वीरगञ्ज महानगरपालिकामा १०० दिन

डा. भिष्म कुमार भुषाल

औधाृगिक नगरी वीरगञ्ज महानगरपालिकाको प्रमुखको रुपमा डाक्टर भिष्म कुमार भुषाल कार्यरत हुनुहुन्छ । १०० दिनको कार्यकालमा वहाँको नेतृत्वमा महानगरपालिकाले गरेका कार्यहरु एक प्रतिवेदन मार्फत प्रस्तुत गर्नु भएको छ । नगरवासीलाइ महानगरका कार्यक्रमहरुको पारदर्शीतपूर्ण तवरले जानाकारी गराएर महानगरले विरगञ्ज अव शुसासन र सकारात्मक रुपान्तरणको वाटोमा अगाडी वढेको सन्देश दिएको छ ।
डा. भिष्म कुमार भुषालले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन यस प्रकार छ ।

वीरगञ्जमा समृद्धि, सुशासन र गौरवमय वीरगञ्जका लागि चिन्तित र प्रतिबद्ध आदरणीय दाजुभाइ दिदीबहिनीहरु१
नेपाल सरकारले मलाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि एक हातमा गीता र एक हातमा कानूनको पुस्तक लिएर मैले कार्यभार सम्हालेको आज १०० दिन पुरा भएको छ। उक्त अवधिमा धेरै काम गरिसक्ने मेरो सपना भएतापनि सीमित जनशक्ति समय र साधनस्रोतले गर्दा अपेक्षित कार्य गर्न सकिएन। तर पनि आफ्नो अगुवाईमा गरिएका कार्यालयको नियमित कार्य बाहेकका केही कार्यहरु यहाँहरु समक्ष प्रस्तुत गर्दैछु। क्रमशः जनशक्ति व्यवस्थापन हुँदै समेत गएको परिप्रेक्ष्यमा आगामी दिनहरुमा महानगरले अघि सारेका योजनाहरुको कार्यान्वयनमा प्रभावकारिता हासिल गर्न सकिने अपेक्षा समेत गरेको छु।
क. कर्मचारी व्यवस्थापनका प्रयासहरु
१. महानगरपालिकामा समान पदमा रही समान काम तर असमान ज्याला पाइरहेका करारतर्फका कर्मचारीहरुको पारिश्रमिक उच्चतम पाइरहेकाहरुसँग बराबर गरी समान गरिएको।
३.कुचीकारलाई च्यामे, पोडे जस्ता अपमानजनक शब्दबाट संवोधन गर्ने गरिएको र पदनाम दिइएकोमा प्रशासनिक निर्णय गरी कुचीकार पदनाम दिई प्रत्येक कर्मचारीको आत्मसम्मानको सुनिश्चितताको कदम चालिएको।
४. प्रत्येक वडामा ७ जनाको दरबन्दी रहेको तर कर्मचारीको अभावमा वडा कार्यालयहरु महानगरपालिका कार्यालयमा निर्भर रहनु पर्ने अवस्थालाई कम गर्दै वडालाई दिइएको अधिकारको प्रयोग वडाबाटै गर्न आधारशिला स्थापना गर्ने उद्देश्यले २४ वटा वडामा थप कर्मचारीको व्यवस्था तथा सबै वडाका लागि फोकल प्वाइन्ट अफिसर र इन्जिनियर तोकिएको।
५. जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै कर्मचारीहरुको वीमाको व्यवस्था गरिएको।
ख० सुशासनका प्रयासहरु
१. कार्यालयमा भ्रष्टाचार तथा कमिशनतन्त्रको निर्मम नियन्त्रण गरिएको।यस अभियानमा ऐक्यवद्धता जनाउँदै साथ र सहयोग दिनुहुने सबै कर्मचारी साथीहरुमा हार्दिक धन्यवाद।
२. महानगरपालिकाको मोबाइल एप्लिकेशन तयार गरी सार्वजनिक गरिएको।
३. प्रत्येक वडाका लागि नागरिक वडापत्र तयार गरी छापी सकिएको तथा महानगरपालिकाको पनि नागरिक वडापत्र तयार गरी सकिएको।
४. नक्सा पास गर्ने कार्यमा जनशक्तिको अभाव वा कतिपय अवस्थामा नियतवश ढीलाई भैरहेको र व्यापक गुनासो समेत आइरहेको परिप्रेक्षमा सबै इन्जिनियरहरुलाई वडा विभाजन गरी नक्सा पासको निश्चित सीमासम्म अधिकार प्रत्यायोजन समेत गरिएको।
५. कार्यालयको अनुत्पादक खर्च व्यापक रुपले कटौती गरिएको।
६. महानगरका करदाताले तिरेको कर राजस्वमा आँखा गाड्दै कार्यालयबाट चन्दा वा अन्य तरिकाले महानगरको स्रोत दोहन गर्ने प्रवृत्तिको अन्त्य गरिएको।
७. कार्यालयमा सहायता कक्षको निर्माण प्रकृया अघि बढाइएको।
८. प्रत्येक महिनाको आय व्ययको विवरण सार्वजनिक गर्ने कार्य शुरु गरिएको।
९. पर्सा जिल्लाका स्थानीय निकाहरु र सरकारी कार्यालयहरुमध्ये सूचनाको हक सम्बन्धी कानूनको पालन गर्ने एक मात्र स्थानीय तहको रुपमा स्थापित गरिएको।
१०. कार्यालयको सुशासन रणनीतिको मस्यौदा तयार गरिएको।
११. करदातामैत्री राजस्व प्रशासनका लागि राजस्व परिचालन रणनीतिको मस्यौदा तयार गरी बोर्डमा प्रस्तुत गरिएको।
