सकारात्मक सोचः  संसारकै उत्कृष्ट राजनीतिक प्रणाली वनाउने की ?

सरकार र राजनीतिको शिलशिलावद्ध पद्धती नै राजनीतिक प्रणाली हो । यो कानूनी, आर्थिक, साँस्कृतिक र अन्य सामाजिक प्रणालीहरुको संयुक्त समिश्रण हो । लोकतन्त्र राजनीतिक प्रणालीहरुमध्येको सर्वोत्कृष्ट पद्धती हो । सबै जनतालहरुलाइ आवधीक वालिग निर्वाचनको माध्यामले शासन पद्धतीमा सहभागी गराई जनताहरुवाट अधिकार प्रत्यायोजन गरिएका प्रतिनीधिहरुको सहभागितामा नियम कानूनहरु निर्माण गरेर ती नियम कानूनको अधिनमा रहेर दैनिक रुपमा राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा कानूनी अधिकारहरुको सदुपयोग गरेर आफ्नो, समाज र देशका सवै नागरीहरुको आत्मसम्मानको रक्षा गर्नु नै लोकतन्त्र हो । राजनीतिक वैज्ञानिक ल्यारी डाइमण्डका अनुसार लोकतन्त्रका चारवटा स्तम्भहरु हुन्छन (१) स्वतन्त्र, निर्भिक र आवधीक निर्वाचनका माध्यमले सरकार छान्ने र हटाउने पद्धती (२) नागरीकको हैसियतले राजनीतिक र नागरीक समाजका कृयाकलापहरुमा सकृय सहभागिता (३) सबै नागरीकहरुको मानवअधिकारको संरक्षण (४) सबै नागरीकहरुलाइ समान रुपमा लागु हुने विधीको शासन । हाल विश्वका १९६ वटा देशहरु मध्ये १२३ वटा देशहरुमा लोकतान्त्रिक शासन पद्धती छ । यी देशहरुमा प्रजातन्त्रको अभ्यासहरु फरक फरक तरिकाले गएिका भएपनि आवधीक वालिग निर्वाचन भने सबै देशहरुमा हुन्छन । लोकतन्त्रको सुन्दर पक्ष भनेको नै त्यहाँको शासन प्रकृयाको वैधानीकतामा नै जनताको सहभागिताको सुनिश्चित हुन्छ र यसरी छानीएका जनप्रतिनिधीहरु देश र जनता प्रति उच्च तवरको जवाफदेहीता र जिम्मेवारी प्रदर्शन गर्दछन ।

जुन देशमा शासन प्रकृयामा संलग्न जनप्रतिनिधीहरुले देश र जनता प्रति उच्च स्तरको जवाफदेहीता र उत्तरदायित्व वहन गर्दछन ती देशहरु सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक र प्राविधीक रुपमा समुन्नत र समृद्ध हुन्छन । अहिले विश्वका अति विकसित देशरुको समृद्धीको कारण खोज्नेहो भने लोकतान्त्रिक शासन प्रकृयाको सफल कार्यान्वयन प्रमुख कारण हो । लोकतन्त्रलाई उच्च सम्मानका साथ कार्यान्व्यन गर्दा यसले चमत्कारीक सकारात्मक प्रभाव पार्दछ । लोकतान्त्रिक प्रकृयाले समृद्धी ल्याउन विशेषतः तीन प्रकारका आधारहरु प्रदान गरेको हुन्छ (१) सबै जनताले आफ्ना हक र अधिकारको सदुपयोग गर्न सक्दछन र सबै प्रकारका अतिवाद र तानाशाहहरुलाई वहिष्कार गरेर राजनीकि स्थिरता कायम गर्न अग्रसर रहन्छन । (२) सबै जनताले आर्थिक क्रियाकलापहरु सञ्चालन गर्न स्वतन्त्र हुन्छन र आफ्ना चाहना र हित अनुरुप आर्थिक कृयाकलापहरु सञ्चालन गर्दछन । (३) सबै जनताहरु एक अर्काप्रति अन्तरसम्वन्धित हुन्छन र एक आपसमा सहयोग तथा सदभाव आदान प्रदान गर्ने भएकोले राजनीतिक स्थिरता कायम हुन्छ ।

लोकतन्त्रलाइ उत्कृष्ट वनाउन वेलायतका राजनीतिज्ञहरुको योगदान निकै प्रसंसनीय छ । वेलायतका राजनेताहरुले गर्ने लोकतान्त्रिक आचरण र व्यवहार नै त्यहाँको लोकतन्त्रको आधारशीला हो । सन् १९६७ मा स्थापना भएको युरोपियन समुदायमा सन् १९७३ मा वेलायतले प्रवेश गरेको थियो । युरोपियन समुदायको सदस्य हुने की नहुने भनेर वेलायती नागरीकहरुको अभिमत जान्नको लागि १९७५ मा तत्कालिन प्रधानमन्त्रि हारोल्ड विल्सनले जनमत संग्रहको आयोजना गर्नु भएको थियो र ६६ प्रतिशत जनताले युरोपियन समुदायको सदस्य हुन ठिक छ भन्ने पक्षमा मतदान गरेक थिए । ततपश्चात वेलायत युरोपियन युनियनको एक प्रभावशाली सदस्यको रुपमा रेहदै आएको थियो ।

करिव ५१ करोड जनसंख्या भएको र ४३ लाख २४ हजार ७ शय ८२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको युरोपियन संघ २८ वटा देशहरुको राजनीतिक एवम् आर्थिक संघ हो । संघले स्तरीय कानूनी पद्धतीका माध्यमले संघभित्र आन्तरीक बजारको व्यवस्थापन गरेका छ । संघको नीतिले आन्तरीक बजारमा सदस्यदेशका नागरीकहरुलाई निर्वाधरुपमा आवत जावत गर्न, वस्तुहरुको ओसार पसार र लगानीको वातावरण तयार गरेको छ । सन् १९९९मा  १९ वटा देशको संलग्नतामा मौद्रिक संघको स्थापना गरियो र सन् २००२ देखी साझा मुद्राको रुपमा युरो प्रचलनमा आयो । यरोपियन संघमा आवद्ध हुँदा यसका सदस्यहरुलाई विभिन्न प्रकारका फाइदाहरु हुन्छन । यसले सदस्यराष्ट्रका विगतका तित्ततापूर्ण सम्वन्धहरुको अन्त गर्दै युरोपियन आत्मीयताको प्रवर्धन गरेको छ । सिगो संघभरी विभेद र दण्डहिनताको अन्तर गरी मानव अधिकार र कानूनी सर्वोच्चताको प्रवर्धन गरेको छ भने तुलनात्मक रुपमा बिकासमा पछाडी परेका देशहरुमा आधुनिकरण गर्न सहयोग पुगेको छ ।

यरोपियन संघ भित्र विश्वका ७.३ प्रतिशत जनता बसोवास गर्छन तर यस क्षेत्रले संसारकै २३ प्रतिशत कुल ग्राहस्थ आम्दानीमा योगदान गर्दछ ।  स्वतन्त्र र निशुल्क कर व्यापार प्रावधानका कारण उत्पादन लागत घटेको छ र उपभोक्ताको लागि वस्तुहरुको सुलभ उपलब्धता भएको छ । वेलायतको ५२ प्रतिशत निर्यात युरोपमा हुन्छ ।  सबै देशमा भन्सारको उन्मुलनका कारण करिव ६ करोड भन्सार फस्र्यौट कागजातहरुको झन्झटवाट मुक्त भएको छ । तुलनात्मक रुपमा आर्थिक रुपले गरिव देशहरुले संघमा आवद्ध हुँदा अािर्थक विकासका अवसरहरु प्राप्त गरेका छन । वेलायत स्वयम संसारमै लगानी गर्नै ५औ ठूलो लगानीकर्ता राष्ट्र हो र युरोपियन संघको निकै महत्वपूर्ण अंगको रुपमा रहेको थियो । स्वतन्त्ररुपमा संघका नागरीकहरुको आवाजत जावत गर्न पाउने सुविधाले प्राविधीक, विशेषज्ञ देखी मजदुर सम्मको आपूर्ती सहजरुपमा भइरहेको छ । गरिव सदस्य राष्ट्रका मजदुरहरुको सस्तो श्रम उपलब्धताले वेलायतको अर्थतन्त्रमा निकै सकारात्मक योगदान दिएको थियो ।

