सकारात्मक रुपान्तरणको आधार महानिर्वाचन

एकादेशमा दुर्गम ठाउँमा एउटा सुन्दर गाउँ थियो । त्यहाँका मानिसहरु एकदम साँस्कृतिक र परमपरावादी थिए । वाल विहाह त्यस समाजको अभिन्न अंग थियो । एकजना वालिकाको १० वर्षको उमेरमा नै विवाह भयो । दैवको खेल १४ वर्षको उमेरमा नै दैवले वहाँको श्रीमानलाइ खोसेर लग्यो । त्यसपछि वहाँको कष्टपुर्ण जीवन शुरु भयो । पारिवारीक हेला, सामाजिक हेपाही, अपमान, अपहेलना सहदै वहाले जीवन वाच्न पर्यो । जव चाड पर्व आउछन सबैका घरमा आफन्तहरु आउछन, विदेशीएकाहरु घरमा आउछन, रमाइलो हुन्छ, रौनक हुन्छ तर वहाँको घरमा कुनै रौनक र चमक धमक आउदैन । गाउँघरमा हुने समाजिक कार्य, विकासका कार्यहरुमा पनि वहाँको सहभागीतालाई आवश्यक ठानीदैन ।

जव चुनाव आउछ एकाध नेताहरु वहाँकोमा पुग्नु वाहेक वहाँको वारेमा कसैले वास्ता गर्दैनन । सधै हेपीनु पर्ने कारणले वहाको जीवन एकदम निराशाजन थियो । एकपटक दशैको सेरोफेरोमा एकदिन वहाँलाइ एउटा उपाय मनमा आयो र यसपटकको दशै राम्रोसँग मनाउने सोच मनमा पलायो । वहाँले भगवानलाई पुकार्ने विचार गर्नु भयो । अनि आफना वेदनापुर्ण कहानी सहित भगवानलाइ एउटा चिठी लेख्दै भन्नु भयो भगवान मलाइ एक हजार रुपयाँ पठाइदिनु होला म यसपटकको दशै एकदम उत्साहका साथ नयाँ कपडा र मिठो भोजन सहित मनाउन चाहान्छु र जिवनको यो उत्तरार्धमा एकपटक रमाउन चाहान्छु ।

हे प्रभु सधै हजुरको सेवा र ध्यानमा लिप्त हुनेछु मेरो पुकार सुनि दिनु होला, यो दुखीको आत्मा रमाउने छ । कारुरीणक विन्ती सहितको पत्र वहाँले भगवानको नाउँमा हुलाकमा खसाल्नु भयो । सबै पत्रहरु जिल्लाको हुलाकमा पुगेर ठेगाना अनुसार मिलाउने क्रममा हुलाकीले भगवानको पत्र कहाँ पठाउने भन्दै हुलाकको हाकीम साहेवलाइ सोधे । हुलाकको हाकीम साहेवले कसैलाइ समस्या परेको कारण भगवान पुकारेको अनुमान लगाउदै सबै कर्मचारीको रोहवरमा पत्र खोल्नु भयो र पढनु भयो । पत्र पढेपछि हुलाकका सवै कर्मचारीको सहमतीमा चन्दा उठाएर वहाँलाइ रकम पठाउने निर्णय गर्नु भयो र पैसा उठाउनु भयो रु.८५० जम्मा भयो । दशै राम्रो सँग मनाउनुहोला पैसा पठाइदिएको छ भन्ने एउटा चिठी लेख्दै त्यसैमा पैसा हालेर वहाँको ठेगानामा पठाइदिनु भयो ।

केही दिनमा पत्र पुग्यो । पत्र पाएर निकै खुशी हुनु भयो । पत्र खोल्नु भयो र पैसा गन्नु भयो अनि आफू निकै ठगीएको, अपहेलीत भएको महशुस गर्दै वलिन्द्रा आसुका धारा सहित धन्यवाद भन्दै फेरी पत्र लेख्न थाल्नु भयो । हे भगवान धेरै धन्यवाद तर तपाइको यो महान काममा पनि भ्रष्टहरुको नजर लागेछ पठाउन त एक हजार नै पठाउनु भएको थियो होला तर भ्रष्ट र चोर हुलाकका कर्मचारीहरुले रु एक शय पचाँस चोरेछन ।

