मानिस चेतनशिल समाजिक प्रणाी हो त्यसकारण यो समाजमा नै वस्दछ । मानिसले चेतनाको सदुपयोग गरेर प्रकृतिमा उपलब्ध श्रोत तथा साधनहरुको सदुपयोग गरेर दैनिक जीवनलाई सहज वनाउन सक्दछ । जति जति चेतनाको विकास हुँदै जान्छ त्यति नै नयाँ नयाँ आविष्कारहरु हुँदै जान्छन र जीवन सहज हुन्छ । आजको संसारमा जुन समाजका व्यक्तिहरु वैज्ञानीक सोच, सिर्जनशिल, आविष्कारमुखी हुन्छन उनिहरुको जीवन सहज र गुणस्तरीय हुन्छ र त्यस्तो समाजलाई विकसित समाज भनिन्छ । विकासका दृष्टिकोणले हेर्ने हो भने संसारका देशहरुलाई तीन प्रकारका देशहरुमा विभाजन गरिएको छ । विकसित देश, विकाशशिल देश र अतिकम विकसित देश । नेपाल अतिकम विकसित देशको रुपमा रहेको छ । आज भन्दा २०० वर्ष पहिला कुन देश कति विकसित थिए भनेर लेखाजोखा गर्ने हो भने त्यतिवेला नेपाल धनि देश मध्येमा नै पर्दथ्यो तर अन्य देशहरुमा भएको चेतनाको विकासले नयाँ नयाँ आविष्कार र सिर्जनाले गर्दा धेरै विकास गर्न सके ।

परमपरागत सोच तथा वैज्ञानीक चेतना र आविष्कारको अभावका कारण नेपालले विकास गर्न सकेन । लामो एकात्मक र केन्द्रकृत शासन व्यवस्थाको अन्त गर्दै नयाँ संविधान २०७२ ले नेपाललाई संघिय संरचनामा पुर्नसंरचित गरेर विकासको अभिभावक स्थानीय सरकारलाई वनाएको छ । हाल नेपालमा ७५३ वटा स्थानीय सरकार ७ प्रदेश सरकार र १ संघिय सरकारले विकासका कृयाकलापहरुको नेतृत्व गर्ने अवसर पाएका छन । यी ७६१ वटा सरकारमा करिव ३७ हजार निर्वाचित नेतृत्वहरुले काम गरिरहनु भएको छ । नेपालको इतिहासमा समाजको आमुल रुपान्तरण गरेर नयाँ समाज निर्माण गर्ने यो दुर्लभ अवसर हो । वर्तमान नेतृत्वहरुको सामु नयाँ इतिहास रच्ने अवसर आएको छ ।
हालको स्थानीय सरकारको नेतृत्व ५ वर्षको लागि चुनिएको हो जसमध्ये अव केवल ३ वर्ष वाँकी रहेको छ । हालको नेतृत्वलाई मतदान गरेका जनता र मतदाता सामु व्यक्त गरिएका प्रतिवद्धताहरुलाई पूरा गर्न जम्मा ३ वर्ष समय छ । यस्तो अवस्थामा नेतृत्वको अद्धितिय क्षमता र विकासका प्राथामिकताहरुको पहिचान सहितका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयलने मात्रै नयाँ इतिहास रच्न सक्दछ । वर्तमान अवस्थामा नेतृत्व भनेको सवै जनताको भावनाको कदर गर्दै,सहभागिताको लागि उत्प्रेरीति गर्दै स्थानीय स्तरमा उपलब्ध श्रोत र साधनहरुको सदुपयोग गरेर सवै जात, वर्ग, लिंग तथा भाषा र भाष्ीका जनताको आधारभुत आवश्यकताहरुको परिपूर्ति गर्ने, आत्मस सम्मान र पहिचानको सुनिश्चितता गर्दै सवै वर्ग र तहका जनताको स्वतन्त्रताको सुनिश्चितता गरेर नयाँ भिमाद स्थापना गर्न नेतृत्वदायी भुमिका खेल्नु हो । यहाँको नेतृत्वले दुनियाको विकासवाट सिकेर विकासका रणनीतिहरु अपनाउनु पर्दछ । विकासको आधारभुत तत्व भनेको नै वैज्ञानीक चेतना हो र विकासको केन्द्रविन्दु जनता हुनुपर्दछ । 

जव भिमादका युवाहरुले नयाँ आविष्कार सिर्जना गर्न अवसरहरु पाउदछन तव भिमाद दगो विकासको मार्गमा अगाडी वढ्दछ । सकारात्मक नेतृत्वको विकास गरेर सकारात्मक विकासका माध्यामले नगर र नगरवासीको जीवनमा आमुल परिवर्तन ल्याउने सोच विकास गर्ने उद्धेश्यका साथ प्रोग्रसीभ कन्सलटयान्सी र ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटि साइन्सको प्राविधीक सहयोगमा एकदिने तालिमको आयोजना गरियो । तालिममा नगरपालिकाका निर्वाचित पदाधीकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई नगरका प्रमुख प्रशासकीय अधिकृत श्री थम्मन सिंह थापाले स्वागत मन्तव्यवाट शुरुवात गर्नु भएको थियो भने नगरप्रमुख श्री मेख वहादुर थापाले कार्यक्रका उद्धेश्य र अपेक्षाहरुसहित सहभागी र सहजकर्तालाई स्वागत गर्दै शुरुवात गर्नु भएको थियो । कार्यक्रमलाई प्रोग्रेसीभ कन्सल्टयान्सीका श्री राजन गोलेले व्यवस्थापन गर्नु भएको थियो भने तालिमको सहजीकरण ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत डा. राम चन्द्र लामिछानेले गर्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रमुख प्रशासकीय अधिकृत श्री थापाका अनुसार कार्यक्रम एकदिनको मात्रै भएपनि नगरपालिकाको विकासका प्राथामिकता पहिचान गर्न र विकास कसरी गर्ने भन्ने वारेमा असाधारण जानाकारी गराउन सफल भएको छ । तालिमको वारेमा कार्यपालिका सदस्य श्री डिना गोतामेले कार्यक्रमको समय छोटो भएपनि समावेशी विकास, विभेदको अन्त, विकासका प्राथामिकता र स्थानीय श्रोत र साधनको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने वारेमा स्पष्ट जनाकारी गराएको छ भन्नु भयो । कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख श्री मेख वहादुर थापाले एकदिने कार्यक्रमले विकासको लागि नयाँ सोच र दृष्टिकोण विकास गराएको र नयाँ सोच र दृष्टिकोणका साथ कार्यक्रमहरु निर्माण गरेर कार्यान्वयन गर्न अभिप्रेरित गरेको छ र आगामी दिनमा कार्यक्रम तुर्जमा गर्दा यही सोचमा आधारीत भएर गर्न पर्दछ भन्नु भयो ।

Facebook Comments