२०७१ साल श्रावण १ गते देखी सामुदायिक रेडियो प्रसारक संघ (एकोराव) नेपालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । मेरो पढाई र अनुभव शान्ति र ग्रामिण विकास एवम क्षमता अभिवृद्धिमा वढी भएपनि सूचना तथा सञ्चार विशेष चासोको विषय थियो । सामुदायिक रेडियो, ग्रामिण सञ्चार एवम विकास सञ्चारमा निकै कम ज्ञान थियो । त्यसको महत्व र प्रभावको वारेमा निकै न्यून ज्ञान भएको कुरा यहाँ काम गरेपछि महशुश भयो ।

वास्तवमा अकोराव मेरो लागि नितान्तै नयाँ थियो । अकरोवमा काम गर्न थालेपछि देश भरिका सामुदायिक रेडियोहरु र अन्य सञ्चार माध्यामहरुसँग जोडिने अवसर प्राप्त भयो र वहाँहरुका कार्यक्रमहरुको वारेमा जानाकारी प्राप्त हुने अवसरहरु मिल्यो । यहाँ काम गर्दा सञ्चारको क्षेत्रमा थप जानाकारी प्राप्त भयो ।

देश भरि सामुदायिक रेडियोहरुले ७० भन्दा स्थानीय भाषा भाषीकाहरुमा कार्यक्रमरु उत्पादन गरी प्रसारण गरेर जनतालाई सुसुचित गरिरहेको कुरा देश र दुनियाँलाई वताउन पाउदा गर्व महशुश हुन्छ । ग्रामिण विकास र सामाजिक विकासको अचुक अस्त्रको रुपमा सामुदायिक रेडियोहरु रहेका छन भन्ने कुराको जानाकारी र महशुशीकरणले नेपालको विकासको चुरो रहस्य पत्ता लगाएको जस्तो लाग्दछ ।

अकोरावमा आएपछि दोलखामा सम्मपन्न साधारण सभामा देश भरीका रेडियो कर्मीहरुसँग एकै पटक भेट घाट गरी परिचित हुने अवसर मिल्यो । साधारण सभाको वन्द शत्रमा आदारणीय महासचिव श्री गोविन्द देवकोटाले सबैसँग परिचय गराएपछि सम्वन्ध आत्मीय रुपमा अगाडी वढ्न थाल्यो र आज सम्म आइपुग्दा आफूलाई सामुदायिक रेडियो परिवारको एक अभिन्न सदस्य भएको महशुश हुन्छ भने देशैभरी जहाँ गएपनि सामुदायिक रेडियो कर्मीहरुसँग भेट हुदा आफनै परिवारका सदस्य भेटे जस्तो आत्मीय र अपनत्व वोध हुन्छ ।

अकोरावमा आएपछि सामुदायिक रेडियोहरुको दिगोपन र संस्थागत विकासको लागि सामुदायिक वजारीकरण तालिम डिजाइन गरी सञ्चालन गर्दाको वखत तथा जोखिम पूर्व तयारी एवम् जोखि व्यवस्थापन तालिम, सामुदायिक रेडियोेहरुको दिगोपनाको लागि रणनीतिक साझेदारी विकास तालिम, प्रथम दक्षिण एशिया स्तरीय सामुदायिक रेडियो सम्मेलन, सामुदायिक रेडियोहरुको राष्टिय सम्मेलन, सामुदायिक रेडियो पत्रकारहरुको राष्टिय सम्मेलन, सोसल मिडिया तालिम, सामुदायिक पत्रकारीता, वुहारी पत्रकारीत, आगामी ५ वर्षमा ३५००० सामुदायिक पत्रकार तयार गर्ने महा अभियान, भुकम्प पश्चात सामुदायिक रेडियोहरुको पुनस्थापना, गुणस्तरीय रेडियो सामाग्रीका लागि रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि आदि कार्यक्रमहरुमा अकारोवको तर्फवाट नेतृत्वदायी भुमिका निभाउन पाउदा आफूले आफनो काम प्रति न्याय गर्न प्रयास गरेको अनुभुति हुन्छ ।

अकोरावको तर्फवाट एवियुको साधारण सभा टर्कीको इस्तावुलमा भुकम्प पश्चात नेपाली सामुदायिक रेडियोहरुले खेलेको भुमिकाको वारेमा ९ मिनेट लामो प्रस्तुती पश्चात हलमा उपस्थित विभिन्न देशका प्रतिनिधीहरुको प्रतिक्रियाले नेपाली सामुदायिक रेडियोहरुको आवश्यकता, औचित्य र अपरिहार्यतालाई उजागार गरेको थियो । मेरो प्रस्तुती पश्चात चिनको सिसिटिभीका अँग्रेजी सँस्करणकी सम्पादक पेइ वेइले भनेको कुरा सधै याद आउदछ र उनको प्रतिक्रिया सुने पछि सामुदायिक रेडियो प्रति अत्यन्त आदार र सम्मान जागेर आउछ । उनले मेरो हात समात्दै भनेकी थिइन आर सि १८ वर्षको पत्रकारीताको क्यारीयरमा आज पहिलो पटक पत्रकार भएर गर्व महशुश भएको छ । भुकम्पको वेलामा सामुदायिक रेडियो पत्रकारहरुले खेलेको भुमिका प्रति मेरो नमन छ र वहाँहरुले मानिसको उद्धार र सुरक्षा त गर्नु नै भएछ साथ साथै हामी पत्रकारहरुको इज्जत पनि निकै वढाइदिनु भएछ । धन्यवाद छ सवै सामुदायिक रेडियो कर्मीहरुलाई । वहाको कुरा सुनेपछि सँगै हुनुभएका अध्यक्ष मोहन चापागाई, वरिष्ठ उपाध्यक्ष, किशोर जंग थापा, महासचिव गोविन्द देवकोटा, सचिव अर्जुन गिरी, वरिष्ठ लेखा अधिकृत वावुराम खड्का, सत्य प्रकाश यादव भावविहल हुनु भएको थियो ।

त्यसै गरी यूएन एपि आइसिटी कोरियाको कार्यक्रममा भाग लिए पछि त्यहाँकी प्रमुख डा. रि ले दक्षिण एसिया स्तरीय सामुदायिक रेडियो सम्मेलनमा शुभकामना मन्त्व्य पठाउनु भएको थियो भने युएन एपि आइसिटीले शुरु गरेको वोमेन आइसिटी फ्रन्टीयर इनिसियटीभ (वाइफाइ) आभियानको सस्थापक सदस्यको रुपमा पनि अकोरावले मान्यता पाएको छ ।

चिनमा सम्पन्न एशियन मिडिया समिट र एवियुको साधारण सभामा नेपाली सामुदायिक रेडियोहरुले प्रयोग गरी रहेको सामुदायिक पत्रकारीता र वेल्ट एण्ड रोड इनिसियटीभमा रेडियोहरुले खेल्न सक्ने भुमिकाको वारेमा प्रकास पार्ने अवसर प्राप्त भएको थियो । फिलिपिन्सको आइ आर आर कविते र फिलिपिन्स इन्स्टीच्युट अफ म्यानेजमेन्टमा आयोजित इमरजीग लोकल लिडरसिप इन क्राइसिस समिटलाई सहजकर्ताको रुपमा सहजीकरण गरेर अकोरावको पहिचान कायम राख्न सफल भएको थिए । यस कार्यले अकोरावलाई दक्षिण पूर्वी एशियन देशहरुसँग जोडन सकेको थियो भने जेनेरेशन ह्वाट को स्टेरीगं कमिटीको सदस्यको रुपमा मेरो सहभागीताले अकोरावलाई एशिया प्रशान्त क्षेत्रका प्रसारकहरुसँग सम्वन्ध विस्तार हुन सकेको छ ।

