साहसिक र उत्तरदायि निर्णय नै समुन्नत गणतान्त्रिक नेपालको पूर्वशर्त

अनुशाशन विनाको स्वतन्त्रता अराजकता हो र स्वतन्त्रता विनाको अनुशाशन निरंकशता हो । अनुशाशन सहितको स्वतन्त्रता नै लोकतन्त्र हो । कानुनी राज्यमा मात्र अनुशाशीत र समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ । लोकतन्त्र नै अनुशाशित समाज, कानुनी राज्य र समुन्नत समाजको सबै भन्दा उच्चतम श्रोत हो । समृद्ध र समुन्नत जिवनको आधार नै लोकतन्त्र हो । मानव प्राकृतिको सबै भन्दा उच्चतम श्रृष्टि हो र जिवन नै सबै भन्दा उच्च एवं मुल्यवान ……हो । आज सारा संसार मानव जिवनको गुणस्तरीय जिवन, समृदता र समुन्नत समाजको होडवाजीमा अगाडी वढी रहेको छ । संसारमा भएका मानिसहरुको जिवन पद्धति र उनिहरुले उपभोग गर्ने सेवा र सुविधाहरुमा आकाश र जमिन को फरक छ । एउटै भु मण्डलको एक छेउमा समृद्धिको उत्कृष्ठता देख्न सकिन्छ भने त्यही भुमण्डलको अर्कोतिर दरिद्रताको उत्कर्षता छ । त्यती मात्रै होईन एउटै गाउको एक परिवार समृद्धताको चरम उत्कर्षमा हुन्छन भने त्यही गाउमा बस्ने दैनिक १८ देखि २० घण्टा सम्म परिवारका सवै सदस्यहरुले हाड छाला घोटी मेहेनत गर्नेहरु राम्रो सग दुई छाक टार्न नसक्ने अवस्थामा छन । उनिहरुका बाल बच्चाहरुका लागी विद्यालयहरु दुरदराजका सपनाहरु ह्ुन । अस्पताल र डाक्टरहरु मिठा सपनाहरुमात्रै हुन । दशै तिहार जस्ता चाड पर्वहरु अभिशाप हुन । उनिहरु राष्ट प्रति सदैव इमान्दार रहन्छन, कडा परिश्रमका बाबजुद आफू भोकै बसेर पनि राज्यलाई तिर्न पर्ने कर कहिल्यै छल्दैनन् । यसका बाबजुद उनिहरु राज्यसग कहिल्यै गुनासो गर्दैनन् । यसको बिपरित आफूलाई जनताको प्रतिनिधि भनाउन चाहनेहरुको जिवन पद्धति र कृयाकलापलाई नियाल्ने हो भने उनिहरुमा आएको नाटकिए परिवर्तनलाई जो कसैले सजिलै अनुमान लगाउन सक्छ । यहा प्रश्न उठछ, मानिसहरुको जिवन पद्धतिमा भएको यो भिषण अन्तरको कारक तत्व के हो ? के नेपालीहरुको जिवन पद्धति पनि अमेरिका र जापानका नागरीकहरुको जस्तै समृद्ध हन सक्दैन ? के हामी पनि हाम्रा माहान छिमेकीहरु भारत र चिनको जस्तै दुई अंकको आर्थिक बिकास मार्फत नेपाली जनताको जिवनस्तरमा कायापलट गर्न सक्दैनौ ? किन हामी नेपाली जनताको जिवन स्तर युरोपेली, अमेरीकी र जापनिज नागरीक सरह वनाउन सक्दैनौ ? के कारणले उनिहरुले त्यत्रो उपलब्धि हासिल गरि सक्दा पनि हामी हाम्रा लागी आवश्यक पर्ने स्कूल, अस्पताल वा चुनावकै लागी पनि उनिहरुको मुख ताकिरहेका छौ ? हामी किन हाम्रा आफना आवश्यकता आफै पूर्ति