२१ औ शताब्दीमा नेतृत्व
नेतृत्व भन्ने शब्दले मष्तिष्कमा विभिन्न प्रकारका तस्विरहरु सलवलाउन थाल्दछन । नेतृत्व भन्ने वित्तिकै एक आदर्शवान, धैर्यवान, दूरदृष्टि भएको, जिम्मेवार र जवाफदेही भएको र अप्ठयारोमा पनि आफ्ना अनुनायीहरुलाई सहजता पुर्वक सफलताको वाटोमा डोरयाउन सक्ने एवम् अनुयायीहरुले सपनामा पनि नसोचेको सकारात्मक भविष्य निर्माणको मार्गमा डोर्याएर नयाँ भविष्य निर्माणको लागि उत्प्रेरीत गर्ने व्यक्तिलाई वुझाउदछ । एक्काईसौ शताब्दीमा कुनै पनि संघ संस्था, प्रतिष्ठान वा सरकारको काम कार्यवाहीलाई नेतृत्वको कार्य कौशलता, ज्ञान, सिप दक्षता र क्षमताले निर्धारण गर्दछ । समय गतिशिल छ । विगतको २० वर्षको तुलना आज निकै परिवर्तन भएको छ भने आजको तुलनामा आगामी २० वर्ष निकै नै परिवर्तन भएको हुनेको छ । जसरी विगतका २० वर्ष अगाडीका ज्ञान, सिप र दक्षताले आजको आवस्थालाई सम्बोधन गर्न सक्दैन त्यसैगरी आजको ज्ञान, सिप र दक्षताले आगामी २० वर्षका अवसर र संभावनाहरुलाई सम्वोधन गर्न कठिन हुनेछ । प्रसिद्ध व्यवस्थापन विज्ञ पिटर डकरका अनुसार २१औ शताब्दीमा अर्थ (पैसा) भनेको नै सवल पक्षको उजागर र सदुपयोग हो र अर्थतन्त्र तिनै व्यक्ति वा संंघ संस्थाहरुको अधिनस्थ हुनेछ जसले आफ्ना सवल पक्षहरुको पहिचान गर्न सक्दछन र तीनै सवलपक्षहरुलाई उजागार गर्ने गरी कार्यक्रम तर्जुमा गरेर कार्यक्रम गर्न सक्दछन । विशेषतः संघ संस्था तथा समाजको सकारात्मक रुपान्तरण गरेर नयाँ भविष्यको निर्माण गरी नयाँ पहिचानको सह निर्माणमा नेतृत्वको भुमिका अहम् हुन्छ । पिटर डकरका अनुसार नेतृत्तवको भुमिका भनेको सवल पक्षहरुको निर्माण गर्ने हो जसले गर्दा त्यहाँ भएका दुर्वल पक्षहरु स्वतः नकाम भएर जान्छन । विशेषतः नेपालको नयाँ संविधान २०७२ ले विगत २० वर्ष देखी रिक्त रहेको स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरु मार्फत राजनीतिक नेतृत्वको स्थापना सँगसगै जनताका अपेक्षा तथा उत्साहहरुको प्रवाह गरेको छ । स्थानीय सकारसँग जनताका वहुआयमीक अपेक्षाहरु छन भने जनताका अपेक्षाहरुलाई सम्वोधन गर्न सिमित श्रोत र साधनहरु छन । यस्तो अवस्थामा जनताका उत्साहलाई कायम राख्दै सिमित साधन र श्रोतको अधिकतम परिचालन गरी, जनतालाई शासन प्रकृयामा सहभागी गराई विकास प्रकृयामा सहभागी गराउने क्षमता र सिपको आवश्यकता पर्दछ । स्थानीय जनता, स्थान तथा परिवेशमा भएका सकारात्मक र जीवनदायी उर्जाहरुको खोज गरी त्यसमा आधारीत योजना तर्जुमा तथा कार्यान्वयन पद्धतीले मात्रै जनताका असिमित आकन्छा, अपेक्षा र चाहनाहरुलाई सम्वोधन गर्न सक्ने क्षमता विकास गराउन सक्दछ ।
स्थानीय सरकारका जनप्रतिनीधि तथा र्काचारीहरु भित्र रहेका संभावना तथा अवसरहरुको प्रष्फुटन गराई त्यहाँ उपलब्ध श्रोत तथा साधनहरुको अकितम सदुपयोग गरी समावेशी एवम् समाजीक न्याय सहितको समाजको निर्माण गर्न गुणस्तरीय जीवनको प्रत्याभुति गराउने सकारात्मक नेतृत्वदायी भुमिका खेल्न वहुआयमिक अवसरहरु सिर्जना गरी ती अवसरहरुको सदुपयोग गर्न अभिप्ररित गर्नको लागि सकारात्मक नेतृत्व विकास तथा विकास व्यवस्थापन गर्न धरान उपमहानगर पालिकाद्धारा सकारात्मक नेतृत्व विकासका लागि प्रसंशनीय खोज तालिम व्यवस्थापन गरिएको छ । तालिममा निर्वाचित पदाधीकारीहरु र कर्मचारीहरुको सहभागीता रहनेछ ।

