छोटो समयमा धेरै काम गर्न पर्ने प्रधानमन्त्रीले सरकार गठनमा नै यतिका दिन लगाउनु एकदम अस्वाभिक हो । यद्यपी वहु प्रतिक्षित मन्त्री परिषदको विस्तार परमपरागत शैली भन्दा निकै भिन्दै र रोचक तरीकाले सम्पन्न भएको छ । इतिहास प्रतिको गुनासो मेटने र भविष्य प्रति गर्व गर्ने अवस्था सिर्जना गर्ने दायित्व वोकेको इतिहासकै गौरवशाली सरकारको गति द्रुत हुनु पर्दछ । अनावश्यक औचारीकता, वार्ता विमर्शमा रुमल्इरहदा जनताको आशा र भरोसा निराशा र आक्रोसमा पणित हुन्छ सरकार प्रति विश्वास गुमेर जान्छ । स्मरण रहोस जव जनताले सरकारलाइ हाम्रो भन्दछन तव त्यो सरकार एकदमै लोकप्रिय छ भन्ने वुझनु पर्दछ । त्यसकारण वर्तमान सरकार कुनै पार्टीहरुको गठवन्धनको हो भनेर भन्दा पनि नेपालीहरुको हो भन्ने व्राण्ड वनाउन सक्नु पर्दछ ।

फाटाे साभार: राताेपाटी

प्रधानमन्त्री श्री केपी वलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई चयन गरेर सरकार विज्ञताको कदर गर्दछ भन्ने सन्देस दिनुभएको छ जसले आम क्षमतावान युवाहरुलाइ उत्साहीत वनाएको छ । यसै गरी राजनीतिक सिमाना काटेर विज्ञताको आधारमा अन्य थव विज्ञहरुलाइ छनौट गर्ने हिम्मत गर्नु भयो भने आगामी इतिहासमा वहाँ अतुलनीय राजनेतको रुपमा स्थापित हुनु हुनेछ नेल्सन मण्डेला पनि त्यस्तो गर्नु भएको थियो । आजदेसलाई यस्तै सकारात्मक चमत्कार पर्ने नेताको आवश्यकता छ । जसरी प्रधानमन्त्रीले अर्थमन्त्रीमा देसलाई सरप्रराइज दिनु भएको छ त्यसैगरी अर्थमन्त्रीले पनि देश र जनतालाई सुखद सरपराइज दिनु हुनेछ भन्ने आम जनताले आशा गरेका छन । यस सरकारका मन्त्रीहरुको प्रतिवद्धता र विगतका त्याग हेर्दा प्रशस्त आश गर्ने ठाउँ छ । वहाँहरुले आफूमा अन्तरनिहीत क्षमतालाई देश, जनता खासगरी भोका, नाँगा, निरह गरिव जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नु भयो भने सदियौ देखीको सामाजिक न्याय सहित समाज निर्माण गर्ने चाहना पुरा हुन्छ । सरकाराई सफल कार्यकालको शुभ कामना ।
डा. राम चन्द्र लामिछाने
२०७४ साल फाल्गुण १४ गते, काठमाण्डौ

Facebook Comments