सम्माननीय के पी शर्मा वलीज्यू,
अभिवादन।

सर्वप्रथम अत्याधिक जनमत प्राप्त गरी प्रतिनिधी सभाको लागि निर्वाचित हुनु भएकोमा हार्दिक वधाई । सदियौ देखी अन्याय, अत्याचार, उत्पीडन एवम गरिवीवाट थलिएको नेपाली समाजलाइ उन्मुक्तिको आशा जगाउदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने वहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा चाडै नै तपाइलाई देशले प्राप्त गर्ने सुनिश्चित छ । नेपालकै इतिहासको अत्यन्तै लोकप्रिय सरकारका गृहमन्त्री एव तत्पश्चात परराष्ट र प्रधानमन्त्रिको रुपमा नेपाली समाजलाइ आमुलरुपमा सकारात्मक रुपान्तरणको लागि तपाइले प्रस्तुत गर्नु भएको इच्छाशक्ति, प्रतिवद्धता र चाहनाले देश भरी नै नयाँ आशा, उत्साह र उमंग सञ्चार भएको छ । अव उक्त कुराहरुको कार्यान्वयनको लागि देश प्रतिक्षारत छ ।

देशका प्रवुद्ध, दिग्गजहरु र शक्तिशाली छिमेकीहरुले सुइको समेत नपाउने गरी तपाइ र कमरेड प्रचण्डले वाम गठवन्धन निर्माण गरेर देशै भरीका जनताहरुमा लामो नैराश्यताको अन्त गरी उत्साह र उमंग जगाउदै सकारात्मक रुपान्तरण, राजनीतिक स्थायीत्व र समृद्धीको आधार तयार गर्नु भयो । तपाइहरुले निर्माण गर्नुभएको यो महान गठवन्धनलाइ जनताले अत्याधिक मन पराए र त्यसकै जगमा निर्वाचनमा यो परिणाम प्राप्त हुन संभव भयो । जनताको विचारमा गरिवी, विभेद, अन्याय, अत्याचार, कुरीति, वहिष्करण र औपनीवेशीक शासन सत्ताको अन्त गर्ने यही मात्र एक विकल्प थियो । मेरो विचारमा जनताले वाम गठवन्धनलाई मत मात्रै दिएका छैनन वर्षौ देखी पिल्सीएर रहेका भावना र चाहनालाई प्रष्फुटन गराएका छन । पटक पटक ठगीएका जनताले यसपटक निकै आस

Photo: Reuters

र भरोसा योग्य सहयात्री पाएको अनुभुति गरेका छन । मलाइ विश्वास छ तपाइले जनताको आशा र भरोसालाइ वचाइ राख्न जस्तो सुकै कुर्वानी दिन तयार हुनुहुनेछ र जनतालाइ उनिहरुको निर्णयप्रति गर्व गर्ने प्रशस्त अवसरहरु दिनुहुनेछ ।

यस भन्दा पहिला पनि जनताले वामपन्थीहरुलाई भोट हालेका थिए तर त्यतीवेला स्वय मतदाताहरु नै विभाजीत थिए । यस पटक भोट हाल्दा जनताको मुहारमा झल्केको उत्साह र उमंग अतुलनीय थियो । यस्तो लाग्दथ्यो मानौ उनिहरु आफूलाई नै भोट हालेर देशको मन्त्री र प्रधानमन्त्री वन्दै थिए । सम्माननीय भावी प्रधानमन्त्रीज्यू तपाई र प्रचण्डको इतिहास, आव्हान र तपाईहरु प्रतिको विश्वासले नै यो संभव भएको हो । स्मरण रहोस हर मतदाता र तपाइहरुलाई भोट नहालेका जनताहरुले पनि यस देशमा अव चमत्कारीक विकास शुरुवात हुनेछ र सदियौ देखी गरिवीले जकडेको जीवनमा अव नयाँ विहानी आउनेछ भन्ने कुराको आस मात्रै गरेका छैनन यही विश्वासका साथ दिनाचार्य विताउन थालेका छन । यही विश्वास नै चमत्कारीक विकास र आधुनिक विश्वमा तपाइलाई विकासवादी राष्टिय राजनेताको रुपमा स्थापीत गराउने सूत्र हो ।

जनतामा तपाई र राजनीति प्रति जती जतीे विश्वास वढदै जान्छ त्यती नै समृद्धिको यात्रा द्रुत गतिमा अगाडी वढ्दछ । जनतामा आएको यो जागरण र विश्वासले नै विकासको आधारशीला तयार गरेको छ । यस्तो अनुकुल परिस्थितीमा सरकारले विकासको प्राथामिकतालाई सही तवरले निर्धारण गर्न सक्यो भने मात्रै विकास र समृद्धिको यात्रा तय गर्दछ । योजना आयोगका कृयाकलापहरु र वाम गठवन्धन लगायतका पार्टीहरुका घोषणा पत्रहरुले निदिष्ट गरेका विकासका योजनाहरुलाई विश्लेषण गर्दा विकासको प्राथामीकता सही रुपमा पहिचान भएको देखीदैन । यदि सरकारले प्राथामीकता निर्धारण गर्न सकेन भने विगतका धेरै ५ वर्ष जस्तै आगामी ५ वर्ष पनि त्यसै नै वित्नेछ । जनताको वुझाइमा विगतका ५ वर्ष भन्दा आगामी ५ वर्ष निकै फरक र महत्वपूर्ण छन । आगामी ५ वर्षको सरकारको भूमिकाले नै तपाई र तपाईको सरकारको महत्व सँगसगै सिंगो जनताको समृद्धीको चाहना एवम् कम्युनिष्टको भविष्य निर्धारण गर्नेछ ।

सम्माननीय भावी प्रधानमन्त्री ज्यू तपाइको क्याविनेटको पहिलो वैठकले नै नेपालमा सकारात्मक रुपान्तरणको जग वसाल्न सक्नेछ । तपाइलाई थाहै छ नेपाली समाज विभिन्न वर्ग र तहमा विभाजीत छ । समृद्ध र उच्च वर्गको तुलनामा गरिव न्यून वर्गका जनतालाई सरकारको खाचो धेरै छ तर विगतका अरु प्रधान मन्त्री जस्तै तपाईसमक्ष वहाँहरुको पहुँच हुन्छ भन्ने कुरामा मलाइ शंका लागेको छ । तर यदि त्यस वर्गको पहुँच तपाइ समक्ष पुग्यो भने यो देशमा ठुलै उथलपुथल आउछ भन्ने कुरामा म कदापी शंका गर्न सक्दिन । मलाइ डर के मा छ भने सरकार वन्ने वित्तिकै विगतमा जस्तै उच्च कुलिन वर्ग समाजवादको दुवाइ दिदै तपाईको विगत र भविष्यको प्रविद्धताहरुको गुणगान गाउदै तपाइहरुको वरीपरि आउनेछन र आफ्नो फाइदाको लागि तपाईलाई कामगर्न अल्मल्याउने छन तर तपाईले सबै खाले फटाहाहरुलाई गलहत्याउनु हुने छ भन्ने विश्वास डगमगाएको छैन ।

अहिले हाम्रौ समाज कृषि युगमा नै छ भने विकसित विश्व सूचना तथा प्रविधीको युगमा छ र यस्तो अवस्थाम हामीले हाम्रा रणनीतिहरु कृषि युगवाट सिधै सुचना तथा प्रविधीमा फडको मार्ने गरी केन्द्रित गरेर २१ औ शताव्दीको विकास प्राप्ती गर्ने गरी लक्षित गर्नु पर्नेछ । स्मरण रहोस विगतकै कुराहरुको टालटुल र सामन्य सुधारले नयाँ नेपालको यात्रा तय हुन सक्दैन । विकास भनेको भौतिक पूर्वाधार होइन यो मानिसको चेतना, सोच्ने शैली, श्रोत र साधनको उपयोग गर्ने सिप र व्यवहार गर्ने तरीका हो । भौतिक पूर्वाधार एउटा अँगमात्रै हो जुन मानवीय विकासको सहउत्पादन हो । सहउत्पादनलाइ प्रमुख प्राथामीकता मानेर नीति तथा रणनीति वनाउने विगतका प्रधानमन्त्रीले जस्तै कमजोरी नहोस भन्ने चाहान्छु । देश धनी हुन विश्वका सबै मानिसहरुको लागि उपयोगी हुने हाम्रै मौलिकता जनाउने विशिष्ठ र महत्वपूर्ण उत्पादन हुन जरुरी छ । त्यस्तो उत्पादन मानवीय चेतनाको उपज हो । त्यसकारण तपाइले यता तर्फ विशेष ध्यान दिनुहुने छ र हर क्षेत्रमा नयाँ आविष्कार गर्ने गरी देशमा वार्षिक करिव ५ लाख युवाहरुलाइ वैज्ञानीक चेतना र सिप सिकाउने वातावरण निर्माण गर्नुहुनेछ ।

हाम्रो रुपान्तरणको आधार भनेको जनसँख्या र जमिन हो । हामीले देशको क्षेत्रफल वढाउन सक्दैनौ तर उत्पादनको साधनको रुपमा रहेको जमिनको उत्पादकत्व करिव १० गुणा सम्म वृद्धि गर्न सक्दछौ । तपाईको नेतृत्वको सरकारले यसको लागि आवश्यक वातावरण निर्माण गर्न सक्दछ । हाम्रो देशको उत्पादनशिल जनशक्तिलाइ सिप र दक्षताले परिपूर्ण वनाउन सक्यौ भने आगामी दुई वर्षमा हामी खाद्यान्नमा निर्भर भएर निर्यात गर्न शुरु गर्न सक्दछौ । हाम्रो जमिनको उत्पादकत्वमा नाटकीय रुपमा वृद्धि हुन्छ भने लाखौ रोजगारीका अवसरहरु सिर्जना हुन सक्दछन । दक्ष जनशक्तिको प्रभाव वहुआयमिक रुपमा पर्दछ । पर्यटन व्यवसाय, आइसिटी, औषधी, यान्त्रिक निर्माण, प्रविधी निर्माण, शिक्षा लगायतका क्षेत्रहरुलाइ वजार योग्य वस्तुको रुपमा रुपान्तरण गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तर यसको लागि असाधारण सोच, दृढ इच्छाशक्ति र असाधारण प्रतिवद्धता आवश्यक पर्दछ जुन तपाइवाट आश गर्न सकिन्छ ।

एक युगमा एक दिन एक चोटी आउदछ भने झै अहिले नेपालमा त्यो दिन आएको छ र सौभाग्यवस तपाइले त्यसको नेतृत्व गर्दै हुनु हुन्छ । नेपालमा भएका समाजिक सँरचनाहरु दलिय राजनीतिक स्वार्थकेन्द्रका रुपमा परिणत भएका छन । जसले गर्दा समाजको तत्लो वर्गले पाउने सेवा, सुविधाहरुको गुणस्तर निकै कमसल छ जसले गर्दा गरिव वर्गमा चरम निराशा जन्माएको छ । जसरी यस निर्वाचनमा आम जनताहरु उत्साही भएका थिए त्यसै गरी उनिहरुले प्राप्त गर्ने सेवा र सुविधाहरु पनि विश्वस्तरीय गुणस्तरीय हुन्छन भन्ने कुरा प्रमाणित गरेर उनिहरुमा आत्म विश्वास र आत्मसम्मान जगाउनु पर्नेछ । यो काम लोकतन्त्रका लागि १४ वर्षसम्म जेल वस्ने हिम्मत भएको राजनेतावाट मात्रै आश गर्न सकिन्छ । यो एउटा कार्यकर्तालाइ नियुक्ति गर्ने र केही लाख कमिशनमा सिंगो पदको वाजी राखेर दलाली गर्नेहरुको वसको वात होइन ।

विगतमा चुनाव जित्न तपाइको आदर्शसँग टाढाको पनि कुनै साइनो नभएकाहरुसँग पनि भोटको लागि उदार हुन पर्यो होला तर अवको ५ वर्ष पछि हर जनताहरुले तपाईको दललाई खोजी खोजी भोटहाल्ने वनाउन ती व्यक्तिहरु जुन सुकै भेषमा भए पनि उनिहरुलाई निमिटयान्न पारेर दण्डहिनता, अराजकता, असहिष्णुता मान्य छैन भन्ने सन्देश जनताले छिटै प्राप्त गर्न सकेमा जनताको तपाई प्रतिको आस्था र विश्वास अझ वढेर जानेछ भने जनताको मुहारमा मुस्कान छाउनेछ । हर क्षेत्रमा भएको चरम राजनीतिकरणले गुणस्तरीय सेवा, जवाफदेहीता, जिम्मेवारीपन, शुसासन, समाजीक न्याय जस्ता कुराहरु दिवास्वप्न भएका छन । सबै क्षेत्रहरुमा भएको अति राजनीतिकरणको अन्त गरी जनवर्गीय सँगठनहरुलाई रुपान्तरण गरी उत्पादनमुखी, गुणस्तरीय सेवामुखी, उच्च जवाफदेहीता र जिम्मेवार वहन गर्न सक्ने निकायहरुको रुपमा निर्माण गर्न आवश्यक छ भने योग्यता र दक्षतामा विश्वास गर्ने समाज निर्माण तर्फ यात्रा तय गर्नु पर्नेछ । नेपाली जनतालाइ चकित पार्ने गरी तपाइको सरकारले द्रुत गतिमा कार्यहरु सम्पन्न गरेर नयाँ सँविधान एवम अधिकारमा आधारीत नयाँ नयाँ नियम कानूनहरुको निर्माण गरेर पुराना पञ्चायती कालका ऐन, नियम, नीति तथा रणनीतिहरुलाइ प्रतिस्थापन गरी नेपाली समाजमा दण्डहिनताको अन्त गर्दै समाजवाद उन्मुख गतिशिल समाजको निर्माण गर्न सफलता प्राप्त होस शुभ कामना ।

डा. राम चन्द्र लामिछाने
साभारः नागरीक दैनिक

Facebook Comments