सदियौ देखी हेपीएको र ठगीएको कारण सहयोग गर्नेहरुलाइ पनि शंका गर्ने वानि परिसकेको थियो वहाँमा । कसैले सम्मान र सहयोग गरेको पनि विश्वास गर्ने साहस र हिम्मत नै विकास भएको थिएन । अनि सहयोग र सम्मान गर्नेहरुलाइ तिरस्कार गर्ने वानीले गर्दा सहयोग गर्न चाहनेहरुको पनि प्रशंसा गर्न सक्नु भएन । लगातारको ठगाइ र हेपाइले वहाँमा जवरजस्त शंका गर्ने वानी वसीसकेको थियो । यो एक प्रकारको मानसीक डिप्रेशन थियो । लामो समयसम्म नियमित रुपमा हुने नकारात्मक कुराहरुको प्रभाव र नकारात्मक र शंकालु मनस्थीतिको कारण थाहै नपाइ मानिस डिप्रेसनको शिकार भएको हुन्छ ।
जव डिप्रेशनको शिकार हुन्छ उसले कुनै पनि कुराको सकारात्मक पाटोलाइ देख्न सक्दैन र त्यसमा अन्तरनिहित जीवनदायी उर्जाहरुलाइ पहिचान गर्न सक्दैन । यस्तो अवस्थामा मानिस नकारात्मक कुराहरु प्रति अभ्यस्त हुन्छ र जस्तो सुकै अवस्थालाइ पनि नकारात्मक पक्षवाट विश्लेषण गर्न थाल्दछ । यो एक प्रकारको मानसीक रोग हो । जव समाजका प्राय जसो मानिसहरु यस्तै प्रकारका कुराहरुमा रमाउन थाल्दछन तव त्यो सामाजिक वा राष्टिय रोगको रुपमा स्थापित हुन्छ । जव कुनै समाज यस्तै विसंगतीपुर्ण रोगको शिकार हुन्छ त्यो समाज, जनता र देश प्रगती भन्दा अधोगती तिर द्रुत रुपमा दौडिन थाल्दछ ।

वडो दुखका साथ भन्नु पर्दछ वर्षौ देखी सिंगो नेपाल त्यो वाटोमा छ । परिवार देखी सरकार सम्म सबैले समाज, देश, नेता, पार्टीहरु र संघ संस्थाहरुको नकारात्मक पक्षहरुमा टेकेर वहसको शुरुवात गर्दछन र एकदम कहाली लाग्दो अवस्थाको चित्रण गरेर वहसको अन्त गर्दछन । सिंगो वहस एक अर्काको उछितो काट्नमा नै केन्द्रित देखिन्छ । राजनीतिक पार्टीहरु, सञ्चारमाध्यामहरु, नेताहरु सबैले सदियौ देखी नकारात्मक पक्षहरुमा मात्रै ध्यान दिने गरेकाले आम जनमानसमा अव देशमा केही हुदैन, सबै चोर फटाहा मात्रै छन सवैले लुट्न मात्रै चाहान्छन भन्ने भावनाको विकास भएको छ ।

जसको प्रभावले गर्दा देश, समाजमा भएका राम्रा कामहरुको पनि प्रसंशा गरिदैन र राम्रो काम गर्न चाहनेहरुको पनि सहि मुल्याँकन हुदैन । अहिले देश निर्वाचनमय भएको छ र मतदातामा जसले जिते पनि केही हुदैन भोट हालेर हामीलाइ के हुन्छ र भन्ने भ्रमले जरा गाडेको छ । सबैलाइ एउटै कोटीमा राखेर हेर्ने प्रवृत्तिले गर्दा राम्रो काम गर्न चाहनेहरुको उचित मुल्याँकन हुन सकेको छैन । यस्तो अवस्थामा हामी मतदाताहरुले आफ्नो विवेकको उच्च प्रयोग गर्न पर्दछ र एक भोट सहि पार्टीलाई दिनु पर्दछ ।

नेपालले अवलम्वन गरेको वेष्ट मिनिष्टरीयल प्रणालीमा व्यक्तिको भुमिका गौण र पार्टीको भुमिका महत्वपुर्ण हुने हुँदा हालसम्म राजनीतिक पार्टीहरुले खेलेको भुमिकाको आधारमा राजनीतिक पार्टीका प्रतिनिधीहरुलाइ भोट हाल्नु पर्दछ । भोट हाल्नु पूर्व व्यक्तिको लागि एउटा राम्रो सरकारले के के गर्न सक्दछ भन्ने कुराको हेक्का राख्नु पर्दछ । स्मरण रहोस सरकार भनेको नागरीक सुरक्षा, आत्म सम्मान, स्वतन्त्रता र आधारभुत आवश्यकता परिपूर्ति गर्ने जिम्मेवार निकाय हो । तपाई हाम्रो एक भोटको वलमा नै सरकार वन्ने हो र माथी भनिएका कुराहरु पुरा गर्ने जिम्मेवार सरकारको हो ।

