सकारात्मक सामाजिक रुपान्तरणको लागि सकारात्मक पत्रकारीता

समाजमा हुने सबै विषयवस्तुहरुसँग सम्वन्धित नियमीत वा आकस्मीक कृयाकलापहरु र विषयवस्तुका विवरणहरु संकलन र सम्पादन गरी शब्द, आवाज वा तस्वीरहरुलाई सञ्चार माध्यामद्धारा जनता समक्ष प्रस्तुत गर्नु पत्रकारीता हो । पत्रकारीताको उद्धेश्य जनतालाई सुसुचित गर्नु मात्रै नभई, सत्य र तथ्य आकडाहरुको सदुपयोग गरेर सही र विश्वासीलो निर्णय गर्न सक्ने अवसर सिर्जना पनि गर्नु हो । आम मानिसले सञ्चार माध्यामहरुवाट प्राप्त सामाजीक घटना, परिघटनाहरुका सूचनाहरुको आधारमा व्याख्या र विश्लेषण गरेर तदनुरुपका धारणहरु वनाउदछन । ती धारणाहरु अनुसार नै व्यवहार गर्दछन । कालन्तरमा त्यस्तै व्यवहारहरु नै समाजिक सँस्कार वनेर वस्दछन र समाजलाई निर्देशित गर्दछन । पत्रकार भनेका समाजका गुरुहरु हुन भने सञ्चार माध्यामहरु भनेका आम जनताकालागि मार्गनिर्देशक पुस्तक (गाईड वुक)हरु हुन जसले प्रस्तुत गरेका सुचना र ती सुचनाहरुको व्याख्या तथा विश्लेषणहरुले आम जनताका दैनिक जीवनलाई निर्देशीत गर्दछन । विकास, सुरक्षा र रुपान्तरणका लागि सञ्चारमाध्याम अपरिहार्य भएका कारण यतिका धेरै सञ्चारका माध्यामहरु कार्यरत हुन संभव भएको हो । सञ्चार माध्यामहरुले जे कुरालाई वढ्ता ध्यान दिन्छन ती कुराहरु नै समाजिक वास्तवीकता वन्दछन । सञ्चार माध्यामले नै समाजीक मुद्धाहरु निर्धारण गरेर नयाँ वास्तवीकताहरु निर्माण गर्दछन । यस अर्थमा सञ्चार माध्यामहरु नै सामाजिक वास्तवीकताका सहनिर्माताहरु पनि हुन । प्रतक्षय वा परोक्ष रुपमा समाजलाई पश्चगमनमा डोर्याउने की, यथास्थितीमा राख्ने वा आमुल रुपान्तरणको दिशामा निर्देशित गर्ने भन्ने कुरा सिंगो सञ्चार जगतले निर्धारण गर्दछ ।

हाम्रो समाज, विश्वविद्यालय, विद्यालय, राजनीतिक पार्टीहरु र व्यापारीक प्रतिष्ठानहरु सवै परमपरागत मनोविज्ञानमा आधारीत परिवर्तनका नियमहरुवाट निर्देशित छन । परमपरागत मनोविज्ञानका अनुसार समस्याहरुको समाधान वा गल्ती कमजोरीहरुको सुधार नै परिवर्तन हो । त्यसकारण हाम्रा सवै प्रयासहरु समस्या समाधान वा भनौ गल्ती कमजोरीहरु सुधार्नमा मात्रै केन्द्रित हुन्छन । सामन्य वोलीचाली, छलफल वहसहरुमा देखी योजना आयोगका योजना तर्जुमा गर्दा पनि कमजोरी वा समस्याहरु पत्तालगाई ती समस्याहरुको समाधानका उपाहरुमात्रै खोजिन्छ । यस विधीको प्रयोगमा हाम्रो पुरा ध्यान विगतका असफलताका कारण र प्रभावको व्याख्या र विश्लेषणमा केन्द्रित रहन्छ । यस विधी अनुसार शत प्रतिशत उपलब्धीहरु प्राप्त भए भने पनि समाज यथास्थितीभन्दा अगाडी वढदैन । यथास्थितीको प्राप्ती नै यस विधीको अधिकतम उपलब्धी हो । हालसम्म अरबौ रकम खर्च हुँदा पनि नेपालको विकास नहुनु योजना निर्माण पद्धतीमा यस विधीको प्रयोग कै कारण हो । यस विधीको मुल मान्यता नै सवल पक्षहरु त रहिनै रहन्छन नी कमजोरीहरु के के छन त्यस तर्फ ध्यान दिउ भन्ने सिद्धान्तवाट निर्देशीत छ । यसै मान्यताअनुसार नै आम सञ्चार जगत र सिंगो पत्रकारीता पनि निर्देशीत रहेको छ । जसले गर्दा पत्रकारीतामा पनि कमजोरी औल्याउने, गल्तीहरु सुधार गर्ने वा गल्ती वा कमजोरीहरुका कारणहरु र ती कारणहरुले पारेका प्रभावहरुको विश्लेषण गरेर भविष्यको पुर्वानुमान गर्ने गरिन्छ । परमपरागत मनोविज्ञानले भने अनुसार कमी कमजोरीहरु पत्तालगाएर तीनको समाधान गर्न अभिप्रेरित गरिन्छ । समाज रुपान्तरणको मुल माध्याम आम सञ्चार भए पनि नेपालको पत्रकारीता परमपरागत मनोविज्ञानमा आधारीत भएको कारण यसको मुख्य उपलब्धी यथास्थितीको निरन्तरतामा नै सिमित रहेको छ ।