तालिमको उद्धेश्यः
उपमहानगर पालिका अवस्थीत श्रोत तथा साधनहरुको पहिचान गरी ती श्रोत तथा साधनहरुको समुचित सदुपयोग गर्दा प्राप्त हुने अवसर तथा संभावनाहरुको आँकलन गरी समावेशी एवम् सामाजीक न्याय सहित जनताको दैनिक जिवनशैलीमा सकारात्मक रुपान्तरण ल्याउने विकास रणनीति निर्माण गरेर विकासको वैज्ञानीक व्यवस्थापन गरी नगरपालिकावासीको जीवनमा गुणस्तरीय रुपान्तरण ल्याई समग्र नगरपालिकाको सकारात्मक रुपान्तरण गनर्् सकारात्मक दृष्टिकोण निर्मााण् गर्ने ।

तालिम निर्माणका सैद्धान्तीक आधारः
सकारात्मक नेतृत्व विकास तथा विकास व्यवस्थापन तालिम २१ औ शताब्दीको व्यवस्थापन पद्धतीमा ख्याती कमाएको प्रसंशनीय खोज विधी, सकारात्मक मनोविज्ञान, समाजीक कलाकारीता तथा सवलतामा आधारीत विधीहरुको प्रयोग गरी तालिम पद्धतीको निर्माण गरिएको छ । वर्तमान नेतृत्वले छोटो अवधीमा निकै धेरै सकारात्मक प्रभाव छोड्न सक्ने गरी यस तालिममा विषयवस्तुहरुको छलफल तथा अभ्यास गरिनेछ । यस तालिमले नेपाल सरकाले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई साकार गर्न नयाँ नयाँ उपायहरुको आविष्कार गरी ती उपायहरुको कार्यान्वयनको लागि आभिप्रेरित गर्नेछ ।

सकारात्मक नेतृत्व विकास तथा व्यवस्थापनको लागि प्रसंशनीय खोज पद्धतीको प्रयोग गर्ने संघ संस्थाहरुः
संस्था तथा व्यक्तिहरुको सकारात्मक रुपान्तरणको लागि प्रसंशनीय खोज पद्धतीको प्रयोग गर्ने संस्थाहरुको रुपमा विश्व प्रसिद्ध व्यापारीक प्रतिष्ठानहरु, विश्वद्यिालयहरु, सरकारी संगठनहरु, गैरसरकारी संस्थाहरु, मानवीय संस्थाहरु, संयुक्त राष्ट संघीय संस्थाहरु रहेका छन । यी संस्थाहरुले नेतृत्व विकासको लागि यस विधीलाई प्रयोग गरेर सकारात्मक रुपान्तरणका नतिजाहरु प्राप्त गरेका छन । नेपालमा पनि सन १९९६ देखी यो विधी प्रयोग गरेर सफल परिणामहरु प््रााप्त गरिएका छन ।

अपेक्षित परिणामहरुः
१. व्यक्तिगत तहमा
यस तालिमले सहभागीहरुलाई आन्तरीक वार्तालाप र त्यसको प्रभाव, सोच्ने तरीका, व्यवहार गर्ने तरीका तथा संस्था भित्र र वाहिर यसले पार्ने प्रभावको वारेमा जानाकारी गराउनेछ । आफ ूभित्र सकारात्मक सोच र सकारात्मक धारणाको विकास गरी उपमहानगर पालिका र जनता प्रति सकारात्मक वनाउन सहयोग गर्नेछ । सकारात्मक सोचको विकास गरी भविष्यमुखी सोचको विकास गरी म गर्न सक्दछु भन्ने भावनाको विकास गराउनेछ ।

