तालिमका सहभागीहरू विधालयका प्राचार्यहरू, व्यवस्थापन समितिका अध्यक्षहरू तथा जनप्रतिनिधीहरू

पालिकालाइ उत्कृष्ठ शैक्षिक गन्तव्य वनाउन गरीएकाे प्रतिवद्दता

नेपाल विश्वसमुदायको एक महत्वपूर्ण सदस्य हो । नेपालको भौगोलिक वनावटका कारण नेपाल समग्र भुमण्डलीय पद्धतीको अभिन्न अंगको रुपमा रहेको छ । यहाँको जनसंख्या, साँस्कृति तथा समाजिक विविधता विश्व मानव समुदायको अभिन्न अंग भएकोले विश्वमा हुने हर हलचलले यहाँ प्रभाव पारिरहेको हुन्छ भने यहाँ हुने सकारात्मक रुपान्तरणका परिणामहरुले पनि विश्वलाई नेपाल तर्फ आकर्षित गर्ने गर्दछ । नेपालका भौगोलिक वनावट, सामाजिक संरचनाहरुले संसारका सवै उत्कृष्ट भनिएका स्थान र साँस्कृति समुदायसँग प्रतिस्पर्धा गरेर उत्कृष्टता प्रमाणीत गर्न सक्दछन । नेपाल धर्तीकै उत्कृष्ठ भौगोलिक संरचना भए पनि विगतमा गरिएका हचुवा प्रकारका विकास प्रकृया र कमजोर शैक्षिक गुणस्तरका कारण नेपाल अतिकम विकसित र पछौटे राष्टको रुपमा परिचित छ । प्रयाप्तमात्रामा प्राकृतिक श्रोतहरु, जनशक्ति तथा दुई महाशक्तिको विचमा अवस्थित भएको यस सुन्दर देशमा जिम्मेवार, दक्ष र नैतिकवान नेतृत्व र प्राथामिकता सहितका विकासका गतिविधीहरु सञ्चालन भएको भए नेपाल विश्वको अति विकसित देशहरुको सूचिमा माथिल्लो स्थानमा रहेको हुन्थ्यो । आगामी केही वर्षमा नै सवै तहहरुमा सक्षम तथा जिम्मेवार नेतृत्वले विकास प्राथामिकताको सही पहिचान गरेर गर्नेे विकासका कृयाकलापहरुले नेपालको पहिचान लाई विश्वकै एक उत्कृष्ट राष्टको रुपमा स्थापित गराउन सक्दछ । विगतमा केन्द्रकृत शासन पद्धती भएको कारण स्थानीय निकायहरुले आफनो दक्षता अनुसार काम गर्न पाउदैनथे तर हाल भएको संघिय संरचनाले स्थानीय तहहरुलाई स्वायत्त निकायको रुपमा स्थापित गरको छ जसले गर्दा स्थानीय तहरुले स्थानीय श्रोत र साधनहरुका संवल पक्षहरु र संभावनाहरुमा आधारीत रहेर नीति तथा कार्यक्रमहरु सञ्चालन गर्न स्वतन्त्र भएको कारणले नै २ वर्षमा निकै उत्कृष्ट कार्यहरु प्रारम्भ भएका छन भने कतिपय प्रयासहरुका सकारात्मक परिणामहरु प्राप्त हुन थालेका छन । यस प्रकारका सही र सकारात्मक प्रयासहरुले जनतामा उत्साह जगाएको छ भने विकासमा जनसहभागीता वढाएको छ । यदि सवै स्थानीय तहरुले जनतामा उत्साह जगाउने र विकासमा सहभागीता गराउने हो भने आगामी ३ वर्षमा नै मुलुकको अनुहार फेरिने छ ।

रूपा गाउँपालिका अध्यक्ष श्री नवराज अाेझा तालिम शुरूवात गर्द

गण्डकी प्रदेसको रुपा गाउँपालिका देशकै उत्कृष्ट कार्यहरु गर्ने पालिकाको रुपमा परिचित छ । १६ हजार जनसँख्या रहेको यस पालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु रहेका छन । यस पालिकाले नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज निर्माणकोलागि सामाजिक न्यायको सिद्धान्तमा आधारीत रहेर पालिकावासी र पालिकाको सवलपक्षहरु र संभावनाहरुमा आधारीत रहेर विकास निर्माणका कार्यक्रमहरु सञ्चालन गरेको छ । पालिकाको पहिलो प्राथामिकतामा शिक्षा, प्रविधी तथा सामाजिक विकास रहेको छ । शिक्षालाई जीवन उपयोगी, उत्पादनमुलक, जिम्मेवारी र जवाफदेहीमुलक वनाउन सकियो भने मात्रै पालिकालाई दक्ष नागरीकहरु भएको शभ्य, सुस्कृत र समृद्ध पालिकाका रुपमा विकास गर्न सकिन्छ भन्ने मान्यता पालिकाले राखेको छ । पालिकामा नयाँ नेतृत्व आउने वित्तिकै २वटा प्राविधीक विद्यालयहरुको स्थपाना गरी अध्ययापन समेत शुरु गरिएको छ । अहिले यस पालिकाका विद्यार्थीहरुले आफनै घर वसेर, विहान वेलुका घरकै काम गरेर भेटनेरी तथा इन्जिनियरींग जस्ता विषयहरु सहज रुपमा पढन सकेका छन भने देशका विभिन्न भागवाट पनि विद्यार्थीहरु पढन आईरहेकाछन । पालिकाका ३२ वटै विद्यालयको गुणस्तरमा आमुल परिवर्तन ल्याएर आगामी १० वर्ष भित्रमा विश्व स्तरीय विद्यायहरुको रुपमा विकास गर्ने लक्ष्य पालिकाले लिएको छ ।

संघीय संसद माननीय श्री खगराज अधिकारी, सहभागीहरूलाइ उत्प्रेरीत गर्न विचार प्रस्तुत गर्दै

पालिकाले जारि गरेकाे परिपत्र

विद्यालयको गुणस्तरमा आमुल रुपान्तरण ल्याएर रुपालाई उत्कृष्ठ विद्यालय शिक्षाको रुपमा विकास गर्न समग्र विद्यालयहरुको सकारात्मक रुपान्तरण गर्ने उद्धेश्यका साथ सकारात्मक रुपान्तरणमा ख्याती प्राप्त ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स नामक संस्थासँग सहकार्य गरी गत चैत्र २२ देखी २४ सम्म विद्यालयका प्राचार्य, व्यवस्थापन समितिका अध्यक्ष र निर्वाचित जनप्रतिनिधीहरुलाई लक्षित गरी आवासीय तालिम सञ्चालन गरियो । उक्त तालिममा के कति कारणले विकसित देशका विद्यालयहरु उत्कृष्ठ हनु सके र के भयो भने रुपाका विद्यालय पनि विश्वकै उत्कृष्ठ विद्यालयहरु जस्तै हुन सक्दछन भन्ने वारेमा विस्तृत छलफल गरेर रुपाको लागि शैक्षिक रणनीतिहरु निर्माण गरिएकोछ । कुनै पनि विद्यालयलाई उत्कृष्ठ वनाउनको लागि भौतिक संरचना र मानवीय श्रोतको महत्व पूर्ण हुन्छ । रुपाका सवै विद्यालयहरुमा न्यूनतम भौतिक संरचना तथा छिटपुट केही विद्यालय वाहेकका सवै विद्यालयहरुमा न्यूनतम आवश्यक जनशक्ति उपलव्ध छ । यस्तो अवस्थामा गुणस्तरीय परिणामको लागि विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थीहरु, अभिभावकहरु तथा निर्वाचित जनप्रतिनिधीहरुको सोच र कार्य गराईले महत्वपूर्ण भुमिका खेल्दछ । मानव समुदायको प्रगतीको अचुक अस्त्र भनेको नै मानव सोच हो । हाल विश्वमानै गुणस्तरीय शिक्षा प्रदान गरिरहेका शैक्षिक संस्थाहरुको गतिविधीहरुलाई अध्ययन गर्दा शैक्षिक संस्थाहरुमा कार्यरत जनशक्तिहरुको सोच र कार्यव्यवहारले नै विद्यायलयको गुणस्तरको निर्धारण गर्दोरहेछ भन्ने साझा वुझाईले रुपाको गुणस्तरमा चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउन विद्यालय प्रसासन, विद्यार्थीहरु, व्यवस्थापन समिति र अभिभावकको सोच र कार्यव्यवहारले नै महत्वपूर्ण भुमिका खेल्ने भएकोले सवैले सकारात्मक दृष्टिकोण र सोचको विकास गरी जिम्मेवारी पूर्वक भुमिका खेल्नु पर्दछ भन्ने तालिमले महशुश गरिाएको छ भन्ने कुरा चन्द्र प्रभा मावी भिरचोकका प्राचार्यले वताउनु भयो ।

तालिमका सहभागीहरू

तालिम सहजीकरण गर्दै सहजकर्ता श्री राधा कृष्ण लामिछाने

यदि सवै पक्षहरुमा सकारात्मक सोचको विकास गर्न सकियो र सवै पक्षहरुले उच्च जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न सके भने गाउँमा नै निशुल्क विश्वस्तरीय गुणस्तरको शिक्षा उपलव्ध हुन्छ । यस प्रकारका गुणस्तरीय शिक्षाले वर्षौदेखी गरिवी, अभाव, पछौटेपन, सामाजिक विभेदमा परेका गरिव समुदायका वालवालिकाहरुले घरकै खाना खाएर विश्व स्तरीय उत्कृष्ठ शिक्षा प्राप्त गर्न सक्ने अतुलनिय अवसर सिर्जना गर्दछ । गुणस्तरीय शिक्षा प्राप्त विद्यार्थीहरुले केही वर्षमा नै नयाँ अवसहरु प्राप्त गरी समृद्धीको मार्ग पहिल्याउन सक्ने हुँदा विद्यालय शिक्षालाई उत्कृष्ठ वनाउन कठोर मिहिनेत गरिने प्रतिवद्धता प्राचार्य, व्यवस्थापन समितिका अध्यक्षहरु र निर्वाचित जनप्रतिनिधीहरुले गर्नु भयो । शिक्षालाई उत्कृष्ठ वनाएर रुपालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य पनि तालिमका सहभागीहरुले व्यक्त गर्नु भयो । भौगोलिक रुपमा रुपा गाउँपालिका पोखरा महानगरवाट सवै भन्दा नजिक रहेको र मनोरम दृश्यले भरिपूर्ण भएकोले शैक्षिक उत्कृष्ठताले यसको वहुआयामिक विकासमा उल्लेखनीय भुमिका खेल्नेछ ।

सहजीकरण गर्दै डा. राम चन्द्र लामिछाने

पालिका सरकारको विकासको हुटहुटी, विकासका सहि प्राथामिकताहरुको पहिचान र प्रतिवद्धताका कारण पनि यो पालिका प्रदेशको सवै भन्दा उत्कृष्ट पालिका हो । पालिकाका किसानहरुलाई दक्ष वनाएर जमिनको उत्पादकत्व वृद्धि गर्न पालिकाले किसानको लागि सिप तथा दक्षता अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने प्रत्येक विद्यालयको भौतिक पूर्वाधार सुधार गरेर विद्यालयलाई आधुनिक र सुविधा सम्पन्न वनाउन यसै वर्षमा सवै विद्यालयहरुमा पुस्ताकालय, वाल उद्यान र इन्टरनेटको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ । गुणस्तरीय शिक्षा मार्फत नै गरिव जनसमुदायको उत्थान गर्न सकिने र समाजवादको आधारशिला तयार हुने हुँदा पालिकाको पहिलो प्राथामिकता जनशक्ति तथा प्रविधी विकासको लागि शिक्षानै भएको कुरा पालिका अध्यक्ष श्री नवराज ओझा वताउनुहुन्छ ।

सहजकर्ता डा. राम चन्द्र लामिछानेलाइ पालिकाकाे तर्फवाट मायाकाे चिनाे प्रदान गर्दै पालिका अध्यक्ष श्री नवराज अाेझा

विद्यालयप्रति आम पालिकावासीहरुको विश्वास जगाउने र आफ्ना छोराछोरीहरुको भविष्य उज्जवल वनाउन पालिकामा कार्यरत कर्मचारीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरु तथा सम्पूर्ण निर्वाचित जन प्रतिनिधीका छोरा छोरीहरु अनिवार्य रुपमा नै सामुदायिक विद्यालयहरुमा भर्ना गर्नै पर्ने संयुक्त प्रतिवद्धता पत्र जारी गरी लागु गर्ने घोषणा गरिएको छ भने सो घोषणलाई कार्यान्वयन गर्न गाउँपालिकाले सम्वन्धित सवै पक्षहरुलाई परिपत्र गरिसकेको छ । सामुदायिक विद्यालयहरु प्रति आम जनमानस र स्वयम् सामुदायिक विद्यालयमा अध्ययापनरत शिक्षकहरु तथा विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरु समेतको विश्वास धरमराएको वेला पालिकाको नेतृत्वमा चालिएको यस प्रकारको अग्रगामी सकारात्मक कदमले सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अभिप्रेरीत गरेको छ भने सदियौ देखी गरिवीको चंगुलमा फसेको समाजको गरिव वर्गका छोराछोरीहरुले विश्वस्तरीय गुणस्तरीय शिक्षा प्राप्त गर्ने भरपर्दो आधारशीला तयार भएको छ । यस अभियानको सफलतासँगै नेपालमा समाजवादको आधारशिला तयार हुने हुँदा आमुल रुपान्तरण गरेर नयाँ समाजिक न्याय सहितको समतामुलक समाजको निर्माण गर्न योगदान दिन चाहने हरकोहीले यस अभियानको मुक्त कण्ठले प्रसंसा गरी सहयोग गर्नु आवश्यक छ । रुपा गाउँपालिकाको यस महत्पुर्ण समाजवाद उन्मुख कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना ।

तालिम समापनमा गण्डकी प्रदेश सभासद श्री  दिपक काेइराला , रूपा गाउँपालिका अध्यक्ष श्री नवराज अाेझा, उपाध्यक्ष श्री लालसुब्बा गरूङ दयाँवाट क्रमशः

साभारः https://janatatimes.com/archives/85037

Facebook Comments