मुख्यत वर्तमानमा वसेर समाचारका श्रोतहरु नियाल्दा विगतका सफलता एवम असफलताहरु, तीनका कारणहरु, तीनले पारेका असर र प्रभावहरु हुन भने भविष्यका संभावना र चुनौतीहरु नै मुख्य श्रोतहरु हुन । कुनै पनि पत्रकारले वर्तमानमा समाचार तयार गर्दा विगतका सफलता तथा असफलता वा भविष्यका संभावना र चुनौतीहरु भित्र रहेर नै तयार गर्दछन । नेपाली पत्रकारीता परमपरागत मनोविज्ञामा आधारीत भएको हुनाले अधिकाँश समाचारहरु विगतका कमी कमजोरीहरु र तीनको कारण र प्रभावको व्याख्यामा केन्द्रित हुन्छ । कथमकथाचि भविष्यलाई हेर्दा पनि भविष्यका चुनौतीरुलाई अनुमान गरेर समाचार वा दृष्टिकोण तयार गरिन्छ । विगतका समस्याहरु र भविष्यका चुनौतीहरुको संयोजन गरेर समाचार तयार गर्दा होस वा दृष्टिकोण निर्माण गर्दा होस त्यसवाट नकारात्मक परिणाम नै प्राप्त हुन्छ र चाहेर वा नचाहेर सञ्चार माध्यामहरुले नकारात्मक सन्देशहरु फैलाइरहेका हुन्छन । जव समाचार माध्याममा अत्याधिक नकारात्मक विषयवस्तुहरु प्रस्तुत हुन्छन तव आम जनमानसमा नकारात्मक मनोविज्ञान विकास हुन्छ र देशमा अव केही पनि हुदैन, यहाँ भविष्य छैन, न्याय पाइदैन, जुन जोगी आए पनि कानै चिरेको जस्ता अत्यन्तै नकारात्मक धारणाहरु विकसित हुन जान्छन । आम रुपमा यस्ता धारणाहरु विकास हुदै जादा सेवा प्रदायकहरुले गुणस्तरीय सेवा नदिदा पनि सेवा ग्राहीलहरुले कहि कतै उजुर गर्दैनन । जसले जति लुटे पनि जनताले चासो वा सरोकार राख्दैनन । समाजमा उत्कृष्ठ काम गर्नेहरु ओझेलमा हुन्छन र वेइमान र फटाहहरु चर्चाको शिखरमा हुन्छन । इमान्दार नेता, कर्मचारीहरु एवम् समाजसेवीहरु अल्पमतमा पर्दछन र देश नै एक कुशासनको कुचक्रको शिकार हुन्छ । यसको ठीक विपरीत सकारात्मक मनोविज्ञानले देश, समाज र जनतालाई गतिशिल वनाउदछ ।

आधुनिक सकारात्मक मनोविज्ञानका अनुसार मानिसको सञ्चालन शक्ति भनेको उसको संवेगात्मक भावना हो । यदि संवेगात्मक रुपमा उसले राम्रो महशुस गर्न सक्यो भने मात्रै उसमा सकारात्मक सोचाइहरु आउँदछन र अकल्पनिय क्षमताहरु प्रष्फुटन हुन्छन । सरकारात्मक सोचाइलेमात्रै सकारात्मक कार्यहरु गर्न सक्दछ । वारम्वार गरिने सकारात्मक कार्यहरुले मात्रै समाजमा सकारात्मक सँस्कृतिको विकास हुन्छ र समाज सकारात्मक रुपान्तरणको दिशामा अगाडी वढ्दछ । नकारात्मक सोचलाई प्रतिस्थापन गरेर सकारात्मक सोच धारणा गर्नको लागि हर क्षेत्रका प्रयाप्त उत्साहवर्धक र सकारात्मक सूचना र जानाकारीको आवश्यकता पर्दछ । समाजमा सकारात्मक गतिविधीहरु हुनका लागि जनताहरु सकारात्मक संवेगात्मक रुपमा जोडिनु आवश्यक छ । सकरात्मक संवेगहरुले नै एक अर्कामा सहयोग, सदभाव, सहकार्य, सिर्जनशिलताको वातावरण तयार गर्दछ । जातीय छुवाछुत लगायतका सवै प्रकारको विभेदको लागि सवै जनताहरु एक अर्कासँग संवेगात्मक रुपमा जोडिनु आवश्यक हुन्छ ।

