अवसर र संभावनाको केन्द्रमा केपी वली सरकार

सम्माननीय प्रधानमन्त्री श्री केपी वलीलाइ जन्मदिनको हार्दिक शुभकामना !

एकादेशमा एक जना गुरु संगित सिकाउनको लागि निकै प्रसिद्ध हुनुहुन्थ्यो । देश विदेशवाट विद्यार्थीहरु वहासँग संगित सिक्न आउथे । वहाँले तीन महिनाको संगित सिकाउने प्याकेज वनाउनु भएको थियो र तीन महिनमा नै सवैलाई संगितमा दक्ष वनाउनु हुन्थ्यो । वहाँको शुल्क पन्ध्र हजार रुपयाँ थियो । एकदिन वहाँकोमा धेरै विद्यार्थीहरु आए र वहाँहरुसँग एक जना नयाँ र अलि फूर्तिला विद्यार्थी पनि थिए । सवै जना भर्ना गर्न कार्यालयतिर गए तर ती नयाँ विद्यार्थी गुरुसँग पहिला कुरा गरेर मात्रै भर्ना गर्न चाहान्थे त्यसकारण उनले गुरुसँग कुरा गर्नको लागि समय मागे । उनको इच्छा अनुसार उनले गुरुसँग कुरा गर्न थाले । गुरुले सोध्नुभयो भन्नुहोस तपाई म सँग के कुरा सिक्न चाहानुहुन्छ ?
विद्यार्थीले निकै रवाफीलो स्वरसहित भने गरु जी मैले साढे एक महिना संगितको कोर्ष गरिसकेको छु र वाँकी तपाइसँग सिकेर म दक्ष वन्न चाहान्छु मैले कति शुल्क तीर्न पर्ला ? गुरुले मुस्कुरुहट सहित भन्नु भयो वावु तिमी निकै जेहेन्दार छौ तिमीले यहाँ रु. वाइसहजार पाँच शय तिर्नु पर्दछ । यो सुनेर विद्यार्थी अवाक हुँदै गुरुसँग भन्दछन गुरु जी तपाइको जम्मा शुल्क नै रु. पन्ध्र हजार मात्रै हो फेरी मैले साढे एक महिनाको कोर्ष गरि सकेको छु मेरो लागि त साढे सात हजार मात्रै पर्ने होइन र ? गुरु, पुन उनलाई संझाउदै भुन्नु हुन्छ वावु हेर तिमीले कसरी साढे एक महिना सिक्यौ मलाइ थाहा भएन तर मैले तिमीले सिकेका कुराहरु सवै मेटाएर सिकाए भने मात्रै तिमीले राम्रोसँग सिक्न सक्दछौ त्यसकारण तिमीले सिकेको अल्पज्ञान मेटाउनको लागि पनि तिमिले शुल्क तिर्नु पर्दछ । गुरुले उनको सिकाईप्रति देखाएको सदाशयता र प्रतिवद्धताको स्तर देखेर विद्यार्थी मोहित हुदै भर्ना भएर संगित सिक्न थाल्यो र सवै भन्दा उत्कृष्ठ विद्यार्थी भएर निस्क्यो ।

यति वेला नेपाल एउटा ऐतिहासीक संघारमा छ । सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा वलीले नेपालले निर्धारण गरेका पुराना विकासका प्राथामिकताहरुलाई मेटाएर नयाँ तर सही प्राथामिकतामा आधारीत विकासका नीति तथा कार्यक्रम निर्माण गरेर कार्यान्वयन गर्ने साहस गर्नु भयो भने देशले वहाँकै कार्यकालमा चमत्कारीक फड्को मार्नेछ । कुनै पनि देशको विकासलाई सुधारात्मक विकास, परिवर्तन र रुपान्तरणको दृष्टिकोणवाट मापन गर्न सकिन्छ । विगतको भन्दा केही सकारात्मक सुधार हुनु केही किलोमिटर वाटो वन्नु, केही पुलहरु थपिनु, केही विद्यालय, स्वास्थ्य चौकी वन्नु, केही किलोमिटर नहर वन्नुजस्ता कुराहरु सामन्य सुधारात्मक विकास हुन र यस्ता विकासका कार्यहरु मिलिजुलीवन्ने गरेको सरकारले पनि गर्न सक्दछ ।

आजको अवस्थामा राम्रो सुधार भएर आर्थिक, समाजीक, साँस्कृति विकासको जग वस्नु भने परिवर्तन हो । यसको लागि पनि यति शक्ति शाली सरकार चाहिदैन । समान्य वहुमतको प्रतिवद्ध प्रधानमन्त्री हँुदा पनि परिवर्तन रुपको विकास हुन सक्दछ । तर आजको अवस्थामा आगामी २ वा ३ वर्षमा जनताको जीवनमा आमुल सकारात्मक रुपान्तरण भएर नयाँ जीवनशैली अपनाउन सक्नु भनेको रुपान्तरणकारी विकास हो । आज नेपाली समाजले त्यो अवस्थाको लागि निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छ । यसप्रकारको शक्तिशाली सरकार, सादगी, त्यागी, दूरदर्शी र जिम्मेवार प्रधानमन्त्री र देशै भरी व्यक्त भएको जनलहर ले रुपान्तरणकारी विकासको वातावरण निर्माण भएको छ ।

