समाजीक न्याय र समृद्धीकालागि राजनीतिक दलहरुको भूमिका

दक्षिण अफ्रिकी सामाजिक अभियन्ता एवम रंगभेद विरोधी नेता डेसमण्ड टुटुका अनुसार अन्याय भईरहेको ठाउँमा तटस्थ वस्नु भनेको पनि पिडकहरुलाई साथ साथ दिनु सरह हो । त्यसकारण समाजमा भईरहेका गतिविधीहरुलाइ सापेक्ष रुपमा नियालेर तिनीहरुको व्याख्या विश्लेषण गरी आफू पिडकको पक्षमा छु की पिडितको पक्षमा छु भन्ने कुराको निक्र्यौल गर्नु पर्दछ । जव सम्म समाजका सवै व्यक्तिहरुले सचेततापूर्वक आफ्नो भुमिका थाहा पाउदछन तव मात्र समाज समाजीक न्यायको दिशामा निर्देशीत हुन्छ । सिंगो समाजमा सबै प्रकारका विभेद र अन्यायहरुको अन्त गरी समाजिक न्याय कायम गर्नु नेतृत्वदायी भुमिका सरकारको हुन्छ भने सरकारलाई सामाजिक न्याय र समृद्धीको लागि उत्प्रेरित गर्ने जिम्मेवारी राजनीतिक पार्टीहरु तथा नागरीक संगठनहरु को हो । राजनीतिक पार्टीहरु र नागरीक संगठनहरुलाइ समाजिक न्यायको लागि खवरदारी गर्ने काम ती पार्टीहरु र संगठनमा आवद्ध सदस्यहरुको हो । त्यसकारण लोकतन्त्रमा गतिशिल एवम चेतनशील जतना, राजनीतिक पार्टीहरु र जिम्मेवार नागरीक समाजको आवश्यकता हुन्छ ।
सामजिक न्यायले नै समृद्धीको निर्धारण गर्दछ । गरिवीको अन्त समृद्धिमात्रै नभएर न्याय सहितको समृद्धि हो । सामाजिक न्याय भनेको व्यक्ति र समाज वीचको स्वतन्त्र र निष्पक्ष सम्वन्ध हो । जुन समाजमा व्यक्तिको विविधतालाई सम्मान गरिन्छ, व्यक्तिगत योग्यता र क्षमताको कदर गरिन्छ अनि स्वतन्त्र र सम्मानीत रुपमा पेशा व्यवसाय गर्ने अवसर प्राप्त हुन्छ र व्यक्तिले हरेक पटक आफ्नो जात, पेशा, लिंग र वर्णमा गर्व गर्न सक्दछ तवमात्र समाजमा सामाजिक न्याय छ भन्न सकिन्छ । विकास भनेको भौतिक सुविधा सहितको आत्म सम्मान र स्वतन्त्रताको समिश्रण हो । नेपालको सन्दर्भमा समाजीक न्याय सहितको विकास भन्नाले जव एक जना सिमान्तकृत व्यक्तिले आफ्नो जात र पेशामाथी गर्व गर्न सक्ने, समाजमा कथित उपल्लो जात सरह उसको सम्मानीत स्थान कायम हुने र उपल्लो वर्गका व्यक्ति सरह न्यूनतम सेवा र सुविधा प्राप्त गर्न सक्ने अवस्था वन्न सक्दछ तव मात्रै नेपाल विकास हुदैछ भनेर अनुमान गर्न सकिन्छ ।
