सेभ द चिल्डेनको सहयोगमा राष्टिय रोजगार प्रवर्धन तथा ग्रामिण महिला शसक्तिकरणका कार्य समितिका सदस्यहरु तथा कर्मचारीहरु भित्र रहेका संभावना तथा अवसरहरुको प्रष्फुटन गराई त्यहाँ उपलब्ध श्रोत तथा साधनहरुको अकितम सदुपयोग गरी समावेशी एवम् समाजीक न्याय सहितको समाजको निर्माण गरेर गुणस्तरीय जीवनको प्रत्याभुति गराउन, सकारात्मक नेतृत्वदायी भुमिका खेल्न, वहुआयमिक अवसरहरु सिर्जना गरी ती अवसरहरुको सदुपयोग गर्न अभिप्ररित गरेर सकारात्मक रुपान्तरणको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न मिति २०७६ साल भाद्र २ देखी ५ गते सम्म जनकपुरको वेलकम होटलमा ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्ससँगको सहकार्यमा सकारात्मक रुपान्तरणको लागि प्रसंसनीय खोज तालिम सञ्चालन गरियो । तालिममा दुवै संस्था तथा सेभ द चिल्डेनका कर्मचारी तथा कार्यसमितिका सदस्यहरु समेत गरेर १८ जनाको सहभागिता रहेको थियो
मुख्यतः यो तालिमले स्थानीय स्तरमा भएका श्रोत तथा साधनहरुको पहिचान गरी ती श्रोत तथा साधनहरुको समुचित सदुपयोग गर्दा प्राप्त हुने अवसर तथा संभावनाहरुको आँकलन गरी समावेशी एवम् सामाजीक न्याय सहित जनताको दैनिक जिवनशैलीमा सकारात्मक रुपान्तरण ल्याउने विकास रणनीति निर्माण गरेर विकासको वैज्ञानीक व्यवस्थापन गरी नगरपालिकावासीको जीवनमा गुणस्तरीय रुपान्तरण ल्याई समग्र नगरपालिकाको सकारात्मक रुपान्तरणको नेतृत्व गर्न सक्षम वनाउने उद्धेश्य राखेको थियो । तालिमको उत्कृष्ट व्यवस्थापन र सहभागीहरुको सकृय सहभागीताका कारण तालिम अनुकरणीय रुपमा सफल भएकोछ । यस तालिमले परियोजना सञ्चलानमा रहेका ईश्वरपुर र गडैता नगरपालिकामा वसोवास गर्ने सिमान्तकृत समुदायको द्रुत विकासका लागि वहुआयमिक क्षेत्रहरुको संभावनालाई उजागार गरेको छ
सर्लाही जिल्ला अन्तरगत ईश्वरपुर नगरपालिका र गोडैता नगरपालिका जातीय विविधता सहितका सुन्दर नगरपालिका हुन । यहाँ भएका दलित समुदायको शसक्तिकरण तथा समग्र विकासको लागि सेभ द चिल्डेनको प्राविधीक तथा आर्थिक सहयोगमा राष्टिय रोजगार प्रवर्धन केन्द्र र ग्रामिण महिला उत्थान केन्द्रले कार्याक्रमहरुको कार्यान्वयन गरेका छन । वाल संरक्षण तथा दलित सशक्तिकरणका कार्यक्रमहरु मार्फत छुवाछुत को अन्त्य, आर्थिक विकास तथा गरेर दलित समुदायको आत्मसम्मानको सुनिश्चित गर्न कार्यक्रमहरु सञ्चालन गरिएका छन । कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न कार्यक्रममा संलग्न कर्मचारी तथा संस्थाका कार्यसमितिका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजा गरिएको हो । नेपालको संविधानले स्थानीय तहहरुलाई स्वायत्त, अविछिन्न उत्तराधिकारवाला संस्थाको रुपमा परिभाषित गरे पश्चात समग्र नगरपालिका र स्थानीय तहकोे विकासको दायित्व र जिम्मेवारी नगरपालिका भित्र रहेको छ । एकातिर नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकहरुको सुनिश्चितता गर्नु छ भने अर्कोतिर नगरपालिकाको द्रुत तथा दिगो विकास मार्फत सम्पुर्ण दलित समुदायहरुको गुणस्तरीय जीवन मार्फत समाजिक न्याय सहितको समावेशी र सम्मानीत समाजको निर्माण