अहिले नेपालमा हर दृष्टिकोणवाट रुपान्तरणकारी विकासको लागि परिस्थिती तयार छ । खाँचो छ त केवल राजनीति नेतृत्वको इच्छाशशक्ति र विकास प्राथामिकता सहितको नीति तथा कार्यक्रमहरुको । नेपालको नीति तथा रणनीति निर्माणको प्रकृया निकै पुरानो र स्टालीनकालीन समस्या सामाधान योजना पद्धतीमा आधारीत छ । यसलाई वदल्नु जरुरी छ । अहिलेको जमाना रुपान्तरणकारी योजना पद्धतीको लागि सवलता र संभावना आधारीत योजना पद्धती हो । प्रधानमन्त्री केपी वलीले विगताका सवै अल्पसिकाईहरुलाइ मेटाएर एक्काइसौ शताब्दीको सुचना, प्रविधी, ज्ञान, दक्षता, भुमण्डलीकरण आदीमा आधारीत रहेर नेपाली जनतालाइ सहभागी गराउने उद्धेश्यले हर क्षेत्रमा न्यूनतम शासन भन्ने सिद्धान्तवाट निर्देशीत भएर हाम्रा सवल पक्षहरु र संभावनाहरुमा आधारीत भएर विकासको दुरदृष्टि, रणनीति र योजनाहरु निर्माण गर्नु पर्दछ ।
प्रसिद्ध व्यवस्थापन विज्ञ पिटर ड्रकरका अनुसार एक्काइसौ शताब्दीमा अर्थ भनेको नै ज्ञान हो र आफ्ना संभावना र सवलताहरुलाई प्रष्फुटन गराउन सक्नेले नै अर्थ प्राप्त गर्न सक्दछ । त्यसकारण नेपालका सवल पक्षहरु भनेका के के हुन ती सबैको सूक्ष्म रुपमा विश्लेषण गर्न सक्नु पर्दछ । मुख्यतः नेपालको सवलपक्षहरु भनेको यहाँका उत्पादनशील जनशक्ति, जलवायु विविधता सहितको उत्पादनशिल जमिन, समाजिक विविधता सहितको साँस्कृति विविधता, पर्यावरणीय विविधता सहितको प्राकृति श्रोत र साधनहरु, अन्तराष्टिय सम्वन्ध र सञ्जालहरु, टोल टोलसम्म फैलिएका समुदायमा आधारीत समुहहरु र देशै भरीका जनताको रुपान्तरणको चाहना नै हाम्रो रुपान्तरणको संभावना हो ।

उपरोक्त कुराहरुलाई केन्द्रमा राखेर वर्तमान सरकारले विकासलाई पुर्नपरिभाषित गरेर पुनसंरचित गर्नु पर्दछ । यस सरकारका अगाडी इतिहासले दुईवटा अहम् जिम्मेवारी दिएको छ । उत्पादकत्व वृद्धि गरि जनतालाई समृद्ध वनाएर नयाँ जीवनशैलीको अनुभुति गराउने र अन्तराष्टिय स्तरमा नेपाललाई एक सम्मानीत राष्टको रुपमा स्थापित गराउने । इतिहास देखी वर्तमान सम्ममा उपेक्षा गरिएका यी दुई कुराहरुलाई सम्वोधन गर्ने अवसर पाउनु पनि वर्तमान सरकारको सौभाग्य नै हो । यी दुबै कुराहरुको प्राप्तीले नै प्रधानमन्त्री केपी वलीलाइ इतिहास पुरुषको रुपमा स्थापीत गराउनेछ ।
यी महान लक्ष्यहरु प्राप्तीको लागि वर्तमान सरकारले आफना ध्यानहरु केन्द्रित गर्नु पर्ने हुन्छ । यसको लागि देशका हाल भइरहेका संरचनाहरुमा व्यापक रुपान्तरण गर्न जरुरी छ र त्यसको शुरुवात सवै तहको नेतृत्ववाट गर्नु पर्दछ । वार्ड देखी संघिय सरकारका प्रमुख र समुदायमा आधारीत संस्थाका प्रमुख देखी संघिय सरकारका मन्त्रीहरु सबैमा आमुल रुपान्तरणकारी सोचको आवश्यकता हुन्छ भने एक्काइसौ शताब्दीको विकास र ती विकासमा सकारात्मक प्रभाव पार्ने क्षेत्रहरु पहिचान गरि कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गर्न सक्ने साहस गर्न सक्नु पर्दछ ।

