कार्यस्थलमा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस, तोमोको निसिमोतो, एशिया प्रशान्त क्षेत्रिय निर्देशक,(आईएलओ)

युवा श्रमिकहरुको सुरक्षा र स्वास्थ्यमा सुधार र बालश्रम अन्त्यको आहवान गर्दै यो वर्ष कार्यस्थलमा सुरक्षा र स्वास्थ्य वर्ष दिवस र बालश्रम बिरुद्धको वर्ष दिवस एकैसाथ आएका छन् ।
यो अभियानले दिगो बिकास लक्ष (एसडीजी) को ८.८ अन्तर्गत सबै श्रमिकहरुलाई सन् २०३० सम्म सुरक्षित र निश्चिन्त वातावरणमा काम गर्ने र दिगो बिकास लक्ष अन्तर्गत ८.७ अनुरुप २०२५ सम्म सबै प्रकारका वालश्रमको अन्त्य गर्न लक्षित पहलहरुलाई गति दिने लक्ष लिएको छ ।
विश्वभरको भावी श्रमशक्तिलाई लाभ पुग्नेगरि यी लक्षहरु हासिल गर्न निश्चय नै बालश्रम अन्त्य गर्न र व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई प्रवद्र्धन गर्न अनुकूल र एकीकृत संस्कारको बिकास गर्नु जरुरी देखिन्छ ।
१५ देखि २४ बर्ष समूहका ५४.१ करोड श्रमिकहरु मध्ये तीन करोड ७० लाख बालश्रमिकहरु अझैपनि जोखिमपूर्ण काममा संलग्न छन् जुन विश्वको श्रमशक्तिको १५ प्रतिशत हिस्सा हो । २५ बर्ष माथिका श्रमिकहरु भन्दा उनीहरुले ४० प्रतिशत बढी गम्भिर प्रकृतिका व्यवसायजन्य चोटपटक बेहोर्ने गर्दछन् ।

युवा श्रमिकबीच व्यबसायजन्य सुरक्षा र स्वास्थ्यका जोखिमहरु बढी हुनुमा धेरै कारणहरु छन्, जस्तै उनीहरुको शारिरीक र मनोबैज्ञानिक विकासक्रम, काममा अनुभवको कमी र अपर्याप्त तालिम, कार्यस्थलमा आउनसक्ने जोखिमहरुबारे सचेतनामा कमी र सौदाबाजी गर्ने सामथ्र्य नहुनु, जसले गर्दा सुरक्षा र स्वास्थ्यका प्रावधानहरु फितलो रहँदा रहँदै पनि युवाहरु जोखिमयुक्त काम वा रोजगारी स्वीकार्न बाध्य हुन्छन् ।

२०१८ को सुरक्षा दिवस अभियानले यी चुनौतीहरुलाई टड्कारो सम्बोधन गर्न र युवा श्रमिकहरुको व्यबसायजन्य सुरक्षा र स्वास्थ्यका सवालहरुमा सुधार ल्याउन अत्यावश्यक भएको दर्शाएको छ । यसो हुदाँ युवाहरुको मर्यादित रोजगारी मात्र प्रवद्र्धन हुँदैन, जोखिमयुक्त र सबै प्रकारका बालश्रमहरुको अन्त्य गर्ने प्रयासहरुको श्रृङखला पनि जोडिन्छ ।

Comments

comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *