महाविनासकारी भुकम्पले जती ज्यूधनको क्षति गरेको छ त्यो भन्दा कैयो गुणा वढी मानसीक क्षति गरेको छ । यस घटनाले सहज जीवन पद्दतीलाइ निकै कष्टकर र दुखदायी बनाइ दिएको छ । कतिपय घर परिवारका सदस्यहरुले निकै दुख कष्ठ गरेर तयार गरेको जीवनको जग नै भत्काइ दिएको छ । जीवनमा नसोचेको सफलता प्राप्त गर्दा जति मन खुशी हुन्छ दुख गरेर साना साना खुशीहरु जम्मा गरेर जोडेको सफलताको जगमा बनेको जीवनको आधार समाप्त हुँदा त्यो भन्दा हजारौ गुणा वढी पिडा र दुख हुन्छ । हामी मध्ये कतिपयलाइ आफन्तहरुसँगको वियोग, शारीरीक, मानसीक र भौतिक क्षति एवम् पिडा र दुख सहितको जीवन दिएको छ यस भुकम्पले अझ भनौ दिन मिल्नसक्ने जति सबै दुख दिएको छ । जीवन उत्सर्ग गर्नु भन्दा जीवन वाँच्ने जिम्मेवारी निकै कठिन चुनौतीपूर्ण र माहान हुन्छ । हामी बाँचेका जति सबैले त्यो जिम्मेवारीलाइ हार्दिकताका साथ निर्वाह गर्नु पर्दछ । महत्पूर्ण कुरा के हो भने जति नै पिडाको बाबजुद पनि जीवन अमुल्य र सुन्दर हुन्छ । विपत्तिमा जीवन वाँच्ने अवसर भाग्यमानीले मात्रै पाउछ र यस महाविपत्तिपश्चात हामीले जुन जीवन पाएका छौै यसलाइ माहान अवसरको रुपमा लिएर सार्थक र उपलब्धिमुलक बनाउनु हाम्रो जिम्मेवारी र धर्म हो ।

कठीन परिस्थितीको सामना गरी सहजपूर्ण तवरमा जीवन निर्वाह गर्न जीवनका नियमहरुलाई सहज रुपमा बुझ्न सक्नु पर्दछ । जीवन नीयमीत र आकस्मीक नीयमहरुवाट चलिरहेको छ । जीवनका नियमीत नियमहरु अन्तर्गत जीवनमा गरिने प्रयास, योजना र कृयाकलापहरुको कारण प्राप्त प्रतिफलहरु हुन । आकस्मीकता अन्तर्गत हामीलाइ थाहै नहुने गरी गरीएका हाम्रा कृयाकलाप वा भनौ प्राकृतिक कृयाकलापहरुले सिर्जना गरेर अप्रत्यक्षरुपमा तयार भएका आधारहरुका कारण थाहै नभई हुने परिणामहरु हुन्छन जसलाई हामी भाग्यको खेल, विपत्ति, भगवानको लिला जस्ता कुराहरु भन्छौ । यस्ता परिणामहरुले जीवनमा नीकै ठूलो प्रभाव पार्दछन । जीवनमा नियमीत र आकस्मिक दुबै नियमहरुले काम गरीरहेका हुन्छन र यो कुनै एक व्यक्तिको जीवनमा मात्रै लागु नभई सबैको जीवनमा अनिवार्य रुपमा लागु हुन्छ । विपत्तिका रुपमा आइपर्ने आकस्मिक घटनाहरु जीवनका गति भित्र नै पर्ने कृयाकलापहरु हुन । आकस्मीक रुपमा हुने यस्ता घटनाहरु हाम्रा नियन्त्रण भन्दा वाहिर हुन्छन तर त्यसले श्रृजना गरेका परिणामहरुको व्यवस्थापनमा हाम्रो नियन्त्रण हुन सक्दछ । हामीलाइ जीवनका सबै घटनाहरु नियन्त्रण गर्न सक्छौ जस्तो लागे पनि वास्तवमा आकस्मीक घटनाहरु हाम्रो नियन्त्रणमा हुदैनन तर ती घटनाहरुलाइ व्याख्या गर्ने, सोच्ने र तदनुरुप व्यवहार गर्ने कुराहरु भने हाम्रै नियन्त्रणमा हुन्छन । यदि हामीले ती घटनाहरुलाइ सहि तरीकाले व्याख्या गर्न सक्यौ र तदनुरुपको व्यवहार गर्न सक्यौ भने हामीले हर पलमा नयाँ जीवन जीउन सक्छौ र जस्ता सुकै समस्याहरुलाइ पनि व्यवस्थापन गरेर अगाडी वढन सक्छौ ।

निश्चित पनि यस भुकम्पले जीवन र जगत प्रतिको दृष्टिकोण र धारणामा नै आमुल परिर्वतन गरिदिएको छ । जीवनलाई वहुआयमीक दृष्टिकोणवाट परिभाषित गरी भौतिक दुनिया र जगत भन्दा वृहत्तर परिधीबाट जीवनलाई वुझेर वशुदैवःकुटुम्वकम को मर्म अनुसार व्यवहार गर्नु पर्दछ भन्ने सन्देशलाइ पुन एकपटक जोड दिएको छ । साना साना कुराहरुलाइ भयंकर इस्यु बनाएर एक आपसमा झगडा गर्ने, वन्द हडताल गर्ने, सिमित स्वार्थ र फाइदामा एक अर्कालाई निमिटयान्ने पार्न तयार रहने र आफूलाइ सानो सानो घेरामा राखेर व्यवहार गर्नेहरु पनि यस महाविपत्तिले तेरो र मेरो नभनी, जात र धर्म, लिंग र वर्ण नभनी स्वस्फूर्त रुपमा एक अर्का प्रति समर्पण र सहयोगको लागि तत्पर हुनु भनेको परमपरादेखी चली आएको वसुदैवकटुम्वकको मान्यतालाई आत्मसात गरेको हो । के देश के विदेश के आफना के विराना छिमेकी देखी सात समुन्द्र पारि सम्मका सबैले नेपाली समुदायको दुख र पिडामा जुन एक्यवद्दता, सदभाव र सहयोग देखाए त्यसले मानीस एक सामजीक प्राणी भएको र एक अर्का प्रति गहिरोसँग अनोन्यश्रीत भएको तथ्यलाइ आत्मसात गराएको छ । महाविपत्तिको यस पिडावाट मुक्त हुन सिंगो मानवसमुदायले देखाएको एक्यवद्दता र समर्पणले हामीले नेपालमा भोगेका समस्याहरुको सामधान गर्न सक्छौ भन्ने कुरा पनि प्रमाण्ति भएको छ ।

