जेष्ठ १२ । पर्साको सखुवा प्रासौनी वार्ड २ स्थीत श्री दिप नारायण आदर्श उच्च मा बीको प्राङगणमा आज रक्तदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६ जना महिला विभा चौधरी, प्रेम लाता चौधरी, ज्ञानु चौधरी ,उमा भैया रभीम कुमारी चौधरी लगायत ७९जाना पुरुष रूपनारायण चौधरी, जय प्रलश चौधरी, खेमराज चौधरी, अजय महतो ,देव चौधरी लगायत जम्मा ८५ जाना ले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रबिधिक नितेश कुमार साहले जानकारी दिनु भयो । रक्तदान कार्यक्रम थारु एक नामक थारू युवाहरुको लूज नेटवर्क संस्थाद्वारा आयोजना गरिएको हो । यसै बिच, सामाजिक विकृति तथा समाजमा युवाहरुको भूमिका बारेमा अन्तक्रिया कार्यक्रम पनि गरिएको छ । था
रु एक नामक संस्थाका अध्यक्ष खेमराज राय थारूको अभ्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अथिति पटेर्वा सुगौली गाऊपालिका उपाध्यक्ष ममता महतो थारु तथा बिशिष्ट अथिति सामाजिक अभियन्ता प्रकाश थारू, ठाकुर राम बहुमुखी क्याम्पसको प्राध्यापक राजेन्द्र माहतों थारू तथा समाजशास्त्री राजेन्द्र कंडेल लगायतले आ–आफ्नो मंतब्य व्यक्त गर्नु भएको थियो । रक्त संचारकेन्द्र वीरगंजमा रगतको अभाव भैरहेको बेलामा प्रयास गरेर रक्तदान कार्यक्रम गाउँ घरमा गर्नु पर्ने साथै सामाजिक कुरीति तथा समाजमा युवाहरुको भूमिका बारेमा व्यक्ताहरुले जोड दिएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनु भयो । सो औसरमा थारु संस्कृति झलकिने गित संगीत तथा नृत्य प्रदर्शन पनि गरिएको बताइएको छ ।
Received from Mr. Prakash Tharu Birganj. – May 26, 2018
About The Author: Erips.nepal
More posts by erips.nepal