हामीलाइ सुन्दा कथा जस्तो लाग्छ हाम्रो जस्तै राजनीति व्यवस्था भएका वेलायत, जापन, जर्मनी जस्ता देशहरुमा सरकारले नै माथी भनिएका कुराहरु पूरा गर्दछ । नयाँ सँविधानले नेपालमा पनि सरकारले न्यूनतम कुराहरु पूरा गरेर समाजवादको आधारहरु तयार गर्नु पर्दछ भन्ने परिकल्पना गरेको छ । मुलतः संविधान र नीतिमा लेखिएका कुराहरु लागु गर्ने प्रतिवद्धता चुनावको वेलामा सबैले गर्दछन तर व्यवहारमा कसले गर्दछन भन्ने कुरा महत्वपूर्ण हो । चुनाव जीत्न सवैले विभिन्न प्रकारका हथकण्डाहरु अपनाउदछन, प्रतिवद्धताहरु व्यक्त गर्दछन तर कसका प्रतिवद्धताहरु सहि हुन्छन भनेर पत्तालगाउने काम जनताको हो ।

वेलायत, जापान, जर्मनी, फ्रान्स जस्ता देशहरुमा शुसासन हुनुको कारण नै जनताले पार्टीहरुका प्रतिवद्धतालाइ जाँचेर भोट हाल्दछन । एकै प्रकारका नेता र पार्टीहरुले वारम्वार हामीलाइ वेवकुफ वनाउनु भनेको गल्ती हाम्रै हो । हामीले आफूले गल्ती गरेर अरुलाइ दोष दिन मिल्दैन । अहिले नेपाल सकारात्मक रुपान्तरणको संघारमा छ । गरिवीको चंगुलवाट मुक्त हुन हामीलाई आमुल रुपान्तरण गरेर सकारात्मक परिणाम दिने सरकार चाहिएको छ । नेपाल आर्थिक, मानवीय र प्राकृतिक श्रोत साधनले भरिपूर्ण भएको देश हो । एक सहि सरकारको अभावमा नेपालको पहिचान पछौटे र गरिव राष्टको रुपमा रहेको छ । त्यसकारण एक भोट हाल्नु पूर्व हामीले सोच्नु पर्दछ परमपरागत रुपमा नै भोट हाल्ने की आफनै भविष्य, सन्ततीको भविष्य र समृद्ध राष्ट निर्माणको लागि रुपान्तरणकारी निर्णय लिने ? रोजाइ हाम्रै हो ।

चुनावमा एक पार्टीले अर्को पार्टीलाइ आरोप लगाए जस्तो कुनै पार्टीले हार्दैमा न त हाम्रो लोकतन्त्र खतरामा पर्दछ न त राष्टियता नै वा समावेशी र प्राप्त उपलब्धीहरु नै । यी त एकदमै वकमफुषे कुराहरुमात्रै हुन । लोकतन्त्र, राष्टियता वा समावेशीता चुनाव जित्नेका मात्रै पेवा पनि होइनन । ती सबै कुराहरु संविधानमा लिपिवद्ध भइसकेका छन । वहुदलीय व्यवस्थामा हामी सवै जनता कुनै न कुनै राजनीति पार्टीसँग आवद्ध हुनु स्वाभाविकै हो तर रुपान्तरणको संघारमा हुन गइरहेको यस महानिर्वाचनमा यो वा त्यो वाहनामा परमपरागत रुपमा नै भोट हाल्यौ भने देशले अग्रगमनको यात्रा तय गर्न सक्दैन ।

सवैमा याद होस वहुदलिय शासन प्रणाली भएको राज्यव्यवस्थामा सकारात्मक रुपान्तरणको आधार भनेको स्थीर, शक्तिशाली र प्रतिवद्ध सरकार हो । मिलिजुली सरकार यो देशको लागि अभिशाप हो भने त्यो भन्दा पनि ठुलो अभिशाप मिलिजुली सरकार वनाउने गरी भोटहाल्ने हामी मतदाता हौ । चारकोशे झाडीमा रहेको मृगले आफना वाल वच्चाहरुलाइ संझाउदै भन्छ हेर नानी हो हामीले आफनो प्राण रक्षा गर्न वाघ भन्दा धेरै छिटो दौडन सक्नु पर्दछ । त्यसै गरी वाघ आफना नानीहरुलाइ सिकाउदै भन्छ हेर नानी हो हामीले आफनो आहारा खोजेर जीवन वचाइ राख्न मृगहरु भन्दा धेरै छिटो दौडन सक्नु पर्दछ अनि मात्रै उनिहरुको शिकार गर्न सकिन्छ । यस कथावाट वुझ्न सकिन्छ हामीले लोभि, पापीहरु र भ्रष्टहरुकोे चंगुलवाट देशलाइ वचाएर आफनो स्वयम् र सन्ततीहरुको लागि नयाँ भविष्यको निर्माण गर्ने हो भने हामीले द्रुत गतिमा नयाँ निर्णय गरेर स्थीर विकास प्रेमी सरकारको लागि एक भोट हाल्न सक्ने निर्णय गर्न जरुरी छ । अन्यथा देश विकास भएन भनेर विलाप गर्नुको कुनै औचित्य रहने छैन ।