नेपाल र अमेरिका को सरकारी बिदा को तुलना -आर के धमला

केहि युरोपिय मुलुक लाइ छोडेर  संसारभरी नै धेरै जसो ठाउ मा साप्ताहिक ४० कार्य घण्टा हुन्छ। निजि संस्थान

हरुमा संस्थानको आफ्नै नीति अनुसार त्यो भन्दा बढी घण्टा कामगर्न स्वतन्त्रता पनि हुन्छ । यसमा मैले नेपालको र अमेरिका को सरकारी कर्मचारीहरुले उपयोग गर्ने बिदाको बारेमा मात्र तुलना गरेको छु। सामान्यतया मासिक (अमेरिकाको हकमा बार्षिक) तलब तोकिएका कर्मचारी हरु ले ओभरटाइम गर्न पाउदैनन, त्यसैले स्टाण्डर्ड कार्यघण्टा नै साप्ताहिक ४० हुन्छ। नेपालमा रहदा सरकारी जागिर को अनुभब नभएकोले देखेको भोगेको र सुनेको आधारमा तुलना गरेको छु।

अमेरिका नेपालको सरकारी कार्यालय को कार्यप्रकृति हेरौं।

 

नेपालमा सरकारी कार्यालय आइतबार देखि बिहिबार सम्म १० देखि ५ बजे सम्म दैनिक ७ घण्टा खुल्ने गर्छन अनि सुक्रबार चाही १० देखि ३ बजे सम्म ५ घण्टा खुल्छन। यसरि साप्ताहिक कार्य घण्टा जम्मा ४० नै हुन आउछ। दिउसोको खाजा समय पनि यहि समय भित्र पर्ने भएकोले दैनिक १ घण्टा खाजा को समयको दरले ६ दिन कार्यालय आउदा ६ घण्टा खाजा को समय काट्ने हो भने एकदम नेट भनेको ४० मा ६ कटाएर ३४ कार्य घण्टा हुन आउछ।

अब अमेरिका को हेरौ। अमेरिका मा प्रत्यक्ष जनसम्पर्क हुने कार्यलयको मात्र कार्यालय समय हुन्छ जस्तै ८ बजे बिहान देखि बेलुका ६ बजे सम्म। प्रत्यक्ष जनसम्पर्क नहुने कार्यालय हरुमा  बिहानै ६ बजे देखि बेलुकी ८/९ बजे सम्म आफ्नो अनुकुलता अनुसार काम गर्ने अवसर हुन्छ । समय चाही सुपरभाइजर संग र आफ्नो जागिरको करार अनुसार हुन्छ, कोहि दैनिक ८ घण्टा काम गर्ने र ५ दिन काम गर्ने, कोहि दैनिक १० घण्टा

गर्ने र ४ दिन मात्र गर्ने, अनि कोहि बिहान ६ बजे नै सुरु गर्ने कोहि ९ बजे मात्र सुरु गर्ने, यो स्वतन्त्रता हुन्छ। दैनिक ८ घण्टा साप्ताहिक ५ दिन काम गर्ने कोकार्यतालिका हेरौ, बिहान ८ बजे सुरु गरेर खाजाको १ घण्टा को समय कटाएर नेट ८ घण्टा काम गरिन्छ, बेलुका ५ बजे सम्म। नेपाल को आखाले हेर्दा बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म जम्मा ९ घण्टा काम गरियो भन्ने हुन्छ, तर अमेरिका को पद्धति अनुसार खाजा को समय कटाएर खुद कार्य समय ८ घण्टा हो। अनि जनसम्पर्क हुने ठाउ मा पनि सबै जना कर्मचारी संगै आउने नभएर अलि ढिलो छिटो आउने बनाइएको हुन्छ, खाजा खान जाने पनि पालो राखिएको हुन्छ, त्यहि भएर खाजा को समय भनेर जनसम्पर्क को कार्यालय को मान्छे हरु नभेटिने अथवा काम नहुने हुदैन।  कार्यालय खुल्दा काम सुरु गर्ने कर्मचारीको समय, कार्यालय बन्द हुनु अगाडी नै सकिएको हुन पनि सक्छ, कर्मचारी को  समय ब्यबस्थापन र रोटेसन गरेर त्यसलाई ब्यबस्थित बनाइएको हुन्छ, हमेशा कर्मचारी तैयारी अबस्थामा हुन्छन।

बार्षिक बिदा को अवस्था

अमेरिका मा संघिय कर्मचारी (केन्द्रीय सरकार अन्तर्गत) हरुको बार्षिक बिदा जम्मा १० दिन हुन्छ। हरेक बर्षको लागि यो निश्चित हुन्छ। १० दिन भन्नाले दैनिक ८ घन्टाको दरले ८० घण्टा हो अथवा जम्मा २ कार्य हप्ता । व्यक्तिले पाउने निजि बिदा हरु उसको सेवा अबधि अनुसार फरक फरक हुन्छ। त्यसलाई हिसाब नगर्ने हो भने बार्षिक हिसाबमा, जम्मा ५२ कार्य हप्ता मा, २ कार्य हप्ता बिदा हुने भएकोले नेट ५० कार्य हप्ता अथवा ५० हप्ता X ४०  = २,००० घण्टा काम गर्छन ।

नेपाल को अवस्था अलि भिन्न छ, हिसाब नै गर्न गारो। कुनै बिदा कसैलाई मात्र कुनै बिदा सबैलाई मात्र। सामान्यतया कुनै बिदा, बिशेस जाति अथवा सम्प्रदाय लाइ मात्र भने पनि सरकारी काम चाही सुचारु हुने देखिदैन, जस्तै तीजमा महिला मात्र लाइ बिदा भनियो, तर कार्यालय चाही बिदा को नै मूड भएर काम हुदैन।

Leave a Reply

Leave a Comment

Your email address will not be published. Required fields are marked *