यरोपियन संघमा आवद्ध हुन वेलायतीहरुले सन १९७५ मा जनमत संग्रहवाट नै निर्णय गरेका थिए भने करिव ४२ वर्षको सहकार्य पश्चात पुनः जनमत संग्रहकै प्रकृयावाट संघवाट छुट्टिने निर्णय गरेका छन । भुमण्डलीकरणका कारण संसारनै साघुरीएर एउटा गाउ जस्तो वनेको अवस्थामा देशकै लोक प्रिय प्रधानमन्त्रिको व्यापक अग्रसरताका वावजुद वेलायती नागरीकहरुले युरोपियन संघवाट सहर्ष वाहिरीने निर्णय गरे । जनताको यो अभिमतलाइ त्यहाँको सरकारले सहर्ष स्विकार ग¥यो । युरोपियन युनियनवाट बाहिरनु हुदैन तर जनताले बाहिरीने निर्णय गरे भने पनि त्यसलाइ सहर्ष स्विकारछु भनेर जनमत संग्रहमा भोट मागेका प्रधानमन्त्रि डेभिड क्यामरुनले जनमत संग्रहको फैसलासँगै आफूले सत्ता छोडने घोषण गरे र सत्ता छोडे । के वास्तवमा सत्ता नै छोडन पर्ने के गरेका थिए उनले त्यस्तो ? के उनलाइ विपक्षीले सत्ता छेडन पर्छ भनेका थिए ? अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ? उनको सरकारलाइ कसैले समर्थन फिर्ता लिएका थिए ? स्मरण रहोस उनको पार्टी स्पष्ट वहुमतका साथ सत्तामा थियो । के उनले जनमत सँग्रहको परिणामलाई अस्विकार वा अस्वभाविक भनेका थिए ? त्यो परिणामलाइ स्विकार गरेर सत्ता सञ्चालन गर्छु भनेको भए पनि उनको बैधानीकता माथि कसैले प्रश्न उठाउथ्यो होला र ? तर यी सवै संभावना हुदाहुदैपनि संसारकै अति शक्तिशाली र वैभवशाली देशका प्रधानमन्त्रिले सामन्य भाषण गरेर जनतालाई धन्यवाद दिदै निर्वाचन जितेर प्राप्त प्रधानमन्त्रि पद हासी हासी त्याग गरे र नयाँ प्रधानमन्त्रिलाइ शुभकामना दिए । नयाँ प्रधानमन्त्रिलाइ सफलता र उच्चस्तरको जनउत्तरदायी शासनको आशा एवम कामना गरे ।

यो सबै प्रकृया कति सहज, सौहार्द र स्वभावीक रुपमा भयो । न त कानूनी व्यवसायको सल्लाह आवश्यक भयो, न त संविधानका धारा उपधारमा व्याख्या र विवेचना नै भयो । कामचलाउ सरकार धेरैदिन रहिरहनु अन्ततः देशको लागि लाभदायक हुँदैन भन्ने स्थापित मान्यताका कारण नै तिव्र गतिमा नयाँ प्रधानमन्त्रिको चयन भयो । आफ्नो राजीनामा भाषणमा सम्वोधन गर्दै आफूलाइ वेलायती जनताको फैसला प्रति गर्व भएको र जनताले स्पष्ट निर्देशन दिएकोले सो निर्देशनको पालना पनि गर्ने र आफूले फरक विचारको नेतृत्व गरेकोले फरक विचारको नेतृत्वकर्ताहरुले नै सरकारको नेतृत्व गर्दा नै वेलायत देश र जनताको लागि उत्तम हुन्छ भन्दै सहज एवम् खुशीकसाथ पद त्याग गरे । कति सहज, छोटो र सरल प्रकृया ।  कसरी संभव भयो यो सवै त्याग ? के कारणले उत्प्रेरित ग¥यो होला उनलाइ त्यसरी पद त्याग गर्न ? उनको पद त्यागले वेलायत र सारा दुनियाका लोकतन्त्रका पक्षधरहरुलाइ नेतृत्वकर्ताहरुले आगामी पुस्ता र देशको भविष्यको लागि सँस्कार वसाल्ने हिसावले राजनीति गर्नु पर्दछ भन्ने माहान सन्देश दिएको छ ।

सत्ता प्राप्ती अस्थाइ कुरा हो । वढीमा उनी कार्यकाल सम्म बसीरहन सक्थ्ये तर सत्ताको समय अवधी सकिएपछि त घर फर्किनु नै छ तर समयवधि छदै आफूले नेतृत्व गरेको विचार समुहको हार भएको कारण नैतिक जिम्मवोरी लिदै पद त्याग गर्नु  लोकतन्त्रको सवलीकरण र जनविश्वास आर्जन गर्ने कुरामा आफैमा एउटा महत्वपूर्ण त्याग हो । शायद त्यस्तै त्याग उच्चस्तरको जवाफदेहीता र जिम्मेवारी बोधको कारणले वेलायतको लोकतन्त्र उदाहरणीय छ । यही परमपराले नै वेलायतलाई संसारकै अति विकसित, सभ्य र सुसंस्कृत देश वनाएको हो । उनले चाहेको भए सत्ता लम्व्याउन अनेक उपायहरु निकाल्न सक्थे तर वेलायती समाज, त्यहाँको शिक्षाले दिएको ज्ञान, साथीभाइहरुको सल्लाह, सुझाव र आफ्नै अन्तसंस्करणको कारण उनले सहर्ष राजनीनामा दिएर भावि पुस्तालाई नैतिकता, जवाफदेहीता र जिम्मेवारीको मार्ग देखाएका छन भने वेलायती लोकतान्त्रिक परमपरालाइ निरन्तरता दिएका छन । लोकतन्त्र प्रति आस्था राख्ने र लोकतन्त्रको सवलिकरण गर्न चाहने सबैलाइ उदाहरणीय शिक्षा दिएका छन ।

