कुनै पनि व्यवसायले राज्यका सम्पूर्ण नियम कानूनहरु तथा सामाजिक उत्तरदायित्वहरुको परिपूर्ति गर्दै खुद मुनाफा कमाउनुलाई सकारात्मक व्यवसाय भनिन्छ । व्यवसायलाई सकारात्मक वनाएर व्यापारी, उपभोक्ता र समाज सबैलाई फाइदा हुने गरी व्यवसायलाई प्रवर्धन गर्न विभिन्न व्यवसायमा संलग्न व्यावसायी, प्राज्ञीक तथा अनुसन्धानकर्ताहरुको लागि यही नोभेम्वर १४ देखी १६ सम्म चीनको व्यपारीक शहर गोन्जाउ शहरमा सकारात्मक व्यवसाय प्रवर्धनका लागि प्रसंसनीय खोज विधीको तालिम सञ्चालन गरिने भएको छ । तीन दिनसम्म करिव १५०० जनाको सहभागीा हुने उक्त तालिमलाई प्रसंसनीय खोज विधीका नेपाली विज्ञ डा. राम चन्द्र लामिछानेले सहजीकरण गर्नु हुनेछ । ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्सका संस्थापक प्रमुख कार्यकारी डा. लामिछानेले विगत ५ वर्ष देखी चीनका विभिन्न विश्वविद्यालय तथा व्यावसायिक प्रतिष्ठानहरुमा तालिम सहजीकरण गर्दे आउनु भएको छ । विगत केही वर्ष देखी व्यवसाय प्रवर्धन, पारिवारीक सम्वन्ध सुदृढिकरण, सकारात्मक नेतृत्व विकास, तथा शैक्षिक संस्थाहरुको व्यवस्थापन सुदृढीकरण सम्वन्धी विषयहरुमा चीनमा प्रशंसनीय खोजविधी निकै लोकप्रिय भईरहेको छ ।

Facebook Comments