यस महाभुक्पले सरल र सिधा तवरले अगाडी वढीरहेको जीवनलाई उथलपुथल वनाएको छ र सामजीक संरचनामा नै ठूलो परिवर्तन ल्याइदिएको छ । जीवन वदलीएको छ, सम्वन्धहरुमा वदलाव आएको छ । जीवनका आवश्यकता, चाहना र प्राथामीकताहरु वदलीएका छन । वदलीदो परिस्थिती अनुसारका प्राथामीकताहरुको सम्वोधन आश्यक छ । वर्तमान अवस्थाका प्रमुख प्राथामीकताहरुलाई सम्वोधन गर्न सर्व प्रथम हाम्रा सोच, कार्य, शैली, आदत, वानी व्यावहार एवम् सामाजीक र कानूनी मान्यताहरुमा आमुल परिवर्तन गर्नु पर्दछ । अहिलेका चुनौतीहरुलाइ सम्वोधन गर्न समग्र दृष्टिकोणको आवश्यकता पर्दछ । हाम्रा चाहनाहरु, सोच एवम व्यवहारमा परिवर्तन गर्न सकेनौ भने हामीले नयाँ अवसर र संभावनाहरु सिर्जना गर्न सक्दैनौ र विगतकै कुराहरुको सेरोफेरोमा मात्रै रुमल्ली रहन्छौ । जसरी रोग लागेको बेलामा सही औषधी खान सक्यौ भने रोग ठीक हुन्छ ठीक त्यसै गरी विषम परिस्थितीमा पनि सहि सोचको निर्माण गर्न सक्यौ भने सहज जीवन यापन गर्ने आधार तयार हुन्छ । सोचलाइ मात्रै वदल्न सक्यौ र हामीले गर्न सक्छौ भन्ने भावनाको मात्रै विकास गर्न सक्यौ भने पनि राष्ट्रिय एवम स्थानीय स्तरमा नै अत्याधिक अवसरहरु श्रृजना गर्न सक्दछौ । यदि यस परिस्थितीमा हामीले हाम्रो सोचलाइ बदल्न सक्यौ र भविष्य केन्द्रित सकारात्मक सोच सिर्जना गर्न सक्यौ भने जीवन जीउनका लागि नयाँ आधार र संभावनाहरु प्राप्त गर्न सक्दछौ । परिस्थिती अनुसार मानिसले आफ्ना सोचहरु वनाउदै जान्छ तर ती सोच निर्माण गर्ने आधारहरु सही तवरले छनौट गर्न सकिएमा मात्रै सही र सकारात्मक सोचको निर्माण गर्न सकिन्छ । विगत, वर्तमान र भविष्य नै हाम्रा सोचका आधार हुन । विगतसँग अनुभवहरु हुन्छन, वर्तमानमा प्रतिवद्दता र भविष्य प्रति दृष्टिकोण हुन्छन । सोच निर्माण गर्ने आधारका रुपमा विगतका सफलता र असफलताका अनुभवहरु हुन्छन । वर्तमानमा उत्साह र निराशा हुन्छन भने भविष्य प्रति आशा र चुनौती हुन्छ । यदि हामीले विगतका सफलताहरु तीनका कारणहरु, भविष्य प्रतिको आशा र संभावनाहरुलाइ केलाउन सक्यौ भने वर्तमानमा हामीले सकारात्मक सोचको निर्माण गरेर भविष्यमा केही गर्न प्रविवद्द हुन सक्छौ । यसको उल्टो विगतका समस्या र भविष्यका चुनौतीको वारेमा ध्यान दिन थाल्यौ भने निराशा र नकारात्मक सोचको निर्माण हुन्छ । यस्तो अवस्थामा हामीले भविष्यको लागि केही पनि गर्न सक्दैनौ । त्यसकारण भुकम्पको प्रभावमा परेर मानसीक रुपमा क्षत विक्षत भएका ३० लाख जनताहरुमा उत्साह, उमंग र भविष्य प्रति सकारात्मक हुन वर्तमान अवस्थामाा सकारात्मक सोचको निर्माण गर्न अत्यन्तै आवश्यक छ । यदि सबै जनताहरुमा जीवन र भविष्य प्रति सकारात्मक सोचको निर्माण गर्न सकियो भने प्रभावित समुदाय स्वयम् आफै पुर्नस्थापना र पुननिर्माणमा अग्रसर हुन्छ । वास्तवमा अहिले सम्मको विकासको मोडेलको बारेमा विश्लेषण गर्ने हो भने अधिकाँश प्रभावित जनताहरु भनेका अहिले सम्म आफ्नै मिहिनेत र परिश्रमको कारणले नै जीवन निर्वाह गरेका जनताहरु हुन । त्यसकारण यो वा त्यो वाहनामा विदेशी दाताहरुको मुख ताक्नु भन्दा पनि जनतामा उत्साह र उमंग जगाएर एकिकृत विकास योजना लागु गर्ने हो भने पुर्नस्थापना र पुननिर्माणमा लामो समय कुर्न पर्दैन । भविष्य जहिले पनि विगतभन्दा शक्तिशाली हुन्छ र जीवन वाँच्ने आधार भनेको नै भविष्य हो त्यसकारण हामीले दैनिक वा भनौ हरपल भविष्यलाई नै ध्यान दिनु पर्दछ । विगतका बारेमा धेरै व्याख्या विश्लेषण गर्नु भनेको जीवनलाइ निराशा र हतासमा वदल्नु हो । यदि जीवनलाई नयाँ गति दिने हो भने विगत जे जस्तो भए पनि आजैवाट नयाँ जीवनको शुरुवात गर्न सकिन्छ र त्यसको लागि संभावनामा आधारीत भविष्यकेन्द्रित सोचको विकास गर्न जरुरी छ ।

 

Facebook Comments