नेपालका विकास साझेदारहरुसँग सहकार्य गरी कार्यक्रमहरुलाई सामुदायिक रेडियो मार्फत सञ्चालन गरेर जनतालाई सुसुचित गराउन सामुदायिक मेलमिलाप कार्यक्रम, उन्नती कार्यक्रम, जिवन रक्षा, वुहारी पत्रकारीता, कुरीति विरुद्ध कार्यक्रम निर्माण एवम प्रसारणको लागि सहजीकरण गर्न पाउँदा र यी कार्यक्रमहरुको सफल प्रासरण पश्चात, सामुदायिक रेडियो अभियान्ताहरु, श्रोता तथा नीति निर्माताहरुवाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा गौरव महशुश हुन्छ भने यी कार्यक्रमहरुलाई सफलता पूर्वक निर्माण गरी प्रसारण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने एकोराव सिआइएनका साथीहरुको सिर्जनशिलता, मिहिनेत, लगनशिलता, जिम्मेवारी वोध र जवाफदेहीता प्रति विशेष गर्व लाग्दछ ।

मेरो कार्यकालमा अकोरावसँग विभिन्न कार्यक्रमहरुमा साझेदारी गर्नुहुने विकास साझेदार संस्थाहरु, यु एन, द एसिया फाउण्डेसन, आइ एल वो, विविसी वल्र्ड सर्भिस, विविसी मिडिया एक्सन, युएनडिपी, युनिसेफ, युनेस्को, जागरण नेपाल, अक्सफाम, वल्र्डभिजन इन्टरनेशनल, प्लान इन्टरनेशनल, फेकोफन, केन्द्रिय वाल कल्याण संघ, केयर नेपाल, सिविन, टेवा, अमार्क, उज्यालो नेटवर्क, सञ्चार मन्त्रालय, आर आर क्याम्पस, जागरण मिडिया सेन्टर, वर्न सरभाइवर नेपाल, गिभ टु एशिया, हेल्पींग हेन्ड नेपाल, कल्पना एण्ड मार्कोस फाउण्डेसन, स्त्रि शक्ति नेपाल, इक्वल एक्सेस, एन्टेना फाउण्डेसन, शेयर कास्ट इनिसियटिभ्स, रेडियो नेपाल, हेल्भेटास, कृषि वन विश्वविद्यालय, पुन निर्माण प्राधिकरण लगायतका सबै सझोदार संघ संस्था र ती संस्थाका कर्मचारीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै सवै संघ संस्थाहरु र अकोराव सिआइएन विचको सहकार्य निरन्तर रहोस भन्ने कामना गर्दछु ।

मुसहर वस्तीमा रेडियो वाँडने कार्यक्रमलाई संयोजन गरि सहयोग गरिदिनुभएकोमा श्री सिता राम कट्टेल र श्री कुञ्जना घिमीरे प्रति पनि विशेष आभार व्यक्त गर्दछु । यो अकोरावको तर्फवाट गरिएको नयाँ प्रयास थियो ।

यी चारवर्ष जीवनका निकै महत्वपूर्ण क्षणहरु थिए । यी चार वर्षमा सञ्चारको महत्व के हो भन्ने कुरा वुझने अवसर प्राप्त भयो । सवै भन्दा उत्पादक र महत्वपूर्ण काम चाही आधारभुत तह भनौ म स्वयम् अधिनस्थ वर्ग निम्म वर्ग एवम निम्न मध्यम ग्रामिण वर्गका समुदायलाई लक्षित गरि वहाँहरुको सूसूचित हुने अधिकार र सुसुचि हुने अभियानमा सहभागी भई कार्य गर्ने अवसर प्राप्त भयो । हामीले सिआइएन र सामुदायिक रेडियोहरु सकारात्मक रुपान्तरणका संवाहक हुन भन्ने मान्यता स्थापीत गर्न सफल भएका छौ भने ग्रामिण समुदायको सुचनाको श्रोत एक मात्रै सामुदायिक रेडियो हुन भन्ने तथ्यलाई वुझेर सोही मुताविक कार्यक्रम सञ्चालन गर्न सफल भएका छौ ।