एक्काइसौ शताव्दी सहकार्य, सदभाव, सहअस्तित्वको हो । त्यसकारण सवै सरकारहरु तथा संघसंस्थाहरुले सकारात्मक रुपान्तरणमा योगदान दिनसक्ने देश भित्र तथा वाहिरका सरकार तथा गैरसरकारी संघ संस्थाहरुसँग सम्वन्ध तथा सञ्जाल विस्तार गरेर सिकाइ एवम सहयोगहरुको आदान प्रदान गर्न सक्नु पर्दछ । अहिले नेपालमा नयाँ संविधान जारी भएर कार्यान्वयन भए पनि अधिकाँश ऐन तथा कानूनहरु पञ्चायती कालीन छन त्यसकारण ती सवै कानूनहरुलाई खारेज गरेर नयाँ संविधानले परिकल्पना गरेको नयाँ र समुन्नत समाज निर्माण गर्न उत्प्रेरीत गर्ने गरी सबै क्षेत्रमा नयाँ ऐन तथा कानूनहरुको निर्माण गर्नु पर्दछ । विकासको लागि श्रोत, तथा प्रविधीहरुको महत्वपूर्ण भुमिका हुन्छ । संघिय सरकार देखी स्थानीय सरकारले आफना श्रोत र साधनहरुको सुचि तयार गरी ती श्रोतहरुको अधिकतम उपयोग गर्न आवश्यक पर्ने दक्षताको विकास गरी नयाँ प्रविधीहरुको उपयोग गर्न सक्ने वातावरणको सिर्जना गर्न सक्नु पर्दछ ।

समाजीक सँस्कारहरु, मुल्य मान्यता जस्ता कुराहरु समाजका अलिखित कानूनहरु हुन र अन्धविश्वास अवैज्ञानिक र रुढीवादी परमपरामा आधारीत विश्वास र मान्यताहरुलाई वैज्ञानीक दृष्टिकोणमा आधारीत चेतनाले प्रतिस्थापन गर्नु पर्दछ । समाजमा व्याप्त जातीय छुवाछुत, दाइजो, छाउपडी, वालविवाह, वोक्सी जस्ता कुराहरु समाजीक सँस्कारका उपज हुन । त्यसकारण वार्ड देखी केन्द्रसम्म यी कुराहरु अन्त गर्न व्यक्तिको चेतना अभिवृद्धि गर्ने रणनीति निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । देशमा कार्यान्वयन गरीएका सबै भौतिक तथा समाजिक विकासका कार्यक्रमहरु र गैर सरकारी निकाय र नीजि संघ संस्थाले समाजलाइ सकारात्मक प्रभाव पार्ने गरी देशका नियम तथा कानूनहरुलाई प्रभावकारी रुपमा पालना गर्न अभिप्रेरित गर्नु पर्दछ । विशेषतः विदेशी सहयोग प्रभावकारी कार्यान्वयनका लागि पेरीस घोषण २००५ र आक्रा घोषणालाई कडाइका साथ लागु गर्न पर्दछ भने महालेखाको सिफारीशलाई कडाइका साथ लागु गरेरे शुसासनको लागि आवश्यक पर्ने नयाँ ऐन पनि निर्माण गर्नु पर्दछ ।

आम जनतालाई अनुभुति हुने गरी दिगो रुपान्तरणका लागि जग हाल्ने गरी तत्काल निम्नलिखित कार्यहरु गर्नु पर्दछ । लोकतन्त्र, संघियत र नेपालको विविधतामा आधारीत शिक्षा प्रणाली, वर्षेनी पाँच लाख युवाहरुले वैज्ञानीक ज्ञान र सिप प्राप्त गर्ने गरी करिव दुई हजार वहु प्राविधीक विद्यालयहरुको स्थापना, करिव ३ हजार जति किसान विद्यालयहरु, राष्टिय गौरवका आयोजनाहरुलाइ समय अगावै सम्पन्न, नरम शक्तिको रुपमा रहेको कला तथा साँस्कृतिको विकासको लागि प्रत्येक प्रदेसमा सँस्कृति विश्वविद्यालयको स्थापना, विज्ञान तथा प्रविधीहरुको विकासको लागि प्रत्येक प्रदेसमा विज्ञान तथा प्रविधी विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरुको स्थापना, प्रत्येक सरकारी विद्यालयहरुका अन्तराष्टिय स्तरका भौतिक पूर्वाधारहरको व्यवस्था, सबै शिक्षण तालिम केन्द्रहरुको आधुनिकरण, स्वास्थ्य केन्द्रहरुको आधुनिकरण, स्थानीय श्रोत र साधानमा आधारीत साना तथा मझौला उद्योगहरुको स्थापनामा सहयोग तथा चिनसँग विप्पा सँझौता जस्ता कृयाकलापहरुको अग्रसरताले अग्रगामी विकासको आधारशिला तयार हुन्छ भने आधारभुत तहका जनतामा विकास प्रकृयाको शुरुवात भएको अनुभुति हुन्छ । नयाँ सोच सहित नयाँ नेपालको लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई शुभकामना ।

डा. राम चन्द्र लामिछाने, यस लेखको सम्पादित संस्करण मिति २०७४।११।११ मा नागरीक दैनिका प्रकासित भएको छ ।

http://www.nagariknews.com/news/38754/

Comments

comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *