गाउँपालिकामा कार्यरत कर्मचारीहरु, जनप्रतिनिधीहरु तथा यहाँका प्राकृतिक तथा सामाजिक श्रोत र साधनहरुका सवल पक्षहरुको लेखाजोखा गरी ती श्रोतहरुको अधिकतम सदुपयोग गरेर जनताको दैनिक जिवनमा सकारात्मक रुपान्तरण ल्याउन र वातावरण मैत्रि दिगो तथा समावेशी विकासको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न दक्ष वनाउने उद्धेश्यले सकारात्मक पालिका व्यवस्थापन तथा नेतृत्व विकास तालिमको आयोजना गरियो । परिवर्तित अवस्थामा जनप्रतिनिधीहरु तथा कर्मचारीहरुको भुमिकाले जनताका सकारात्मक अपेक्षाहरुलाई सम्वोधन गरेर जनताको जीवनमा सकारात्मक रुपान्तरण ल्याउने कला, ज्ञान र सिप सिक्न यो तालिमको आयोजना गरिएको हो । जनप्रतिनिधहरु तथा कर्मचारीहरुलाई सकारात्मक रुपान्तरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न सकारात्मक सोचको अभिवृद्धि गरी सकारात्मक योजना तर्जुमा गरी कार्यान्वयन गरेर पालिकाका सवै क्षेत्रमा सकारात्मक परिणाम ल्याउन अभिप्रेरीत गर्ने तालिमको महत्वपूर्ण योगदान रहने पालिकाका अध्यक्ष नवराज ओझाले वताउनु भयो । प्रसंसनीय खोज पद्धती र सकारात्मक योजना पद्धतीमा ख्याती प्राप्त ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सका डा. राम चन्द्र लामिछाने तथा संघियता विज्ञ डा. सोमलाल सुवेदीले सहजीकरण गर्नु भएकोछ ।

About The Author: Erips.nepal
More posts by erips.nepal