२. समुहगत तहमा
सहभागीहरुवीच (पालिकाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, एवम वुद्धिजीवीहरु) समधुर सम्वन्धको विकास गरी एक अर्काको विचार तथा भावनाहरुको कदर गर्ने, भावना तथा चाहनाहरु आदान प्रदान गरी उच्च प्रसंशा गर्ने संस्कारको विकास गर्न अभिप्ररित गर्नेछ । उपमहानगरपालिकाका जनप्रतिनिधीहरु, कर्मचारीहरु, एवम नागरीक समाजका प्रतिनिधीहरुवीच सहकार्य, सदभाव, अन्तरसम्वन्ध आदीको महत्वको वारेमा जानाकारी गराई सो को लागि अभिप्रेरित गर्नेछ ।
संस्थागत तहमा
१. सबै विभाग भित्रका तहहरु एवम निकायहरु अन्तर विभागहरु विचमा पारदर्शी सञ्चार र सहयोग एवम सदभाव सहितको संस्कृतिको विकास गरी संस्थाको सकारात्मक छवि निर्माण गर्न उत्प्रेरीत गर्नेछ । उपमहानगरपालिकाका सबै कृयाकलापहरु, परियोजनाहरु, नीति निर्माणका प्रक्रियाहरुमा चमत्कारीक परिणामहरु प्राप्त गर्नको लागि सिर्जनशिल तथा प्रतिवद्ध वनाउनेछ ।

ईस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स) नेपाल
ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स) नेपाल मानव श्रोत विकास तथा दिगो सामुदायिक विकासको लागि क्षमता अभिवृद्धि, अध्ययन तथा अनुसन्धान गर्ने संस्था हो । यस संस्थाले सन् २०१२ देखी नै नेपाल भित्र र वाहिर विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी क्षमता अभिवृद्धि, अध्ययन तथा अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यो संस्थाले क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा निकै आधुनिक विधी तथा प्रक्रियाहरुको प्रयोग गरी सकारात्मक रुपान्तरणका लागि आधारहरु तयार गर्न मद्दत गर्दछ । एक्काईसौ शताब्दीको संगठ विकासमा व्यापक प्रयोग गरीएको प्रसंशनीय खोज पद्दती तथा पूर्विय दर्शनमा आधारीत सकारात्मक सोच एवम् सवल पक्षमा आधारीत पद्धतीहरु यस संस्थाका मार्ग निर्देशक सिद्धान्तहरु हुन ।

हाल सम्म यस संस्थाले नेपालमा गरिवी निवारण कोष, द एशिया फाउण्डेसन, राष्टिय मानवअधिकार आयोग, राष्टिय महिला आयोग, मुक्तिनाथ विकास वैक, देरेश द होम जर्मनी, सिविएम, विराँट नगर तथा चौधरी आँखा अस्पताल, मोडल नर्सींग कलेज, मोडल अस्पताल, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कान्जीरोवा कलेज, काठमाण्डौ फरेष्टिी कलेज, ईन्स्टिच्युट अफ फरेष्टि पोखरा तथा हेटौडा, सिप्रेड, क्याम्व्रीज कलेज, वर्नहार्ट कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सींग कलेज, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, वन विभाग, शान्ति मन्त्रालय, जिविस इलाम, ग्रामिण महिला समाज मकवानपुर लगायका संस्थाहरुसँग सहकार्य गरको छ भने चिनका पेकिंग विश्वविद्यालय, छोंगछिन विश्वविद्यालय, साइटिक स्कूल अफ म्यानेजमेन्ट, कि टक केन्द्र, वंगलादेशको दुष्टोमानव सेवा समाज लगायतका संस्थाहरुसँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गरेको छ ।
यस संस्थाले प्रसंशनीय खोज पद्धती तथा सकारात्मक समाज रुपान्तरणको लागि प्रशिक्षक तथा सहजकर्ताहरु विकास गर्ने उद्धेश्यले वार्षिक रुपमा एडभान्स लेभल एप्रिसियटिभ ईन्क्वारी तालिमको आयोजना गर्ने गर्दछ ।

यस संस्थाले नेपाल सरकारका सवै कानूनहरुको पालना गर्दै, नेपालको समाजिक विविधता उच्च सम्मान गर्दै, वातावरणीय तथा समाजिक साँस्कृति मैत्रि विकासका प्रकृयाहरुलाई अवलम्वन गर्दछ । यस संस्थाले दुर्गम स्थानमा वहुसामाजिक संरचना भएका सरकारी विद्यालयहरुमा शान्ती तथा समावेशी पुस्तकालय स्थापना तथा सवलीकरणको लागि सहयोग गर्ने लक्ष्य राखेको छ ।

Facebook Comments