प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तवीकताहरुको सिकाइमात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पुरा गरेर प्रमाण पत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो । यो रचनात्मक तौर तरिकाहरुको आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परमपरागत औपचारीक शिक्षामा निश्चित मापदण्ड पुरा गरेर प्रमाण प्रत्र प्राप्त गर्नुलाई शिक्षा भनिन्थ्यो भने आधुनिक सकारात्मक शिक्षाको मुख्य उद्धेश्य भनेको विद्यालयसँग सम्वन्धित क्षेत्रहरु तथा विधार्थीहरुको मानसिक स्वास्थ्यलाई सकारात्मक रुपले फष्टाउने गरी प्रवर्धन गरी व्यक्ति स्वयम्, परिवार, समाज, राष्ट्र र सिंगो मानव समुदायको हितमा सकारात्मक कार्य गर्न अभिप्रेरित गर्नु हो । नेपालमा विद्यालयहरुमा विधार्थीको भर्नादरमा निकै सकारात्मक उपलब्धी हासिल भएको भए पनि सिकाईको दृष्टिकोणले हेर्ने हो भने निकै नै निरासाजनक अवस्था छ । सबै अभिभावकहरु आफ्ना वाल वच्चाहरुले राम्रो ज्ञान सिकुन र विज्ञता हासिल गरुन भन्ने चाहना राख्दछन तर नेपालको शिक्षा प्रणाली परमपरागत मनोविज्ञान र सैद्धान्तिक एवम परिक्षा केन्द्रित शिक्षण भएका कारण विगत निकै लामो समयदेखी अपेक्षाकृत परिणाम प्राप्त हुन सकीरहेको छैन । समग्र शिक्षा प्रणालीमा वैज्ञानीक प्रणाली स्थापना हुन नसकेको कारण जति लगानी गरे पनि अपेक्षीत प्रतिफल प्राप्त हुन सकेको छैन र यही पद्धतीलाइ निरन्तरता दिने हो भने शिक्षा क्षेत्रको लगानी सधै वालुवामा पानी हाले सरह भैरहन्छ । जव शिक्षाको लगानीले सहि प्रतिफल दिदैन तव देशका अन्य सबै पद्धतीहरु निष्प्रभावी हुन्छन । समग्र शैक्षिक प्रणाली प्रभावकारी नहुदा सरकारी लगानी खेर गइरहेको छ भने विद्यार्थी एवम अभिभावकहरुमा असन्तुष्टि वढेको छ । देशमा भ्रष्टचार मौलाएको छ, समाजमा सदभाव र प्रेम अस्ताएको छ, सिंगो देश परनिर्भर भइ रहेकोछ, शुसान र जवाफदेहीता केवल प्राज्ञिक वहसको विषय भएको छ । यस्तै अवस्थाको निरन्तरतामा रमाउने की नयाँ पद्धतीको सुरुवात गर्ने ? निर्णय गर्ने वेला आएको छ । अवको शिक्षा प्राणालीले यस्तो अवस्थाको अन्त गरि द्रुत सकारात्मक प्रतिफल दिने र सकारात्मक जीवन पद्धती निर्माण गर्ने प्रकारको हुनु पर्दछ । त्यसकोलागि शिक्षासँग सम्वन्धित सबैको दृष्टिकोण र सोचमा आमुल रुपान्तरण आवश्यक छ ।
प्रसिद्ध दार्शनिक सुकरातका अनुसार शिक्षाले मानिसहरुका मष्तिष्क भित्र लुकेर रहेका असिमित सकारात्मक एवम् सिर्जनात्मक सोचहरुलाई प्रष्फुटन गराउन सक्नु पर्दछ । विद्यालय, शिक्षक, अभिभावक र सम्वन्धित सरोकारवालाहरुले प्रत्येक विद्यार्थीहरु भित्र रहेका त्यस्ता असिमित तर असाधारण सोचहरु र सिर्जनशिलताहरुलाइ प्रष्फुटन गराउने शैक्षिक वातावरण र तौर तरीकाहरु निर्माण गर्नु पर्दछ जसले गर्दा मात्र २१ औ शताब्दीको लागि अन्तराष्टिय शिक्षा आयोगले परिकल्पना गरेको प्रत्येक विद्यार्थीका शारिरिक, मानसिक, वौद्धिक तथा आध्यात्मीक संभावनाहरुको प्रष्फुटन गराउने गरी गुणस्तरीय शिक्षाका लक्ष्य प्राप्त गर्न सकिन्छ । गुणस्तरीय जीवनउपयोगी शिक्षामा प्रत्येक विद्यार्थीले सिकेका ज्ञान र सिप अनुरुप व्यवहार गर्न सक्ने तथा एक अर्कासँग घुलमिल हुन सक्ने हुनु पर्दछ । यसको लागि परमपरागत मनोविज्ञानमा आधारीत शिक्षाको सट्टा सकारात्मक मनोविज्ञानमा आधारीत शैक्षिक