लोकतन्त्रमा विकास, आत्मसम्मान र स्वतन्त्रताको प्रत्याभूति गर्ने माध्याम राजनीति पार्टीहरु हुन । स्वतन्त्रता, भौतिक सुविधा र आत्मसम्मान सबै नागरीकहरुका साझा सवाल हुन । राजनीतिक पार्टीहरुको मुख्य उद्धेश्य भनेको शहरका धनाढ्य देखी सुदूर दुर्गमका गरिव, पिछडीएका, महिला, अपाँग लगायता सिमान्तकृत जनताहरुलाइ सँगठीत गरी समृद्ध र समुन्नत जीवनतर्फ अभिप्रेरित गर्नु हो । राजनीतिक पार्टीहरु भनेको उदेश्यहीन भीडतन्त्र होइन न त यो अपराधीहरुको संगठीत सञ्जाल नै हो । राजनीतिक पार्टीहरु त जनतालाइ नयाँ र समुन्नत जीवन प्रदान गर्ने मर्यादत र सँगठीत सँस्थाहरु हुन । यी पार्टीहरु निश्चित दर्शन र सिद्धान्तद्धारा मार्ग निर्देशीत भएका हुन्छन । राजनीतिक पार्टीहरु नयाँ सुन्दर र सुरक्षित भविष्यको मार्ग कोर्ने र तीनै मार्गहरुमा सम्पूर्ण जनताहरुलाइ डो¥याउने सशक्त माध्याम हुन । दनियाँमा कुनै पनि समाजको सकारात्मक रुपान्तरण राजनीतिक पार्टीहरुका अभियानवाट मात्रै संभव भएका छन । अन्ततः नेपालको समाजीक रुपान्तरण पनि यहाँका राजनीतिक पार्टीहरु कै नेतृत्वमा मात्रै संभव हुन्छ । वास्तवमा भन्नु पर्दा राजनीतिक पार्टीहरु र नागरीक संगठनहरु भनेका पवित्र मन्दिर हुन र नेतृत्व भनेको पूजारीहरु हुन । तर हाल सम्म राजनीतिक पार्टीहरु र तीनमा नेतृत्वको काम कार्यवाही हेर्दा स्वभाविक प्रश्न उठछ के वर्तमान राजनीति नेतृत्ववाट नै यति माहान र पवित्र लक्ष्यहरु प्राप्त होलान ?
राजनीति पार्टीहरु र नेतृत्वले आफ्नो दायरालाई फराकिलो वनाउनु पर्दछ । यदि सबै राजनीतिक पार्टीहरुले जनताको जनचेतना वृद्धि गर्ने कुरामा योगदान दिने हो भने नेपाल जस्तो जनचेतनाको स्तर निकै कमजोर भएको देशमा राजनीतिक पार्टीहरु जति धेरै भयो त्यति नै राम्रो हुन्छ । यदि राजनीतिक पार्टीहरु वास्तवमा नै आदर्शमुलक राजनीति सिद्धान्त र नीतिहरुवाट निर्देशीत हुन सक्दछन भने देश र समाजलाइ सदैव फाइदा नै हुन्छ तर के नेपालका सवै राजनीतिक पार्टीहरु आदर्श सिद्धान्तवाट मार्गनिर्देशीत छन ? राजनीतिक पार्टीका नेतृत्वहरु समाज रुपान्तरणको माहान जिम्मेवारी वहन गर्न योग्य र सक्षम छन ? के ती राजनीति पार्टीहरुले नेपाल देश र नेपाली समाजका रुपान्तरणका आधारहरुको सही व्याख्या र विश्ेलषण गरेर तदनुरुप नीति, नियम र कार्यक्रमहरु तर्जुमा गर्न सक्दछन ?
