चीनको वुहानलाइ इपीसेन्टर बनाइ यात्रामा निक्लेको कोरोनाले झन्डै पुरै विश्वमा आफ्नो अस्तित्व देखाइसकेको छ। विश्वको शक्तिशाली र विकसित कहलियका मुलुकहरूलाई त्राहिमाम गराइसकेको छ। यहि सन्त्रासको बिचमा शान्ति भुमि नेपालमा पनि यसले आफ्नो डरलाग्दो स्वरूप देखाइ सकेको छ।परिणाम स्वरूप यसको रोकथाम र नियन्त्रणका निम्ति नेपाल सरकारबाट घोषणा र कार्यन्वयन भएको lockdown ले एक हप्ता पूरा गरिसकेको छ। त्यसमा जनता र मुलुकको सबै तह र तप्काबाट सकारात्मक सहयोग र सहभागिता भइ नै रहेकोछ।
कोरोनाकै कारण नेपाल मात्र होइन विश्व अर्थतन्त्र धरायसी बन्दै गरेको यथार्थ कसै बाट लुकेको छैन। नेपालको सन्दर्भमा यो विचार प्रवाह हुँदै गर्दा ५ जना सङ्क्रमित भैसकेको र कोरोनाकै कारण कसैले मृत्यु वरण गर्नु नपरेको समाचार रहे पनि जीवन कहालीलाग्दो भैरहेको अवस्था छ। व्यवसाय र दैनिक मजदुरी गरेर खाने वर्ग ठूलो मारमा परेको छ।
अब यो बिकराल दिन कहिले सम्म जान्छ ?यो कहालीलाग्दो समयको अन्त कहिले हुन्छ ? कसरी अन्त हुन्छ र नेपाली जनताको जीवन कहिले देखि सामान्य अवस्थामा फर्कन्छ ? सबै जनको प्रश्न यही छ। यसमा सरकारी योजना कस्तो रहेको छ र जनता आस्वस्त हुने आधारहरू के के छन । मुलुकको सचेत वर्गले सहि विचार प्रवाह गर्दै विश्लेषण गर्न जरुरी छ। COVID- 19 को पुर्ण रोकथाम र नेपाली भुमि र नेपाली जनताको शरीरमा यसको संक्रमण भरपर्दो ढंगबाट नियन्त्रण गर्न र यस भाइरसको त्रासबाट नेपाली जीबनलाइ पुर्ण रुपले मुक्ति दिलाउन सरकार र त्यसका सबै अङ्गहरुको भुमिका के र जनताको तहबाट कस्तो भुमिका निर्वाह हुनु जरुरी छ। बुझ्न जरुरी छ।
सबैलाई स्मरण रहोस् यो Lockdown को आयु चैत २५ गतेसम्म लम्ब्याउदै गर्दा करिब आजबाट १० देखि १५ दिन सम्मको समय (बीच बीचमा भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिरहेकोले ) नेपालमा कोरोनाको लागि एउटा Window Period मात्रै हो। उक्त अवधि सम्म कोरोनाबाट संक्रमितहरुको निश्चित तथ्यांक (Exact Data ) आइसक्नेछ र त्यो तथ्यांकले कोरोनाको सन्त्रास कुन हदसम्मको भयवह हुनेछ वा सामान्य बन्नसक्नेछ भन्ने अनुमान गर्न सकिने छ र सोही अनुसार योजना बनाउनु पर्नेछ। तर आजसम्मको अवस्थालाइ ध्यानमा राख्दै गर्दा अबको १५ दिनको अवधिमा देखिने सबै संक्रमितहरुलाइ उपचारमा राख्ने , उक्त अवधिभर वर्तमान क्वारेन्टाइनमा रहेकाहरु मुक्त भैसक्ने र संक्रमितहरुको सम्पर्कमा रहन पुगेका नया सम्भावित व्यक्तिहरु स्थापित गर्नु पर्नेछ।त्यस् पश्चात् मुलुकको सबै उडानहरु अन्तरास्ट्रिय स्तरमा कोरोना संक्रमणको अवस्थालाई अध्ययन गर्दै निश्चित अवधिभर रद्ध गरि नेपालको आन्तरिक जीवनलाई चरणबद्ध रुपमा सामान्य अवस्थामा फर्काउने योजनमा जानू पर्दछ।Coronavirus COVID-19 preventions infographic. Doctor standing point finger to preventions methods infographics.
