२५० वर्षको इतिहासमा नेपाली समाजमा विभिन्न खाले छिटफुट घटनाहरु भए पनि समाजीक सदभाव नै विग्रिने गरी यति ठुला घटनाहरु भएका थिएनन । आन्दोलनकारीलाइ संयमतापूर्वक संझाइरहेका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेलाई पछाडीवाट निकै कायरतापूर्वक निर्मम तरीकाले हत्या गरियो र जनताको सूरक्षामा तल्लीन प्रहरी अधिकृत र जवाहरुको निमेशमै हत्या गरियो । शान्तीपूर्ण आन्दोलन भइरहेको टिकापुर एकाएक रणभूमिमा परिणत भयो र यस सँगै कैयौ सिउदोहरु उजाडीए, कतिको अभिभावकत्व गुम्यो, कतिका साहरा टुटे भने आमदेशवासीको शान्तिपुर्ण रुपमा वाँच्नपाउने भरोसा डगमगायो । मानिस जन्मे पछि मर्ने नै हो तर अरुको कारण मृत्युवरण त्यो चरम अन्याय र अनिष्ठ हो । जो जसले साहदत प्राप्त गर्नु भयो वहाँहरुको स्वर्गवास होस तर अनाकारण मृत्युवरण गराउने हरुले के जिते ? कैलाली हत्याकाण्डमा २ वर्षे अवोध वालक जो आफु पहाडीया हु की थारु हु भन्ने थाहा समेत नभएको वालकलाइ निर्ममतापूर्वक हत्या गरीएको छ । के सिद्धान्त र राजनीतिक दर्शनले यो कार्य गर्न प्रेरित गर्यो ती नावालक अवोध वालकको हत्या गर्न ? अधिकारको आवरणमा आतंवाद हो की हैन ? कथित आन्दोलकारीहरु शान्तीपुर्ण आन्दोलनमा पुलिस दमन हुँदाको परिणाम भनिरहेका छन तर त्यहाँको परिस्थितीले नै उनीहरुको दावी आधारहीन र कपोकल्पीत प्रमाणित गर्दछ । शान्तीपूर्ण आन्दोलन हो भने घरेलु हतियार कहाँवाट आए । प्रहरी दमन हुन्थ्यो भने के तीन चार शय प्रहरी गोली चलाउन थालेको भए हालत के हुन्थ्यो होला । विहान शान्तीपूर्ण जुलुस गर्ने भनेर सझजदारी वनाएर छलकपटपूर्ण तवरवाट हतियारवन्द आन्दोलन उठाएको कुरा प्रष्ट हुन्छ । नेपाली राजनीति वृत्तमा र लोकतान्त्रीक समाजमा आन्दोलनलाइ कदापी नकार्न सकिदैन त्यसैले नेपालमा एक दिन तीन चारवटा आन्दोलन भइ नै रहेका छन तर के कहिल्यै शान्तिपूर्ण आन्दोलनमा यस्तो नरसंहार भएको थियो । कैलाली स्वयम आफैमा एउटा संगम स्थल हो जुन सबै नेपालीको साझा भुमि हो । त्यस साझाभुमिमा देशभरीवाट जहाँसुकैका नागरीक आएर वस्न सक्छन । विगत ५० वर्षदेखी विभिन्न स्थानका नेपाली र केही अनाधीकृत भारतीयहरु पनि आएर वसेका छन । सबैले एक अर्काको रितीरिवाज, चाल चलन परमपराको सम्मान गर्दै आइरहेका छन । मर्दाको मलामी र पर्दाको जन्ती भएर आमा वावु, दाजु भाउजु, चाचा भतिजा, मामा भञ्जा आदी नाता लगाएर घर व्यवहार चलाइनै रहेका छन । साझा सवालहरुमा सबै मिलेर स्थानीय बिकासका कार्यहरु अगाडी वढाउदै आएका छन । एकै भुगोलमा वस्दै आएकाहरुका साझा समस्याहरुसँग जुध्दै आइरहेका छन भने साझा अवसरहरु वाडेर लिएका छन । तथाकथित राजनितिज्ञहरुले ठुला ठुला विभेदका कुरा गरे पनि स्थानीयस्तरमा उनीहरु आत्मीकरण, एक अर्काप्रति आगाध माया ममता र सम्मान प्रति समर्पण नै छन । तर फोहरी राजनीतिले बुनेको चक्रव्यूहूमा सिंगो नेपाल र विशेषतः तराई मधेश नराम्रोसँग गाजिएको छ । मानवीय सूचाँकले निकै धेरै पछाडी परेका सामन्ती सँस्कार र तराइवासी जनतालाइ सधै ठग्ने नेताहरु, सरकारको कमजोर उपस्थिती र राजनीतिमा दलालीकरण जस्ता आन्तरीक कारणहरुले गर्दा नेपालको तराइ मधेशको समाज समृद्ध हुन सकेको छैन । जनताको त्याग, वलिदान र समपर्णलाई श्रीमतीको फरिया, चोली र पारिवारीक सुखसयलसँग साट्ने कथित मधेशवादी भनाउदाहरु जो पहाडीयालाइ त पहाडवाट आएको भन्छन तर खुदै आफू नेपाल आएको भने २० वर्ष पनि भएको छैन यस्ता टपरटुइयालाइ सजिलै नेता मान्ने र वारम्वार यस्तै नेताहरुको कुटिल चालवाट ठगीदै आएको धर्तीपुत्र जनसमुदायमा केही नैराश्य र आक्रोस हुनु स्वाभाविकै हो । तर के यस्ता प्रवृत्तिले स्वयम यस समुदायलाइ लाभ गर्ला ? तथ्य र तर्कहरु जतावाट प्रस्तुत गरे पनि हुन्छ । सबै समुदायलाई अधिकार समान अधिकार चाहिनु स्वाभाविक हो र त्यो हुनै पर्दछ । अन्तरीम संविधान २०६३ लागु भए पछि के सवैले समान अधिकार पाएका छैनन ? नेपालको क्याविनेटमा के तराइ मधेशको सम्मानजनक हिस्सा छैन ? विगतका ८ वर्षमा के कति दृष्टिकोणवाट तराइ मधेश उपेक्षीत भयो ?त्यती मन्त्रिहरु देशको सर्वोच्च निकायमा हुँदा के कस्ता नयाँ परियोजनाहरु ल्याइयो ? के कति जनताको लागि रोजगारको अवसरहरु श्रृजना भए ? के कति मात्रामा सामाजिक अपराधीकरण घट्यो यसको समिक्षा हुन जरुरी छ त्यसकै आधारमा त्यहाँक अगुवा नेताहरुको मुल्याँकन हुनु पर्दछ । थरुहट क्षेत्रमा वसोवास गर्ने पहाडी समुदायलाई थरुहट प्रदेशको विरोध गर्न पर्ने कुनै कारण नै छैन । संघयिता भनेको अलग देश हैन, अलग कानूनले सासन गर्ने ठाउँ पनि हैन । प्रदेशको सिमाना दुइ हात यता वा उता हुदा कोही आत्तेर वौलाइ हाल्न पर्ने हुदैन । आफनै देश हो, आफनै दाइभाइ हुन । जति वढी विविधता हुन्छ त्यति नै धेरै विकास हुन्छ । समाज गतिशिल हुन्छ । शायद कैलाली कञ्चनपुरमा पहाडीहरु वसाइसरेर आएका हुदैनथे भने अहिलेसम्म पनि त्यहाँको समाज एकदमै वन्द प्रवृत्तिको हुन्थ्यो होला । संसार भरी नै वसाइ सराइलाई प्रमुख विकासको एउटा उत्प्रेरक मानिन्छ । विविधताको लागि अमेरीका लगायत कतिपय देशहरुले डिभी भराएर मानिस लैजान्छन तर यहाँ त इन्डियावाट आएकाहरुको आव्हानमा पहाडकालाइ लखेटन खोज्नु हदै सम्मको निकृष्ठता हो । थारु र पहाडी वा पहाडी मधेशीको सम्वन्ध नड. र मासु जत्तिकै महत्वपूर्ण छ । विगत २५० वर्षको इतिहासमा फुटाउ र राज गर भन्नेहरुले एक अर्काको विरोधमा प्रयोग गरे पनि यो समाज अहिले आत्मकृत हुदै गइरहेको छ । एक आपसमा सम्मान, सहयोग, सदभाव वढदै गइरहेको छ । पहाडको शिक्ष दिक्षा तराइ मधेशका पूज्यनीय गूरुज्यूहरुको अविस्मरणीय योगदान छ र कुनै पनि गरुले सामप्रदायीकता र विखण्डनका कुरा सिकाउनु भएकोछैन । सिंगो पहाड र हिमालमा समग्र मधेश, मधेशी र तराइवासी दाज्यू भाइ वहीनीहरु प्रति आगाध सम्मान र माया ममता छ । तराइ मधेशमा वस्ने पहाडी समुदायले पनि वेलावेलामा केही उच्छृखल र आयतीत मधेशीहरुवाट अपमान भोग्न नपरेको हैन, हत्या, लुटपाट, वलत्कार अपमान पहाडीयाहरुले सहदै आएका छन तर पनि यो सामाजीक सम्वन्धको आधार यदि गर्विलो र भरोसा युक्त छ एक पहाडीयालाइ सताउने मधिशेलाइ स्वयम अर्को मधेशीले कार्वाहीको माग गर्दछन र खल खलियानमा वसेर पञ्चायती गरेर दण्डीत गर्दछन त्यसकारण यी घटनाहरु कहिल्यै पनि मधेशी र पहाडी विचका भएनन केवल गलत सामाजिक तत्वहरुका कृयाकलापका रुपमा मात्रै रहे । तर जव आयतीतहरु चर्को स्वरले धर्तीपूत्रहरुलाइ प्रयोग गरेर उनिहरुको प्रतिनिधीत्वको आवरणमा नेपालका श्रोत, साधन र लाभका पदमा हैकम जमाउन चाहान्छन तव धर्तीपुत्रहरु अन्यौलमा पर्दछन । मिहिनेतकश नेपाली दाजु भाइ दिदी वहीनीहरुमाथी कुनै क्षेत्रवाट पनि हुने अन्याय अत्याचारको चारैतिरवाट डटेर विरोध गर्न हिचकिचाउन हुदैन तर राजनीतिक व्यापारीहरु, अधिकारको आवरणमा सिधासाधा जनतालाइ लडाएर श्रीमती र सालीलाइ सभासद वनाउने र कमिशन र भ्रष्टचारमा जनताको वलिदानसाटनेहरु कदापी धर्ती पुत्रहरुका आपन्त हुन सक्दैनन । यस्ता धोकेवाजहरुवाट समयमै सचेत हुन सकेमा सदभाव र समृद्धिको यात्रा सहज हुन्छ । शान्ति र सदभाव र आपसी एकतासहित अधिकारको लडाइ लडौ ।