अग्रगामी छलाङको पूर्वशर्त लागि अग्रगामी सोचः

सबै मानिसहरु स्वर्ग जान त चाहन्छन तर मर्न कोही चाहदैनन् भन्ने विश्व प्रसिद्ध उखान नेपालको राजनीतिमा हुवहु लागु हुन्छ । विशेषतः २०४७ सालको परिवर्तनपश्चात नेपाललाइ सिंगापुर वनाउने शाब्दिक होडवाजी चल्यो भने २०६२ को जनआन्दोलन पश्चात स्विजरल्याण्ड व्राण्ड भित्रियो । दुखको कुरा सिंगापर र स्विजरल्याण्डको कुरा गर्नेहरु स्वयम वा तीनका अनुयायीहरु नियमित रुपमा सत्ता, संसद, सडक जता ततै हावी हुँदा पनि नेपालको अवस्था विगत २५ वर्ष भन्दा अपेक्षीत रुपमा फरक भएको छैन । त्याग, सर्मपण र वलिदानी इतिहासका ठूला ठूला कुराहरु गर्ने तर सत्ता, कुर्सी,पद र शक्तिको कुरा आउने वित्तिकै जस्तो सुकै कराहरुसँग पनि संझौता गर्न नचुक्ने प्रवृत्तिले नेपाली समाजमा विश्वास, सदभाव र सहकार्यको अवस्था धर्मराएको छ ।
जव डा. गोविन्द केसी स्वास्थ्य क्षेत्रको विकृतिको अन्तका लागि अनसन वस्दछन तव स्वास्थ्य क्षेत्रका विज्ञ, विद्यार्थी र शहरी जागरुक नागरीकहरु तर्क वितर्क, पक्ष विपक्षमा वहस गर्न थाल्दछन । जव वातावरणविदले देशको विग्रदो वातावरणीय अवस्थाको चित्रण गर्न थाल्दछन तव वन विज्ञान तथा वातावरण विदहरु पक्ष विपक्षमा तर्क वितर्क गर्न थाल्दछन । जव नारीवादीहरु नारी समानता र अवसरको कुरा गर्दछन तव शहर र शिक्षित नारी र आफूलाइ सामाजीक अभियान्ताको रुपमा प्रस्तुत गर्न चाहने पुरुषहरु तर्क वितर्क गर्न थाल्छन, धारणा वनाउदछन र विगतलाइ नियाल्दछन, कमजोरीहरु केलाउदछन तर जव राजनीतिक विषयमा कुनै राज नेताले विचार व्यक्त गर्दछन तव देशका हर कुना काप्चाका नागरीकहरुले चासो राख्दछन । राजनेताका भनाइहरुलाइ वुझ्ने प्रयास गर्दछन र आफ्नो वुझाइको आधारमा अर्थ र व्याख्या गर्न खोज्दछन । त्यही वुझाइ र व्याख्यामा आधारीत रहेर व्यवहारहरु तय गरिन्छन र सिंगो केन्द्र देखी गाउँ तह राजनीतिक रुपमा विभक्त हुन्छ ।
केन्द्रमा नेताहरुका मधुर मुस्कान सहित विपक्षीहरुलाई गरीएका प्रसंशायुक्त भाषणले गाउँ गाउँ र घर घरमा सामाजीक एकता मजवुत हुन्छ, सहकार्य र सदभावको वातावरण तयार हुन्छ भने त्यसको ठीक उल्टो तिनै नेताहरुको आक्रोस पुर्ण र कटाक्ष शव्दहरुले सिंगो समाजमा तित्तता, शत्रुतापुर्ण व्यवहार र द्धन्द्धलाइ वढाउँदछ । शब्दहरुले नै संसार निर्माण गर्ने हुनाले नै नेतृत्वद्धारा प्रयोग गरीने शब्दहरुले सामाजिक सम्वन्ध र यर्थाथताहरुको निक्र्यौल गर्दछन् । आज हामीले भोगेको