नेपालका समाजबादी भनाउदाहरुले यो कुरा जानुन, उनिहरुलाई त पाकिस्तानी पुजीवादी नेता इमरान खान र क्रोसियाकी राष्ट्रपती जस्ता नेताहरुले पनि कुरिकुरी गरिरहेका छ्न।

पाकिस्तानमा:-

१) पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री तथा पुर्व क्रिकेटर इमरान खानद्वारा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत रहने ५२४ को जम्बो टिमलाई २ जनामा झार्ने घोषणा।
२)दरबार जस्तो प्रधानमन्त्री निवासलाई विश्वबिधालयमा रुपान्तरित गरी आफु सामान्य तीन-बेडरुमको घरमा बस्ने।
३)प्रधानमन्त्रीका लागि छुट्याइएको ३३ वटा बुलेट्प्रुफ कार सहित ८० वटा गाडीलाई बिक्री गरी गरिबीका कारणले हाल बिद्यालय भन्दा बाहिर रहेका करिब २ करोड विद्यार्थीलाई पुन: स्कुल भर्ना गर्न खर्च गरिने।


४)प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलीकोप्टरलाई बिक्री गरी मातृशिशु मृत्‍यु-दर घटाउन प्रयोग गरिने।

क्रोसियामा:-

१ क्रोएसिया कि राष्ट्रपतिले देशको उन्नतिको लागि राष्ट्रपति भए पछि राष्ट्रपतिले चड्ने विमान बिक्रि गरेर अाएको रकम राष्ट्रको कोषमा जम्मा गरिन ।
२ . ३५ वटा मंहगा मर्सिडिज गाडिहरु जो त्यहाका मन्त्रीहरुले चड्ने गर्दथे ती सबै बेचेर अाएको रकम पनि राजकोषमा जम्मा गराइन ।
३ अाफु बिदेश जानु पर्दा एउटा सामान्य नागरिक जस्तै भाडाका प्लेनको पनि ईकोनोमिक क्लासको टिकट लिएर समान्य मानिस सरह यात्रा गर्दछिन ।
४ देश लाई बिकासको मार्गमा लान भन्दै उनले अाफ्नो र त्यहाका मन्त्रीहरुको तलव मा ५०% ( अाधा ) कटौती गरिन।

नेपालमा:-

१)सांसद ,मन्त्रीहरू,प्रधानमन्त्री ,राष्ट्रपती सबैको तलब,भत्ता बढाइयो।नेताहरुले बिदेशमा गर्ने औषधि खर्चको त लेखाजोखा नै छैन।मन्त्रालय वा सचिवालयमा बिज्ञ होइन आसेपासेको हुल राखिएको हुन्छ।
२) भुतपुर्व राष्ट्रपति,उपराष्ट्रपति ,प्रधानमन्त्री समेतको सेवा,सुबिधा र औषधि खर्च समेत बढाइयो।अथवा पेन्सन समेत दिने ब्यबस्था भयो।
३)केन्द्र सरकार देखि,प्रदेश र स्थानीय निकायसम्म करोडौं पर्ने सयौ गाडीहरू किनेर राष्ट्रको ढुकुटीको दोहन गरियो।आलिसान महलको ब्यबस्थाको त कुरै नगरौं ।
४) जनतालाई बेस्मारी करको भाउ बढाइयो।देशमा बिचौलियाहरुलाई नियन्त्रण गर्न सकेनन।

अब त नेपालमा अतिसार भो,थोरै लोकलाज राख्ने कि,नेपाली नेताहरु !!

Facebook Comments