ग० कार्यालय व्यवस्थापनका प्रयासहरु
१. कार्यालयभित्र सहज कार्य वातावरण बनाउन कार्यकक्ष सुधार, सरसफाई, शौचालय तथा ढल व्यवस्थापन समेतका कार्य गरी कार्यालयको गरिमा स्थापना गर्ने कार्य गरिएको।दशैं सम्म कार्यालयको स्वरुप फेरिने अपेक्षा।
२. लिलामी प्रकृयाबाट बर्षौ देखि कार्यालयमा जम्मा भएका कवाडी सामानको व्यवस्थापन गरिएको।
३. सरसफाईका सवारी साधनहरुको परिचालनका लागि जिल्ला समन्वय समितिसँग समन्वय गरी व्यवस्थापन गरिएको।
४. कार्यालयका सबै सवारी साधनहरुको पहिलो पटक वीमा र नवीकरण गरिएको।
घ० विधायिकी कार्यहरु ९सबैमा नेतृत्व होइन तर अगुवाई गरिएको०
१. कानूनले निर्दिष्ट गरेबमोजिम समयमै नगरसभा सम्पन्न गरी जनमानसको मागलाई सम्बोधन गर्न विशेष नगरसभा समेत सम्पन्न गरिएको।
२. गत आबको आर्थिक विवरण समयमै पेश गर्ने कार्य सम्पन्न गरिएको।
३. स्थानीय तहका डेढ दर्जन कानून र कार्यविधिहरु पारित गरिएको।
४. बर्षौदेखि कार्यसम्पन्न पश्चात पनि भुक्तानी नपाएका निर्माण व्यवसायीहरुको भुक्तानी दिइएको।
५. न्यायिक समितिको निर्वाचन सम्पन्न गरिएको।
ङ० सम्वाद, सहकार्य र सहशासन
१. सुशासन, समृद्धि र आर्थिक स्थायित्वस गौरवमय वीरगञ्जका लागि युवा नेतृत्वुु बिषयमा वीरगञ्जको भविष्यका लागि समर्पित युवाहरुसँग अन्तर्क्रिया तथा उत्प्रेरणात्मक कार्यशाला चलाइएको। यसमा लायन्स क्लब वीरगञ्ज तथा वीरगञ्ज युवा समाजको सहकार्य रहेको भने गोष्ठिलाई सहजीकरणको लागि प्राविधीक सहयोग ईस्टन रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्स (ईरिप्स)ले गरेको थियो ।
२. कोरियन प्रशिक्षकहरु ल्याई कार्यालयका कर्मचारीहरु तथा वडाध्यक्षहरुका लागि क्उभअष्ब िःष्लम भ्मगअबतष्यल चलाई सकारात्मक सोच र सुधारका लागि ससाना कार्यको महत्व बुझाउने खालको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको।
३. गत आर्थिक बर्षका गतिबिधिहरुको समीक्षा गर्न पत्रकार सम्मेलन आयोजना गरिएको।
४. वीरगञ्ज महानगरपालिकामा सुशासन र सेवाप्रवाहमा प्रभावकारिताका लागि वडा सचिवहरु तथा अधिकृत कर्मचारीहरुबीच अन्तर्क्रिया आयोजना गरिएको।
५. निर्माण व्यवसायीहरुसँग अन्तर्क्रिया गरी आर्थिक अनियमितताको मतियार नबन्न सहमत गराइएको।
च० निर्माण तथा विकास
१. वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकासका लागि दोस्रो क्षेत्रीय शहरी विकास योजना कार्यान्वयनका लागि सम्झौता सम्पन्न गरिएको।
२. नेपालको प्रवेशद्वारको रुपमा र वीरगञ्जको गौरवको रुपमा रहेको शङ्कराचार्यद्वारको सौन्दर्यीकरणको कार्य प्रारम्भ गरिएको। दशैं अगावै फ्लड लाइट र डिजिटल बोर्ड राखी उद्यान सहितको प्रवेशद्वार बनाउने कार्य भैरहेको।सहकार्यका लागि ुुसमर्पणुुलाई धन्यवाद।
३. गत आर्थिक बर्षका दुई तिहाई आयोजना सम्पन्न भै फरफारक समेत गरिएको।
४.चालू आर्थिक बर्षका योजनाहरुमध्ये प्राथमिकतामा रहेका योजनाहरुको लागत इष्टिमेट तयार गर्ने कार्य प्रारम्भ गरिसकिएको।
५.वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत गर्न आशय पत्र माग गरिएको।
६.वौगीखोलामा मनोरञ्जन पार्क निर्माण गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत आशय पत्र माग गरिएको।
७. कार्यालयको कार्यवातावरण र कार्यस्थल व्यवस्थापनका लागि पार्टीशनको कार्य भैरहेको।
छ. विपद व्यवस्थापनका लागि गल्ली गल्ली र खेत खलिहान
यी सबै कार्यमा हृदयदेखि साथ समर्थन र सहयोग पुर्याटउने नगर प्रमुख श्री विजय कुमार सरावगीज्यू, उपप्रमुख शान्ति कार्कीज्यू, कार्यालयका सम्पूर्ण सहकर्मी साथीहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरु, सामाजिक संस्थाहरु, युवावर्ग, समाजसेवीहरु र शुभचिन्तकहरुमा हार्दिक धन्यवाद टक्रयाउँछु।

Leave a Reply

Leave a Comment

Your email address will not be published. Required fields are marked *