दलाल अर्थ ब्यबस्थामा भ्रष्टाचारको कमाल, माहादिप पोख्रेल

सर्ब प्रथम भ्रस्टाचार राम्रो हो भन्ने बिषयमा केही उदाहरण पेश गर्छु,नरिसाउनु होला।काठमाडौ शहरको सडकलाई हेर्नुहोस।खाल्डाखुल्डी ,धुलो-धुवाको बिचमा अनगिन्ती सबारी साधन अनि सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो !! सबै जना आ-आफ्नो गन्तव्यमा पुगेकै छन,यो सम्भब भएको छ हाम्रा ट्राफिक प्रहरीको तल्लो दर्जाका ट्राफिक प्रहरीको सहायताले,हो कि होइन ??तर सायद अधिकांश ट्राफिकहरु जब घर बाट ड्युटीमा निस्कछन,अनि सोच्दै हुन्छ्न:- आज कति अतिरिक्त आम्दानी हुने हो,बेलुका फर्कदा राम्रो नास्तापानी वा परिवारलाई मासु ल्याएर खुवाउनु छ।

मालपोत ,भन्सार,यातायातका धेरै कर्मचारीहरु तलबको निम्ति कार्यालय होइन,आज कति दस्तुरी/घुस हात पर्ने हो भनी योजना बनाउदै अफिस जान्छन र बेलुकाको नास्ता-पानी,घरमा छोराछोरी /श्रीमतीको आबश्यकता सोही आम्दानी बाट पूरा गर्छन।बन बिभागका कर्मचारीहरु ठेकेदार आउने,टाँचा लगाउने र छोडपुर्जी दिने दिनमा अफिस मिस गर्दैनन।उल्लीखित यी सबैलाई तलब भन्दा अतिरिक्त आयको नै भरोसा छ।Picture of Corruptionको लागि तस्बिर परिणाम

यही घुष,भ्रष्टाचारले नै अफिस चलेको छ,जनताले सेवा पाएका छन र अर्थतन्त्र चलाएमान भएको छ।बजारमा होटेल,रेष्टुरेन्ट चलेका छन,कपडा/गहनाको ब्यापार बढेको छ।निम्न बैतनिक कर्मचारीहरुले तलब मात्र पाउने भएका भए केबल दुई छाक मात्र बडा मुस्किलले खाने थिए,खासै किनमेल हुने थिएन,अनि अर्थतन्त्र,बजार जाममा फस्ने थियो।

यति मात्र होइन ,देशका ठुला आयोजनाहरुमा हेरौ।नेपाल बायुसेवाले ठुला जहाजहरु किन्नपर्छ,यो आबश्यकता नै भयो।जहाज किन्दा मन्त्री र नेताहरुलाई आकर्षक कमिसन आउँछ र कमिसन बापतको रकम पारदर्शी पनि गर्न पर्दैन।सोही रकमले नेताको जीवन बुलन्द हुन्छ,पार्टी/राजनिती सब चल्छ।यहि बाट प्राप्त रकम चुनाव प्रचारप्रसारमा खर्च हुन्छ्न र हाम्रा देशका युबाहरुले चुनाब अबधीभर मासु र बियर धोक्न पाउँछन्।

भ्रष्टाचार गरेर धेरै कमाउनेहरुले छोराछोरीको बिबहा गर्दा ठुल्ठुला भोजहरु गर्छ्न,अनि पार्टी हाउस ,क्याटेरिङ चलेका छन र रोजगारी पनि सृजना भएको छ।ठुला हाइड्रोपावर ,वैदेशिक लागानीका उद्योगहरु सबैमा यस्तै हुन्छ,कमिसन पाउने नेता र पार्टीहरु चुप लाग्छन,नपाउनेले राष्ट्रघात भयो भनी चिच्याउछ।

यहाँ पनि मुल्यांकन गरौं त- कमिसन र भ्रष्टाचार हुने भएकोले नै बिकासको मुल फेटेको छ ,नत्र कुनै सडक आयोजना ,हाइड्रोपावर ,जहाज खरिद,एयरपोर्ट निर्माण आदि जस्ता काममा कुनै सरकार,पार्टीहरुको चासो नै हुदैन।पुजीवादी अर्थ ब्यबस्थाको मुख्य आधार नै भ्रष्टाचार र कमिसन हो,यो बिना अर्थतन्त्र पुरै जाममा फस्न सक्छ।

यसै बाट घरबार,राष्ट्र सबै चलेको छ।यस्तो लाग्दछ कि भ्रष्टाचार गर्न चान्स नपाउनेहरु र खुबी नभएकाहरु मात्र यस्को बिरोधी भएका छन।अनि भ्रष्टाचार नगर्ने र कमिसन नपाउने सर्बसधारणको स्थिती के होला त भन्ने प्रश्न दिमागमा घुमिरहेको होला तपाईंको ??

यिनिहरु त शासक होइनन के,शासित हुन।अहिले म शासितहरुको चर्चा गर्न गईरहेको छैन।सधै पेलिने,शोषित हुने र ब्यबस्थाले बनाएका नीति नियममहरु खुरुखुरु पालन गर्नुपर्ने नै यिनिहरुको नियती वा कर्तव्य हो। मैले भ्रष्टाचार राम्रो हो भनी यहाँ दुई किसिमको उदाहरण पेश गरे र भ्रष्टाचार बाटै अर्थतन्त्र चलाएमान भएको,धेरैको घर चलेको मात्र नभै नेपाल जस्तो देशको सरकार ,राजनैतिक पार्टी जिबित र सक्रिय भएको जिकिर पेश गरे।

त्यसकारण अहिलेको नेपालको ब्यबस्था मान्नुहुन्छ भने भ्रष्टाचारको बिरोध गरेर कहिपनी पुग्नुहुन्न।भ्रष्टाचार राम्रो हो भनौ,बरु बाँडेर खाऔ र यस्लाई सँस्थागत गरौ।धेरै देशमा कर्मचारी र राजनैतिक नेतृत्वको सम्बन्ध चेक एण्ड ब्यालेन्सको हुन्छ तर नेपालमा भ्रष्टाचार र कमिसनको मामिलामा कर्मचारी र राजनैतिक नेतृत्व बिच पार्टनरशिपको रिलेशन छ।

यो पनि उपयुक्त बाताबरण हुने भयो।तर मेरो कुरामा सहमत हुनुहुन्न, भ्रष्टाचार राम्रो होइन ,खराब हो भन्नुहुन्छ भने यो ब्यबस्था बदल्न तर्फ सोच्न र काम गर्न शुरु गर्नुहोस।बलियो समाजबादी आन्दोलन बिना भ्रष्टाचार ,कमिसन न्यूनीकरण वा बन्द हुदैन।अन्ततोगत्वा कमिसन ,भ्रष्टाचार राम्रो होइन,यश बाट परिवार ,समाज र देश मुक्त बनोस।

Facebook Comments

Leave a Reply

Your email address will not be published.

Share This

Copy Link to Clipboard

Copy