गर्न सक्दैनौ ? के हुन हाम्रा समृद्धताका आधारहरु ? सर्व शक्तिमान वेलायत र उदयिमान शक्ति भारतको सार्वभौमिकताको रक्षा गर्ने हामी नेपालीहरु हामी सगै हाम्रा समृद्धताका आधारहरु छैनन? संसारमै अति बिरलै पाईने जातीय, भाषिक एवं धार्मिक बिबिधताको खानी हो नेपाल । संसारकै एक मात्रै भौगोलिक वनावट ७२ मीटर देखी ८८४८ मीटर सम्म उचाईको भौगोलिक एवं जल वायु बिबिधता नेपालमा मात्रै छ । नेपाल संसारकै दोश्रो ठूलो संभावित जल बिधुतको भण्डार हो । नेपालको कुनै पनि बिकासको लागी आबशयक जनशक्ति हामी सगै मौजाद छ । के संसारकै समृद्धता र स्वभिमानको लागी यी आधारहरु प्रयाप्त छैनन् । यदि प्रयाप्त छन भन,े किन हामी आफूसग भएका सवै श्रोत र साधनको सही सदुपयोग गर्न सकिरहेका छैनौ ? शायद हामीले अनावश्यक आपसी कलह, द्धन्द र बैमनश्यता मै नेपाली जिवनका २४० वर्ष खेर फाल्यौ । यस विचमा लगानीका अनुपातमा निकै कम प्रतिफल प्राप्त गर्यौ जसले गर्दा आज हामी ससारमा एकदम गरिव र पछौटे राष्टको रुपमा स्थापित भएको छौ । अब के कारणले गर्दा हामी दरिद्र भयौ भन्दा पनि के कारणले गर्दा हामी समृद्ध हन्छौ त्यतातिर सोच्ने वेला हो । संसारका अति बिकसित राष्टहरुको अनुभवबाट सिक्ने हो भने सघिय गणतान्त्रिक लोकतन्त्र, नै राष्टमा विद्यामान श्रोतहरुको परिचालन गर्ने उचित माध्याम हो, समृद्धताको आधार हो । जवसम्म जनताहरु सार्वभौम अधिकार सम्पन्न हुदैनन तव सम्म देश बिकासले गति लिन सक्दैन । कुनै एक ब्यक्ति वा सस्थाले देशलाई हाक्न सक्दैन, देश बिकासको लागी सबै नागरीकहरुको सहभागीता र योगदान अपरिहार्य हुन्छ । मुलभुत रुपमा जनताको अधिकारको सुनिश्चित गर्दै जनतालाई देश बिकासको मुल प्रवाहमा सहभागी गराउन नै सबै भन्दा महत्वपूर्ण कार्य हो । बिना बिभेद, सबै तह र तप्काका जनलालाई राष्ट निर्माणको प्रकृयामा सहभागी गराउने हो भने सबै भन्दा पहिला जन्म र बंशकै आधारमा कोही ठुलो हुने र कोही सानो हुने प्रचलनको अन्त नै समृद्ध नेपालको पूर्ब शर्त हो । निश्चित रुपमा परमरागतरुपमा नेपालीको भाग्यमाथी गीर खेल्दै आएको सामन्ती राजतन्त्र केही त्यसका दलालहरु र दासहरुको भाग्य र भबिश्यसग जोडीएको हुन सक्दछ र त्यसको उन्मुलन स्बभाविक रुपमा तिनिहरुको टाउको दुखाइको विषय हुन सक्दछ तर त्यस्ता दलाल र दासहरुलाई समयमा नै किनारा लगाउनु पर्दछ । १९९७ देखि शुरु भएको समृद्ध नेपालको लागी गौरवमय वलिदानको प्रकृया २०६४ सम्म आईपग्दा बिसौ हजार जनताको त्याग र वलिदानले सिंचिइ सक्दा पनि त्यस वलिदानलाई संस्थागत गर्न नसक्नु