दुइ पार्टीको एकिकरणले नयाँ नेपाल निर्माणको आधार तयार भएको छ ।

भावी पुस्ताको लागि नयाँ नेपाल निर्माण गर्ने अठोटका साथ एकिकृत दुइ पार्टीका शिर्ष नेतृत्वलाइ हार्दिक वधाइ तथा शुभकामना छ । यस महान कामले भावि पुस्ताको भविष्य सुरक्षि र समृद्ध छ भन्ने आधार तयार भएको छ । दुई ठुला पार्टीहरुको एकिकरणले कम्युनिष्ठहरुमा उत्साह त थपेको नै छ तर गैर कम्युनिष्ठहरुले पनि अव देशमा स्थिरता हुन्छ र विगतमा विविध कारणले भएका वेथितीहरुको अन्त हुन्छ र नयाँ सँस्कारको आविष्कार भएर समाज रुपान्तरण हुन्छ भनेर आस गरेका छन । कम्युनिष्ठ पार्टीहरुको सैद्धान्तिक स्पष्टता र सिन्द्धान्तलाइ व्यवहारमा उतार्ने कार्यनितीको स्पष्ठ ज्ञानले मात्रै यो एकताले सिर्जना गरेको उत्साह र उमंगलाई व्यवहारमा परिणत गर्न सक्दछ । आफूलाइ माक्र्सवादी र समाजवादी भन्ने तर विकासका मोडलहरु भने चरम पूजीवादी देशहरुको उदाहरण दिने नेताहरुको अगुवाइमा यो माहान उद्धेश्य प्राप्ती हुदैन । एकिकृत पार्टीका अधिकाँश नेताहरुमा सैद्धान्तिक अस्पष्टता व्यापक छ । आज स्थानीय निकायमा यस पार्टीका नेताहरुको नेतृत्व भएको एक वर्ष भयो र प्रादेसीक तथा संघिय सरकार गठन भएको पनि ४ महिना भइसक्यो । तर जनताले जनताले वहुदलीय जनवाद वा जनताको जनवाद भनेको के हो ? यस विचारमा आधारीत विकासको नमुना कस्तो हुन्छ भन्ने थाहा पाएका छैनन । नेपाली काँग्रेस, राजपा, ससफा र नयाँ शक्तिका निर्वाचित प्रतिनिधीहरु भन्दा कम्युनिष्ठ पार्टीका जनप्रतिनिधीहरु कुन अर्थमा फरक छन ? जनताले महशुश गर्न पाएका छैनन । यो कुरा प्रमाणीत नगरी भाषण र हामी एकिकृत भयौ भन्दैमा गरिवी, उत्पीडन, विभेद, असमानता र असामवेशीताको अन्त हुदैन । त्यसको लागि यस पार्टीका नेताहरु, कार्यकताहरु सवैको मनोवृत्ति, सोच, सिप, दक्षता, वुझाइ र गराईमा आमुल परिवर्तन चाहिन्छ । स्मरण रहोस प्रसिद्ध वैज्ञानीक अल्वर्ट आन्सटाइले भने अनुसार वारम्वार उही कुरा गरेर फरक परिणामको आश गर्नु पागलपनको पराकष्ठ हो । आजको जमानामा जनताले भुमिका र परिणामवाट मापन गर्नेछन । यस्तो सुवर्ण मौका त्यत्रो शक्तिशाली पार्टीले सदुपयोग गरोस र नयाँ र समृद्ध सोचका साथ नयाँ नेपालको नेतृत्व गरोस । सफलताको हार्दिक शुभकामना ।
डा. राम चन्द्र लामिछाने काठमाण्डौ २०७५ साल जेठ ६ गते

Comments

comments

Leave a Comment

Your email address will not be published. Required fields are marked *