त्रिभुवन विश्वविद्यालय रुपान्तरण परियोजनाको सहयोगमा चितवन ख्रैरहनी नगरपालिका वडा नं २ रहेको श्री जनजीवन माविका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधीकारी एवम् निर्वाचित जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गरी विद्यालयको संस्थागत तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञीक नेतृत्वमा लामो समयदेखी सहजीकरण गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्ससँग सहकार्य गरेर सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञीक नेतृत्व विकास तालिम सञ्चालन गरियो ।
तालिममा शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा छिमेकी विद्यालयहरुमा प्राधानाध्यापक र व्यवस्थापन समितीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय शिक्षा संकायमा विद्यावाधिरी अध्ययनरत ४ जना अनुसन्धानकर्ताहरु समेत गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमा जनजीवन माध्यामिक विद्यालयको पुस्तकालय कक्षमा सञ्चालन गरिएको थियो । कार्यक्रमलाई ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्सका प्रमुख कार्यकारी अधिकृत डा.राम चन्द्र लामिछानेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको औचित्य र यसले पार्न सक्ने सकारात्मक प्रभावका वारेमा खैरहनी नगरपाकिला शिक्षा शाखा प्रमुख श्री महेन्द्र प्रुसाद पौडेल आफ्ना धारणाहरु राख्नु भएको थियो भने कार्यक्रममा सवै सहभागीहरु र सहजकर्तालाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रोहीणी प्रसाद उप्रेतीले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पार्नु भएको थियो ।


कार्यक्रमलाई सहभागितात्मक वनाउन कार्यक्रम अवधीभरीको लागि आचार संहिता पारित गरिएको थियो भने सहभागिहरु मध्येवाट नै व्यवस्थापन समितीको छनौट गरी जिम्मेवारी वाँडफाँड गरिएको थियो । कार्यक्रमको शुरुवात सहभागीहरुले यस कार्यक्रमलाई सफल वनाउन के योगदान दिनु सक्नु हुन्छ ? यस कार्यक्रममा के के कुराहरु आदान प्रदान गर्न र सिक्न चाहानु हुन्छ रु र यस कार्यक्रमले वहाँहरुको व्यक्तिगत जीवन र व्यवसायिक जीवनलाई सफल वनाउन के कसरी योगदान दिन सक्ला भन्ने प्रश्नहरु सोधेर गरिएको थियो । यी प्रश्नहरु माथी उठेका जिज्ञाशाहरु उपर छलफल गर्दै तालिमको विषय वस्तुमा प्रवेश गरीएको थियो ।


वर्तमान २१औ शताब्दीमा विद्यालयहरुले सम्वोधन गर्नु पर्ने प्रमुख ऐजेण्डाहरु के के हुन र हाम्रा विद्यालयहरुले तदनुरुप के कति भुमिका खेलिरहेका छन र २१ औ शताब्दीका अवसहरुवाट फाइदा उठाउन के कस्ता विषयहरुमा ध्यान केन्द्रित गर्नु पर्दछ भन्ने वारेमा छलफल केन्द्रित गरियो । छलफलमा विश्वका उत्कृष्ट विद्यालयहरु किन उत्कृष्ट भए भन्ने वारेमा छलफल गर्दे जनजीवन मावि के कस्तो अवस्थामा छ र के भयो भने उत्कृष्ट विद्यालयमा रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भयो । जनजीवन माविका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरु लगायत सम्पूर्ण पक्षहरुका सवल पक्षहरुको लेखाजोखा गर्दै सवल पक्षहरुलाई कसरी वृद्धि गर्न सकिन्छ धन्ने वारेमा छलफल गरियो । यहाँ भएका सकारात्मक तथा सवल पक्षहरुको उजागार तथा अभिवृद्धिले सबै पक्षहरुमा सकारात्मक सोचको अभिवृद्धि गर्दै म गर्न सक्छु भन्ने भावनाको विकास गरेको छ ।


जनजीवन माविमा हाल ६०० विद्यार्थीहरु अध्ययनरत रहेका छन । सहभागी शिक्षक तथा कर्मचारीहरुका अनुसार यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सामाजिक रुपमा पछाडी पारिएका र आर्थिक रुपमा विपन्न समुदायका छोराछोरीहरु हुन । गुणस्तरीय शिक्षाको माध्यामले यस वर्गका जनताहरुको जीवनमा आमुल रुपान्तरण ल्याउन सकिने हुनाले शिक्षाको गुणस्तरमा आमुल रुपान्तरण ल्याउन नयाँ दूर दृष्टिकोण, लक्ष्य र उद्धेश्यका साथ नयाँ शैक्षिक रणनीतिको विकास गर्नु परेको छ । सबै व्यक्ति भित्र अद्धितिय परिकल्पना क्षमता हुन्छ र उच्च परिकल्पना नयाँ आविष्कार र रुपान्तरणको आधार तयार गर्दछ । वास्तवमा संसारमा कुनै पनि रुपान्तरण नेतृत्व क्षमता भएका सिमित केही व्यक्तिहरुवाट मात्रै संभव भएका छन । यदि यस विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिले विद्यालयमा आमुल रुपान्तरण गरेर नयाँ पहिचान र परिचयको विद्यालय विकास गर्ने दृढ परिकल्पना गरेर तदनुरुप आफना नीति कार्यक्रम र कार्ययोजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्न सक्यो आगामी १० वर्षमा यस विद्यालय देशकै उत्कृष्ट अनुकरणीय विद्यालय वन्न सक्नेछ । सहभागीहरुको सोचमा आमुल रुपान्तरण ल्याएर विद्यालयको सकारात्मक रुपान्तरण गरी गुणस्तरीय शिक्षाको सुनिश्चता गर्न सकिन्छ भन्ने सोच विकास गर्न सबै सहभागीहरुले विद्यालयको नयाँ स्वरुपको परिकल्पना गरी सोही मुताविक रणनीति तथा कृयाकलापहरु निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमले सबै सहभागीहरुमा नयाँ सोच, दृष्टिकोण र उत्साह तथा उमंग जगाउन सफल भएकोले आगामी दिनमा विद्यालयको परिचय परिवर्तन गर्न र नमुना विद्यालयको रुपमा विकास गर्न प्रशस्त उर्जा प्रवाह गरेको कुरा प्रधानाध्यापक श्री गोपाल प्रसादले व्यक्त गर्नु भयो । वहाँका अनुसार, यस तालिम कार्यक्रम छोटो अवधीको भए पनि यसले सवै सहभागीहरु नयाँ सोच उत्साह र उमंग जगाएको कारण विद्यालय सकारात्मक रुपान्तरणको दिशामा अगाडी वढेन आधार तयार भएका छन । वास्तवमा अहिले सम्म गरिएका तालिमहरु मध्ये यो नितान्त फरक प्रकार र नयाँ तालिम हो । यसले सहभागीलाई समाज र विद्यालयप्रति जिम्मेवार र जवाफ देही वनाएको छ भने आफूमा अन्तरनिहित क्षमताहरुको प्रष्फुटन गराएको छ । यस्तो तालिमको आयोजनामा सहयोग गरेर त्रिभुवन विश्वविद्यालय रुपान्तरण परियोजनाले ठुलो गुन लगाएको छ भने तालिमलाई अत्यन्तै उत्साह र ज्ञानवर्धक तवरले सहजीकरण गरेर ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स (ईरिप्स) नेपालका प्रमुख कार्यकारी अधिकृत डा. राम चन्द्र लामिछाने सवै सहभागीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उत्प्रेरीत गर्नु भएको छ ।


यस्ता नयाँ र सकारात्मक सोच अभिवृद्धि गर्ने तालिमहरुले नेपालका सामुदायिक विद्यालयहरुको आमुल स्वरुपमा रुपान्तरण गर्ने हुँदा यस्ता तालिमहरु सवै विद्यालयका सवै शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई प्रदान गर्नु पर्ने कुरा नवलपरासीवाट कार्यक्रममा सहभागीहुन आउनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुर्ण प्रसाद गौडेलले वताउनु भयो ।

सहभागी शिक्षक श्री खुवलाल दराईका अनुसार हालसम्म निकै धेरै तालिमहरुमा सहभागी भएपनि यस तालिमले जीवन, जगत, जिम्मेवारी र जवाफदेहीतालाई वुझने वारेमा आमुल परिवर्तन ल्याएको छ र जीवनलाई नै परिवर्तन गरिदिएको छ भन्नु भयो ।

Facebook Comments