समाज भनेका हामीले दैनिक रुपमा खेलाइएका शब्दहरुको प्रतिविम्व र निर्माण गरेको सामाजिक वास्तवीकता हो । आफूलाइ राजनेताको दावी गर्ने तर कुनै ग्याङ्गस्टारको नाइकेको जस्तो कपटपूर्ण शब्दजाल, तुच्छ र निकृष्ट व्यवहारले नेपाली युवा वर्गहरुमा राजनीति प्रति अरुचि पैदा गर्नु र शहर देखी गाउँ सम्मका जनताको वुझाइमा राजनीति फोहरी खेल हो भन्ने धारणाको विकास हुनु नितान्त स्वभाविक हुन्छ । राजनीति समग्र पद्धती भएको हुनाले यसका अभियान्ताहरुको जिम्मेवारी जुनसुकै क्षेत्रका विशेषज्ञहरु भन्दा हजारौ गुण वढी हुन्छ । राजनीतिमा संलग्न हुन चाहने र आफूलाइ सक्षम र इमान्दार हुँ भन्ने कुनै पनि व्यक्ति उच्च स्तरको जिम्मेवारी र जवाफदेहीता महशुस गर्न सक्ने हुनु पर्दछ । वास्तवमा यो निकै साहसी र दक्षतापूर्ण काम हो र यस्तै गुणका कारण आज पनि हामी विपि कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान, मनमोहन जस्ता नेताहरुलाइ संझिरहन्छौ ।
समृद्धता सबै देशका सबै जनता र सरकारहरुको चाहना हो तर जुन देशका नीति निर्माताहरु र अधिकाँश जनताहरु असफलताको व्याख्या र विश्लेषणमा संलग्न हुन्छन, त्यो देश यथास्थितीभन्दा माथी उठन सक्दैन भन्ने कुरा नेपालले नियमित रुपमा भोगेको नियतीवाट प्रमाणीत भएको छ । हामीले वुझ्नै पर्ने तथ्य के हो भने मानिसको सोचले नै कृयाकलापलाइ निर्देशीत गर्दछ, ती कृयाकलापहरुको निरन्तरता ले नै वानी व्यवहार, आदतहरुको निर्माण हुन्छ र समाजका अधिकाँश मानिहरुका व्यवहार, आदतहरुको नियमीत अभ्यास नै सामाजिक मुल्य, मान्यता र सँस्कारको रुपमा विकसित हुन्छ । यी मुल्य मान्यता र सँस्कारहरु अलिखित हुन्छन र दैनिक समाज सञ्चालनमा करिव ८० प्रतिशत योगदान यी नै अलिखित मूल्य मान्यता र सँस्कारहरुको हुन्छ । बाँकी २० प्रतिशत योगदान मात्रै लिखित कानूनहरुको रहेको हुन्छ ।
सामाजीक मूल्य मान्यता कानून भन्दा कति रुखो, दह्रो र दमदार हुन्छन भन्ने कुरा जातीय छुवाछुत, लैगिंक विभेद, वोक्सी, छाउपडी, वालविवाह, दाइजो प्रथा जस्ता कुराहरुको सामाजीक प्रभाववाट पनि प्रमाणित हुन्छ । राजनीतिक कानूनहरु समय सापेक्ष रुपमा राजनीतिक समझदारीको आधारमा परिवर्तन गर्न सकिन्छ तर सामाजीक मुल्य र मान्यताहरुको परिवर्तनका लागि निकै ठूलो मानसीक परिवर्तन चाहिन्छ । जव सामाजिक मुल्य र मान्यताहरुमा आमुल परिवर्तन आउछ तव मात्रै समाज रुपान्तरण हुन्छ । त्यसकारण नेपाली राजनेताहरु वा समाज रुपान्तरणका संवाहकहरुले निसंकोच वुझ्नु पर्ने कुराहरु के हो भने देशलाइ रुपान्तरण गर्नु छ भने देशवासीको सोचमा रुपान्तरण गर्ने विषयमा सोच्नु पर्छ । मानव दिमागले देखेका कुराहरुलाइ तस्विरको रुपमा दिमागमा राख्ने गर्दछ । जव मानिस कुनै विषयको वारेमा कुरा गर्न खोज्दछ तव उसले दिमागमा भएका चित्रलाइ शब्दले व्यक्त गर्दछ । संसारका धेरै थोरै मानिसहरुले मात्रै दिमागमा भविष्यका चित्र वनाउन सकेका हुन्छन र तदनुरुपका व्यवहार गर्न सक्दछन । ठूला ठूला वैज्ञानीकहरु, राजनेताहरु, लेखकहरुले भविष्यलाइ अनुमान गर्न सक्दछन र नयाँ नयाँ पद्धतीको आविष्कार गर्न सक्दछन । सबै मानिसहरुमा भविष्य केन्द्रित सोचको संभावना हुन्छ तर निकै थोरै मानिसहरुले मात्रै यो गुणको उपयोग गर्न सक्दछन ।
जव समाजमा नकारात्मक धारणा र विचारहरुको विकास हुन्छ तव सिंगो समाज र नागरीकहरुमा नैराश्यता, हिनतावोध, अविश्वास र त्रास जस्ता नकारात्मक संवेगहरु पैदा हुन्छन् । सवै सामाजीक मूल्य मान्यता र राजनीतिक नियम कानूनहरु निस्प्रभावी भएर जान्छन र सिंगो समाज थाहै नपाइ प्रतिगमनको चंगुलमा फस्दै जान्छ । त्यसमाथी पनि जव निकै आशा र भरोसा गरिएका नयाँ भविष्यका अभियान्ताका रुपमा प्रयाय वनेका राजनेताको रुपमा स्थापीत हुन प्रयासरत नेतृत्व वर्गद्धारा आफ्ना मनोगत, पारिवारीक, पार्टीगत तुष्टिहरु पूरा गराउन सिंगो समाज र राष्ट्रीय हितलाइ तिलाञ्जली दिदै गलत शब्दहरुको प्रयोग र व्यवहारहरुको प्रदर्शन गर्दछन तव सिंगो समाजको सोच्ने तरीका नै प्रतिगामी हुन्छ । यस्तो अवस्थामा समग्र समाजले अग्रगामी र दूरदृष्टि सहितका कुराहरुलाई पचाउन सक्दैनन र समग्र समाज नै यथास्थितीको निरन्तरताम रमाउछ जसले सवै प्रकारका आविष्कार र सिर्जनालाइ वहिष्कार गर्दछ । यो नै सकारात्मक रुपान्तरणको सबैभन्दा महत्वपूर्ण अदृश्य वाधक हो । विश्व प्रसिद्ध माहान वैज्ञानीक अल्वर्ट आन्सटाइनको ूपरिकल्पना ज्ञान भन्दा निकै महत्वपूर्ण हुन्छू भन्ने भनाइलाइ स्विकार गर्ने हो भने निवर्तमान प्रधानमन्त्री ओलीले नेपाली समाज रुपान्तरणका परिकल्पनाहरु सुनाउदा सवै भन्दा वढी हास्य पात्रका रुपमा चित्रित हुनु पर्ने थिएन र उनका परिकल्पनाहरु हाँस्यव्यग्यका विषय वस्तु नवन्नु पर्ने थियो ।
प्रोफेसर मार्टिन सेलिगम्यानको सन् १९९६ को अनुसन्धान अनुसार करिव ९८ प्रतिशत मानिसहरु विगतका नकारात्मक वा असफलताका कारणहरुको लेखाजोखा गर्न मन पराउदछन । तर विडम्वना के हो भने विगतका व्याख्या वा विश्लेषणले भविष्य रुपान्तरण हुन सक्दैन । त्यसकारण रुपान्तरणको गति र नियम नै नवुझी नयाँ नेपालको निर्माण हुन सक्दैन । सबै प्रकारका रुपान्तरणको संवाहक भनेको मानिस हो र मानिसको संवेग वा भावनाले नै मानिसलाइ उत्साही वनाउदछ । संवेगात्मक रुपमा मानिसलाइ उत्साही वनाउने कुरा भनेको उसका विगतका सफलताको लेखा जोखा र भविष्यको चाहना वा भनौ परिकल्पनाको आकृति हो भने विगतका असफलताहरुको लेखाजोखा र भविष्यको चुनौतीले निराशा र कायरता श्रोत हो ।
निवर्तमान प्रधानमन्त्रि वलीले विज्ञान सम्मत तरिकाले सबै नेपालीहरुलाइ समृद्ध भविष्यको तस्विर देखाएर रुपान्तरणको जग वसाल्न प्रयास गर्नु भएको छ र अव आउने प्रधानमन्त्रिले त्यसलाइ निरन्तरता दिन जरुरी छ । संसारको सबै प्रकारका रुपान्तरणहरु खोजवाट मात्रै संभव हुन्छ । खोज भनेको प्रश्न हो र जीवन हरपल प्रश्नवाट निर्देशित हुन्छ । त्यसकारण मुल प्रश्नको निर्माण नै सफलताको सूत्रधार हो । हामी सबैका अगाडीको मुल प्रश्न नेपालको गरिवीको कारण के हो ? भन्ने हो की कसरी समृद्ध नेपालको निर्माण हुन्छ भन्ने हो ? यी दुइ प्रश्न मध्ये सही एउटा रोज्नु आवश्यक हुन्छ र सही प्रश्न दोश्रो हो । आज सम्म नेपालले विकास गर्न नसक्नुको कारण नै अहिले सम्मका सबै सरकारहरु, सरकारी तथा गैर सरकारी संस्थाहरु तथा विश्वविद्यालय एवम स्थानीय सरकारहरुले विगतको असफलताका कारणहरुको लेखाजोखा र ब्याख्या विश्लेषणमा नै प्राथामीकता दिनु हो । विगतका सफलताका कारणहरुको खोजी र समृद्ध भविष्यको परिकल्पना गरेको भए नेपाल पनि दक्षिण कोरीया वा सिंगापुर सरह भइ सक्थ्यो । तसर्थ देशलाइ सकारात्मक रुपान्तरण गरेर समृद्धी तिरै डो¥याउने हो भने कत्ति पनि ढिलो नगरीकन हाम्रा राजनीतिक पार्टीहरु, नागरीक संघ संगठनहरु, विश्वविद्यालयहरु, घर घर, व्यक्ति व्यक्तिहरु सबैमा असफलता र चुनैती केन्द्रित सोचवाट पूर्ण रुपले मुक्त भएर सफलता र अवसर केन्द्रित सोचमा रुपान्तरित हुन जरुरी छ । हर तहमा हाम्रा समृद्धीका कारण र अवसरहरुको वारेमा व्यापक वहस अनिवार्य छ । सुन्दा अचम्म, असंभव र हावादारी लागे पनि रुपान्तरणको नियम नै यही हो । यदि हामी सबैले हाम्रो सोचलाइ समयमै वदल्न सक्यौ भने मात्रै व्यवहारलाई बदल्न सक्दछौ र व्यवहार वदल्न सक्यौ भने आदत वदलीन्छ र वदलीएको आदतलेमात्रै नयाँ सामाजिक सँस्कार, मुल्य, मान्यता निर्माण गर्न सकीन्छ र एउटा नयाँ र रुपान्तरीत समाजको निर्माण गर्न हुन्छ । सबैको वेलैमा होस फि¥या….।