आमरुपमा भन्नु पर्दा वेलायकै जस्तो शासन व्यवस्था हाम्रो देशमा पनि छ । वेलायतका नेता जत्तिकै अध्ययन गरेका र त्यत्तिकै प्रभावकारी भाषण गर्न जान्ने नेताहरु पनि यो देशमा छन । वेलायतका कर्मचारी जत्तिकै पढेलेखेका कर्मचारी पनि छन तर पनि हाम्रो लोकतन्त्र वेलायतको जस्तो सवल र सक्षम किन हुँदैन ? जनताले दानमा दिएको निशुल्क भोटको तागतमा करोडौ, अरबौको सपना देख्ने र निरिह जनताहरु उपर शासन गर्ने पद्धतीलाइ नेपालको संविधान, नीति, तथा कानून कतै पनि कुनै प्रकारका प्रावाधानहरु छैनन  तर विगत २५ वर्षदेखी लोकतन्त्रका नाममा कायाम गरिएका नजिर र अभ्यासहरुले नेपालमा लोकतन्त्रलाई संसारकै अति खराव व्यवस्थाको रुपमा चित्रण गरेको छ । हामी भावी पुस्तालाइ कस्तो लोकतन्त्रको नमूना छोडेर जान्छौ ? संसारकै उत्कृष्ट की अत्यन्तै खराव ? लोकतन्त्रका खेलाडीहरुको अगाडी गम्भिर प्रश्न खडा भएको छ ।

लोकतन्त्र भनेको नियम कानूनले निर्देशीत प्रणाली भन्दा पनि व्यावहार र अभ्यास हो । राजनीतिक स्थिरता कायम गरी उच्च स्तरको जिम्मेवारी र जवाफदेहीता पूरा गर्न वेलायतका प्रधानमन्त्रिले प्रर्दशन गरे जस्तै हाम्रा राजनेताहरुले पनि नयाँ र उच्चस्तरको लोकतान्त्रिक आचरण प्रदर्शन गरेमा देशमा नयाँ लोकतान्त्रिक आचरण, र सँस्कारको शुरुवात हुनेछ । यसको शुरुवात उच्च तहको नेतृत्ववाट नै गर्नु पर्दछ । उच्चतहको नेताले प्रर्दशन गर्ने आचरण, वानी व्यवहार र सँस्कारले नै कार्यकर्तामा प्रभाव पार्दछ । नयाँ सँस्कार र आचरण प्रदर्शन गर्न पहाड नै खसाल्न पर्दैन, सिर्फ हामीले गर्छौ भनेर वनाएका नियम कानून र हामीले आस्था र विश्वास राख्ने राजनीतिक दर्शन प्रति इमान्दारमात्रै भइदिएमा मात्रै हामी समृद्ध एवम लोकतान्त्रिक मार्गमा हिडन थाल्दछौ र आगामी केही वषै भित्रमानै देशै भरी चमत्कारीक साकारात्मक परिणाम प्राप्त हुन थाल्दछ । यी माहान कार्यहरुको शुरुवात गर्नेहरुलाइ २,४ दिन सत्तामा वसेको भन्दा कयौ गुणा माहान कार्यको नेतृत्वकर्ताका रुपमा सदियौ सम्म देश र जनताले संझिरहन्छन । सबै भन्दा पहिला हाम्रो सोच्ने तौर तरीका, हेर्ने दृष्टिकोण र वोल्ने शब्दहरुमा आमुल रुपान्तरण ल्याउनु पर्दछ । विगत भन्दा भविष्य केन्द्रित हुनु पर्दछ ।  स साना कुराहरुमा प्राविधीक अडचन थापेर एकघण्टामा हुने कामलाइ २४ घण्टा लगाएर काम गर्ने प्रवृत्तिको अन्त अनिवार्य शर्त हो । हर परिस्थिती र अवस्थामा नयाँ नयाँ अवसर देख्ने साहस र हिम्मत चाहीन्छ । पहिला सोच वदलौ चारैतिर अवसर र संभावना मात्रै देख्न सकिन्छ र देश आफै वदलीन्छ । आफ्ना अगाडी भएको माहान राजनीतिक संस्कार र प्रणालीको स्थापीत गरेर पुस्तौ पुस्तासम्मलाई सकारात्मक सन्देश दिने पवित्र अवसरलाई तुच्छ र निहित अंहकारमा सिमित गर्न खोज्दा नयाँ इतिहासको निर्माण हुन सक्दैन ।