वेस नेपालको आयोजनामा पौष २४ गते संवाद समुहका पदाधीकारीहरुको लागि सुरक्षित र भरोसा योग्य संवाद निर्माण कलाको लागि प्रसंसनीय खोज दृष्टिकोण तालिम सञ्चालन गरियो । तालिममा स्थानीय सरकारका जन प्रतिनिधी र संवाद समुहका सदस्यहरु सहित २४ जनाको सहभागीता रहेको थियो ।
तालिमको मुख्य उद्धेश्य संवाद समुहका सदस्यहरुलाई सुरक्षित र भरोसा योग्य संवाद कलाको लागि प्रसंसनीय खोज दृष्टिकोण तालिमको वारेमा जनाकारी गराई आगामी दिनमा प्रभावकारी रुपमा संवाद गर्नको लागि प्रसंसनीय खोज दृष्टिकोणलाई प्रयोग गर्न सक्षम वनाउनु रहेको थियो ।
सहभागीतात्मक रुपमा संवाद समुहका सवल पक्षहरु, संवाद समुहका सदस्यहरु र संवाद समुहले प्राप्त गरेका सफलताहरु र तीनका कारणहरुको वारेमा लेखाजोखा गरिएको थियो ।
संवाद समुहका सदस्यहरुका सवलपक्षहरुः
१. विवादित पक्षहरुलाई सहमतिमा ल्याउने
२. भावनात्मक रुपमा संवेदनशिल
३. जिम्मेवारी वहन
४. काम प्रति उत्प्रेरित
५. सवैसँग समान व्यवहार
६. हसिलो र फरासिलो व्यवहार
७. सहभागितात्मक प्रकृयामा विश्वास
८. घटनाको विस्तृत अध्ययन
९. सवैको आत्मसम्मानको सम्मान
१०. जीत जीतमा विश्वास
११. सकारात्मक सोच
१२. समान दृष्टि
१३. सहज र विस्तृत सुनुवाई
१४. तटस्थ
१५. समानुभुति
संवाद समुहका सवलपक्षहरुः
१. सबैलाई समान अवसर प्रदान गर्ने
२. एउटै टेवलमा वार्ताको लागि निम्त्याउने
३. विकल्पहरुको रोजाई
४. समावेशी
५. शान्ति केन्द्रित वार्ता
६. खुला प्रश्न
७. पारदर्शिता
८.जवाफदेहीता
९. सहभागितात्मक प्रकृया
१०. गोपनीयता
सफलताहरुः
सहभागीताहरुका सवल पक्षहरु र संवाद समुहका सवलपक्षहरुका कारण संवाद समुहहरुले निम्नानुसारका सफलताहरु प््रााप्त गरेका थिए ।
१. ने. ग. उ. न. पा. सदरलाईन त्रिभुवन चौकको विवाद सामाधान
२. २०६४।६५ मा ने.ग.उ.न.पा.मा भएको हिन्दु मुस्लिम विवाद समाधान गरेको
३. २०७९।०७० मा फत्तेपुरमा भएको मुस्लिम, हिन्दु दंगा नियन्त्रण गरेको ।
४. हुलाकी सडकको विवाद समाधान गरेको
५. तुल्सीपुर व्लडवैक सञ्चालन
६. विधुत के.बि. लाईन विस्तार
संवाद समुहका लागि भविष्यको परिकल्पनाः
आगामी ५ वर्षमा संवाद समुहले विवादहरुलाई सकारात्मक रुपमा सम्वोधन गरेर दिगो शान्तिका आधारहरु तयार गरेको हुनेछ । संवाद समुहहरुले उपरोक्त परिकल्पना साकार पार्न नयाँ पद्धतीको विकास गरी नयाँ कृयाकलापहरुको वारेमा छलफल गरी कार्यान्वयन गर्न सहभागीहरुलाई अग्रगामी दिशातर्फ अभिप्रेरीत गरिएको थियो ।
निष्कर्षः
यस तालिमले सहभागीहरुका सवलपक्षहरुको पहिचान गरी सहभागीहरुको पहलमा प्राप्त गरिएका सफलताहरु र भविष्यको परिकल्पनाले सहभागीहरुलाई संवाद समुहको दायरा र क्षेत्रलाई फराकिलो वनाएको छ । यस तालिमले संवाद समुहको कामलाई सकारात्मक तरीकाले सम्पन्न गर्न अभिप्रेरीत गरेको कुरा सहभागीहरुले व्यक्त गर्नु भएको थियो ।