जनताको चेतनाको स्तर कमजोर भएको समाजमा निश्चित आदर्श मुलक सिद्धान्त, नीति नीयम र कार्यक्रमको अभावमा राजनीतिक पार्टीहरु राजनीतिको आवरणमा अपराधी गिरोह जस्ता हुन्छन । यस्ता गिरोहहरुलाई सामन्य जनताहरुले वर्षौसम्म पनि पहिचान गर्न सक्दैनन र लोकतन्त्रको नाममा नियमीत रुपमा मतदान गरिनै रहेका हुन्छन । यस्ता अपराधी आवरणमा राजनीति गर्नेहरुले राजनीति, लोकतन्त्र र समग्र पद्धती प्रति नै अनास्था फैलाइरहेका हुन्छन र राजनीति भनेको फोहरी खेल हो भन्ने भ्रम छर्न सफल हुन्छन । जति जति समाज अस्थिर हुन्छ त्यती त्यती राजनीतिक अपराध वढदै जान्छ र समाजमा शान्ति, विकास, सदभाव, सहकार्य, राजनीतिक स्थायीत्व कमजोर वन्दै जान्छ । सामाजीक अस्थिरताको सबै भन्दा नकारात्मक असर दूरदराजका ग्रामिण समुदायमा पर्दछ र वर्षौ सम्म पनि उनिहरुको जीवन पद्धतीमा कुनै परिवर्तन आउदैन । यस्तो अवस्थामा राजनीति एकदम शहरमुखी हुन्छ र ग्रामिण स्तरसम्म सरकारका कुनै गतिविधीहरु पुग्न सक्दैनन भने राजनीति पार्टीहरु र नागरीक समाजले पनि ध्यान दिन सक्दैनन । त्यसकारण लोकतन्त्रमा राजनीतिक स्थिरताको लागि प्रत्येक व्यक्तिको भुमिका महत्वपूर्ण हुन्छ । जवसम्म प्रत्येक व्यक्तिले राजनीतिक पार्टीहरु र राजनीतिको आवरणमा रहेका अपराधी गिरोहको पहिचान गर्न सक्दैनन तवसम्म राजनीतिक स्थायीत्व संभवनै हुदैन । खास गरी हाम्रो जस्तो वेष्टमिनिष्ट्ररियल शासकीय पद्धती भएको देशमा अपराधीक पृष्टभूमिका व्यक्तिहरु राजनीतक आवरणमा सहजै सत्तामा पुग्न सक्दछन र विकासका कार्यहरुलाइ व्यक्तिगत स्वार्थ र लाभसँग सौदावाजी गर्दछन ।
दुखका साथ भन्नु पर्दछ, अहिलेसम्मको अवस्थाको मुल्याँकन गर्ने हो भने यहाँका कुनै पनि सरकार र राजनीति पार्टीहरुले अहिले सम्म आदर्श समाज निर्माणमा सामन्य भन्दा सामन्य योगदान पनि दिएका छैनन । राजनीतिलाई व्यक्तिगत, आसेपासे, धुपौरे र भरौटेहरुको फाइदामा मात्रै सिमित गरेका छन । सत्ता वाहिर हुँदा आदर्शका कुरा गर्ने तर सत्ता र पद प्राप्त हुने वित्तिकै सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने गरेका छन । एउटा सामन्य कार्यकर्तालाइ राजनीतिक नियुक्ति दिन मात्रै पनि स्थापित मुल्य मान्यता र विधी विधानहरुलाई संशोधन गर्दछन । सारमा हेर्दाखेरी मुल प्रवाहमा राजनीतिक पार्टीहरुले नै राजनीतिलाइ अपराधीकरण गरिरहेका छन । योग्यता र क्षमताको धज्जी उडाएका छन र राजनीति र सत्ता प्राप्तीलाइ सिमित व्यक्तिहरुको आय आर्जन र दाल भात तरकारी र ऐस आरामको माध्याम वनाएका छन । यस कारण देश चरम निराशा तर्फ उन्मुख भएको छ र देशवाट उत्पादन योग्य जनशक्ति पलायन भएको छ वास्तवमा यो नै राष्ट्रघातको मन्द विष हो ।
