खेर भरखर चढदो उमेरका थिए । २०४६ सालका परिवर्तनका साक्षी मतदाताहरुले त्यतीवेलाको आशलाग्दो नेतृत्व जननेता कमरेड मदन भण्डारीलाइ संझे जो भरखर ४० वर्षका हुनुहुन्थ्यो र देश र जनता प्रति प्रतिवद्ध हुनुहुन्थ्यो । विशेषतः २०५२ साल पछि नेपाली राजनीतिमा प्राडो, पजेरो, सुरा सुन्दरी, साँसद किनवेच जस्ता विकृतीका संवाहकहरु अहिले पनि कतिपय पार्टीमा प्रभावशाली र वरिष्ठ नै छन । जति नै वेइमान भए पनि राम्रो देख्ने सामजीक परमपराले फेरी पनि तिनीहरुले नै नेपालीको भाग्य कोर्ने हुनकी भन्ने सन्त्रास भइ रहेको वेलामा नेकपा एमाले, एमाओवादी र नेपाली काँग्रेसका युवा नेताहरुको प्रस्तुती, कार्यशैली, चाहना र प्रतिवद्धताले अव भने नेपालले काचुली फेर्लाकी भन्ने आशाा पलाएको छ । राजनीतिक अस्थिरताको विचमा हुन लागेको यस निर्वाचनले नेपाली जनताको अगाडी अपार संभावनाहरु तेस्र्यादिइएको छ । यदि आफ्ना अगाडीका संभावनाहरुलाइ चिन्न नसकेर हामी पुरानै खाडलमा हाम फाल्ने हो भने आगामी पुस्ताले हामीलाइ राम राम भन्नाला तर काध भने थाप्दैन । समाजमा एक युगमा एक असल नेता स्थापीत हुन्छ र त्यस नेताको मुत्यु पश्चात पनि लासलाइ श्राद्ध पुर्वक जतनका साथ राखीन्छ । यदि कुनै देशका जनताले एक पटक मात्रै त्यस्ता नेता छान्न पाए वा चिन्न सके भने मात्रै पनि त्यस देशका जनताका पुस्तौ पुस्ता सम्मले गरिवी, कुशासन, अभाव, पछौटेपन, दरिद्रता जस्ता कुरावाट सधै मुक्ति पाउछन । यदि प्रत्येक क्षेत्रवाट हामीले त्यस्ता नेता छान्न सक्यौ भने मात्रै पनि हाम्रो तर्फवाट देश र जनताको लागि धेरै ठूलो योगदान हुनेछ र देशमा सकारात्मक उत्साह र उमंगको लहर फैलिनेछ । देश त्यसै वन्दैन यदि त्यसै वन्थ्यो भने संसार कै लामो इतिहास भएको मध्ये पर्ने हाम्रो देश बिकसीत भइ सक्थ्यो । सडकमा टायर वालेर एक अर्कालाइ मिथ्या आरोप र सत्तोसराप गरेर, युवाहरुलाइ विदेश पठाएर देश र समाज वन्दैन । देश र समाज वनाउन सबैले त्याग र तपस्या गर्न सक्नु पर्दछ । महत्वपुर्ण समयमा महत्वपुर्ण निर्णयहरु गर्न सक्न पर्दछ । आफु देश विकासको तगारो वनेर अरुले देश बिकास गरिदिएनन वा यो देशमा सबै गद्धारहरु छन भनेर देश बिकास हुदैन । अहिले नेपालीहरुलाइ इतिहासले एक पटक फेरी आफ्नो भाग्य निर्माण गर्ने अवसर दिएको छ । यतिवेला तथ्य र तर्कसंगत तवरले निर्णय गर्न जरुरी छ । नेपालको राजनितिमा यथास्थिीमा रमाउने र देशको श्रोत र साधनलाइ प्राडो, पजेरो, सुरा, सुन्धरी, तस्कर, भ्रष्टचार र कुशासन का लागी प्रयोग गर्ने कथित अनुभवीहरुलाइ रोज्नेकी समृद्ध नेपाल वनाउन प्रतिवद्ध, एक्काइसौ शताब्दीको विश्व परिवेशसँग चिर परिचित, प्रतिस्पर्धामा विश्वास गर्ने स्वच्छ भावना भएका युवा पुस्तालाइ छान्ने रोजाइ हाम्रो हो । लोकतन्त्रलाइ सस्थागतरुपमा स्थापीत गर्न र देशमा लोकतान्त्रिक संस्कारको बिकास गर्न, अयोग्य र वेइमान नेतृत्वलाइ विस्थापीत गरी योग्य र सक्षमलाइ स्थापीत गर्ने अवसरवाट वन्चित हुन हुँदैन । राजनीतिक पार्टीहरुमा रहेको चरम जमीनदारी र सामन्तवादी प्रथाको कारण जनतावाट तिरस्कृत हुँदा पनि उच्च तहकै नेतृत्वमा कायम राख्ने राजनीति संस्कारलाइ जरैदेखी उखेलर फाल्ने अहम् अवसर पनि हो संविधानसभाको निर्वाचन । यसै पनि हिन्दु धर्मशास्त्र अनुसार कुनै पनि दान योग्य र सुपात्रलाइ गरिन्छ र मतदान जस्तो सुकार्य पनि योग्य, सक्षम र इमान्दारलाइ नै गर्न सक्नु पर्दछ । निश्चित रुपमा यसपटक पनि कुनै एक राजनीतिक पार्टीको पुर्ण वहुमत आउदैन र चुनावमा उठेन जति सबैले जित्ने पनि छैनन । कसलाइ जिताउने र कसलाइ हराउने भन्नेकुरा जनताको हातमा नै छ । त्यसकारण भोटहाल्ने वेलामा एकपटक सोचौ कतै हामीले हालेको एक भोट गलत, अयोग्य र असक्षम, लोभी पापी, भ्रष्टको मतिहारलाइ त जादैन? यदि मेरो वा तपाइको एक भोट एउटा असल उमेदवारलाइ दिन सक्दैनौ भने तपाइ वा मलाइ यो देश नेताले विगारेको हो भन्ने अधिकार हुदैन । अरुलाइ दोष नदिऊ । आफै जिम्मेवार वनौ । पार्टीको सिमा तोडौ हामी रैती नवनौ । जिम्मेवार नागरीक वनेर आफ्नो जिम्मेवारी पुरा गरौ । गलतलाइ गलत र सहीलाइ सही भनौ । पराइले गरेको राम्रो कामलाइ राम्रो भनौ , आफ्नाले गरेको नराम्रोलाइ नराम्रो भनौ । एउटा असल समाजको निर्माण गर्न योग्यता, दक्षता, क्षमता र श्रमको सम्मान गर्ने आदत वसालौ र राम्रलाइ हाम्रा वनाऔ । सुन्दर भविष्य निर्माणको जग वसालौ र आउनुहोस यस निर्वाचनलाई नेपालको सकारात्मक रुपान्तरणको अचुक अवसरको रुपमा प्रयोग गरौ । जोशीला, जागरीला, योग्य र इमान्दार युवा उमेदवारलाइ हामी र हाम्रो देशको भाग्य कोर्ने जिम्मा दिउ । एक भोट राम्रालाइ ।