नर्सीग. संघको आयोजनामा नर्सहरुमा अन्तरनीहित सकारात्मक संभावनाहरुको प्रष्फुटन गराएर सेवा ग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउन उत्प्रेरीत गर्ने उद्धेश्यले प्रसंसनीय खोज तालिम सञ्चालन गरिएको छ । पहिलो चरणमा पाल्पा जिल्लामा सेवारत नर्सहरुको लागि पाल्पाको मिसन अस्पतालमा तालिम सञ्चालन गरियो जसमा विभिन्न संस्थामा कार्यरत ६५ जना नर्सहरु सहभागी हुनु भएको थियो । दोश्रो चरणमा काठमाण्डौको वीर अस्पताल ट्ररमा सेन्टरमा कार्यरत नर्सहरुको लागि प्रसंसनीय खोज तालिम सञ्चालन गरिएको छ । तालिममा जम्मा ५० जना नर्सहरुलाई प्रशिक्षण दिइएको छ । तालिमको तयारी तथा प्रशिक्षण प्रसंसनीय खोज पद्धतीमा अध्ययन, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएको संस्था ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सका कार्यकारी अधिकृत डा. राम चन्द्र लामिछाने ले प्रदान गर्नु भएको थियो ।
पनि व्यक्ति, संघ, संस्था वा समुदायमा रहेको जीवनदायी वा प्रेरणादायी उर्जाहरुको प्रक्रियागत ढंगवाट खोजी गरी तिनमा जीवनदायी वा प्रेरणादायी कुराहरु वढाउने कारणहरुको खोजी गर्ने विधीलाई प्रसंसनीय खोज भनिन्छ । यस विधीमा सफलताका कारणहर र ती कारणहरु वढाउन सकिने उपायहरुको वारेमा खोजी गरिन्छ । कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थाको अग्रगामी रुपान्तरण त्यस संस्थामा कार्यरत कर्मचारीहरुकोे उत्साह र उमंगमा भर पर्दछ । यदि त्यस संस्थाका सदस्यहरु उत्साहित र भविष्य प्रति आशावादी छन भने त्यस संस्थामा सदभाव, सहकार्य र सहयोगको आदान प्रदान हुन्छ र सामुहीक प्रयासमा चमत्कारी रुपान्तरणा भएर नयाँ अवस्थाको सिर्जना हुन्छ । प्रसंसनीय खोज विधीले नेपालको स्वास्थ्य क्षेत्रको सकारात्मक रुपान्तरणको लागि यससँग सम्वन्धित सरोकारवालाहरुलाई अभिप्रेरीत गर्दछ । यस तालिमले नेपाली नर्सहरुले आर्जन गरेका सकारात्मक सिकाईहरु, नेपाली समाजमा दिएका सकारात्मक योगदानहरु, सवलपक्षहरु, नर्सिंग पेशाका सफलता र सवल पक्षहरु र आगामी दिनमा नर्सिंग क्षेत्रको संभावना र यस पेशाले नेपालको स्वास्थ्य क्षेत्रमा पार्न सक्ने सकारात्मक प्रभावहरुको लेखाजोखा गरिएको थियो ।
यस तालिमले सहभागीहरुमा सकारात्मक उर्जा थप गरेको तालिमका सहभागीहरुले वताएका छन भने यो तालिम देश भरीका सवै नर्सहरुलाई प्रदान गर्ने लक्ष्य रहेको नपाल नर्सिगं संघले जानाकारी गराएको छ ।
About The Author: Erips.nepal
More posts by erips.nepal