गर्नु दुवै संस्थाहरुको सहजीकरण महत्वपुर्ण रहनेछ । यस महत्वपूर्ण भुमिका निर्वाह गर्न योजनाहरुलाई प्रसंसनीय पद्धती मुताविक तर्जुमा गरेर कार्यान्वयन गर्न आवश्यक भएकोले परियोजनामा कार्यरत कर्मचारीहरुलाई प्रसंसनीय खोज पद्धतीको वारेमा अभ्यस्त गराउन सन् २०१२ देखी ग्रामिण विकास र रणनीतिक योजना तर्जुमा प्रक्रियामा प्रसंसनीय खोज पद्धतीको प्रयोगमा सहजीकरण गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्ससँग सहकार्य गरि तालिम आयोजना गरियो ।
ईस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्स (ईरिप्स) सकारात्मक मनोवैज्ञान, प्रसंसनीय खोज, सवलतामा आधारीत पद्धतीहरु, पूर्विय दर्शन लगायतका सिद्धान्त र दर्शनहरुमा आधारीत रहेर समाजिक विज्ञानका विविध आयामहरुमा अनुसन्धान तथा जनशक्ति विकासका कार्यक्रमहरु सञ्चालन गर्ने संस्था हो । यस संस्थाले सन् २०१२ देखी नै नेपाल भित्र र वाहिर विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी क्षमता अभिवृद्धि, अध्ययन तथा अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यो संस्थाले क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा निकै आधुनिक विधी तथा प्रक्रियाहरुको प्रयोग गरी सकारात्मक रुपान्तरणका लागि आधारहरु तयार गर्न मद्दत गर्दछ । यस संस्थाले प्रसंशनीय खोज पद्धती तथा सकारात्मक समाज रुपान्तरणको लागि प्रशिक्षक तथा सहजकर्ताहरु विकास गर्ने उद्धेश्यले वार्षिक रुपमा एडभान्स लेभल एप्रिसियटिभ ईन्क्वारी तालिमको आयोजना गर्ने गर्दछ र हालसम्म २ पटक यो तालिम सम्पन्न भई सकेको छ ।
सहभागीहरुद्धारा व्यक्त विचारको आधारमा तालिमको प्रभाव
यस कार्यक्रममा सहभागी भएर प्रतिकुल परिस्थितीमा पनि कसरी सकारात्मक सोच विकास गर्ने र धरानमा शुशुप्त अवस्थामा भएका विकासका अवसरहरु उत्खनन गर्ने तरिका सिकाएको छ । सकारात्मक सोच र सकारात्मक धारणाको विकास गरी आफ्नो जीवन, परिवार, गाउँ समाज, वार्ड र उपमहानगरपालिकाका सकारात्मक चुरो कुराहरु पत्ता लगाउन सकेको र सकारात्मक सोचको विकास गरी भविष्यमुखी सोचको विकास गरी म गर्न सक्दछु भन्ने भावनाको विकास गराउन उत्प्रेरीत गरेको छ ।
कर्मचारीहरु, संस्थाका प्रतिनीधिहरु र जनताहरु एवम सरोकारवाला निकायका प्रतिनिधीहरु वीच समधुर सम्वन्धको विकास गरी एक अर्काको विचार तथा भावनाहरुको आदान प्रदान गरी उच्च प्रसंशा गर्ने संस्कारको विकास गर्न उत्प्रेरीत गरेका छ । नगरपालिका जनप्रतिनिधीहरु, संस्थाका कर्मचारीहरु, एवम नागरीक समाजका प्रतिनिधीहरुवीच प्रभावकारी सहकार्य र समन्वय गर्ने तौर तरिकाहरुमा छलफल गराई प्रभावकारीत अभिवृद्धि गर्न अभिप्ररीत गरेको ।
संस्थाका सबै विभाग भित्रका तहहरु एवम निकायहरु अन्तर विभागहरु विचमा पारदर्शी सञ्चार र सहयोग एवम सदभाव सहितको संस्कृतिको विकास गरी संस्थाको सकारात्मक छवि निर्माण गर्न अभिप्रेरित गरेको छ । संस्थाका सबै कृयाकलापहरु, परियोजनाहरु, नीति निर्माणका प्रक्रियाहरुमा चमत्कारीक सकारात्मक परिणामहरु प्राप्त गर्नको लागि प्रतिवद्ध वनाएको छ ।
About The Author: Erips.nepal
More posts by erips.nepal