मानिसहरु एक अर्कामा अन्तरसम्वन्धित हुन्छन र यो अन्तरसम्वन्ध जति मजवुत हुन्छ त्यती नै समाज अग्रगमनको दिशामा अगाडी वढदछ । एक अर्काका सकारात्मक पक्षहरुको उजागार गरेर एकले अर्काको प्रंसंशा गर्ने परमपरा र सँस्कारले भावनात्मक रुपमा सामाजिक एकता मजवुत हुन्छ । जव समुदायका सदस्यहरु एक आपसमा सहकार्य र सदभाव व्यक्त गर्न थाल्दछन तवमात्र उन्नत र परिस्कृत समाज निर्माणको प्रकृयामा सहभागी हुन्छन । विविधायुक्त नेपाली समाजमा एक समुदायले अर्को समुदायको पहिचान र आत्म सम्मानलाइ सम्मान र रक्षा गर्दै सम्वन्धहरुको विकास गर्नु पर्दछ । यसो गर्नाले सम्पुर्ण तिक्तताहरु निर्मुल हुन्छन, सम्वन्धहरुमा मिठास आउदछ अनिमात्र नयाँ र सम्मानीत अवस्थाको निर्माण हुन्छ । जव नयाँ सम्वन्धहरु घर घर देखी व्यक्ति व्यक्ति वीच स्थापित हुन जान्छन तव मात्र सम्वन्धको नयाँ अर्थ निर्माण हुन्छ र यस नयाँ अर्थले नयाँ समाज निर्मााण्को आधारशीला तयार गर्दछ । मनोवैज्ञानीक रुपमा नयाँ भविष्यको आधारशिला तयार भए पछि मात्रै नयाँ समाज प्राप्तीमा फडको मार्न सकिन्छ । यसरी परमपरागत पत्रकारीताको वदलामा सकारात्मक पत्रकारीताको माध्यामले सहज तवरले नयाँ समाज प्राप्त गर्न सकिन्छ । जव देशभरीका सञ्चार माध्यामले देश भित्रका विविध पक्षहरुमा अन्तरनिहित सकारात्मक सन्देशहरु प्रवाहीत गर्न थाल्दछन तव देश भरी सकारात्मक वातावरण निर्माण हुन्छ ।

सकारात्मक पत्रकारीतालाई रुपान्तरणकारी पत्रकारीता पनि भनिन्छ । यसले विगतका सफलताहरुको लेखाजोखा गर्दछ र के कति कारणले ती सफलताहरु प्राप्त भएक थिए र ती सफलताहरुले समाजमा कहाँ कहाँ के के सकारात्मक प्रभाव पार्न सके भन्ने कुराको सोधखोज गरेर सोही मुताविक समाचारहरु तयार गर्दछ । वर्तमानमा वसेर भविष्यमा के कस्ता संभावनाहरु छन, के कति कारणहरुले ती संभावनाहरु अवसरमा परिणत हुन्छ र आम जनताले नयाँ नयाँ अवसरहरु प्राप्त गर्न सक्दछन, ती अवसरहरु प्राप्त गर्न सकियो भने के कस्ता सकारात्मक परिणाम प्राप्त हुन्छन, ती सकरात्मक परिणामहरुले कहाँ कहाँ के के प्रभाव पार्दछन भन्ने विषयमा विस्तृत खोज गरेर लेखा जोखा गरि समाचार वा दृष्टिकोण तयार गर्न अभिप्रेरित गर्दछ । यसरी तयार गरिएका समाचार वा दृष्टिकोणहरु निसन्देह सकारात्मक हुन्छन । यस्ता समाचारले अविश्वास र अन्यौलतामा रुमलीएका दर्शक एवम पाठकहरुलाई सुन्दर भविष्य तर्फ मार्ग निर्देश गरेर सोच र व्यवहारलाई आमुल रुपमा रुपान्तरण गर्न अभिप्रेरित गर्दछ । मैले गर्न सक्छु, मैले गर्न पर्दछ भन्ने सोचको विकास गराएर सम्पुर्ण जनसमुदायलाई गतिशिल र सिर्जनशिल वनाईदिन्छ । आमुल रुपान्तरणको संघारमा उभिएको यससुर्वण अवसरमा नेपाली सञ्चार जगतले सकारात्मक पत्रकारीताका माध्यामले नेपालको आमुल रुपान्तरणको प्रकृयामा अतुलनीय योगदान दिन सक्दछन । सबैमा शुभकामना ।

डा. राम चन्द्र लामिछाने २०७४ साल चैत्र ७ गते काठमाण्डौ
यस लेखको सम्पादित संस्करण सदृश्य.कमवाट पनि प्रकासित भएको छ ।

सकारात्मक पत्रकारिता

Comments

comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *