ऐतिहासीक वाम एकताले देशमा नयाँ उत्साह र उमंग जन्माएको छ । अहिलेका युवा नेताहरुभन्दा जेठो कम्युनिष्ठ पार्टी विभिन्न खेमामा विभाजीत भएको थियो । देशमा कम्युनिष्ठ जनमतको वाहुल्य भए पनि कम्युनिष्ठहरु सधै अल्पमतमा भएका कारण देशमा कम्युनिष्ठहरु शक्तिशाली भए भने के होला भन्ने कौतुहलता थियो । अहिले भएको ऐतिहासीक एकताले आम जनतामा उत्साह त जगाएको नै छ । यो एकता देश र जनताको हितमा नै उपयोग हुन्छ की सिमति केही व्यक्तिहरुको सुख शयल र सुविधामा समर्पित हुन्छ त्यो भने आउने दिनमा नेतृत्वको व्यवहारले नै देखाउनेछ । अहिले सिर्जना भएको असाधरण सकारात्मक परिवेशलाइ आधारभुत तहका जनता र देशको भविष्यसँग जोडेर उपयोग गर्ने हो भने यस एकताले दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने नै छ र देशमा लामो समयसम्म कम्युनिष्ठ प्रभाव कायाम रहनेछ । आशा गरौ यस एकताले सकारात्मक रुपान्तरणको दिर्घकालिन आधारशिला तयार गर्नेछ । यो एकताले जन्माएका सकारात्मक पक्षहरुलाइ मलजल गर्दै देश र जनताको पक्षमा अग्रगामी कदम चाल्न सबैलाइ प्रेरणा मिलोस ।
सबैलाइ शुभकामना ।

RC Lamichhane

Facebook Comments