तर यो सुखद समयलाइ निम्त्याउन नेपालको वर्तमान कोरोनाको अवस्था माथी सरकार तथा जनताको तहबाट चौतर्फी आक्रमणको आवश्यकता छ। आक्रमण योजनाबद्ध हुनु पर्नेछ। सरकारको तिनै अङ्ग संघीय सरकार , प्रदेश, स्थानीय सरकारको भुमिका द्रुतगतिमा आक्रमक ढंगमा व्यवस्थापन मात्र होइन जनतालाई सक्रिय रुपमा सहभागी गराइ अगाडि बढनु पर्नेछ । WHO ले चिनियाहरुले कसरी आफ्नो देशमा कोरोना नियन्त्रण गरे भन्ने अध्ययनमा त्यहाँका जनताको प्रतिबद्धता र सोही अनुसारको सहभागितालाई मुक्त कण्ठले प्रसंशा गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको पाइन्छ।
COVID -19 माथिको चौतर्फी आक्रमणको बुदागत योजना :
१. सबै स्थानीय पालिकाहरुमा मेयर तथा अध्यक्षको संयोजनमा सुरक्ष निकाय, स्वास्थ्य क्षेत्र , राजनैतिक पार्टी, सामाजिक अभियन्ता, पेशा व्यावसायिक क्षेत्रको समेत प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न COVID -19 नियन्त्रण समितिको निर्माण गर्ने।
२. स्थानीय तहको प्रत्येक वडामा पनि सोही अनुसार वडा अध्यक्षको संयोजनमा समिति निर्माण गर्ने
३. प्रत्येक वडाको सबै क्षेत्रहरूमा कम्तीमा २५ देखि ३० घरलाई समेट्ने गरि कम्तीमा ५ देखि ७ सदस्यीय स्थानीयहरुको टोल समिति बनाउने जस्ले आफ्नो टोलामा भएको सबै अवस्थाको रिपोर्टिङ गरि वडालाइ सहयोग गर्ने छ।
४. सकभर टोल समिति बाहेक सबै तहमा एउटा एउटा Action Unit पनि बनाउन सक्नेछ जस्ले द्रुतगतिमा समितिको निर्णय कार्यन्वयन गर्न मदत गर्नेछ ।
यसले चारवटा महत्त्वपूर्ण कार्य गर्नेछ।
१. तथ्यांक संकलन (Data Recording ) :
निश्चित टोलमा कति संख्यामा वृद्ध वृद्धा , बालबालिका ,युवा र विदेशबाट आएका सदस्यहरु छन यसको तथ्यांक टोल समितिले संकलन गर्नेछ र संबंधित निकायले प्राप्त गर्नेछ प्रभावकारी ढङ्गले काम गर्न सक्नेछ ।
२. पहिचान (Identification )
आपतकालीन अवस्थामा कहाँ र कतिबेला के समस्य , घटना तथा सम्भावित संक्रमितको पहिचान गर्नेछ। कहिँ कसैले आपतको फाइदा उठाइ कालाबजारी गरिरहेको भए वा कुनै समस्य परे सम्बन्धित निकाय लाई समाधान गर्न सजिलो हुनेछ।
३. कार्यन्वयन (Regulation )
समस्य पहिचान गरे पछि समधानको कार्य गर्ने जसको निमित्त सम्बन्धित निकाय सङ्ग समन्वय गर्नेछ।
४. रिपोर्टिङ (Reporting )
भए गरेका सबै अवस्थाको रिपोर्टिङ गरि सम्बन्धित निकायलाई सहज बनाउने।
कुनै पनि मीटिङ्ग तथा छलफल गर्दा अन्लाईनको प्रबिधिको बढी भन्दा बढी प्रयोग गरि सामाजिक दुरी प्रबन्ध गर्न जरुरी छ। जनताको तहबाट सरकारको मात्र मुख ताकेर कोरोना विरुद्ध विजय प्राप्त गर्न सकिदैन ।कोरोनाले कुनै जात, धनी – गरिब, राजनैतिक पार्टी छुट्टाउदैन सबैलाई हेक्क होस। हामी भन्दा कयौं गुणा विकसित देशहरू र उनीहरुको दक्ष जनशक्ति एवं विकसित पुर्वाधारले समेत हार खाइसकेको बर्तमान सन्दर्भमा हाम्रो मुलुकले यसको संभावित असरलाइ कम आक्नु ठूलो गलती हुनेछ।
वुहानबाट आएकालाइ क्वारेन्टाइनमा राखेर परिक्षण गर्ने र त्यसपछि अन्य कोरोना प्रभावित देशबाट आएकालाई यतिकै छोड्नु हाम्रो महा गल्ती भै नै सक्यो। अब सबै सजग हुनु र आ आफ्नो क्षेत्रबाट भुमिका निभाउनु आजको आवश्यकता हो। यही Window period मा नै सरकारले संक्रमितहरुको पहिचान गरि उपचारको वयवस्था गर्ने , विदेशबाट आएकाहरुलाइ क्वारेन्टाइनमा व्यवस्थापन गर्ने , देशको सबै उडान माथी उल्लेख गरे झै बन्द गर्ने स्थल सबै नाका बन्द गर्ने वा आउनेहरुलाइ क्वारेन्टाइनमा राखी परिक्षण पश्चात् मात्र छोड्ने र जनताहरु घरमा नै बसी आफुलाइ सुरक्षीत राख्नु जरुरी छ। यसो गर्न सके वैशाखको पहिलो हप्ता देखि नै हामीहरुको जीवन सामान्य तर्फ फर्कने छ। सबैले कामना गरौं सबैको भुमिका प्रभावकारी हुनेछ र विश्वलाई नै हामी कोरोना माथी विजय प्राप्त गरेको सन्देश दिनेछौं ।
कोरोनाको सन्त्रासबाट विक्षिप्त विदेशीहरुलाइ स्वास्थ र शान्तिको श्वास लिन हामी हाम्रा देशमा पुनः निम्ता गर्न सक्नेछौ। त्यो समयमा ऊनीहरुले आफ्नो देशबाट लिएर आएको कोरोना मुक्त प्रमाणपत्रलाई विश्वास नगरी विमानस्थलमै पुनः परिक्षण गरि भित्रयाउने छौं । विश्वास गरौं यो सबै क्षमता हामी नेपाली र नेपाललाई मिल्ने छ । सरकारको कुन अङ्गले के भ्रस्टाचार गरे यी सबै बिषयलाई पछि थाती राखौं भोलिका दिनमा कुरा गरौंला पाप कर्म गरेको भए नेपाली जनताले छोड्ने छैन ,कार्वाही हुन्छ। हामी सबै आ आफ्नो भुमिकामा जुटौं ।
(तेज श्रेष्ठ सन साइन विधालयका प्रिन्सीपल हुनुहुन्छ )

Facebook Comments