दुर्भाग्यपण हो । आज पनि अति अयोग्य तर चाकरी, चाप्लुसी, नातेदारि, दलालीका कारण ठुला राजनिति पार्टीका नेतृत्व तहमा रहेका केही सामन्तबादी राजतन्त्रका नोकर, दलालहरु जनताको अधिकारको प्रत्याभूति र सस्थागत स्थापनाको विपक्षमा खुलेआम बहसमा उर्तिएका छन । यदि उनिहरुलाई समयमा नै किनारा नलगाउने हो भने जनताको सार्वभौम स्वतन्त्रतालाई रक्षा गर्न गाहे हुन सक्दछ । आज परिर्वतनको ५ सयौ दिनहरु विति सक्दा पनि परिवर्तन सस्थागत हुन नसक्नुले हाम्रो राजनितिक परिर्वतन माथी गंभिर आशंकाहरु पैदा हुन थालेका छन् । मुख्यतः परिर्वतनलाई आत्मसाथ गर्न नचाहने, पटक पटक जनताको सामु असक्षम प्रमाणित भईसकेका अति नै अयोग्य र चाकरी एवं चाप्लुसीमा व्यस्त मानिसहरुको जमातनै नेतृत्वको वाहुल्यतामा भएकोले नै गौरवमय परिवर्तनलाई सस्थागत गर्न ढिलाई भएको हो । परिर्वतनका विराधी, अयोग्य एवं अवैज्ञानिक सोच भएकाहरुलाई पार्टी एवं सरकारको नेतृत्वबाट हटाई सक्षम र योग्य एवं दिर्घकालिन सोच भएका व्यक्तिहरुलाई नेतृत्वमा प्रतिस्थापन गर्दै परिर्वतनलाई जनताको पक्षमा संस्थागत गर्ने हो भने अमेरीका, युरोप र जापानले ६० वर्षमा गरेको प्रगती हामी १० वर्षमा नै गर्न सक्दछौ । एक जुगमा एक पटक ऐतिहासिक एक दिन आउछ र त्यस दिनले नै राष्ट र जनताको भविष्यको निर्धारण गर्दछ । त्यस ऐतिहासिक दिनलाई जनता र राष्टको पक्षमा संस्थागत गर्न नेतृत्वको अहमं भूमिका हुन्छ । भारतमा त्यस ऐतिहासिक दिनकोलागी माहात्म गान्धि, चिनमा माओत्सेतुड., रुसमा लेनिन, अमेरिकामा अब्राहम लिंकन ले नेतृत्व गर्नु भएको थियो भने नेपालमा त्यस ऐतिहासिक दिनको नेतृत्वकोलागी सम्माननिय प्रधान मत्रिं गिरिजा प्रसाद कोईरालाको साहसिक निर्णयलाई प्रतिक्षा गरिरहेको छ । वर्तमान समयमा प्रधानमंंित्र गिरिजा प्रसाद कोईरालाको एउटा साहसिक निर्णयले नेपाललाई गरिवीको चुंगलबाट सदा सदाको लागी मुक्ति गर्न सक्छ, नेपाललाई निरंकुशताको छायाबाट सदाको लागी मुक्ति दिन सक्दछ । के प्रधानमंत्रि यो एतिहासिक निर्णय गर्न वाट चुक्न होला ? यो समय वहांंको लागी नेपाली जनताको मुक्तिको नेतृत्वे गर्दै भविश्यका सन्ततिका आर्दश पुरुष हुने गंभिर अवसर हो । यस्तो अवस्थामा प्रधान मन्त्रिलाई ऐतिहासिक, जनमुखि साहसिक कदम चाल्न हरतरहले सहयोग गर्नु र वहाको होष्टेमा हैसे गर्नु सवै स्वाभिमानी नेपालीको कर्तव्य हो । लोकतान्त्रिक गणतन्त्र नया नेपालको प्रथम राष्टपति एवंं राष्टपिताको रुपमा युग पुरुष सम्माननिय गिरिजा प्रसाद कोईरालालाई सफलताको शुभकामना ।