प्रणाली अवलम्वन गर्न सक्नु पर्दछ । सकारात्मक शिक्षा प्रणाली परम्परागत मनोविज्ञानका सकारात्मक पक्षहरु र सकारात्मक मनोविज्ञानको समिश्रण हो जसले मानवीय संवेदना र खुशीका कारणहरुको खोजविन गरी ती कारणहरु वढाउने आधारहरु खोज्दछ । यस प्रकारको अभ्यासले व्यक्ति भित्रको नैरश्यता, नकारात्मकता र कमजोरीलाइ हटाएर सकारात्मक र समृद्धीका कारणहरु प्रवर्धन गर्न प्रोत्साहीत गर्दछ । सकारात्मक मनोविज्ञानले विद्यार्थीहरुका सकारात्मक पक्षहरु के के हुन र के कति कारणले विद्यार्थीहरु खुशी साथ सफलता प्राप्त गर्न सक्दछन भन्ने कुराहरुको कारण खोज्दछ ।
माहात्मा गान्धीका अनुसार, शिक्षा भनेको समाजका विविधतालाइ स्विकार गरेर एक अर्काको अस्तित्वलाइ सम्मान गर्दै सहज र सरल तवरले घुलमिल हुन सक्नु हो । यसका लागि कक्षा सहपाठी एवम समाजका सवै पक्षहरुको अस्तित्व स्विकार गर्ने सक्ने सोच र तदनुरुपको व्यवहार निर्माण आवश्यक पर्दछ ।
सकारात्मक शिक्षाले विद्यार्थीहरुमा अन्तरनिहि सकारात्मक क्षमता एवम् दक्षताहरुलाई सकारात्मक संवेगका माध्यमले प्रष्फुटन गराउदछ र खुशी एवम् उत्साह जनक सिकाइको वातावरण निर्माण गर्दछ । यो सिकेका कुराहरुकोे व्यवहारीक रुपमा प्रयोग गर्ने सिपको विकास गर्ने वैज्ञानिक पद्धती सहितको कला हो । यो नयाँ अवधारण हो । नेपालका विद्यालय शिक्षण प्रकृयामा यो पद्धतीको प्रयोग एकदम नयाँ र आधुनिक हो ।
सकारात्मक शिक्षा विधार्थीहरु एवम शिक्षक र तीनका परिवारका सदस्यहरु समेतको खुशीका कारण र ती कारणहरुको सम्वर्धन एवम प्रवर्धन गर्न सक्ने संवेगात्मक भावनाहरु तथा सीपहरुको विकास गर्ने माध्याम हो । यसले व्यक्तिका सकारात्मक क्षमता एवम् दक्षताहरु, सकारात्मक संवेग, सकारात्मक र विलक्षण गुणहरु, सकारात्मक सम्वन्धका कारणहरु, सकारात्मक संगठानात्मक व्यवहारहरु, सकारात्मक नेतृत्व विकास र परिवर्तन, सकारात्मक दृष्टिकोण आदि कुराहरुको खोजी गर्न अभिप्रेरित गर्दछ र यी कुराहरुमा अभ्यस्त गराएर सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्दछ । यस शिक्षण पद्धतीले राम्रो गर्न र राम्रो महशुश गर्न आभिप्रेरित गर्दछ । सकारात्मक शिक्षाले विद्यार्थीहरुका नकारात्मक र कमजोरीहरुको खोजी गर्नुको सट्टा उनिहरुमा अन्तरनिहित सकारात्मक संभावनाहरुको खोजि र विकास गरि उनिहरुमा सकारात्मक चरित्रको निर्माण गर्ने र सकारात्मक व्यवहारको लागि अभिप्रेरित गर्ने हुँदा कक्षाकोठामा एक अर्काप्रतिको सम्मानमा वृद्धि हुँदै जान्छ र यस्ता व्यवहारहरुको सकारात्मक प्रभाव घर परिवार र समाजमा पर्दछ । यस प्रक्रियाले विद्यालय, परिवार र समाजमा एक अर्काको अस्तित्व स्विकार गर्ने, एक अर्कालाइ सम्मान गर्ने सकारात्मक सँस्कृतिको विकास हुन्छ र सिंगो समाज सकारात्मक रुपान्तरणको दिशामा अगाडी वढ्छ ।
प्रोफेसर मार्टिन सेलिगमेनका अनुसार कुनै पनि व्यक्ति वा विद्यार्थीहरुसँग सकारात्मक व्यक्तित्व विकास गर्ने सकारात्मक संवेग, आवद्धता वा सहभागिताको रुचि, सकारात्मक सम्वन्धहरु विकास गर्ने क्षमताहरु, वृहत्तर सपना र सफलता प्राप्त गर्ने दक्षताको भण्डार हुन्छ । अतः प्रत्येक विद्यार्थीहरुमा प्रयाप्त मात्रामा यस्ता सकारात्मक गुणहरु हुने हँुदा शिक्षण प्रणालीले ती गुणहरुलाइ प्रष्फुटन गराउन सक्नु पर्दछ । प्रत्येक शिक्षक, शैक्षिक व्यवस्थापक वा योजना विज्ञले उपरोक्त कुराहरुलाइ ध्यानमा राखेर शैक्षिक नीति एवम् कार्यक्रमहरु वा विद्यालयका वार्षिक कार्यक्रमहरु, कक्षा शिक्षा योजना तथा पाठ योजना निर्माण गरेर कार्यक्रम सञ्चालन गर्ने वातावरण निर्माण गरेमा शैक्षिक क्षेत्रमा चमत्कारीक रुपमा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । यसको लागि शैक्षिक नेतृत्वमा रहेका व्यक्तिहरुको सोच्ने तरिकामा आमुल रुपान्तरण हुनु जरुरी छ ।
मानिसको अनुभुतीहरु र सोचहरुको वीचमा प्रत्यक्ष सम्वन्ध हुन्छ । सकारात्मक अनुभुतिहरुले सकारात्मक सोचको निर्माण गर्दछन भने सकारात्मक सोचहरुले नै सकारात्मक अनुभुतिहरु सिर्जना गराउदछन । नेपलाको शैक्षिक प्रणाली परमपरागत मनोविज्ञानमा आधारीत भएको कारण विद्यार्थीहरुलाइ दवाव दिएर वा दण्ड दिएर उत्कृष्ट हुन अभिप्रेरीत गरिन्छ । जव शिक्षकले विद्यार्थीलाई दवाव वा दण्ड दिने गर्दछन तव विद्यार्थीले नकारात्मक अनुभुति गर्दछन र त्यस्ता नकारात्मक अनुभुतिहरुले नकारात्मक सोच पैदा गराउदछ फलस्वरुप विद्यार्थीको भुमिकामा सुधार आउन सक्दैन । त्यसको विपरीत जव विद्यार्थीका सकारात्मक कुराहरु पत्तालगाई स्यावासी दिइन्छ तव सकारात्मक अनुभुतिहरु पलाउदछन र विषय वस्तु प्रति सकारात्मक सोच पलाउदछ फलस्वरुप विद्यार्थीहरुले सकारात्मक परिणाम प्राप्त गर्दछन । त्यसकारण सकारात्मक शैक्षणीक प्रणालीले ह्रिदय र मस्तिष्कलाई जोडने र उत्साह एवम सकारात्मक उर्जा वढाउने आधार तयार गर्दछ । यस प्रणालीले विद्यार्थीहरुलाइ उनिहरुको सकारात्मक चरित्र र प्राज्ञिक उत्कृष्ठता वृद्धि गर्ने कुराहरु प्रति केन्द्रित गराउदछ ।
सकारात्मक शिक्षा प्रणालीले विशेषतः सकारात्मक चरित्रलाई प्रमुख प्रवल चरित्रहरुको रुपमा खोज गरी ती चरित्रहरु हुनुका आधार एवम् तिनीहरुको वृद्धि एवम् विकासका कारणहरु खोज्न अभिप्रेरित गर्दछ जसले गर्दा विद्यार्थीहरुको सकारात्मक व्यत्तित्वको विकास हुन्छ । विशेषतः विद्यार्थीहरुका जन्मजात वाहेक आर्जन गरेका सकारात्मक चरित्रहरुलाई वारम्वार स्याहर, संभार एवम् प्रयोग गरिरहनु पर्दछ जसले गर्दा विद्यार्थीहरुमा पूर्ण रुपमा सकारात्मक चरित्रको विकास हुन्छ र सकारात्मक एवम् रचनात्मक सिर्जना गर्न अभिपे्ररित हुन्छन ।
सकारात्मक शिक्षा पद्धती नयाँ भएकोले यस विधीलाइ विद्यालयमा लागु गर्न यससँग अन्तरनिहित अर्थहरु वुझ्ने विद्यालयका सम्वन्धित सवै पक्षहरु शिक्षक, व्यवस्थापन समुह, विद्यार्थी एवम् अभिभावकहरुलाइ यस पद्धती, यसमा अन्तरनिहित अर्थ र उद्धेश्यहरुको वारेमा प्रयाप्त ज्ञान र सिप विकास गरी तदनु रुपका योजना र शैक्षिक क्यालेण्डर वनाउन जरुरी हुन्छ । सकारात्मक शिक्षा एक सम्पूर्ण प्रकृया भएकोले विद्यालयको शैक्षिक क्यालेण्डर नै सकारात्मक खोज पद्धतीमा रहेर निर्माण गर्न सकेमा मात्रै यो प्राप्त योग्य हुन्छ । विद्यालयको सकारात्मक शैक्षिक क्यालेण्डरले विधार्थी, शिक्षक, कर्मचारीहरु एवम अभिभावकहरु सबैलाई नकारात्मक र नैराश्यवाट टाढै राखेर रणनीतिक रुपमा उत्साह र खुशीका कारण खोज्न अभिप्रेरित गर्दछ भने विद्यार्थीहरुलाई सिर्जनात्मक र रचनात्मक हुने आधार तयार गर्दछ । सकारात्मक शिक्षा पद्धतीलाइ प्राथामिक विद्यालयहरु देखी नै व्यापक रुपमा लागु गर्न सकेमा नेपाली समाजमा सकारात्मक सँस्कृतिको दिगो आधार तयार गर्न सकिन्छ ।
About The Author: Erips.nepal
More posts by erips.nepal