हो हाम्रो यात्रामा संगै काम गरेकाहरु माथि पुगे होलान गाडी घरको ब्यबस्था पनि गरे होलान ।राजनितिमा पहुच पनि पुगेकै होला ।
म सडकमै छु श्रममा नै छु पावरको धमास दिने अाट पनि छैन ।
व्यक्तिगत फाईदको लागि कुनै मन्दिर धाएको छैन र कुनै देवताको अाशिर्वाद को लोभ पनि छैन ।वस तिमिले साथ दियौ भने अझ कम्युनिष्ट सिदान्तको अाधारमा अाफुलाई बदल्दै समाज रुपान्तरणको अान्दोलनमा सधै लाग्न सक्छौ।
भन्नेहरुलाई भन्न देउ अपमान गर्नेहरुलाइ अझबढी गर भन्देउ तर अरुजस्तै पद पैसा र प्रतिष्ठा का लागि जे पनि गर र अरु जस्तै वन नभन।
अनैतिक भष्टाचारी र राजनितिलाई कमाई खाने भाडो बनाउनु पर्छ भन्ने कुरामा म सहमत हुन सक्दिन।त्यसो गर्नु भन्दा मलाई सडकछाप हुन नै स्विकार छ।
हो तिमिलाई मसंगको सहकार्य गारो छ पारिवारिक साथ रहेन ।अभाव र गरिविले छोडेन र समकालिनहरुको सान सौकत फुर्ति ले अलिअलि असर गरेको हुन पनि सक्छ।
हाम्रो ध्यान अरुले के गरे भन्ने भन्दा पनि हामी अाफुले चाहिँ के गर्ने भन्ने कुरामा नै लाग्नु पर्छ।
सबै कुरा एकैपटक बदलिदैन लामो समय लाग्छ तर हरपल हामिले बदल्ने कुरमा निरन्तरता दिनु पर्छ।
बिश्वासमा हो धोका हुने तेसैले बिश्वास गरेसंगै संका पनि गर्नु पर्छ।
यो संसार बदल्नेहरुले धेरै दुःख र सास्ति बिहोरेका छन अपमान सहेका छन कतिप्रय मारिएका पनि छन ।कतिप्रय बदल्ने अान्दोलनमा हिडेपनि अन्तिममा धोका दिएका पनि छन।
हामिले अाफ्नो बारेमा हैन चिन्ता गर्ने ।समाजलाई बदल्ने र सबैलाई समम्ान गर्ने सामाजिक ब्यबस्था कसरी ल्याउन सकिन्छ भन्नेकुरामा हो चिन्तन गर्ने ।
समाज रुपान्तरण गर्छु भन्दै सयौ ठेकेदारहरु अाउन सक्छन निजि फाईदाका लागि सिदान्तको खोल अोढेर ।कहिलेकाही भ्रममा पर्न पनि सकिन्छ गलत बाटोमा पनि पुगिन्छ होला तर पनि सहि बाटोको यात्रामा त लगातार लाग्नु पर्छ।
बिगतको यात्रा सहि थियो र त वर्तमान मा पनि सहियात्रा गरियो भने भबिश्य अझ राम्रो हुन्छ ।
तेसैले निरासा अावेग कुन्ठा सबैबाट अलग हुँदै सवै मानिसको लागि राम्रो हुने यात्रमा तिम्रो साथ रहने नै छ ।यसमा मेरो दिर्ढ बिस्वास छ।