यद्यपी सकारात्मक रुपान्तरण चाहने हो भने जहिलेसुकै शुरु गरे पनि हुन्छ । विगतका सरकारहरुले समाज रुपान्तरणका उल्लेखनीय योगदान दिन नसकेको कारण यस सरकार र वर्तमान राजनीतिक पार्टीहरुले यस क्षेत्रमा प्रयाप्त योगदान दिन सक्दछन । एउटा असल र जवाफदेही राजनीति परम्पराले विकासलाइ चमत्कारीक गति दिन सक्दछ । सत्तारुढ दलहरुले देशको साधन श्रोत र सत्तालाइ जनताको पक्षमा सदुयोग गर्न सक्दछन भने प्रतिपक्ष र अन्यदलहरुले गाउँ गाउँमा रहेका जनताहरुको चेतना वृद्धिमा अभियान छेडन सक्दछन । राजनीति भनेको के को हो ? असल राजनीतिले आम जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सक्दछ भन्ने कुराहरुले प्रशिक्षत गरेर जनतालाइ राजनीति र राजनीतिक दलहरुसँग जोडन सक्दछ । जुन दिन सबै नागरीकले समाजका सफल र सक्षम पात्रहरुलाई आफ्ना जनप्रतिनिधीको रुपमा छान्न सक्दछन त्यस दिन देखीवाट मात्रै नेपाल राजनीतिक स्थिरताको मार्गमा हिडन थाल्दछ । जनताले राजनीतिक पार्टीहरुका खोक्रा नारामा भन्दा पनि वास्तवीक कार्यक्रम, पात्र र प्रवृत्तिमा ध्यान दिनु पर्दछ । राम्रो र आदर्श सिद्धान्त, त्याग र तपस्या वोकेको राजनीति पार्टीमा अपराधी पृष्टभुमिको एकजना मात्रै व्यक्तिको संलग्नता हुनु भनेको पनि आम रुपमा त्यो राजनीति पार्टी अपराधीहरुको आश्रयस्थल हो नै भन्ने वुझ्नु पर्दछ र यस्ता पार्टीहरुले देश र जनताको पक्षमा योगदान दिन सक्दैेनन भन्ने कुरा जनतालाइ वुझाउनु पर्दछ ।
अहिलेको आवश्यकता भनेको सबै राजनीतिक पार्टिहरुले आफ्ना गतिविधीहरुलाई स्थानीय स्तरमा केन्द्रकृत गरेर नयाँ संविधान, त्यस सँविधानले परिकल्पना गरेको समाज, समावेशीकरण र समावेशीकरणले कसरी स्थानीय समृद्धीमा योगदान दिन्छ, स्वच्छ प्रतिस्पर्धा भनेको के हो र यो कसरी हुन्छ ? विकास र राजनीतिको सम्वन्ध कसरी स्थापीत हुन्छ ? भ्रष्ट्रचार भनेको के हो ? यो कसरी हुन्छ र यो रोक्न जनताले के कसरी योगदान दिन सक्दछन ? भन्ने कुरा वुझाउन जरुरी छ । राजनीतिक महाअभियानले मात्रै नेपालमा राजनीतिक स्थिरताको मार्ग प्रशस्त गर्दछ भने अहिले नै भएका राजनीति पार्टीहरुको नेतृत्वमा नयाँ नेपाल निर्माणको आधारशीला तयार गर्न सकिन्छ । जनतामा राजनीति र राजनीतिज्ञ प्रति भएको व्यापक आक्रोस र निराशालाइ उत्साह र उमंगमा वदल्न सकिन्छ र स्थानीय स्तरदेखी नै जनताको सहभागितमा विकास निर्माण र उत्पादनका कार्यहरुलाइ व्यापकाता दिन सकिन्छ । के यस्तो सकारात्मक योगदान दिने कुरामा हाम्रा मुलप्रवाहका र सबै राजनीतिक पार्टीहरुको ध्यान जाला ? समग्र पार्टी पक्ति, भातृसंगठनहरु लगायतका नागरीक समाजका प्रतिनिधहरुको गाउ दौडाहले गाउँ घरमा नयाँ जोस, जागर र उमंग पैदा गर्ने छ र लोकतन्त्रप्रति गुमेको विश्वासलाइ पुनः जगाउनेछ । इतिहास निर्माण गर्ने यो वेलामा समयले राजनीतिक पार्टीहरुको ढोका ढकढक्याइ रहेको छ खोल्ने की नखोल्ने इच्छा त वहाँहरुकै हो ।