यति महत्पूर्ण भुमिका र जिम्मेवारीमा मलाई विश्वास गर्ने र सकारात्मक परिणामको लागि निरन्तर मार्ग निर्देशन गर्ने तत्कालीन कार्य समितीका आदारणीय अध्यक्ष श्री मोहन चापागाई, तत्कालिन निवर्तमान अध्यक्ष एवम सामुदायिक रेडियो विश्व संगठनका वर्तमान सह अध्यक्ष आदारणीय मा. श्री मिन वहादुर शाही, वर्तमान कार्यसमितिका अध्यक्ष आदारणीय सुवास खतिवडा, आदारणीय वरिष्ठ उपाध्यक्ष द्धय श्री किशोरजंग थापा, अर्जुन गीरी, आदारणीय उपाध्यक्षहरु श्री अर्जुन राई, मा. श्री शशीकला दाहाल, श्री निमेष कर्ण, श्री भुवन सिंह, श्री शिवजी गायक, श्री यम कुमारी केसी, आदारणीय महासचिव श्री गोविन्द देवकोटा, आदारणीय सचिव श्री वन्दना दनुवार, आदारणीय कोषाध्यक्ष श्री लक्ष्मण खड्का, लेखा समिति संयोजकहरु द्धय आदारणीय भुमि चापागाई तथा तुला अधिकारी ज्यूहरु लगायत आदारणीय श्री मोहन चापागाई र श्री सुवास खतिवडाको कार्यसमितिका सवै आदारणीय क्षेत्रिय संयोजकज्यूहरु आदारणीय श्री होम पाठक, श्री रमेश जोशी, श्री इमान सीह भारती, श्री राजेन्द्र किराती ज्यू एवम प्रदेस समितिका अध्यक्षज्यूहरु श्री बच्चु नारायण श्रेष्ठ, श्री अशोक दत्त, श्री कृष्ण हरी घिमीरे, श्री शान्ती गुरुगं, श्री केपी घिमीरे, श्री दिर्घ राज उपाध्य तथा पदाधीकारी ज्यूहरु एवम सदस्यज्यूहरु तथा लेखा समिति सदस्यज्यूहरु श्री सरोज पौडेल, श्री श्रीराम अधिकारी, श्री देवअन्जन साह ज्यूहरुप्रति वहाँहरुले दिनु भएको मान सम्मान, माया ममता, मार्गनिर्देशन, सहयोग, सल्लाह र सुझावहरुको लागि अन्तसंस्करण देखी हार्दिक आभार व्यक्त गर्दछु ।

सचिवालयका कर्मचारी साथीहरुको साथ, सहयोग, प्रतिवद्धता, मिहिनेत, सिर्जनशिलता सदैवको लागि मनमा रहिनै रहने छ । मेरा प्रिय साथीहरु श्री दिपक आचार्य, श्री बाबुराम खड्का, श्री गोविन्द खडका, श्री लिल प्रकास चन्द, श्री शोविता रिसाल, श्री राजन रुचाल, श्री संगिता रसाइली, श्री गंगा तिमिल्सीना, श्री केशव भुल, श्री गिता चिमौरिया, श्री स्नेहा कर्ण, श्री सिर्जना वराल, श्री रादिप महर्जन, श्री सुवास पन्त, श्री सुनिल राज भारत, श्री पवित्रा नेवार, श्री केदार सुवेदी, श्री पवन शाही, श्री घनश्याम दाई, श्री सुश्मा खडका, श्री रिता देउला, श्री सोहम सुवेदी, श्री अनिल खनाल, श्री सिर्जन अधिकारी, श्री लक्ष्मी वस्नेत, श्री उमा पौडल, श्री किरण पौडेल, श्री किर्ति थापा, श्री ज्योति तिवारी, श्री उषा केसी, श्री राजेश शहनी सबैसँग काम गर्न पाउनुलाई सुखद सौभाग्यको रुपमा लिदै वहाँहरु सबैको साथ, सहयोग, सम्मान र सदभावको लागि हार्दिक आभार व्यक्त गर्दै उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

मेरो कार्यकालमा अकोरावका सवै कार्यक्रमहरुलाइ सफलतापुर्वक सञ्चालन गर्नुहुने र न्युनतम श्रोत र साधनका वावजुद देश र जनतामा समर्पित देश भरीका सवै सामुदायिक रेडियोहरु र सामुदायिक रेडियो कर्मीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

सामुदायिक रेडियो र सामुदायिक रेडियो प्रसारक संघको वृहत्तर हित र विकासको लागि सदैव समर्पण रहने प्रतिवद्धता सहित हार्दिक अभार व्यक्त गर्दछु ।

धन्यवाद ।
२०७५।३।३२ अकोराव

 

Facebook Comments